केयु को बस साँगाबाट फर्काइए, आजपनि केयु बन्द #ku #strike

हिजो केयुलाई बन्दमुक्त क्षेत्र घोषणा गरेको २४ घन्टा बित्न नपाउँदै आज फेरि केयु बन्द भएको छ । ku

काठमाडौँ विश्वविद्यालका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु लिएर काठमाडौँ बाट धुलिखेल तर्फ आउँदै गरेका केयु का बसहरुलाई काभ्रे को साँगाबाट नै नेविसंघ का कार्यकर्ताहरुले फर्काइदिएकाछन् ।

पढाइ भन्दा ठूलो नेता र पार्टि को चाकडी र चाप्लुसी सम्झिएका कारण आज २८ औँ दिन सम्म पनि केयु खुल्न सकेको छैन । केयुको नेविसंग इकाइ ले अस्ति कै दिन केयु खोल्ने लिखित सहमति गरिसकेको अवस्थामा, नेविसंघ कै कार्यकर्ताले साँगामा केयुका बस रोक्नु खेदजनक र लज्जाजनक छ ।

विश्वविद्यालय को आन्तरिक मामला मा राजनितिक पार्टिहरुले चलखेल गरेकै कारण आज सम्म पनि केयु खुल्न सकेको छैन ।

यसैविच केयुमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको समूहले केयु प्रशासनिक भवन अगाडि पढाइ सुचारु  गर्न माग गर्दै धर्ना दिएकाछन् ।

Image273

0 प्रतिक्रिया :

Post a Comment