Do you know ? I can see your Twitter Timeline

ट्विटर ले अस्ति देखि एउटा नयाँ ‘फिचर’ ल्याएको छ । अब जो कसैले अरु को ‘टाइमलाइन’ हेर्न सक्छन् । भन्न को मतलब, तपाईले आफ्नो ‘टाइमलाइन’ मा जे देखिरहनु भएको छ, ती सबै कुरा मैले पनि देख्न सक्छु । जो कोहीले पनि तपाईले ‘फलो’ गरेका ‘फलोइङ’ भन्ने लिंक क्लिक गरेपछि, तपाई को टाइमलाइन मा जे देखिन्छ, अरु ले पनि त्यही टाइमलाइन देख्न सक्छन् । तर तपाईले फलो गरेका ‘प्रोटेक्टेड ट्विट’हरु भने मैले हेर्न मिल्दैन ।

timeline

यसबाट तपाईले क-कसलाई फलो गर्नुहुँदो रहेछ भन्ने थाहा पाउन सक्नुहुन्छ । उसको टाइमलाइन मा तपाईको ट्विट देखिएन भने जान्नुस, तपाईलाई उसले फलो गरेको छैन । अनि यसको अर्को पनि फाइदा छ, यदि कोही ट्विटर को ‘पावर युजर’ छ भने त्यसले कसलाई फलो गर्दोरहेछ भन्ने थाहा पाइन्छ र उसले फलो गरेका व्यक्तिहरुलाई आफूले पनि फलो गर्न सकिन्छ ।

जस्तो तपाईलाई कस्तो कुरा भन्ने कौतुहलता लागिरहेको भए, तपाईले मेरो टाइमलाइन यहाँ गएर हेर्न सक्नुहुन्छ !

नयाँ फिचर ल्याएसँगै ट्विटरका ‘म्याजेस’ र ‘अप्सन’ भन्ने ‘बटन’ को स्टाइल मा पनि परिवर्तन आएको छ । त्यसबाहेक ट्विटर ले केही दिन पहिले सबै ‘मेन्सन’ हरु ईमेल मा पठाउने ‘फिचर’ ल्याएको थियो । बिस्तारै ट्विटरले यो ‘फिचर’ सबैको लागि उपलब्ध गराउँदै जानेछ ।

अनि अर्को कुरा, तपाईले अरुको ‘फलोइङ’ लिंक क्लिक गरेपछि ट्विटर को दायाँ कुनामा ‘सफल आइकोन (shuffle icon)’ देखिन्छ । जसलाई क्लिकेर तपाईले ‘र्‍यान्डम्ली’ (Randomly) अरुहरु को टाइमलाइन हेर्न सक्नुहुन्छ । तपाईले फलो गरेका जुनसुकै व्यक्ति को टाइमलाइन देख्न सक्नुहुन्छ । यसबाट नयाँ उपयोगी ट्विटरहरुलाई ‘फलो’ गर्न सजिलो हुन्छ ।

twitter random

1 comment :

  1. Ram Narayan Ray janakpur Nepal Hal Saudi Arab Riyadh

    ReplyDelete