नेपाल ट्राफिक प्रहरी को नौटंकी #Nepal #Traffic #Police

हिजो बिहानै खबर मा पढियो, ट्राफिक प्रहरी ले ‘डिजिटल’ नम्बर प्लेट भएका सवारीसाधनहरुलाई कारवाही गर्यो रे !cartoon

केही दिन अघि अर्को खबर आएको थियो, “आकाशे पुलबाट बाटो नकाट्ने सर्वसाधारणहरुलाई जरिवाना गरियो रे”

त्यो भन्दा पहिले अर्को खबर आएको थियो, “आकाशे पुलबाट बाटो नकाट्ने सर्वसाधारणहरुलाई फूलमाला लाएर, फलफूल दिएर लज्जित गरियो रे”

ट्राफिक ले गरेको काम जति सकरात्मक लाग्छ, त्यति नै ट्राफिक को कदम नौटंकी मात्र हो भनेर बुझ्दा केही फरक पर्दैन । जनतालाई अनाहक मा दुख दिने र आफ्नो खल्ति भर्ने नै उनीहरु को मनसाय हो कि जस्तो लाग्छ । कुरा अहिले कै हो, विना कुनै पूर्व सूचना ‘डिजिटल नम्बर प्लेट’ भएका सवारीसाधनहरुलाई अस्ति देखि कारवाही थालियो, कारवाही भन्नु त्यही पैसा असुल्नु हो । दुर्घटना को कारण ‘डिजिटल नम्बर प्लेट’ हो भन्ने ठहर नेपाल ट्राफिक ले गरेछ, अनि त्यस्तो नम्बर राख्नेलाई विना सूचना कार्वाही थालेछन् । सायद यही नै काठमाडौँ को नियम हो, यो नेपाल हो, जसले जे गरे नि हुन्छ ।

पहिलो कुरा त डिजिटल नम्बर प्लेट हुँदा, कसलाई के हानी गर्यो त्यो प्रस्ट छैन । हातैले लेखेको नम्बर प्लेट चाहिन्छ भन्नु कत्ति को तर्कपुर्ण छ, त्यो मैले बुझेको छैन । एक त विना सूचना नियम लगाउने, अनि जति सकिन्छ पैसो असुल्ने । सायद उनीहरु को गोजीलाई सुख्खा लागेको होला । कारवाही नै हुन्छ भने पनि एउटा निश्चित रकम होला नि असुल्नु पर्ने, तर हैन उनीहरु बार्गेनिङ गरिरहेका हुन्छन् । मान्छे र परिस्थिति हेरेर सय देखि हजार सम्म असुल्छन् । यस्तो ट्राफिक नियम अन्त कहाँ होला, नेपाल बाहेक ?

जे होस् लौ बधाइ छ, ट्राफिक प्रहरीलाई ! विना सूचना, कारवाही को निहुँ मा खल्ति भरिहाल्यौ । हुन त तिम्रा माथिल्लो तहका हाकिमहरु पनि डिजिटल नम्बर प्लेट भएकै गाडि मा हिँड्छन् भन्ने सुनिएको छ, उनीहरुलाई कारवाही गर्यौ कि गरेनौ ?

246155810

अनि आकाशे पुलबाट बाटो नकाट्ने सर्वसाधारणलाई जरिवाना गर्ने ट्राफिक देखेर पनि दया जागेर आयो । कुरो केही दिन अगाडि को हो, म न्युरोड पुगेर शहिदगेट तर्फ जाँदै थिए, गाडि को चाप धेरै नै थियो । बाटो काट्नलाई आकाशे पुल चढ्नै लागेको थिँए, ट्राफिक प्रहरी ले रोक्दै तलैबाट जानुस् भने । मैले भने पुलबाट बाटो काट्नुपर्यो नि, यति धेरै गाडि छ रोड मा । उनले ठाडो जवाफ दिए ‘आज सवारी छ’ ।  शहिदगेट को सडक मा गाडि को चाप धेरै नै थियो अनि राष्ट्रपति त्यो ठाउँमा आधा घन्टा पछि मात्र आइपुगेका थिए, तर मलाई ट्राफिक ले नै आकाशे पुल को प्रयोग गर्न दिएन, त्यो व्यस्त सडक मा डराइ डराइ मैले पुल को तलबाट नै बाटो काटेँ । अत: मलाई ट्राफिक पुलिस को ‘सर्वसाधारणलाई जरिवाना गर्ने अभियान’ नौटंकी मात्र हो भन्ने लाग्छ । राष्ट्रपति को सवारी भन्दै मा  आधा – एक घन्टा अघि देखि नै पुलबाट हिँड्न नदिने, तर अरुबेला उनीहरुले तलबाट बाटो काट्नेलाई जरिवाना गरे भन्नु हास्यास्पद छ । नियम भनेको नियम हो, सबैलाई बराबर र सँधै बराबर हुनुपर्छ ।

सोझो जनतालाई जे गरे पनि हुन्छ भन्ने कुरा ट्राफिक ले लागु गरिरहे झैँ लाग्छ । नियम कानुन को पालना गराउनु राम्रो कुरो हो तर यहाँ त उनीहरु ले जे गर्छन् त्यही नै नियम बन्छ । आज एउटा नियम, भोलि अर्को नियम भन्ने कुरा त हुनु नपर्ने हो ? जरिवाना नै हो भने, जरिवाना त निश्चित हुनुपर्ने, तर यहाँ त  जरिवाना पनि बार्गेनिङ हुन्छ । जब जरिवाना पनि बार्गेनिङ हुन्छ भने, जति पैसा उठ्छ त्यो त ट्राफिक कै खल्ति मा जाने त हो । अत: यो जरिवाना पनि एउटा नौटंकी नै हो ।

ट्राफिक ले गरेको उदाहरणिय काम को सह्राना गर्दै, फेसबुक मा ग्रुप र फ्यानपेज बनिरहेका छन्  । तर ट्राफिक को काम कारवाही हेर्दा नौटंकी बाहेक केही लाग्दैन । सर्वसाधारणलाई दु:ख दिने र जरिवाना को पैसा खल्ति मा राख्ने निकाय को रुपमा ट्राफिक को छवी बन्दै गएको छ । ट्राफिक ले सर्वसाधारण को मात्र होइन, आफ्नै छवी पनि सुधार्नु पर्ने बेला भएको छ । दुर्घटना कम गर्न सर्वसाधारण ले पनि ट्राफिक नियम को पालना गर्नु अनिवार्य छ तर यसो भन्दैमा ट्राफिक ले सर्वसाधारणलाई अनावश्यक दु:ख भने दिनु भएन ।

तस्विर : नागरिक

6 comments :

  1. नेपाल प्रहरीमा पैसा असुल्ने चलन त पहिले देखि नै हो, साना तिना प्रहरीले सर्वासाधारणबाट अनि उच्च अहोदाकाले ब्यापारी र तस्करीबाट । नेपालमा केहि पनि सिस्टममा नचल्नुको कारण पनि ढिलासुस्ती गर्न र घुस खानलाइ नै हो झैँ लाग्छ । हुने खानेलाइ पापा, नहुनेलाइ लोप्पा .... ।

    ReplyDelete
  2. हो त, "अन्धेर नगरी चौपट राजा" कै हाल भा' रेछ। मसँगै काम गर्ने एकजना साथी पनि कारबाहिमा परेछ । डिजिटल नम्बरले के बिगारेको छ भन्ने कुरा मैले पनि बुझेको छैन । हुन त हाम्रो देश अहिले पनि करिब करिब ढुङ्गे युगमै भएकोले अन्धकार देशको स्थितिसँग तालमेल मिलाउन "हातेनम्बर" नै राख्नुपर्छ भन्ने तर्क विद्वानहरुबाट आएको होला ...।

    फेरि कुनै नयाँ नियम बनेपछि कमसेकम ३५ दिन वा २-३ हप्ताको अग्रीम सूचना पनि दिनु नपर्ने रहेछ । अब २-४ दिन पछि सडकमा गुड्ने गाडीहरू ३ नम्बर भन्दा माथीका गिएरमा राखेर गुडाउन नपाइने र त्यसो गरेमा कारबाही हुने भन्ने खवर आएछ भने पनि अचम्म नमाने भो :)

    ReplyDelete
  3. We share similar thoughts..!! :)

    http://meengma.wordpress.com/2011/03/01/kathmandu-in-obfuscation/

    ReplyDelete
  4. what i think is traffic police is the worst service provider in the Nepal government.they seize my bike 3 days ago because i had lost my blue book.and they tell me they will give my bike when i show them a bill book.so i went to baggi khana for making it.there they said it took more then a seven days to make a small letter and further it took  several days in transport office till my bike would be weird in their office.i think they would catch 1 bike in 1000 which is theft and more trouble should be bared by us like public who don't have any fault salute to Nepal police and their strategy...keep on troubling public like this good job....

    ReplyDelete
  5. Nepal Traffic Police department should change their name as "Nepal Tra-Fucking Police".
    These NTP servants are a sort of criminal in uniform Govt of Nepal taking care of them by every means. Though some good people are there but most of them are Fucking Ass Hole"

    ReplyDelete
  6. Nepal Traffic Police department should change their name as "Nepal Tra-Fucking Police".These NTP servants are a sort of criminal in uniform and Govt of Nepal taking care of them by every means. Though some good people are there but most of them are Fucking Ass Hole"

    ReplyDelete