Skip to main content

Nepali Blog MySansar Publishes IP & Email Address of Users : Violation of User’s Privacy (?)

नेपाली भाषाको पहिलो र चर्चित नेपाली ब्लग ‘माइसंसार’ ले पछिल्लो पटक ब्लगमा राजस्व ठगी गरेको ‘चौधरी घराना’ सम्बन्धी ब्लगहरु निरन्तर प्रकाशित गरिरहेको छ । अर्थ सचिव रामेश्वर खनाल को राजिनामा अनि त्यस सँगै जोडिएर आएको कर छलि लगायत का खबरहरुमा चौधरी घराना मुछिएको छ । चारै तिरबाट चौधरी का विरुद्ध करछलि को मुद्दा दह्रो रुपमा उठाइँदैछ र यो उठाइनुपर्छ पनि । राजस्व छलि गर्नेलाई सजाय हुनुपर्छ र अहिले सम्म को परिस्थिति हेर्दा चौधरी समूहले अर्बौँ को राजस्व ठगी गरेको बुझिन्छ । IMG

नियमित हेरिने  ‘माइसंसार’ ब्लग मा “कान्तिपुरमा विनोद चौधरीले खण्डन लेख छपाए” भन्ने ब्लगपोष्ट १ दिन पहिले प्रकाशित गरिएको थियो । र अहिले माइसंसार मा नियमित रुपमा ३-४ वटा अन्य ब्लगहरु पनि ‘राजस्व ठगी’ का बारेमा छापिएकाछन् । साथै, कान्तिपुर जस्तो ठूलो मिडिया ले यस प्रकार को लेख छाप्नुहुँदैन थियो भन्ने कुरा पनि, ती ब्लगहरुमा उठाइएको छ । ब्लगमा उठाइएका सबै कुरा जाजय नै छन्, धेरै कुराहरु खुलाएर जनताका सामू पस्किएको ब्लग का लागि ‘माइसंसार’ धन्यवाद को पात्र बनेको छ ।

अब लागौँ, आज हामीले उठान गरेको कुरातर्फ । “कान्तिपुरमा विनोद चौधरीले खण्डन लेख छपाए” भन्ने ब्लगपोष्ट मा माइसंसार ले पाठकहरुको आइपी ठेगाना र इमेल सहित ब्लगमा अपडेट गरेको छ । आज फेरि त्यही ब्लग दोहोर्‍यार हेर्ने क्रममा, प्रयोगकर्ताहरु (केही कमेन्ट गर्ने पाठकहरु) को आइपी ठेगाना र इमेल सा्र्वजनिक गरेको देखियो । त्यो देखेपछि लाग्यो, ब्लगमा कमेन्टगर्ने प्रयोगकर्ताहरु को अलिकति पनि गोप्यता को सम्मान माइसंसारले गरेको छैन । बरु, आफ्नो कुरा नाजायज भन्नेहरुलाई ईमेल ठेगाना प्रकाशित गरेर तह लाउँछु भन्ने विकृत मनस्थिति माइसंसार ले बनाएको छ र यसबाट माइसंसार को गैरजिम्मेवारीपन झल्किएको छ । र मलाई लाग्छ, विशेष परिस्थिति बाहेक, विना अनुमति कसैको ‘ईमेल आइडि’हरु इन्टरनेटमा सार्वजनिक गरिनु भनेको अपराध नै हो । 

सामान्य गोपनियता पनि नअपनाइ प्रकाशित गरिएका प्रयोगकर्ताहरुको ईमेल र आइपी सँगै उनीहरुको प्रतिक्रिया पनि छापिएको छ । प्रतिक्रियामा ‘आपत्ति’ जनाउनु पर्ने कुराहरु खासै केही छैन । ब्लगर ले ब्लगमा पनि भनेकाछन् “यो ब्लग प्रकाशित भएपछि चौधरी ग्रुपको निम्न आइपीबाट कमेन्टहरुको बाढी नै आएको छ” तर बाढि आएको छ भन्दैमा, कसैको गोपनियता को सम्मान नगर्नु कत्तिको जायज हो ?  कमेन्ट को बाढि आएको भन्दैमा पाठक/प्रयोगकर्ताहरु को ईमेल आइडि सार्वजनिक गरिनु भनेको निन्दनिय अपराध हैन र ? अनुमति विपरित व्यक्तिका ईमेल आइडि, आइपी सार्वजनिक गरिनु भनेको मानवअधिकार हनन गरिनु पनि हो, हैन र ?

जब पनि कुनै समूहलाई आक्षेप लाग्छ, ती समूहका व्यक्तिहरुले ती आक्षेपहरु सही होइनन् भन्दै आफ्नो पक्षमा सफाइ निश्चय नै दिन्छन् । अनि ब्लगमा लेखिएको कुराहरु भ्रामक हुन भन्दै कसैले प्रतिक्रिया जनाउँछ भने, त्यस व्यक्ति को ईमेल आइडि सार्वजनिक गरिनु कत्तिको न्यायसंगत छ ? अझ भनौँ, फरक मत राख्दैमा कसैले अपराध गरेको ठहर्छ र ? तर उक्त ब्लगमा ‘चौधरी समूह’ बाट गरिएको ‘कमेन्टहरु’ लाई अपराध को दर्जामा राखिए झैँ गरि प्रकाशित गरिएको छ । माइसंसार जस्तो ठूलो र प्रसिद्ध ब्लग ले पाठकहरु को गोपनियताको सामान्य सम्मान पनि गरेको नदेख्दा, अचम्म लाग्यो । माइसंसार पक्कै पनि, ‘व्यक्तिगत/निजी’, ‘प्रोटेक्टेड’ ब्लग होइन । माइसंसार देश कै सबैभन्दा बढि हेरिने नेपाली ब्लग भएका कारण यसका पाठकहरु धेरैछन् । ब्लग ‘पब्लिक’ भएपछि र अझ क्रिया प्रतिक्रिया पनि हुने भएपछि, ब्लग को पक्ष  र विपक्षमा आफ्ना मतहरु राखिनु सामान्य कुराहरु हुन् । तर यही सामान्य कुरालाई पनि माइसंसारले ‘व्यक्तिगत’ तवरमा लिएको देखियो । इन्टरनेटमा विचार राख्न पाउनु सबैको अधिकार हो, उक्त विचार सँग सहमति वा विमति राख्नु पनि सबैको अधिकार नै हो । तर ब्लगमा लेखिएको कुरालाई लिएर, ब्लगप्रति नै औँला उठाइयो भने, ईमेल नै प्रकाशित/सार्वजनिक गर्ने यो कस्तो परिपाटी हो ?

mysansar tosमाथि को फोटो माइसंसारबाट लिइएको हो , जसमा कुन परिस्थितिमा माइसंसारले ईमेल सार्वजनिक गर्न सक्छ भनेर लेखिएको छ ।

ती पाठक/प्रयोकर्ताहरुको ईमेल र आइपी सहित प्रतिक्रिया छापिनु निन्दनिय छ । आफ्नोभन्दा फरक विचार/प्रतिक्रिया आयो भन्दैमा उत्तेजित भएर, आइपी र ईमेल प्रकाशित गर्नु अनलाइन/ब्लग को धर्म होइन । चौधरी को पक्षमा प्रतिक्रिया आयो, चौधरी समूह का कम्प्युटरहरुबाट प्रतिक्रिया आयो भन्दैमा, पाठकहरुको ईमेल सार्वजनिक गर्ने अधिकार माइसंसारलाई नहुनुपर्ने हो ! अनलाइन/ब्लग मा यस प्रकार का ईमेल ठेगाना सार्वजनिक गर्नु साह्रै निन्दनिय कार्य हो । माइसंसारलाई आधार मान्ने हो भने, हामी अनलाइन/ब्लगमा गलत परिपाटि बसाउँदैछौँ । कसैले असहमति जनाउँदैमा कमेन्ट प्रकाशित नगर्नु वा कमेन्ट प्रकाशित गर्दा ईमेल आइडि प्रकाशित गर्नु भनेको गलत संस्कार हो । तर गाली,गलौज  को भाषा भए, प्रतिक्रिया प्रकाशित नगर्दा हुन्छ । अरुको विचार को सम्मान गर्न सकिँदैन, अरुको गोपनियता को सम्मान गर्न सकिँदैन भने, ब्लग को बाटो नरोजेकै राम्रो !

अत: माइससंसारलाई पाठक को गोपनियता को सम्मान गर्न आग्रह गर्दै तत्काल ईमेल आइडि/आइपी ब्लगबाट हटाउन आग्रह गर्दछौँ । ईन्टरनेटमा यस्ता अमर्यादित क्रियाकलाप तत्काल रोकिनुपर्छ । माइसंसार जस्तो प्रतिष्ठित ब्लगलाई यस्तो तल्लो स्तर को कार्य गर्न पटक्कै सुहाउँदैन र यो कार्य न्यायसंगत र तर्कसंगत पनि छैन ।

माइसंसारमा प्रकाशित कुनै पनि ब्लगपोष्टहरु प्रति हाम्रो सहमति वा असहमती छैन ।  माइसंसार प्रति पुर्वाग्रही भएर यो ब्लग लेखिएको पनि होइन । तर ब्लगमा आइपी र ईमेल प्रकाशित गरिनुलाई कुसंस्कार ठहर्‍याउँदै यस निन्दनिय कार्यका विरुद्धमा भने यो ब्लगपोष्ट लक्षित रहेको छ । साथै, हामी कुनै पनि रुपमा चौधरी समूह सँग आवध्द छैनौँ ।

तस्विर : banglz.com

Comments

  1. thumbs up aakar. right issue raised.

    ReplyDelete
  2. "इन्टरनेटमा विचार राख्न पाउनु सबैको अधिकार हो, उक्त विचार सँग सहमति वा विमति राख्नु पनि सबैको अधिकार नै हो । तर ब्लगमा लेखिएको कुरालाई लिएर, ब्लगप्रति नै औँला उठाइयो भने, ईमेल नै प्रकाशित/सार्वजनिक गर्ने यो कहाँ को नियम हो ?"

    यहाँको कुरा निकै सहि लाग्यो आकार जी ! यस कुरामा पक्ष विपक्षको भन्दा पनि - माइसंसारको एक असल शुभ चिन्तकले गर्ने कमेन्ट हो जस्तो लाग्यो ! किन भने उस बाट भै रहेको गल्ति औलाएको मात्र हो नि -विरोध होइन ! यो एउटा असल पाठक र शुभ चिन्तकले गर्ने कार्य हो ! तर्सथ यसलाई माइ संसारले अन्यथा नलेला भन्ने कुरामा म विश्वस्थ रहेको छु !

    ReplyDelete
  3. Mysansar is a personal blog, just like any other personal blogs. The difference is that it has gained much more audience, no one can deny it. ( Bhumika G also wrote about it )

    Although the comments are moderated, publishing IP/Email is weird and disputable trick. Users can submit fake Email ID, and ip can be anonymized. There is no end to it.

    "If you do not agree with it, better not visit the blog" (something like that) I am just quoting the author.

    Cheers!!!

    ReplyDelete
  4. I've not said, I do not agree with the content it publishes but focused on 'publishing email id is unacceptable, its not good practice and asked to remove it'.

    And thanks for info Nabin Sir.

    :)

    ReplyDelete
  5. Aakar, Commendable job!

    Well, a blog is a blog-personal, regardless of what field the subject is susceptible to. Undoubtedly, Mysansar is a blog too-but the main feature that distinguishes it from other blogs is the trust and legitimacy the mass believes Mysansar abides. The blogger says that it is a personal blog, but it is also a fact that any blogger would want more visitors and user comments- Mysansar is not an exception to this fact.

    Coming to publishing I.P addresses and email addresses of the users-- how legitimate and justifiable is it to publish IPs of those who do not support your blog/post? Well, you are able to attract visitors and there is a space provided for those who want to throw their opinions on the posts. Now, if you get reactions on what you write and you try to control or resist those reactions-- how is it justifiable? It's a personal blog, and sure we don't people to take the matters we cover personally-- doesn't that apply the other way too?

    Not just for Mysansar, but for all other bloggers- when we have a space to write what we feel, and give space for others to express their opinions-- we have to respect their perception too. If one is not able to handle criticism, they should employ "yes-people" or share their opinions with only those who support them regardless--or the best option, close the comment forum!

    @Nabin dai, I agree with you on the statement "If you do not agree with it, better not visit the blog" but isn't blog a forum of One's opinions and perceptions itself? One does not have to agree with the other- but this kind of hostile reaction and disrespect for privacy of visitors of one's blogs- where will this lead us to?


    Mysansar has done a commendable job of bringing out the news regarding corruption and authority abuse, but it would be much better if the blogger himself re-pondered about the authority abuse (well, not in material sense- but in moral sense) about privacy and trust.

    ReplyDelete
  6. Well written, Aakar dai.

    As Tanjali ji proposed, if you cannot take in opinions from others, better not provide that space in the first place. Moderating profanity is always there, but publishing one's personal information just because their thought and perceptions are in contrary doesn't seem to be a justifiable act by a trusted and respected blog such as mysansar.

    ReplyDelete
  7. They should have respected the trust of their visitors. Thanks Aakar, for pointing out the issue. It is not only for Mysansar, every other bloggers should also be aware of the issue and respect the privacy of the visitors.

    ReplyDelete
  8. MySansar responded their view in this blogpost
    http://bhumikasa.wordpress.com/2011/04/05/mysansar-com-engaging-in-vendetta-blogging/

    ReplyDelete
  9. सबैले मात्र कम्मेन्ट गर्नलाइ भनेर नक्कली इमेल बनाउने र प्रोक्सी बाट इन्टरनेट चलाउने गर्छन् भन्ने कुरा मलाई लाग्दैन ! इमेल ठेगाना प्रकाशित गरेको कुरा ठिक लागेन, तर चित्त नबुझेको कुराको आवाज उठाउन छोड्न हुँदैन !

    ReplyDelete
  10. So, Mr. Akarpost, you are also earning money from CG group. I know you are the honest and closest from Binod Chaudhari. Noon ko sojho ta garnai paryo hoinara???????????? khai hami lai ta kunai pharak parena hamro ip address ra email published garera. jhanhami ta ramro lageko chha. so next time do not point out this this.

    ReplyDelete
  11. Yes, Anita ji.
    We are cool, since we know what we are doing, and who we are. And also we know who are you and where are you from. You cannot fool us, we do have access to your email,ip, location etc.And you are blaming us, without seeing footer content of the post. And we donot agree with you, and it doesnot mean when you give diverse view/opinion which is contradicting with our views, then we have to publish your email id and ip public ?

    When your personal detail will be exposed (email, public ip) on public on internet then you will understand what does it mean.

    Our advice, Try to change your perception about using internet. It seems you need to learn ethics of Internet.

    Internet should be clean. One must respect the privacy of visitor. We should practice good things.

    Thank you !

    ReplyDelete
  12. yo ta atti nai bhayo, tyaha tyasto gaali galauj ta gareko chaina
    Since mysansar is already a BIG blog site, they shold have not act like a child
    tyait tyasto nachaine kaam ni garcha CHEAP MORE popularity khojeko jasto lagyo

    ReplyDelete
  13. email address ra IP address publish garnu ramro ta hudai hoina, tara Aakar jee, tyo email adress ra IP address sahi nahuna ni sakcha ni hoina ra?
    internet ma nakkali IP create garera ni jaana sakincha bhanne suneko thiye.

    ReplyDelete
  14. ईमेल र आइपी सही नहुन सक्छन् साथै 'प्रोक्सी' प्रयोग गरेर फर्जी कामहरु गर्न सकिन्छ । हामीले भन्न खोजेको पब्लिक मा ईमेल र आइपी प्रकाशित नगरौँ । प्रयोगकर्ता को गोपनियता को रक्षा गरौँ ।

    ReplyDelete
  15. Pahilo choti Mysamsar ma comment garda malai Dar jasto lageko thyo kina k tesma email address prakasit garine kura gareko thyo.. tara pani ma sadhai tesma comment garne garthee... Maile pani tyo article ma comment gareko thye.. tara timile yeha bhanejasto garera socheko thyena...Timro kura man paryo aakar... timro kura sahi ho..

    ReplyDelete
  16. नबिन सरले भने जस्तै नक्कली ईमेल बनाउनु र अज्ञात आईपि वा प्रोक्सीबाट नेट चलाउनु पनि कुनै गाह्रो कुरा नभएको अबस्थामा यसको आधिकारिकता माथि पनि प्रश्न उठाउने ठाउँ सधै हुन्छ नै । यस्तो बेलामा यस प्रकारको आईपि वा ईमेल प्रकाशन गर्नु पनि बेक्कार कुरा हो। तैपनि मलाई पनि लाग्छ, कोही आफ्नो विचारमा सहमत भएनन् भन्दैमा उसको ईमेल वा आईपि (नक्कली नै भएपनि) सार्वजनिक गर्नु सही कुरा होईन ।

    हुन त व्यक्तिगत ब्लगमा के गर्ने के नगर्ने भन्ने कुरा पनि स्वविवेकमै भर पर्ला तर असहमतीको आवाज सुन्नै नसक्ने वा त्यस्ता आवाजलाई बल प्रयोग गरेर दबाउन खोज्ने प्रबृत्ती सच्चा ब्लगरमा नहुन पर्ने हो :(

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post