Skip to main content

रोहित, फूटबल र राष्ट्रियता #NepaliFootball #Rohit #WorldCup

"नेपाली खेलाडीमा आर्सेनल र टोटेनह्यामको चासो" यो खबर थियो नागरिक न्युजको । यो खबर को शीर्षक मात्र पढेर छाड्नु जस्तो खबर थिएन नत पढिसकेर पनि नेपालमा केही  हुँदैन  भनेर नाक खुम्च्याउनु पर्ने खबर नै थियो । नेपाली खेलाडीसँग संसारकै उत्कृष्ट क्लबको नाम जोडिएर आउनु एउटा आश्चर्यकै कुरा हो, एउटा सुखद आश्चार्य,मुटुमा सुसुप्त भै  बसेको राष्ट्रियता जुरुक्क उठ्ने किसिमको आश्चार्य । नेपाली फूटबल खेलाडी रोहित चन्द्को  सफलताको  यो खबर सुन्दा अस्ति भएको विश्वकप छनोटमा  इष्ट टिमोरबिरुद्ध नेपालको खेल हेर्नrohit-chand-nepali-football-arsenal उर्लिएको भिड मात्र हैन समस्त फूटबल प्रेमी नेपाली जनता खुशी छन् ।

खबर पुरै पढिसकेपछी लाग्यो नेपाली फूटबलले पक्कै फड्को मारेछ । विश्वकप खेलिसकेको राष्ट्र उत्तर कोरियाबिरुद्धको उत्कृष्ट प्रदर्शन, र इष्ट टिमोर बिरुद्धको सान्दार बिजयले सबै फूटबल प्रेमिको मुटु गर्वले धक्क फुलेको छ । पक्कै पनि यो सफलताको पछाडि ब्रिटिश प्रशिक्षक ग्राहम रोबर्टसको सरहानिय योगदान छ । साथै खेलाडीहरुको मेहनत र आत्मविश्वास पनि, जसले नेपाल नेपाल भन्दै दशरथ रंगशालामा उर्लिएको भिडलाई निरास फर्काएन । बरु थपिदियो आशा केही हुन्छ नेपाली फूटबलमा भन्ने । विश्वकप छनोटको खेलमा नेपालको प्रदर्शनले हौसिएका नेपाली दर्शकहरुलाई रोहित चन्दसँग आर्सनल र टोटेन्हमको नाम जोडिएर आएको खबरले झन् उत्साहित बनाएको छ ।

बिचरा हामी नेपालीहरु,साँचै हामी कठै बरा भन्न लायक प्राणी भइसक्यौँ । हो साँच्चै, कती हिंड्ने पार्टीको झन्डा बोकेर हामी, कती लड्ने यो जात त्यो जात, मलाई अधिकार मलाई अधिकार भनेर आफु आँफैसँग । कती गाली गर्नु नेताहरुलाई । कती सराप्नु पुरै सिस्टमलाई । म नेपाली हुँ भनेर कुन कुरामा गर्व गर्नु, बुद्धको देश? बुद्ध भारतमा जन्मिएका हुन भनेर खुलेआम प्रचार गरिँदा नि सरकार मौन छ । कि सुन्दर प्रकृतिक राष्ट्र, अनी खोइ त पर्यटक भित्राउने प्रयत्न? भयो राजनितिको त कुरा नगरौँ । अनी के मा गर्व गर्ने नेपालीले? कुन सुत्रमा एउटै भएर बाँधिने त हामी? तर पनि देशको माया त हुन्छ सबैलाई गर्व गर्ने ठाउँ त खोज्छ यो नेपाली मुटुले । अनि जब नेपाली मैदानमा  फूटबल, क्रीकेट खेलिन्छ तब जुर्मुरिँदै उठ्छ नेपालीको राष्ट्रियता । जोशका साथ फहराइन्छ रातो र चन्द्र तथा सूर्य अंकित झन्डा । गुन्जिन्छ  नेपाल आमाको नाम सबै कुरा बिर्सेर । त्यहाँ देखिन्छ एकता, राष्ट्रियता ,उत्साह, उमँग । बिर्सिन्छन् सबैले जतिय नारा,त्यहाँ झल्कन्छ राष्ट्रिय प्रेम । 

फूटबलको दाजोँमा क्रिकेटले छोटो समयमा नै फड्को मार्यो । उमेर समुहमा ठुलो सफलता पनि दिलाउँदै आएको छ तर पनि विश्वकपको सपना पुरा हुन सकेको छैन । आशा गरौँ त्यो सपना पनि एक दिन साकार होला । फूटबलको क्षेत्रमा यो सफलता साँच्चै गर्व गर्न लायक हो । जर्जर आर्थिक अवस्था,घृणायोग्य राजनिती ,डामाडोल अवस्थामा पनि यो सफलता हात पार्नु सानो कुरा हैन । त्यसैले त सबै नेपाली खुशी छन्, उत्साहित छन । यो सफलतासंगै । राष्ट्रका नागरिकलाई गर्व गर्ने एउटा ठाउँ चाहिन्छ । हाम्रै छिमेकी राष्ट्र भारतको कुरा गरौँ, त्यति विशाल राष्ट्र, अनेक भाषा, राष्ट्रिय भाषा हिन्दी अनि दक्षिणका मानिसलाई हिन्दी बोल्न आउँदैन तर पनि जब निलो जर्सिमा क्रीकेट टीम मैदानमा उत्रन्छ सबैको मुखमा ईन्डिया हुन्छ । एउटै धागोमा बाँधेको छ उनिहरुलाई क्रीकेटले । हामी पनि त्यही खोजी रहेछौँ,र एउटा आशाको झिल्को रोहित र नेपाली फूटबल बनेको छ ।

कामना यही छ आज हामीले पनि नेपाली भनी गर्व गर्ने ठाउँ पाइयोस । अस्त व्यस्त राजनिती एउटा ठेगानमा आओस्। प्रगती होस् खेलकुद जगतमा , खेलकुदमा मात्र हैन पर्यटनमा, शिक्षामा, सबै क्षेत्रमा सुधार आओस् किनकी गर्‍यो भने सम्भव छ भन्ने कुरा नेपाली फूटबल र रोहित चन्द्ले देखाइ सकेका छन् । सलाम रोहित लगायत समस्त खेलाडिलाई । र धन्यवाद पनि अनी शुभकामना पनि निकट भविष्यमा हुन लागेको जोर्डन बिरुद्धको खेलको लागि । सम्पूर्ण नेपालीले गर्व गर्ने ठाउँ पाउन् । एकताको आधार पाउन् । चन्द्र सुर्य अँकित नेपाली झन्डा फहराउन  पाइयोस् । फेरी एकचोटि शुभकामना जोर्डनविरुध्दको खेलको  लागि नेपाली टिम र रोहितलाई ।  जय नेपाल ।

-प्रतिक

तस्विर रिपव्लिका

Comments

  1. yo khabar suner malai pani dherai khusi laageko chha

    ReplyDelete
  2. nepal ka neta haru jasta bhaye pani...nepali janata mahan chan...jay nepal

    ReplyDelete
  3. Haha tehi bhayera nepal le 9 goal khayeo. kam se kam south korea sanga kheleko jatiko ta khelnu parchha. tehi pani bhayena. paryas jari chha. best of luck

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post