वियोगको पिडा

विछोडका दिन प्राय अप्रिय नै हुन्छन, प्राय नभनौ सबै अप्रिय नै हुन्छन तर अप्रियाताको हद फरक हुनसक्छ, परिस्थिती अनुसार । जुन ३०, २०१० को विछोड मेरो लागि सबै भन्दा अप्रिय बिछोड हो, एउटा अत्ती नराम्रो   सपना जस्तो दिन  मेरो जीवनको  ।  हुन त  बिछोड  मेरो  लागि  नौलो  कुरा  हैन, पहिला   पनि  प्यारो  घर  छोडेर यात्रामा  निस्कनु  नपरेको हैन । पहिला धेरै गाह्रो  भए  पनि  पछी  सामान्य  नै  लाग्न   थालेथ्यो  वियोग  पनि  ।

त्यो अप्रिय वियोग उनीसँगको वियोग, हुन त त्यो दिन पनि पहिला जस्तै म पुरै घर सँगको वियोगमा थिँए तर घरसँग  छुटिनुको पिडा नौलो थिएन, पिडा नयाँ हुँदा त्यसले बढि पिरोल्ने रहेछ, घर सँग त मैले  कयौँ बिछोड अनी फेरी मिलन अनी फेरी विछोड सँगाली सकेको थिए। उनी सँगको विछोड पहिलो थियो त्यसैले पिडा पनि बढी  नै थियो। पहिलो चोटि घरबाट टाढा हुँदाको पिडा जती नै, अझ बढि  नै होला शायद।tragedy

वियोगको पिडा, कसैसँग टाढिँदाको पिडा, आफ्नो मान्छेलाई छोडेर जाँदाको  पिडा । त्यो दिन म कसैसँग नभै  आँफैसँग टाढिँदै  थिए, आफ्नै मुटुलाई छोडेर जादै  थिए कसैलाई। र उनको  मुटु लिएर। उनको याद लिएर यी आँखा भरी ! आफुलाई छोडेर म उनलाई लिएर जाँदै थिए। आफ्नो मुटु आँफै सँग नहुँदाको पिडा, सहन गाह्रो थियो, मुटु रहने ठाउँमा   बरफ जमेर छाती नै चिसो भएको थियो। जमेको छाती र त्यसले दिएको पिडाले आँखाको आँशु पनि जमेका थिए, रुन सकेनन् यी आँखा टोलाइरहे  उनकै यादमा, हराइ रहेँ उनकै यादमा। मिलनका ती मिठा स्‍मृतिमा ।

मन भित्र बरफ जमेको थियो बाहिर बर्षात हुँदै थियो। पानी परेको पनि  झर्को लाग्दै थियो मनमा। आकाशले पानी हैन अश्रुधार बर्षाउदै  छ जस्तो । मन त लागेथ्यो त्यसरी नै निकालौँ त्यो पिडालाई आँखाबाट आशु बनाएर तर जमेको मन, जमेको आँखा रुन सकेन, जमि-नै रह्यो पग्लिन सकेन ! डाँडाहरुलाई बादलले ढाकेको, अरु दिन मनोरम लाग्थ्यो, त्यो दिन बैराग लाग्यो, आँखाले केही  राम्रो देख्न सकेन । उनलाई देख्न  खोजेँ, पाएनन् अनी रमाउन सकेनन् अरु कुरा हेरेर, हाँस्न सकेनन् बादल देखेर अरु दिन जसरी । रुन पनि सकेनन् त्यसैले त टोलाई रहे, मात्र टोलाई रहे, खुल्लै  थिए तर संसार देखेनन्, फेरी  देख्न खोजे उनैलाई ! देख्न सकेनन्, टोलाई रहेँ ।

टोलाउँदा टोलाउँदै मिलनका  एक एक पल मिठा सपना बनेर नाची रहे वरिपरि। उनका हरेक कुराहरु गुन्जिन थाले। पहिलो भेट, हातमा हात राखेर हिँडेको, कहिले  नछुटिने  प्रेमका  कुरा गरेको । झगडा गरेको फेरी मिलेको फेरी झगडा गरेको। मलाई उनले  पिटेको, टोलाउँदा  टोलाउँदै झस्किए, म उनी सँग नभै यात्राको विचमा रहेको तितो यथार्थ  ज्ञान भयो। आँखा रुन खोजे रुन सकेनन्, झिम्म  झिम्म गर्दै  पहाड तिर हेरेँ, बादल देखेर पनि रमाउन सकेनन् । आँखा भरी हुस्सु लाग्यो, फेरी हराउन थाले उनकै यादमा।

भगवानसँग माग्दै थिए केबल एक दिन, अर्को एक दिन देउ भगवान यो बिछोड अघि, सँगै हिंडेका ती बाटोहरु फेरी एकचोटि हिंड्न सकुँ, मायाले भरिएका उनका आँखामा फेरी एक पटक मन बुझ्ने गरी  हेर्न सकुँ, चुम्न सकुँ उनका कोमल ती हातहरुमा र फेरी एक चोटि बाँध्न सकुँ अँगालोमा उनलाई ।  बरफ बनेको छातीमा उनको मायाको न्यानो स्पर्श पाउन सकुँ । बिछोडको यो तितो पल अगाडि खुशी हुन सकुँ एक दिन अझै बढी ।

हेर्नु छ अझै उनलाई, राख्नु छ आँखाभरी । अझै एक दिन मात्र उनीसँग बिताउन पाएको भए, दिन भरी अँगालोमा राख्ने थिए उनलाई । आराम दिने थिए यी आँखाहरुलाई उनकै कपालको छहारीमा । यस्तै बिचार उर्लदै थिए मनमा, कामना गर्दै थिए अर्को एउटा साथको लागि । तर यो बिछोड त हुनु नै थियो, आज होस् या भोली यो पिडा त हुनु नै थियो । यो मन बारफझैँ चिसो भुँइमा जम्नु  नै थियो । फेरी मिलन हुने मिठो कल्पनामा मनलाई बुझाउने कोशीस गरेँ । यस्तै हो संसार, जिन्दगीले  मिलनको खुशी पनि दिन्छ  र बियोग को पिडा पनि सहनु पर्छ ।

त्यो दिन पछीका केही दिन पिडादायक  भएर  बिते   मेरा लागि ! अब त धेरै दिन भयो त्यो दिन बितेको, आज पनि मबाट टाढा नै छिन्  उनी तर पनि त्यति  पिडा छैन मनमा ! कुरा गर्दा संगै नै छु जस्तो लाग्छ, उनले दिएका कुराहरुमा उनी नै पाउँछु म, फेरी मिलन हुने दिनको प्रतिक्षामा उनका यादलाई पिडा हैन मिठो सहराको रुपमा लिएको छु। हाम्रो मायाले  एक दिन हामीलाई बियोग नहुने  गरी मिलन गराउँछ र जहाँको यात्रा पनि संगै गर्नेछौ हामी । बियोगको पिडा महसुश गर्नु पर्ने छैन त्यो बेला ।

-प्रतीक

तस्विर: discoveryeducation

1 comment :

  1. looking so very really nice story but i am bishnuthapa67@gmail.com

    ReplyDelete