केयु खुलेको पहिलो दिन मै फेरि बन्द हुने संकेत #KU #Closure [PHOTO]

हिजो आन्दोलनरत ३ समूहका विद्यार्थी, ‘न्युट्रल’ विद्यार्थी र केयु प्रशासन सँग को वार्ता पछि २६ दिने तालाबन्दी खोलिँदै आज देखि केयु सुचारु भएको थियो ।

तर आज सहमति गर्ने १ समूहले आफ्नो भातृ संगठन नेविसंघ को दवाव र आडमा केयु का रजिष्ट्रार र उपकुलपति को कार्यकक्ष मा ताला लगाउन खोजेका भएपनि ताला लगाउन भने दिइएको छैन । हिजो आफैँले सहमति गरेर खोलिएको केयुमा आजै आफैँले तालाबन्दी गर्नखोज्नु दुर्भाग्यपुर्ण छ । सहमति धोका हो भन्ने मानसिकता सहित नेविसंघ का नेताहरु दलबल सहित केयु आएका छन् । सम्भावित दुर्घटना टार्नको लागि, प्रशासन ले क्याम्पस हातामा प्रहरीहरु परिचालन गरेको छ । हिजो सम्म पठनपाठन ठप्प भएको केयुमा, फेरि पनि पठनपाठन नहुने को कि भन्ने चिन्ता र दुविधामा विद्यार्थीहरु परेकाछन् ।

Image266

Image268अहिले केयु प्रशासनिक भवन अगाडि करिब ३ सय को संङ्ख्यामा स्वतन्त्र विद्यार्थीहरु जम्मा भएर क्याम्पस बन्द गर्न पाइँदैन भन्दै नारा लगाइरहेकाछन् । उनीहरु रजिष्ट्रारलाई उपस्थित भएर कुरा सुन्न आग्रह गरिरहेकाछन् । विद्यार्थीहरु निरन्तर केयु खोल्नुपर्ने नारा लगाइरहेकाछन् भने केयु मा राजनिति गर्न पाइँदैन भनेर पनि नारावाजी गरिरहेकाछन् ।

केही समयअघि स्कुल अफ इन्जिनियरिङ का डिन भोला थापा ले समस्या समधान को पहल गरिरहेको बताएकाछन् र फेरि हिजो को सहमतिलाई अध्ययन गरेर वार्तामा बस्ने बताएकाछन् तर विद्यार्थीहरु अहिले हाम्रै अगाडि वार्ता गर्नुपर्छ भनेर नारा लगाइरहेकाछन् ।

सिमसिम पानी निरन्तर परिरहेको छ । विद्यार्थीहरु पानी को पर्वाह नगरी नारा लगाइरहेकाछन् । केयु खुल्नुपर्ने माग राखिरहेकाछन् । आजको विद्यार्थी को आन्दोलन ले भोलि देखि कक्षा सुचारू होला त ?

Image269Image270Image271Image273Image274Image282Image283IMG_0547IMG_0591IMG_0592पछि दिउँसो ३:४५ बजे, विद्यार्थीहरुले पत्रकार सम्मेलन को आयोजना गरि, केयुलाई बन्दमुक्त र राजनितिमुक्त क्षेत्रको रुपमा घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा विभिन्न मिडिया का पत्रकारहरु लगायत सयौँ विद्यार्थी र केयु प्रशासनको तर्फबाट स्कुल का डिनहरु आदिको उपस्थिति थियो । विद्यार्थीले प्रेस वक्तव्य पढेर सुनाउँदै केयुलाई बन्दमुक्त र राजनितिमुक्त क्षेत्रको रुपमा घोषणा गरेका थिए भने केयु प्रशासन ले पनि गैरराजनितिक थलो हो भन्दै विद्यार्थीहरुको घोषणामा सहमती जनाएको थियो ।

बन्दमुक्त र राजनितिमुक्त घोषणा गरिएपनि, लागु नै हुन्छ भन्ने चाँहि छैन । यहाँको मुद्दा केयु भित्र को मुद्दा नभइ केयु को मुद्दा पार्टिहरुबिच को मुद्दा बनिसकेको ले, राजनितिमुक्त भन्न सकिने ठाउँ छैन । विभिन्न पार्टिका केन्द्रबाट नै आएर झण्डा फहराउने, ताला लाउने आदि कार्य भइरहेकोले, अब त यहाँ का विद्यार्थी नेताहरुलाई नै गाह्रो परिसकेको छ सन्तुलन मिलाउन । राजनिति हैन भन्दा भन्दै, केयुमा राजिनिति छिरिसकेको छ । राजनिति मुक्त घोषणा गरिएपनि, भोलि नै कुनै पार्टि आएर बन्द गर्यो, ताला लायो भने विद्यार्थीले गर्न सक्ने केही छैन, कारण ती ताला लाउनेहरु, राजनिति गर्नेहरु सिधै केन्द्रबाट आउन थालेका छन् । टियुमा पियु मा राजनिति गर्दा गर्दा, ख्याक भएका विद्यार्थी भनाउँदा नेताहरु आएर यहाँ बन्द गराउँछन् । अनि यस मामाला मा केयु प्रशासन लाचार देखिएको छ । उनीहरु ती समूहरुलाई रोक्न सक्दैनन् कारण विश्वविद्दयालय का पदाधिकारीहरुको कुर्सी को रिमोट फेरि तिनै राजनितिक दलहरुको हातमा छ । राजनितिक दलहरु आफैँ बनाउने, आफैँ बिगार्ने गरिरहेकाछन् ।

आजको विद्यार्थी भेला पछि हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै प्रहरी परिचालन गरिएको छ । अहिले राती पनि प्रहरीले गस्ति गरिरहेको छ । आज धेरै कुरा गरिएको झैँ लागेको छ तर वास्तविकता मा समस्या जहिँकातहिँ नै छ भन्दा फरक पर्दैन । रजिष्ट्रार र उपकुलपति सँग वार्ता नगरी, केही वार्गेनिङ नगरि समस्या सुल्झेला जस्तो छैन । अब भोलि केयु खुल्ने, नखुल्ने, पढाइ हुने नहुने कुरा, सबै भगवान भरोसा !

Last three photos by Ankur Sharma.

1 comment :

  1. शिक्षाको मन्दिरमा यो चर्का-चर्की छिट्टै सक्केकै राम्रो । छिट्टै पढाइ सुचारू होस र अबका दिनमा यस्तो बन्दको हविगत कसैले भोग्नु नपरोस !

    ReplyDelete