It’s already New Year ! Subhakamana :)

सबैलाई स-प्रेम सम्झना,

ज्यान रहे जहान भन्ने चलन छ । सबैको ज्यान रहोस भन्ने कामना-सर्वप्रथम ।

प्रचण्डको मुक्की, मा. कु. ने.को उक्ति, झल्लुको जुक्ति र गिरिजाको मुक्तिबाट चल्न नसकेको देशमा यो वर्ष केहि होस् भनेर सबैले प्रार्थना गर्याछन् । देश यस्तै रहे, नेपाली हो, भनेर चिनारी राख्ने जो-कोहि जहाँ-कहीँ रहे पनि कसैको भलो  नहुने कुरा चेतना भया । हातमा हात राखेर बसेर 'खै गाई त भिरबाट खस्न लग्यो' भनेर 'छुचुन्द्रे' भएर बस्यो भने गाई भिरबाट मात्रै खस्दैन सबैलाई खसाल्छ ।

चेतना सबैभन्दा ठुलो कुरा हो, एकचोटी सहि चेतना आयो भने जहाँबाट पनि सहयोग गर्न सकिन्छ, कसरी ? पढेलेखेको मान्छेले आफैले खोज्नु पर्छ, त्यहाँनेरी Innovation भेटिन्छ :-) हिजो पो धेरैको 'status'- 'विद्यार्थी' मात्र थ्यो, आज त 'विद्वान', 'धनवान', 'लोक घुमेको', 'जान्ने बुझेको' भै सक्यो नी होइन र? अनी तपाई हामीले उपाय नखोजे कसले खोज्छ त?  

new year 2068छिमेक ‘भारत’ मा आउने वर्षहरुमा राजिनैतिक उतारचढाव र ताण्डव निश्चित छ । नेपाल छेकेर बसेको बिहार पहिलाको जस्तो बिहार रहेन । यो “भारतिय” सत्तामा चाँडै माथि उदाएको नयाँ प्रान्तिय शक्ति हो । पहिला दुर्बल हुँदा त यो सास्तीथ्यो अब सबल भएपछि के  होला? त्यसै Hindi भाषाको बारे  'नेपाली-इन्डियन दलाल' हरुले यति सम्म बोल्ने कोसिस गरेका होइनन् । यस्तै 'तरल' स्थितीमा नेपाल रहने  हो भने भोलिका दिनमा नेपालको हालत के  हुन्छ ? हिजोआज दैनिक सुनिने/पढिने समाचारबाट पनि नेपाल को अवस्था छर्लङ्ग थाहा पाउन सकिन्छ ।

अब जाग्ने बेला आइसकेको छ, आज केहि नगरे भोलि पछुताउनु सिवाय केहि हुने छैन । अहिले नजागे कहिले त?   आफ्नो-आफ्नो दैनिकी आनुसार काम-धन्दा, पढाइका साथ-साथ देशको बारे विचार बिमर्स गरौँ, विचार बिमर्स त धेरैले  गर्छन् तर अब संगठित भएर विभिन्न कार्यक्रम गरौ । Weekend मा भेला भएर मो:मो मात्रै बजाउने होइन एउटा ठोस् कार्यक्रम बनाउँ, Internet मा हामी सबैको चासो व्यापक बनाउँ, यसको शक्तिलाई र Impact area लाई महसुस गरौ !

देशमै बसेकाहरु त झन् नजागी बिकल्प नै छैन तर पढेलेखेको भनाउँदा तपाई हामी जस्तो मान्छेको ठुलो हिस्सा बाहिर रहेको स्थितीमा देशबासिले  केहि गरेनन् वा गर्न सकेनन् भन्नु आफ्नो लाचारी र गैरजिम्मेबारीपन बाहेक केहि हुने छैन । मन नपरेको कुराको सर्बत्र बिरोध गरौ... आफ्नो ब्लगमा, Twitter मा, Facebook मा, Google Buzz मा, आदि सोसल मिडियामा । यसबारे Youtube Video  बनाउँ, चिनेको सबैलाई  इमेल पठाउँ, सक्नेले र्‍याली निकालौँ.. आदि आदि ! यस्ता सानो प्रयास कसले सुन्ला र नभनौँ? पहिला प्रयास र धैर्य त गरौ !

यो वर्ष हामी सबैको लागि धेरै नै महत्वपूर्ण छ । यो साल देशको हितको लागि सुनौलो कदमहरु चालौँ, हातेमालो गर्दै सँगसँगै अघि बढौँ । 

अहिले  नजागे कहिले त?

नव वर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना !

- गुन्जन खनाल - 

(Denmark,University of Aarhus, Department of Agro-Environmental Management)


Thanks ‘Gunjan’ for this wonderful words and Thanks ‘Luna’ for this beautiful picture.

0 प्रतिक्रिया :

Post a Comment