Nepali Bands Performed For FREE in Bryan Adams Concert :(

आयोजकले कमाए करोडौँ, ब्रायन ले लगे करोड… तर नेपाली व्यान्डहरुले न पाए पैसा, न पाए इज्जत नै… ब्रायन एडम्स को कन्सर्टमा नेपाली संङ्गितकर्मीहरु को अपमान…

विश्व संगित यात्रामा हिँडेका क्यानेडियन रकस्टार ब्रायन एडम्स ले गत शनिबार फेब्रुअरी १९, २०११ मा काठमाडौँ को दशरथ रंगशालामा अविष्मरणिय कन्सर्ट दिए । कार्यक्रम ले नसोचेको र कल्पना नै नगरेको सफलता पायो । जेपिआर इभेन्ट्स तथा ओडिसी नेटवर्क ले आयोजना गरेको कार्यक्रम ले पहिलोपल्ट अन्तराष्ट्रिय ख्यातिप्राप्त गायक नेपाल ल्याएको थियो । बंगलादेश बाट शनिबार बिहान आइपुगेका ब्रायन एडम्स ले शनिबार बेलुका दशरथ रंगशाला काठमाडौँ मा २० हजार दर्शकहरुका बिच आफ्ना डेढ दर्जन जति चर्चित गितहरु गाएका थिए ।

bryanadams1ब्रायन को कन्सर्ट को सबैले खुलेर चर्चा गरे, कसैले वाहियात भने त कसैले ब्रायन को खुबै तारिफ गरे । पत्रिकाहरु तथा ब्लगहरु (आकारपोष्ट पनि)  ले पनि ठूला ठूला फोटो छापेर, ब्रायन को चर्चा नै गरे । ब्रायन आइतबारै आफ्नो टोली सहित लण्डन तर्फ उडे । दशरथ रंगशाला मा आयोजना गरिएको कन्सर्ट मा ब्रायन एडम्सलाई नेपाली गायक गायिकाहरु ले पनि साथ दिँदैछन् भन्ने खबर सुनिएको थियो । कन्सर्ट कै लागि भनेर, आफू अमेरिका देखि आएको कुरा मंगोलियन हार्ट का गायक राजु लामा ले भने भनेर समाचार मा पनि पढियो ।

नमस्ते व्यान्ड, रविन एन्ड द न्यु रिभोलुसन, राजु लामा, अभया एन्ड स्टिम इन्जन्स, 1974 AD आदि नेपाली व्यान्डहरुले गित गाउँदैछन् भन्ने खबर सार्वजनिक भएको थियो । कार्यक्रम अनुसार पहिले नेपाली व्यान्ड ले गित गाउने त्यसपछि ब्रायन ले गित गाउने समय तालिका बनाइएको थियो । त्यसै अनुसार नेपाली व्यान्डहरु नमस्ते व्यान्ड, रविन एन्ड द न्यु रिभोलुसन, तथा मंगोलियन हार्ट का राजु लामा ले गित गाएका थिए । तर नेपाल को नम्बर १ ब्यान्ड मानिने 1974 AD  ले गाउने पालो पाएन । 1974 AD  मात्र हैन, स्टिम इन्जन्स की अभया सुब्बा ले पनि गित गाउने पालो पाइनन् । सुरु मै बनाइएको कार्यक्रम तालिका बिथोल्दै र नेपाली व्यान्डहरुलाई उपहास गर्दै आयोजक ले सिधै ब्रायन एडम्सलाई गाउन लगायो । गित गाउन नपाएका स्टिम इन्जन्स र 1974 AD ले के सोचे थाहा भएन तर एक नेपाली का नाता ले र उनीहरुको गित सुन्ने गरेको नाताले, आफूलाई यो सुन्दा साह्रै नरमाइलो लाग्यो । यति मात्र होइन, नेपाली ब्यान्डहरुले ‘फ्रि’ मा गित गाइदिएका थिए भन्ने हल्ला चलेको छ ।

आयोजक ले कार्यक्रम को आयव्यय बारे  सार्वजनिक नगरेपनि, रंगशाला मा देखिएको दर्शक  को उपस्थितिलाई आधार मानेर करिब ८ लाख अमेरिकी डलर टिकट बिक्रिबाट उठेको अनुमान गरिएको छ भने, ब्रायन ले गित गाए वापत १ लाख ५० हजार अमेरिकी डलर लगे भन्ने सुनिएको छ । ६ हजार, ४ हजार र २ हजार को टिकट थियो, हामीले औसत ४ हजार रुपैँया मानेर १५ हजार दर्शक को हिसाब गरेका छौँ । २० हजार मा ५ हजार जति पास पाउनेहरु थिए भन्ने हाम्रो अनुमान छ ।

15,000x4,000 = 60,000,000 (६ करोड नेपाली रुपैँया)

60,000,000/72 = 833,333.33 (८ लाख ३३ हजार अमेरिकी डलर)

टिकट बिक्री बाट ८ लाख अमेरिकी डलर उठेको छ, भने त्यसबाहेक प्रायोजकहरुबाट पनि केही पैसा पक्कै उठेको छ । सुनिएको थियो, रंगशाला ५ लाख रुपैँया मा भाडा मा लिइएको थियो, त्यसबाहेक साउण्ड सिस्टम को लागि आयोजक को खर्च भएको होला भन्ने अनुमान छ । त्यसबाहेक केही रकम घुस-सुस पनि दिइयो होला । अत: यस अर्थ मा हेर्ने हो भने ३ लाख अमेरिकी डलर जति आयोजकलाई फाइदा भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।

कार्यक्रम बाट फाइदा गर्नु अलग कुरा हो, उनीहरु पनि बिजनेस नै गर्ने हुन् । तर यहाँ नेर नराम्रो लाग्यो कि, जब की नेपाली ब्यान्डहरु ले चाँही ‘फ्रि’ मा गित गाइएको भन्ने हल्ला चलेको छ । नेपाली ब्यान्ड ले ‘फ्रि’ मा गित गाउनुलाई कसको कमजोरी मान्ने नेपाली व्यान्डहरु को या आयोजक को बठ्याँइ ?

यदि नेपाली ब्याण्डहरुले ‘फ्रि’ मा गित गाएकै हुन् भने दुइवटा कुरा अनुमान गर्न सकिन्छ । पहिलो, उनीहरुले गायक ब्रायन एडम्स सँगै गाउन पाउनु एउटा एतिहासिक क्षण थियो । दोस्रो, आयोजक ले धेरै खर्च देखाएर पैसा नहुने कुरा बताएको हुनुपर्छ । अन्यथा नेपाली व्यान्डहरुले सित्तै मा गाइदिनु अस्वभाविक कुरा हो । पैसा माग्दा  आफूले ब्रायन को कन्सर्ट मा गाउन नपाउने हो कि भन्ने डर पनि सायद नेपाली व्यान्डहरुलाई लागेको थियो होला । तर अचम्म यो अर्थमा छ कि, ब्रायन ले गित गाए वापत १ करोड भन्दा बढि नेपाली रुपैँया लिएर गए तर नेपाली व्यान्डहरुले १ पैसो पनि पाएनन् । नेपाली व्यान्डहरु आफू ले पाउनुपर्ने र हकदावी गर्नुपर्ने ठाउँमा आँखा चिम्लिदिन्छन् अनि भन्ने बेला चाँही संगित क्षेत्रमा पैसा कमाउनै सकिँदैन भन्छन् । नेपाली गित को श्रोता को हिसाब ले हेर्ने हो भने, ती नेपाली ब्यान्डहरु ले आफूले आफ्नै खुट्टा मा बञ्चरो हान्ने काम गरे । ब्रायन का सामु निरिह महशुस गरेका नेपाली ब्यान्डहरु आर्थिक रुपमा ठगिएका छन् ।

नाम नै ब्रायन को कन्सर्ट भएका कारण अरु व्यान्ड को के मतलब भन्नेहरु पनि होलान् तर यति ठूलो कन्सर्ट मा नेपाली व्यान्डहरु ले पनि गित गाउने कुरा आयोजक ले बताइसकेपछि त, उक्त कन्सर्ट ब्रायन को मात्र होइन नेपाली व्यान्ड र नेपाली गायक गायिकाहरु को पनि थियो । ब्रायन को कन्सर्ट आफैँ मा एतिहासिक थियो, यो कुरा मा दुविधा रहेन तर आयोजक ले नेपाली व्यान्डप्रति देखाएको व्यवहार भने हामीलाई पाच्य भएन । हल्ला मात्रै भनिएपनि,  ट्विटर मा एकजना सञ्चारकर्मीले स्रोत को हवाला दिँदै भनेकाछन्, “अधिकांश नेपाली व्यान्डहरुले ‘फ्रि’ मै गित गाएका थिए”। अनि यस कुरा को दोषी स्वयम् नेपाली व्यान्डहरुलाई ठहर्याइएको छ भने आयोजकहरु ले कन्सर्ट स्थल मा  पनि नेपाली व्यान्डहरुलाई सौता कै व्यवहार गरेका थिए ।

hamro nepali bands haru ko halat backstage at Bryan Adams Concert..on the floor :-(माथि को फोटो कन्सर्ट स्थल दशरथ रंगशालामा शनिबार दिउँसो लिइएको हो, जहाँ नेपाली व्यान्ड का सदस्यहरु एउटा कुनामा भुँइ मा यसै बसिरहेकाछन् । (निरिह नेपाली सङ्गितकर्मीहरु)

कन्सर्ट को नाम नै “ब्रायन एडम्स कन्सर्ट इन नेपाल” थियो, अत: स्वभाविक छ बाहिरबाट आएका ख्यातिप्राप्त गायकलाई अलि बढि नै सम्मान दिनुपर्छ र सम्मान दिइएको थियो, यो कुरा ब्रायन एडम्स ले ट्विटरमा ट्विट गरेका कुराहरु ले पनि बताइरहेको छ । ब्रायन एडम्स को सुरक्षा का लागि ५ हजार प्रहरी परिचालन गरिएको थियो, नयाँ जापनिज कार मा सोल्टि होटल पुर्याइएको थियो, सुरक्षाकर्मी को स्कर्टिङ मा । ब्रायन र उनका सदस्यहरुलाई सोल्टि मा दिउँसो खाना खुवाइएको थियो भने, बेलुका कन्सर्ट स्थल मा सोल्टि होटलबाटै खाना मगाएर कन्सर्ट भन्दा पहिले खुवाइएको थियो । तर थाहा छैन, नेपाली व्यान्डहरुलाई खाना पनि खुवाइएको थियो कि थिएन । नेपाल का ख्यातिप्राप्त व्यान्डहरुलाई बस्ने व्यवस्था त नगर्ने आयोजकहरुले नेपाली व्यान्डलाई खाना खुवाए होलान् भनेर अनुमान गर्न गाह्रै पर्छ । स्थानिय स्तर को कार्यक्रम भएको भए, नेपालीहरु को स्वभाविक बानी नै हो ‘एडजस्ट’ गर्छन् र कति ठाउँ मा गर्नुपर्छ पनि भनिन्थ्यो तर यो त अन्तराष्ट्रिय स्तर को कार्यक्रम थियो । जब अन्तराष्ट्रिय स्तर को कार्यक्रम मा नेपाली व्यान्डहरुलाई राम्रो व्यवहार हुँदैन, उनीहरुलाई गाएको पैसा दिँइदैन भने, देशमा अन्तराष्ट्रिय स्तर का कार्यक्रमहरु को आयोजना  गरिनु को अर्थ के नै रह्यो र?

केही वर्ष पहिले 1974 AD को रकयात्रा कन्सर्ट मा अस्ति साँझ का भन्दा धेरै दर्शकहरु थिए । नेपाल को नम्बर १ रकव्यान्ड मानिएको, व्यान्ड 1974 AD ले त अस्ति गितै गाउन समेत पाएन । भलै ‘फ्रि’ मै भएपनि 1974 AD ले पनि गित गाएर केही नभएपनि नेपाली दर्शकहरुलाई रमाइलो गराइदिन सक्थ्यो, ब्रायन को कन्सर्ट मा एउटै स्टेज मा गित गाएको मा गौरव को अनुभुति गर्न सक्थ्यो । तर विचरा 1974 AD  ले न त गाउन नै पायो न त आयोजकहरुबाट इज्जत नै पायो । अनि यही कुरा ले गर्दा, अस्ति को अविष्मरणिय ब्रायन को कन्सर्ट खल्लो लाग्दैछ ।

Sad smile

अत्यन्तै सफल भएको कार्यक्रम मा नेपाली व्यान्ड र गायक गायिका प्रति आयोजक बाट गरिएको व्यवहार को हामी घोर भत्सर्ना गर्दछौँ । आगामी दिन मा नेपाली ब्यान्डहरुले पनि आफ्नो मुल्य र आफ्नो हैसियत बारेमा सोच्न सकुन् हाम्रो शुभकामना छ। भविष्य मा पनि यस किसिम का अन्तराष्ट्रिय स्तर का कार्यक्रम हुने नै छन् तर त्यतिबेला आयोजक ले यसो गरे भन्ने सुन्न नपरोस् र नेपाल का गायक गायिका र व्यान्ड ले पनि ‘फोक्कट’ मा गाए भन्ने सुन्न नपरोस् !

tweet_abt_nepali_band

नोट: ट्विटर मा चलेको हल्ला र केही ले ट्विटर मार्फत ‘पोष्ट’ गरेको फोटो र स्रोत को हवाला दिँदै गरिएको ट्विटलाई आधार मानेर हामीले यो ब्लग तयार पारेका हौँ । बाँकी कुरा बुझ्ने जिम्मा चाँही तपाईँहरुकै !

Images Via: Republica | Ashis

8 comments :

  1. yestai ho saathi yeha ko chalan, but i read some where that the bands which perform could not attract the audience coz they were sining new songs from the albums they will release, and may be they did not manage well atleast they should have given oppurtunity to all bands they invited aagadi ko band lai 2 ko satta1 geet gaauna dera chance dinu parne ho. ani why did these bands agree to perform for free? it is their fault to agree hoina ra.
    1974 AD ko ta ma ni FAN hoo yaar it is really a sad news to hear :( i thought they did perform.

    ReplyDelete
  2. sorry to hear that.....had it been agreed the performance to be paid, nepalese bands could claim compensation and this is how responsibility in both sides would have balanced impact....this is called professionalism....guess if bryan adams would have failed for organisers reasons...could they escape??? such happens when one doesnt know how to value oneself....respecting adam's international reputation doesnt mean intimidating local bands...thanks for this piece of blog!! rupesh

    ReplyDelete
  3. नेपाली व्यान्डहरु को पनि बुद्धि छैन ! चाहिने र हुने ठाउँ मा बोल्न सक्दैनन् !

    ReplyDelete
  4. Really shocked by this news!!!!! Why our Nepalese artist has to perform their live free of cost ahead of Bryan Adams concert? Why don't our Nepalese popular artists organize their own concert that would be as more successful than Bryan Adams concert? I believe our respected and popular nepalese artists are capable and best quality performers and can successfully organize their own grand concert. My request to all those popular nepalese music artists to organize a grand concert together to show that we nepalese artists are also capable of organizing grand shows in Nepal ourselves.......I would like to express my great respect to all our dedicated music artists of Nepal and we all nepalese are proud of our nepalese music artists.......

    ReplyDelete
  5. Ek ta Bryan Adams ko CONCERT bhaye pachhi Nepali Band le Kina Perform Garne tyo pani Free ma.Afno khutta ma Aafaile Bancharo Hannu ho

    ReplyDelete
  6. in this present world of Nepal can't believe ppl do thing for free !!! ...!!!. known that naramro kaam garna lai ta manche haru paisa magchan bhane the artist were doing a good job ... didnot ask for their righteous credits .... BElieve it or not .... we need to fight for our right in this present world....!!! if u lay back u will always be back like we r now no one would even ask for u !!!

    though In my sense the artist were paying a great attribution for the international celeb .... but do u ppl know who you r ?????

    Nepali ... u sing in our language n yeas dat is what reaches down our heart .... whereas Mr BA he came in for a while n now he is gone , he made his tour successful n took the money .... he doesnot even remember the nepali artists' name who gave such a huge respect ...

    But now all we know is nepali artist sold their soul for free.....n dats just disgusting !!! isn't music what u have as ur love ur passion and ur compassion !!!! we have the respect for you n you need to preserve it ... !!!! we wont fight for u we have our own things to fight for .... but its you who need to keep that respect for urself as u had for the iconic figure ... coz u r no different then Mr BA !!!!!!!

    ReplyDelete
  7. I don't know why people are so offended. These bands probably performed for free because they felt it would be beneficial for them in the long run. Perhaps they felt they would gain some international exposure or that they could advertise their new albums for free.

    ReplyDelete
  8. we are not offended. We are just shocked by this incident. And our concern is Nepali Bands are not treated well. I must say, नेपाली व्यान्डहरुले आफ्नै खुट्टा मा बञ्चरो हान्ने काम गरे ! जति चर्चा ब्रायन को भयो, खै पत्रपत्रिका मा कहिँकतै पनि नेपाली व्यान्ड को बारेमा सुनिएन, अत: कन्सर्ट ले नेपाली व्यान्डलाई फाइदा पुग्यो होला जस्तो लाग्दैन !

    ReplyDelete