Skip to main content

Posts

Showing posts from March, 2011

केही महिना अघिको तथ्यांक अनुसार कुल जनसंङ्ख्याको  २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले  फेसबुक चलाउँछन् । ८ लाख ५० हजार प्रयोगकर्ताहरु मध्ये करिब ५ लाख ९० हजार पुरुष प्रयोगकर्ताहरु छन् भने २ लाख ६० हजार महिला प्रयोगकर्ताहरु छन् । हामीलाई उपलब्ध भएको इन्फोग्राफ अनुसार नेपाल मा फेसबुक चलाउने ५८ प्रतिशत ‘सिङ्गल’ छन् जसमा ४१ प्रतिशत पुरुषहरु महिलासित सम्बन्ध बनाउन चाहन्छन् भने करिब ४ प्रतिशत महिलाहरुले मात्र पुरुषहरुसित सम्बन्ध बनाउन चाहेका छन् । करिब १७ प्रतिशत ‘रिलेशनसिप’ मा रहेकाछन् भने २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु विवाहित छन् । समग्रमा हेर्दा पुरुषहरु, महिला प्रति  आकर्षित भएको पाइएपनि, उमेर अनुसार महिलाहरुमा ‘विपरित’ लिङ्गी प्रति आकर्षण र विकर्षण रहेको पाइएको छ । १३ देखि १७ वर्ष सम्महरुको उमेर समूह हेर्दा, १३-१७ वर्ष सम्म का महिला (केटी)हरु पुरुषप्रति बढि आकर्षित भएको पाइएको छ । तथ्याङ्क अनुसार १७ वर्ष का उमेर का केटीहरुमध्ये करिब  ११ प्रतिशत प्रयोगकर्ताहरु पुरुष (केटा) प्रति आकर्षित भएको पाइएको छ । तर महिलाहरु को तुलनाम

विगत ३० दिन देखि पठनपाठन बन्द भएको काठमाडौँ विश्वविद्यालय धुलिखेलमा, भोलि देखि कक्षा पुर्ववत सुचारु हुने भएको छ । आज देखि कक्षा सुचारु हुने केयु प्रशासन को निर्देशन अनुसार आज केयु का स्कुल बसहरु धुलिखेल आएका थिए । तर  केयुका कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्ष का छात्र नरेन्द्र विष्ट को हिजो असामयिक निधन भएपछि, आज कक्षा सञ्चालन गरिएन । विष्टको हिजो दोलालघाट (इन्द्रावती) मा डुबेर मृत्यु भएको थियो । विष्ट को सम्झनामा केयु ‘ब्वाइज होस्टल’ र प्रशासनिक भवन मा श्रद्धान्जली सभा को आयोजना गरिएको थियो । समस्या समाधान को लागि प्रशासन ले वार्ता गरिरहेको भन्ने सुनिएको छ भने निर्वाचन छानविन समिति ले पनि आफ्नो काम द्रुतगतिमा गरिरहेको कुरा हाम्रो जानकारीमा आएकोछ । यसैबिच एमाले समर्थित अनेरास्ववियु (अखिल) ले चाँडो भन्दा चाँडो समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा आगामी सोमबार देखि कडा आन्दोलनमा उत्रने कुरा एक विज्ञप्ति मार्फत जनाएको छ । आशा गरौँ शुक्रबार (भोलि) देखि केयु मा कक्षाहरु पुर्ववत सुचारु हुनेछ !

Listen to Bulbul Episode-83 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-83

अघि ४ बजेतिर काठमाडौँ विश्वविद्यालय धुलिखेलमा केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबिच सामान्य झडप भएको छ भने उत्तेजित समूहले केयु प्रशासनिक भवन लगायतका केही भवनका सिसाहरु फूटाइ दिएकाछन् । प्रत्यक्षदर्शी का अनुसार नेविसंघ का कार्यकर्ताहरुले केयु प्रशासनिक भवन मा आफ्नो आन्दोलनका कार्यक्रमको विज्ञप्ति टाँस्ने क्रममा सामान्य विवाद हुँदा प्रशासनिक भवनमा ढुंगा प्रहार गरेका थिए ।  केयु प्रशासनिक भवन मा ढुंगा हानेर, सिसा फुटाइदिएपछि प्रहरी जाइलागेको थियो । झडपमा १ विद्यार्थी र २ प्रहरी  घाइते भएकाछन् । घाइते विद्यार्थीलाई  प्रहरीले आफ्नो नियन्त्रण मा लिएकोछ । त्यसपछि बाहिरबाट बाइक मा दर्जनको संङ्ख्यामा आएका नेविसंघ समर्थति कार्यकर्ताहरुले प्रहरी ले दमन गर्यो भन्दै केयु गेटमा रहेको सुरक्षाकर्मी को पोष्ट तोडफोड गर्नुका साथै टेबुल, कुर्सी जलाइदिएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी ले १ सेल अश्रुग्यास प्रहार गर्नु का साथै १ राउन्ड हवाइफायर पनि गरेको थियो । गेटमा तोडफोड र आगजनि गर्दै बाइक चढेर केयु भित्र छिरेको अराजक समूहले ‘फार्मेसी  डिपार्टमेन्ट’ मा पनि तोडफोड गरेका थिए । त्यसपछि उक्त समू

हिजो केयुलाई बन्दमुक्त क्षेत्र घोषणा गरेको २४ घन्टा बित्न नपाउँदै आज फेरि केयु बन्द भएको छ । काठमाडौँ विश्वविद्यालका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु लिएर काठमाडौँ बाट धुलिखेल तर्फ आउँदै गरेका केयु का बसहरुलाई काभ्रे को साँगाबाट नै नेविसंघ का कार्यकर्ताहरुले फर्काइदिएकाछन् । पढाइ भन्दा ठूलो नेता र पार्टि को चाकडी र चाप्लुसी सम्झिएका कारण आज २८ औँ दिन सम्म पनि केयु खुल्न सकेको छैन । केयुको नेविसंग इकाइ ले अस्ति कै दिन केयु खोल्ने लिखित सहमति गरिसकेको अवस्थामा, नेविसंघ कै कार्यकर्ताले साँगामा केयुका बस रोक्नु खेदजनक र लज्जाजनक छ । विश्वविद्यालय को आन्तरिक मामला मा राजनितिक पार्टिहरुले चलखेल गरेकै कारण आज सम्म पनि केयु खुल्न सकेको छैन । यसैविच केयुमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको समूहले केयु प्रशासनिक भवन अगाडि पढाइ सुचारु  गर्न माग गर्दै धर्ना दिएकाछन् ।

हिजो आन्दोलनरत ३ समूहका विद्यार्थी, ‘न्युट्रल’ विद्यार्थी र केयु प्रशासन सँग को वार्ता पछि २६ दिने तालाबन्दी खोलिँदै आज देखि केयु सुचारु भएको थियो । तर आज सहमति गर्ने १ समूहले आफ्नो भातृ संगठन नेविसंघ को दवाव र आडमा केयु का रजिष्ट्रार र उपकुलपति को कार्यकक्ष मा ताला लगाउन खोजेका भएपनि ताला लगाउन भने दिइएको छैन । हिजो आफैँले सहमति गरेर खोलिएको केयुमा आजै आफैँले तालाबन्दी गर्नखोज्नु दुर्भाग्यपुर्ण छ । सहमति धोका हो भन्ने मानसिकता सहित नेविसंघ का नेताहरु दलबल सहित केयु आएका छन् । सम्भावित दुर्घटना टार्नको लागि, प्रशासन ले क्याम्पस हातामा प्रहरीहरु परिचालन गरेको छ । हिजो सम्म पठनपाठन ठप्प भएको केयुमा, फेरि पनि पठनपाठन नहुने को कि भन्ने चिन्ता र दुविधामा विद्यार्थीहरु परेकाछन् । अहिले केयु प्रशासनिक भवन अगाडि करिब ३ सय को संङ्ख्यामा स्वतन्त्र विद्यार्थीहरु जम्मा भएर क्याम्पस बन्द गर्न पाइँदैन भन्दै नारा लगाइरहेकाछन् । उनीहरु रजिष्ट्रारलाई उपस्थित भएर कुरा सुन्न आग्रह गरिरहेकाछन् । विद्यार्थीहरु निरन्तर केयु खोल्नुपर्ने नारा लगाइरहेकाछन् भने केयु मा राजनिति गर्न पाइँदैन भनेर पनि नारावा

काठमाडौँ विश्वविद्यालयमा लागेको ताला खुल्यो, भोलि (सोमबार) देखि कक्षा सुचारु हुने काठमाडौँ विश्वविद्यालयमा विगत २६ दिन देखि लगाइएको ताला आज बेलुका देखि खुलेको छ । केयु प्रशासन तथा विभिन्न समूहका विद्यार्थीहरु को आज दिउँसो वनेपा को पोलिटेक्निक इन्स्टिच्युटमा बसेको वार्ता मा विभिन्न ६ बुँदाहरुमा सहमति भएपछि आज बाट केयु खुलेको हो । वार्तामा विवादका सम्बन्धमा निश्पक्ष छानबिन गर्न विश्वविद्यालय प्रशासनले विद्यार्थी सहितको एक समिति गठन गर्ने लगायतका  ६ वटा बुँदा मा सहमति गर्दै केयु मा लगाइएको ताला खोलिएको हो ! छ बुँदे सहमति मा निम्न लिखित कुराहरु समेटिएको छ ! १) निष्पक्ष छानविन कमिटी गठन हुने । २) विद्यार्थी तर्फबाट GE बाट श्री महेश थापा छानविन कमिटिमा विद्यार्थी प्रतिनिधि हुने । ३) छानविन कमिटीको प्रतिवेदन नतिजा सहित काविवि का तर्फबाट आधिकारिक सूचना २०६७/१२/२१ गतेसम्म मा आउनुपर्ने । ४) २०६७/१२/१४ सोमबार देखि काविवि सम्पूर्ण रुपमा सुचारु हुने । ५) छानविन गरेको अवधिभर सम्पूर्ण निर्वाचन समितिका पदाधिकारीहरु निष्कृय रहने छ । ६) सहमतिको आधारमा पूर्णतालिका (cal

Listen to 16th (Last) episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –16

ट्विटर माइक्रो ब्लगिङ साइट, अनि त्यही माइक्रोब्लगिङ साइटमा पछिल्लोपटक रम्दै गएका युवाहरुको सपना, हामीले केही त गर्नैपर्छ समाज र देशको लागि ! करिब १ हप्ता अघि देखि ट्विटरका माध्यमबाट केही गरिनुपर्ने चर्चा चल्यो, अनि हिजो देखि सुरुनै भयो ‘A mission to bring smile on every faces’ भन्ने नारा सहित ‘Tweet For Cause’ अभियान ! Tweet For Cause के हो ? Tweet For Cause भनेको एउटा अभियान हो, जसमा ट्विटर का प्रयोगकर्ताहरुले प्रतिट्विट २० पैसा यस अभियान को लागि जम्मा गर्नेछन् । अनि यसरी नेपाली ट्विटर ‘सर्कल’ बाट उठेको रकम  सामाजिक काम मा लगाइने छ । केही गर्नको लागि सरकारको मुख मात्रै ताकिरहेको अवस्था मा, ट्विटर चलाउने व्यक्तिहरुले सामाजिक कामका लागि, किन केही नगर्ने भन्ने सोच अनुसार यस अभियान को जन्म भएको हो । कसरी सहभागिता जनाउने ? यस अभियानका लागि @tfcNepal नामक ट्विटर खोलिएको छ । अनि यस अभियानमा आफ्नो पनि सहभागिता जनाउन चाहने व्यक्तिहरुले @tfcNepal लाई ‘फलो’ गर्नुपर्नेछ । ‘फलो’ गर्ने व्यक्तिहरुले आफ्नो ‘टविट’ अनुसार को पैसा यसअभियानलाई दिनेछन् । यस अभियानबाट उठेको रकमले वृद्दाश्रम, बा

Listen to Bulbul Episode-82 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-82

काठमाडौँ विश्वविद्यालय मा तालावन्दी भएको आज २० औँ दिन । तर २० औँ दिन सम्म पनि केयु प्रशासन ले आन्दोलनरत पक्षलाई वार्ता मा नबोलाउँदा र वार्ता नहुँदा कतै केयु प्रशासन विद्यार्थी नै जुधाएर बस्ने खेलमा लागेको हैन भन्ने शंका उब्जिएको छ । हुन त, रजिष्ट्रार ले पहिले चुनावलाई सहि र पछि स्थगन भनेर सूचना जारी गर्नुले नै केयु मा राजनिति छिरेकोछ भन्ने प्रष्ट संकेत गरिसकेको छ । अनि अझ केयु को दोस्रो सूचना पछि,  रजिष्ट्रार को पदावधि फेरि थपिनुलाई पनि विद्यार्थीले सोही राजनीतिक चलखेल को एउटा पाटो को रुपमा बुझेकाछन् । यसैविच आज आन्दोलनरत पक्ष नेविसंघ ले एक विज्ञप्ति मार्फत, “प्रशासन मात्र बन्द गरेको” जनाउँदै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गरेको छ । विज्ञप्ति मा भनिएको छ, “विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्दै नियमित पठनपाठन सुचारु गर्न सम्पुर्ण प्राध्यापकवर्गलाई अनुरोध गर्दै प्रशासनिक निकाय मात्र तालाबन्दी गरिएको जानकारी यसै विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं” । उनीहरुले आज दिउँसै, प्रशासनिक भवन बाहेक अरु स्कुल र डिपार्टमेन्ट मा लागेका तालाहरु

Two weeks had already passed, but still I haven’t seen any sign of re-opening of Kathmandu University (KU). Instead of dialog, all responsible parties/groups are busy in releasing Press Release. Seems, Neither KU Administration is taking this issue seriously nor protestors. And as a result, KU has been padlocked since 18days and 1700+ students are suffering from this. I've not heard of any kind of dialog between KU administration and protestors. It’s too pathetic that concerned authorities are not taking this issue seriously. Didn’t they know that, KU has been padlocked since from 18 days and we are in semester system? On 2nd March Students affiliated to UCPN-Maoist shutdown KU by posting Press release on behalf of their student wings saying, “election procedures is biased”. After 3 days, on 5th March KU published an Urgent Notice in National Daily ‘Kantipur’ by saying, ‘if protestors will not open KU, then KU will take necessary action’ as a response to Students affiliated t

Listen to 15th episode [Interview with Krishna Dharabasi]. कृ्ष्ण धरावासी श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” नभइ, उपन्यासकार धरावासीलाई नै कार्यक्रम मा लिएर आएका छौँ । १४ वटा श्रृंखला बजिसकेको छ, र अब अन्तिम एउटा श्रृंखला बाँकि छ । (उपन्यास को श्रृंखला नम्बर मा ध्यान नदिनुहोला) आज को श्रृंखला मा कार्यक्रम सञ्चालक अच्युत घिमिरे ले उपन्यासकार कृष्ण धरावासी सँग अन्तर्वाता लिनु भएको छ । यस  अंक मा धरावासीले आफ्नो उपन्यास अनुभव का साथै आफ्ना अन्तरंग कुराकानीहरु खोल्नु भएको छ । आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सद

गत शुक्रबार ९.० रेक्टरस्केल को भुकम्प सँगै आएको सुनामी र त्यसपछि ‘न्युक्लियर प्लान्ट’, मा भएको विस्फोटन का कारण निस्किएको ‘विकिरण’हरुले जापान मा मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेकोछ । जापान को ‘न्युक्लियर पावर प्लान्ट’ एकपछि अर्को गर्दै पड्किन थालेपछि र त्यसलाई नियन्त्रण गर्न नसक्दा ‘प्लान्ट’ बाट निस्किएका हानिकारक ‘विकिरण’हरु ले मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेको हो । जापान को फुकुसिमा मा रहेका ती प्लान्टहरु मा लागेको आगो निभाउन र त्यहाँ भएको ‘रेडियोएक्टिभ’ पदार्थहरुलाई बाहिर निस्कन नदिन, जापानी सरकार ले हरेक प्रयत्न गरिरहेको छ, तर यति हुँदा हुँदै पनि, स्थिति नियन्त्रणमा आउन सकेको छैन । समस्या सुल्झनु को सट्टा समस्या झन् बढ्दो छ । हिजोसम्म 'स्थानिय’ समस्या मानिएको ‘विकिरण’ प्रभाव अब विश्वव्यापी समस्या बन्ने तरखरमा छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी ले अन्तराष्ट्रिय सात स्केलमा यस घटनालाई आणविक दुर्घटना को ‘पाँचौ’ ठूलो दुर्घटना भनेर भनिसकेको छ । हिजोसम्म ३० किलोमिटर भित्रको क्षेत्रमा विकिरणको प्रभाव रहेको भनिएपनि, आज बाट त लगभग २ सय ३० किलोमिटर टाढा रहेको ‘टोकियो’ शहरमा

Listen to Bulbul Episode-81 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-81

By Shekhar KC, Nowadays, here at Kathmandu University (KU), Dhulikhel, silence has taken precedence over peace. The grumbles and frustrations among the majority of students is about to burst like Tsunami that recently hit Japan. Two weeks has passed since KU has been padlocked by few politically motivated students (which can be counted in fingers) and triggered by "non-visionary and short sighted" officials of KU Election Committee, the possibility of re-opening KU is becoming hazier and hazier. More than 1700 Students pursuing their career in intermediate to Post-graduated level, especially of that final semester, are worried as the level of surety of their timely graduation is about to collapse sooner or later. KU has always been boasting of its excellent academic records, being politically free university as one of its key USP (Unique Selling Point). Hardly one will find any students who didn't admit in KU despite getting their name published after attending en