Skip to main content

Will Classes Resume From Tuesday? #KU

काठमाडौँ विश्वविद्यालय मा तालावन्दी भएको आज २० औँ दिन । तर २० औँ दिन सम्म पनि केयु प्रशासन ले आन्दोलनरत पक्षलाई वार्ता मा नबोलाउँदा र वार्ता नहुँदा कतै केयु प्रशासन विद्यार्थी नै जुधाएर बस्ने खेलमा लागेको हैन भन्ने शंका उब्जिएको छ । हुन त, रजिष्ट्रार ले पहिले चुनावलाई सहि र पछि स्थगन भनेर सूचना जारी गर्नुले नै केयु मा राजनिति छिरेकोछ भन्ने प्रष्ट संकेत गरिसकेको छ । अनि अझ केयु को दोस्रो सूचना पछि,  रजिष्ट्रार को पदावधि फेरि थपिनुलाई पनि विद्यार्थीले सोही राजनीतिक चलखेल को एउटा पाटो को रुपमा बुझेकाछन् ।

यसैविच आज आन्दोलनरत पक्ष नेविसंघ ले एक विज्ञप्ति मार्फत, “प्रशासन मात्र बन्द गरेको” जनाउँदै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गरेको छ । विज्ञप्ति मा भनिएको छ, “विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्दै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गर्दै प्रशासनिक निकाय मात्र तालाबन्दी गरिएको जानकारी यसै विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं” । उनीहरुले आज दिउँसै, प्रशासनिक भवन बाहेक अरु स्कुल र डिपार्टमेन्ट मा लागेका तालाहरु खोलिदिएकाछन् ।

आज जारी विज्ञप्तिमा भोलिदेखि सेन्ट्रल क्याम्पस धुलिखेलमा नियमित पठनपाठन मा केही बाधा नगर्ने भनिएको छ । साथै सशक्त आन्दोलनका थप कार्यक्रमहरुको घोषणा गरिएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । अनि आन्दोलन का थप कार्यक्रम अन्तर्गत, आजैका दिनदेखि काठमाडौं विश्वविद्यालय अन्तर्गतका पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टका प्रशासनहरुमा पनि तालाबन्दी गरिएको छ ।

NSUBigyapti_2067-12-7

हामीलाई प्राप्त प्रेस विज्ञप्ति को पूर्ण पाठ

मिति: २०६७/१२/७

विज्ञप्ति

काठमाडौं विश्वविद्यालयमा २०६७ फागुन १७ गते भएको विद्यार्थी कल्याणकारी परिषदको निर्वाचन काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद निर्वाचन नियमावली अनुसार सम्पन्न भइ नेपाल विद्यार्थी संघ र अनेरास्ववियूलाई विजयी भएको घोषणा विश्वविद्यालय प्रशासनले विधिवत रुपमा गरेको थियो। कान्तिपुर राष्ट्रिय दैनिकमा २०६७ फागुन २१ गते विश्वविद्यालयका रजिष्ट्रारले सुचना प्रकाशित गरि पुष्टि गरेको सम्पुर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय जन-समुदायहरुलाई सर्ववीदितै छ।

गुण्डागर्दी र धाक धम्कीको भरमा चुनाव जित्न खोज्ने केही अराजक तत्त्वको दवाबमा विश्वविद्यालय प्रशासन निरीह भइ निर्वाचित विद्यार्थी कल्याणकारी परिषदका पदाधिकारीहरुको सपथ ग्रहण गराउनुको सट्टा उल्टै नव-निर्वाचित विद्यार्थी कल्याणकारी परिषदलाई नै स्थगन गर्ने सुचना जारी गर्नाले विश्वविद्यालयका रजिष्ट्रार आफैंमा असक्षम भएको पुष्टि गरेको छ। काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीको भविष्यमाथि खेलवाड हुने गरि विश्वविद्यालयका रजिष्ट्रारले निकालेको पछिल्लो सुचना प्रति नेपाल विद्यार्थी संघ घोर आपत्ति प्रकट गर्दछ र उक्त कार्यले विश्वविद्यालय प्रशासनका पदाधिकारीहरुको पनि असक्षमताको पुष्टि गर्दछ। काठमाडौं विश्वविद्यालयमा यस्ता असक्षम पदाधिकारीहरु बस्नु भनेको विश्वविद्यालयको भविष्यमा नै खेलवाड गर्नु हो। त्यसैले काठमाडौं विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षकवर्ग, कर्मचारीहरु लगायत सम्पूर्ण प्राज्ञिक वर्गको सर्वोत्तम हित भनेको नै यस्ता पदाधिकारीहरुको राजिनामा हो भन्ने हाम्रो ठहर छ। विद्यार्थी कल्याणकारी परिषदको विधिसम्मत भएको निर्वाचन स्थगन गर्ने सुचनाबाट सम्पूर्ण विद्यार्थीहरु प्रभावित भइ एक ढिक्का भएर काठमाडौं विश्वविद्यालय केन्द्रीय हातामा रहेका सम्पूर्ण स्कूलहरुमा पठनपाठन हुने गरि काठमाडौं विश्वविद्यालय केन्द्रीय प्रशासनमा मात्र ताला लगाएको कुरा सबैमा अवगत नै छ। तर काठमाडौं विश्वविद्यालय प्रशासनले विद्यार्थी जुधाउने र विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने नियतले गत २० दिनदेखि काठमाडौं विश्वविद्यालय बन्द रहँदा पनि हाम्रो मागको सम्बोधन नहुनुले काठमाडौं विश्वविद्यालयले आफ्नो लाचारीपनको नाङ्गो प्रदर्शन गरेको छ। त्यस कारण हामी सशक्त आन्दोलनका थप कार्यक्रम गर्न वाध्य छौं। आजैका दिनदेखि काठमाडौं विश्वविद्यालय अन्तर्गतका पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टका प्रशासनहरुमा पनि तालाबन्दीको कार्यक्रमको घोषणा गरेका छौं।

विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्दै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गर्दै प्रशासनिक निकाय मात्र तालाबन्दी गरिएको जानकारी यसै विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं। पठनपाठन सुचारूका लागि कुनै पनि पक्ष वा तत्त्वले आनाकानी गर्ने खालको क्रियाकलाप गर्छ भने सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो अधिकारको सुनिश्चितताको लागि संघर्ष गर्न हार्दिक अपिल गर्दछौं।

जय नेपाल!

साँच्चै भन्ने हो भने, अब ‘बल’ केयु प्रशासन कै कोर्टमा छ, हुन त पहिले पनि ‘बल’ केयु प्रशासन कै कोर्टमा थियो । नेविसंघ ले प्रशासन मा मात्र ताला लाएको र पठनपाठन सुचारु गर्न आग्रह गरिसकेको अवस्थामा कक्षाहरु पुर्ववत रुपमा नै सञ्चालन हुनुपर्ने हो । तर पनि अहिलेसम्म प्रशासनबाट केही ‘रेसपोन्स’ न-आएका कारण यसै भन्ने अवस्था छैन । प्रशासन मा तालावन्दि गरिँदा को पहिलाको नजिरलाई आधार मान्दा भोलि देखि कक्षा सुरु हुनु पर्ने हो । स्मरणिय रहोस विगत मा समय समय मा प्रशासन मा तालावन्दी गरिँदा पनि कक्षाहरु सुचारु रुपले सञ्चालन भएकाथिए ।

भोलि केयुमा कक्षा हुने नहुने कुरा, काठमाडौँबाट स्कुल बस आउँछ कि आउँदैन भन्ने कुरा मा निर्भर गर्छ । अत: काठमाडौँ बाट स्कुल बस आए भोलि कक्षा पुर्ववत नै सुचारु हुनेछ ।  अन्यथा पठनपाठन सुचारु हुन लगभग असम्भव नै छ । अनि यहाँ  विद्यार्थीहरु माझ दुविधा र शंका कायम नै छ, के भोलि केयु मा क्लास होला त ? तर अब  भोलि को कुरा भोलि मात्रै थाहा हुने यहाँ को अवस्था छ ।

अपडेट

केयु प्रशासन बाहेक अन्य डिपार्मेन्ट र स्कुलमा तालाबन्दी नगरिएको भएपनि आज केयुमा कक्षा सञ्चालन भएन । सायद अझै केही दिन कक्षा नहुने संकेत हो यो । वार्ता विना समस्या समाधान हुन सक्दैन तर खै किन हो केयु प्रशासन ले आन्दोलनरत पक्षलाई अहिलेसम्म वार्ता मा बस्न बोलाएको छैन । प्रशासन ले कुनै ‘रेसपोन्स’ नदिनुले केयु प्रशासन को असक्षमता र अदुरदर्शिता पुष्टि गर्दैछ (?) स्कुल र डिपार्टमेन्ट मा गरिएको तालावन्दी खुलिसकेको अवस्थामा पनि कक्षा सञ्चालन हुँदैन भने, विद्यार्थीहरुले के गर्ने ?

Comments

  1. हा हा हा ! अब आफूले पढाइ हुन्छ नै भनेर ग्यारेन्टि भन्न सकिँदैन त ! :P

    ReplyDelete
  2. "महानगर"को जस्तो समाचार भयो यार....शीर्षकमा जे छ भित्र नि त्यहि.....:P

    ReplyDelete
  3. Will classes resumes (or resume?)

    ReplyDelete
  4. Now, you could have seen where the politics originates from?If you remember I had written in your first blog about this....There are some people who are doing politics invisibly for years...They are non other that VC and Registrar themselves.It might feel little unacceptable for few blind supporters of them but this is the truth...Now the tenure of Registrar is extended everything will be fine....

    ReplyDelete
  5. KU maa aba TU and PU(both) ka tatwa harubaat direct prbhav paarne kaamharu vairakheko6 SWC ko bahaanaama. Ke haami sabai milera SWC lai nai Khaarej garnu par6 jasto lag6 malaaita yedi KU lai political place banna baata roknako laagi. Sathi Haruko yesma Kasto Raaya 6 ta, Please comment!!!

    Uday

    ReplyDelete
  6. Except admin and dean office all locks have been opened but class is not started yet. Admin is saying that the class will be started only after the opening of all locks.

    ReplyDelete
  7. It's a sad news. Despite that students like you want to study, the college has remained closed for more than a week now. It's really sad and I hope that the concerned bodies will consider resuming classes soon.

    ReplyDelete
  8. Headline could be better put "Will Classes Resume From Tuesday?" rather than 'tomorrow'. 'Tomorrow' is a vague word for journalism, what if I read this today i.e. Tuesday.

    ReplyDelete
  9. Thank you !
    Will try to keep these things in my mind on my next post.
    :)

    ReplyDelete
  10. Lets save one semester being lost...................

    ReplyDelete
  11. Lets save one semester being LOST in KU.............

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

Subscribe to Aakar Post