Kathmandu University Issued an Important Notice

काठमाडौँ विश्वविद्यालय, रजिष्ट्रार को कार्यालयले बन्द खुलाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै  आजका पत्रपत्रिका मा एक जरुरी सूचना प्रकाशन गरेको छ । काठमाडौँ विश्वविद्याल मा बुधबार देखि माओवादी समर्थित अखिल क्रान्तिकारी ले अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार व्दारा जारी सूचना मा ‘विश्वविद्यालय मा अनावश्यक राजनीति भित्रयाउने उद्देश्यले गरिएको तालाबन्दी यथाशीघ्र खोलेर पठनपाठन सुचारू गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै, लामो समयसम्म पठनपाठन अबरुद्ध भैरहने स्थिति आएमा विश्वविद्यालय गम्भिर निर्णय गर्न बाध्य हुनेछ’ भनिएको छ ।

सूचना को पूर्ण पाठ :

काठमाडौँ विश्वविद्यालको

  जरुरी सूचना

काठमाडौँ विश्वविद्यालय मुलुकको दलगत राजनीतिक गतिविधिबाट प्रभावित नभई अध्ययन अनुसन्धानमा संलग्न शिक्षण संस्था भएको ब्यहोरा हामी सबैलाई अवगत नै छ । काठमाडौँ विश्वविद्यालयको नीतिनियम अनुसार विद्यार्थीहरुको पेशागत हकहित प्रबर्ध्दनको लागि विद्यार्थी कल्याण परिषदको व्यवस्था गरिएको छ । विश्वविद्यालयको ६ वटा स्कुलहरुमध्ये केन्द्रीय हाता धुलिखेलमा रहेको स्कुलहरुको संयुक्त विद्यार्थी कल्याण परिषदको नियमित निर्वाचन यस पटक २०६७ फागुन १७ गते सम्पन्न भएको थियो । नियम अनुसार ५४ जना कक्षा प्रतिनिधिहरुले आफू मध्येबाट ११ सदस्यीय कार्य समितिको चयन गर्ने क्रममा सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरुले सहमति गरेको आचार संहिता अनुसार बराबर भएका पदमा गोला प्रथाबाट निर्णय गरी निर्वाचन कार्य विधिसम्मत ढंगबाट सम्पन्न भएको हो । यसै बीच २०६७ फागुन १८ गते सार्वजनिक बिदा परेको दिन अनेरास्ववियु (क्रान्तिकारी) ले बिना कुनै पूर्व जानकारी एक विज्ञप्ती टाँस गर्दै केन्द्रीय हाता धुलिखेल, स्कुल अफ आर्टस, एजुकेशन, म्यानेजमेन्ट ललितपुर र स्कूल अफ मेडिकल साइन्स पनौतीमा तालाबन्दी गरी विश्वविद्यालयको सम्पूर्ण पठनपाठन ठप्प पारेको छ । यसबाट विश्वविद्यालयको दैनिक क्रियाकलाप तथा अध्ययनरत आम विद्यार्थी र अभिभावकज्यूहरुमा पर्न गएको मर्काप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थी कल्याण परिषदहरुले विज्ञप्ती जारी गरी पठनपाठन सुचारु गर्न आग्रह समेत गरी सकेका छन् ।

विगत केही वर्ष यता मुलुकको संक्रमणकालका कारण अस्तव्यस्त परिवेशमा पनि सुचारू रुपले संचालन भै रहेको यस विश्वविद्यालयमा अनावश्यक राजनीति भित्रयाउने उद्देश्यले गरिएको तालाबन्दी यथाशीघ्र खोलेर पठनपाठन सुचारु गर्न सम्बन्धित पक्षलाई विश्वविद्यालय अनुरोध गर्दछ । साथै देशको अग्रणी शिक्षण संस्थाको संचालनार्थ शान्ति सुरक्षा लगायतका जिम्मेवारी बहन गर्ने राज्य संयन्त्र समेतको ध्यानाकर्षण गराउन चाहन्छ । लामो समयसम्म पठनपाठन अबरुद्ध भैरहेन स्थिति आएमा विश्विद्यालय गम्भीर निर्णय गर्न बाध्य हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।


रजिष्ट्रार
काठमाडौँ विश्वविद्यालय

 

ku press release

2 comments :

  1. What it means by "लामो समयसम्म पठनपाठन अबरुद्ध भैरहेन स्थिति आएमा विश्विद्यालय गम्भीर निर्णय गर्न बाध्य हुने"?Anyone tried to figure it out?These ambiguous languages only exacerbate the problem.Hope everything ends with good result.

    ReplyDelete
  2. k type gari rahanu parthyo... tyo scan matra haleko bhaye bhai halthyo ni...

    ReplyDelete