आजबाट मध्यमाञ्चल महोत्सव #Madhyamanchal #Mahotsav #ITPark #Banepa #Kavre

“कृषि, पर्यटन तथा सूचना-प्रविधि : समुन्नत प्रगति, हाम्रो समृद्धि” भन्ने नारा का साथ काभ्रे उद्योग वाणिज्य संघ को आयोजना मा आज देखि वनेपा, काभ्रे को आइटिपार्क मा “मध्यमाञ्चल महोत्सव २०६७” सुरु भएको छ ।

Image181

आज फागुन २३ देखि सुरु भएको महोत्सव चैत्र १ गते सम्म चल्नेछ । करिब ७ करोड रुपैँया को कारोबार गरिने लक्ष्य राखिएको छ ।  महोत्सव मा विभिन्न प्रदर्शनी र प्रतियोगिताहरु हुने आयोजक ले जानकारी दिएको छ । ‘कृषि, पर्यटन र सूचना प्रविधि को विकास र विस्तार का लागि महोत्सव को आयोजना गरिएको हो ।

करिब २ सयवटा स्टलहरु रहेको महोत्सवमा सुचना प्रविधि र अटोमोबाइल का नै ५० भन्दा बढि स्टलहरु रहेको छ । महोत्सव करिब २ लाख दर्शक ले अवलोकन गर्ने लक्ष्य राखिएकोछ । महोत्सव प्रवेश को लागि १०, २० र ३० रुपैँया को टिकट राखिएको कुरा आयोजक ले जानकारी दिएको छ ।

उद्योग वाणिज्य महासंघ नेपाल का अध्यक्ष कुश कुमार जोशी ले महोत्सव को औपचारिक उद्घाटन गरेकाछन् । उद्घाटन समारोह मा काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रो. डा. सुरेशराज शर्मा, विभिन्न पार्टिका सभासदहरु, स्थानिय विद्यार्थि, पत्रकार लगायत को उपस्थिति थियो ।

Image174 (2)Image174Image181 (2)

महोत्सव को उद्घाटन अघि चारदोबाटो, वनेपा बाट झाँकी सहित निस्किएको र्याली ले तिनदोवाटो हुँदै, वनेपा को विभिन्न स्थान को परिक्रमा गरेको थियो । मध्यमाञ्चल महोत्सव पहिलोपल्ट आयोजना गर्न लागिएको हो, गतवर्ष ‘काभ्रे महोत्सव’ को आयोजना गरिएको थियो ।

Event Details:

मध्यमाञ्चल महोत्सव २०६७ [Madhyamanchal Mahotsav 2067]

Date: Falgun 23 – Chaitra 1, 2067

Venue: IT Park Banepa, Kavre

0 प्रतिक्रिया :

Post a Comment