परिवर्तनका लागि हामी नेपाली एक #NepalUnites [STORY]

एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु,   सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो ।

उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न लाग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो। उ धेरै बेर चिच्यायो करायो, पछी धेरै बेरको आवेगले थाकेछ क्यारे र सुन्ने कोहि नभेटेर ठेस पनि लागेछ कि कुन्नि, ठिक त्यै गल्लि अगाडीको ठुलो भित्तो आगाडी धुलाम्मे सडकमा भत्र्याक्क घुंडा टेकेर बस्यो अनि भक्कानेर रुन थाल्यो, ठुल्ठुलो आवाजले, मानौ उसको परिवारमा ठुलै शोक परे जस्तो।youth

उसको रिस र आवेग आँसु बनेर पग्लीयो। रुंदा एकै तरहले  'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै गाली गर्थ्यो, तथानाम गाली गर्थ्यो नेपालीमा र अंग्रेजीमा पनि के-के भन्थ्यो-भन्थ्यो, छाती पिटी पिट घुँक्क घुँक्क गर्दै रुन्थ्यो र भन्थ्यो ''मलाई चिनिनस...मलाई चिनिनस.. तँ मलाई चिन्दैनस.. तेरीमा फटाहा साला'। उ धेरै बेर रोयो अनि पछी  शान्त भयो, संगसंगै कुकुरका भुकाईहरु पनि मत्थर हुँदै गए। डरलाग्दो कोलाहल फेरी डरलाग्दो सन्नाटा बन्यो। त्यसपछी  उ बिस्तारै आफुलाई सम्हाल्दै उठ्यो, उदेक मानेर, आफ्नो असफल र नाथे आवेगहरु सेलाएपछी, फेरी उतै ठुला भित्ताहरुको बीचको अंध्यारो गल्लि तिर लज्जित हुन सोझियो, रुझेको बिरालो जस्तै तर धुलै-धुलो भएर।

मलाई पनि नमज्जा लाग्यो। उ बिस्तारै बिस्तारै मन नलागी नलागी, निरास भएर शिर झूकाएर र आमिलो मन लिएर फर्कन लाग्दा किन-किन उ संग मेरो खुबै लगाव छकी जस्तो महसुस भयो। उसलाई हेर्दा हेर्दै मलाई आफैसंग यो घटना घटेको हो कि भन्ने अनुभूति भएछ क्यारे मेरो पनि मन उसको भन्दा कम अमिलो भएन। फरक यत्ति थियो म त्यो ठिक आगाडीको भित्तो माथिबाट उसको हबिगत नियाल्दै थिँए र हाललाई म त्यो गल्लिमा जानु पर्ने थिएन। मैले पनि क्रुद्ध कण्ठ लिएर भित्तोबाट देशको माटो गन्ध नआउने, इस्पाती हृदयको जालिम किनारामा झर्ने विचार गरे, जुन यथार्थ पनि थियो।

म झर्नै मात्र के लागेको थिए उताबाट फेरी आवाज सुने। उसलाई त भित्रै बाट फेरी जुरुक जुरुक भएछ क्यारे,'....पख् तँलाई !!...तैले आज मलाई नचिन्ने होइन...' भन्दै गल्लिको मुखबाट फरक्क म चढेको भित्तो तिर फर्केर कुर्लिन पो थाल्यो। 'यो देश तिमीहरुको बाउको पेवा हो?' 'के तिमीहरु र तिमीहरुको सन्तान मात्र पाल्ने ठेक्का लिएकि छिन् नेपाल आमाले? के सोचेर हामीलाई यो अपमान गरेको? हामीले बलिदान दिएर कोरेको हो हाम्रो भविष्य बुझिस् र त्यो हामीलाई प्यारो छ, आज हामीले भोक काटेर दिएको रोटि खाएर हाम्रै कोखमा छुरी रोप्न खोज्ने? को होस् तँ, को हौ तिमीहरु? हिजो मेरो खुट्टा ढोगेर भर्र्यांग चढेको होइनस्? के सोचेको छस? यो सहरमा मरेका लासहरु भौतरिन्छन् हरेक दिन? यो सयौ फूलका थुंगा चिहान जस्तै चिसो र अनुत्तरित  छ? तेरो आराजक मानसिकताको दास भै रहन्छु जस्तो लागेको छ तँलाई? मेरो विवसतामा अट्टहास गर्ने स्वतन्त्रता कस्ले दियो तिमीहरुलाई? उदेक लाग्छ तेरो दारिद्रता देखेर तर म थाकेको छैन। हो, धोकै धोकाले आजित अवस्य भएको छु तर मैले हरेस खाएको छैन। म नयाँ पुस्ता को अवस्य हुँ तर मेरो मन पनि नेपाली नै हो। याद राख गोर्खालीको रगतमा सालिनता र कठोरता दुवै हुन्छ। के मधेश के हिमाल फिलिंगो उठ्यो भने तेरो सर्वनाश निश्चित छ। आजै सहि बाटोमा लाग् नत्र प्रलय आउन कसैले रोक्न सक्दैन।

यतिबेला सम्म उसमा सम्यमता आइसकेको थियो। त्यो आवेगमा रोएको केटो सालिन, गम्भीर, जिम्मेबार त भयो नै संगसंगै भयाभव पनि भयो। उसले भन्यो,"पहिला मेरो संबिधान ले तेस्पछी तेरो भाग्य लेख्न हामी सोचौँला - ज्याला लिई सकिस् अब संविधान दे" ! सुन्य बाटोमा कतै कुकुरहरु भुकेका थिएनन्। एकाध कुकुरहरु भुके पनि हात्तीको आफ्नै गति हुन्छ। मेरो मुटु ढक्क फुलेर आयो मानौ मैले पनि आफ्नो अधिकार पाए जस्तो। गर्वले शिर ठाडो भयो र त्यो गल्लिमा उज्यालो  छाउँछ कि भन्ने आशा पनि। अनि त अचम्मै भो !! त्यो भित्तोमा एक दुई गर्दै नाराहरु आफसे आफ लेखिन थाले ! मेरा छेउ छाउमा पनि लाम लागेर गाउँलेहरु 'हो.. हो..' भन्दै तल नियालि रहेका पो रहेछन् ! एक दुई गर्दै धुलाम्मे बाटाहरु कलिला तर फुर्तिला जमातले भरिन थाले !

अंध्यारो नेपथ्यबाट एउटा कुर्लियो "ढोंगी", अर्को पनि "साला अकबेरे डरछेरुआ जमात” ! हात्तीले कस्को सुन्छ र, कुकर भुकेर हात्तिलाई के नै असर गर्छ र, उ त आफ्नै गतिमा हिँडी रहन्छ । 'हो...हो'..'चाहियो ...चाहियो'..सडक रनक्क तत्तियो.. म नारा लेख्दै रहेँ र अरु ४५००+ ले पनि ! समूह बढ्दै छ, हामीहरु नारा लगाइरहेकाछौँ, परिवर्तन निश्चित छ ।

भविष्य कोर्ने आफैँले हो !

अहिले नगरे कहिले ? हामीले नगरे कसले ?

--

गुन्जन खनाल

'डेनमार्क'

0 प्रतिक्रिया :

Post a Comment