Skip to main content

उपन्यासजस्तो एउटा जीवन ‘सिक्लेसको ठिटो’ #SikleskoThito [Review]

कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ ।

मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहादुर श्रेष्ठले त उनको त्यस कामलाई लोर्कापण समारोहमै मुक्तकण्ठले प्रशंशा पनि गरे । भने, ‘धन्य हुन् मञ्जुश्री र दीपक ।’ अर्का संरक्षणविद् जगमान गुरुङ्ले त यस पुस्तकमार्फत मञ्जुश्री  र दीपकले चन्द्रसँगै आफ्नो परिचय पनि दिन सफल भएको बताए ।

पुस्तकलाई उनै डा तीर्थबहादुर श्रेष्ठ र डा जगमान गुरुङले संयुक्त रुपमा लोकार्पण गरेका थिए । आयोजित लोर्कापण कार्यक्रममा बोल्दै चन्द्र गुरुङकै गाउँ सिक्लेसका स्थानियबासी समेत रहेका जगमानले यस पुस्तकले नेपाली साहित्यमा एउटा गाथा थपेको बताए । ‘यो गैरआख्यान भएता पनि साहित्य र प्राविधिक दुवै बिषयको समिश्रणले उत्कृष्ट भएको छ’, उनले भने, ‘चन्द्र गुरुङको जीवनसँगैसँगै पाठकले नेपालको ग्रामिण बिकासका चुनौती र सफलताका कथाहरु नजिकबाट जान्न सक्नेछ ।’

घुम्सा दुर्घटनाको स्मरण पुस्तक लोकार्पणको समयमा दुवै अतिथि वक्तहरुले गरे । नेपालको माटोलाई नजिकबाट चिनेका निकै कम व्यक्तिहरुमध्येका एक चन्द्र गुरुङ पनि हुन् भन्दै डा जयमानले उनलाई ‘द म्यान अफ दि फिल्ड’ को सङ्ग्या दिए । भने, ‘नेपालको संरक्षण क्षेत्रमा हर्क गुरुङको सिर्जनशील दिमाग र चन्द्र गुरुङको सीप निकै मिसिएको छ ।’ त्यसैले पनि यस पुस्तक ग्रामीण भेगका गाउँदेखि नीति निर्माण हुने सिंहदरवारसम्म सबैका लागि राम्रो सन्दर्भ सामग्री हुने उनको तर्क थियो ।

तीर्थमान श्रेष्ठले ‘सिक्लेसको ठिटो’ नेपालका आरक्ष, वन्यजन्तु निकुञ्जहरुदेखि लिएर राजारानीको शिकारका कुरासम्मको उल्लेख भएकाले यो प्रकृति संरक्षणको इतिहास झल्काउने अभिलेख भएको बताए । नेपालको संरक्षण अभियानमा स्थानिय जनताको मन जित्नैपर्ने चन्द्र गुरुङको धारणा आजका दिनमा झनै बढि सान्दर्भीक हुँदै गइराखेको उनको विचार थियो । ‘यसमा चन्द्र गुरुङको व्यावसायिक जीवनका अनेकौं हर्ष र विस्मात समेटिएका छन्’, उनको भनाई छ, ‘त्यसैले यो जीवनी नै भएता पनि पढ्दैजाँदा उपन्यासजस्तो लाग्छ ।’ तीर्थमानले पुस्तकको अनुवाद उत्कृष्ठ रहेको बताउँदै यसले यसको अंग्रेजी अनुवाद नै नभएको झल्को दिने बताए ।

अनुवादक अधिकारीले भने चन्द्र  जीवित छँदा कहिल्यै भेट्ने अवसर नपाएता पनि पछि उनकै जीवनी अनुवाद गर्न पाउँदा निकै गर्व लागेको बताए । ‘आम नागरिकजस्तै चन्द्र गुरुङका समेत जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरु पुस्तकमा झल्किएका छन्’, उनी भन्छन्, ‘तर पनि मान्छे महान सकारात्मक र नकारात्मक दुवै कुराको मिश्रणबाट बन्छ भन्ने कुरा यो पुस्तकले बताउँछ ।’ १ बर्ष लगाएर सकिएको पुस्तकलाई अनुवाद भन्दा पनि भावानुवादको रुपमा आफूले काम गरेको अधिकारीले बताए ।

१८४ पृष्ठको पुस्तकमा विभिन्न १८ सन्दर्भहरु छन् जसले उनको व्यक्तिगत जीवन, कार्यशैली र घुन्सा दुर्घटनासम्मका धेरै कुरा बताउँछन् । एउटा प्राविधिक क्षेत्रका व्यक्तिको काम; साहित्यकार वा राजनेताको जसरी जीवनीमा उतार्न सजिलो छैन । तर मञ्जुश्रीको क्षमता यहाँ अझ राम्ररी उजागर भएको छ । उनले चन्द्र गुरुङको जीवनीलाई एउटा रोचक उपन्यासभन्दा कमको बनाएकी छैनन् । किताब पढ्दैजाँदा पाठकले नेपालको वास्तविक प्राकृतिक अवस्थाको झल्को त पाउँछ नै, समस्या कहाँनेर छ भन्ने पनि उसैगरी थाह पाउँछ । किताबको शुरुवात चन्द्रको मात्र नभएर पृथ्वीको भौगोलिक विकासक्रमसँगै शुरु गरिनु यसको महत्वपूर्ण पक्ष हो । यस्ता प्राविधिक बिषयमा अंग्रेजीमा लेख्नु जति सहज छ नेपालीमा त्यो उत्तिकै जटिल काम पनि हो । तर अनुवादकले यस मामिलामा पनि आफूलाई सफल तुल्याएका छन  । ति शब्दका नेपाली अनुवाद, कोष्टकमा केही थप अर्थ दिने वाक्यकहरु र आम रुपमा प्रचलित शब्दहरुको मिश्रणले त्यो उत्कृष्ठ भएको छ । सायद अधिकारीको अखबारी लेखनको प्रभाव यहाँ झल्किएको हो । पुस्तकले लेकमा बस्ने मगर÷गुरुङ समुदायको सामाजिक चेतना र बिकासक्रमलाई पनि रोचक रुपमा उजागर गरेको छ । चन्द्र स्वयं त्यसका उदहारण हुन् । उनका कतिपय साथीहरु अहिले पनि त्यही भेँडागोठाला गर्छन् भने चन्द्र विश्वव्यापी नागरिक बनिसकेका थिए । नेपालको कर्मचारीतन्त्र, चाकरी, नातावाद, कृपावादको कारण पनि पछाडि परेको हो भन्ने उनको जीवनबाटै झल्किन्छ । चन्द्रको व्यक्तिगत जीवन अर्को रोचक पाटो हो जसलाई सकारात्मक वा नकारात्मक केही नभनिकन प्रत्येक आम मानिसको जीवनको एउटा हिस्साकै रुपमा चित्रण गर्नु ठीक हुन्छ ।

पुस्तकका कमजोर पक्ष पनि थोरबहुत नभएका होइनन् । बर्णविन्यास वा टाइपिङमा कतिपय ठाउँमा हतार गरेको देखिन्छ । कहिँकतै भाव अर्को लाग्ने वाक्यहरु पनि परेका छन् जसको सुधार आगामी संस्करणमा गर्नुपर्ने देखिन्छ । यद्यपि पुस्तकका राम्रा पक्षहरुका बिच ती नगन्य छन् । यस पुस्तक आख्यान वा गैरआख्यान दुवै भिन्न भिन्न बिषय रुचाउने दुवैले रुचाउन सक्ने पुस्तक बनेको छ । पुस्तक प्रदर्शनीको तेस्रो दिनसम्म आइपुग्दामै झण्डै पाँच सय प्रति बिक्री हुनुले पनि पाठकमा परेको यसको छापको केही हदसम्म प्रतिबिम्ब पाइन्छ । चन्द्रको जीवनी देशलाई माया गर्ने र देशको लागि केही गर्न खोज्ने सबैले एकपटक पढ्नुपर्ने पुस्तक हो । उनको जीवनले दिएको पाठ यो या त्यो भन्दा पनि चन्द्र गुरुङको जीवन आफैमा एउटा प्रेरणा र पाठ हो ।

- प्रदिप बस्याल ( लेखक, विभिन्न पत्रपत्रिका मा लेख लेख्नु को साथै प्रदिपपोष्ट मा ब्लग गर्छन् )

This Blog Originally Published on : pradeepbasyal.com.np

Comments

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post