Mr. President, I hate your So called Sawari

राजा महाराजा को सवारी बाट आजित भएका नेपाली ले, गणतन्त्र आएपछि सवारी को सास्ति अब खेप्नु पर्दैन होला भन्ने लागेको थियो । ‘सिस्टम’ परिवर्तन भयो भनियो, देश को राष्ट्रप्रमुख जनता को छोरा भए भनियो । अझ हाम्रा राष्ट्रपति छानिएको बेला त, भैँसी चराउने, जनताका छोरा, राष्ट्रपति बने भनेर, गर्व सँग भनियो, चर्चा परिचर्चा गरियो । तर ती त सबै भन्ने कुरा न हुन् भन्या जस्तो गरेर, सत्ता मा उनै जनता का छोरा पुगेपछि, फेरि दुख पाउने जनता नै भा’का छन् । विरेन्द्र वा ज्ञानेन्द्र, जसका सवारी हुँदा पनि, सवारी का निहुँ मा जनता ले दुख पाएका थिए, र अहिले राष्ट्रपति को पनि ‘सवारी’ नै भन्ने गरिएको छ । हामीले सुशासन र समानता को लागि, राजतन्त्रलाई फालेको हैन र ? राजतन्त्र फालिसकेको अवस्था मा, उक्त संस्था को लागि अवलम्बन गरिएको ‘सवारी’ को संस्कार किन अझै जिवित छ ? दोष राष्ट्रपति को हो कि, सुरक्षा निकाय र प्रशासन को हो ? कि चाकडी र चाप्लुसी को संस्कारलाई नै अझै मलजल गर्न खोजिएको हो ?

काठमाडौँ को सडक उसै साँघुरो, अझ उसमाथी जाम नपरी कुनै ठाउँमा पुग्छु भन्ने कल्पना पनि गर्नु पर्दैन । तर त्यही जाम र साँघुरो बाटो पनि, कहिले काँहि राष्ट्रपति ले २-३ घन्टा हडप गर्दिन्छन् । उनी त कालो कार मा सरर हुँइकिन्छन् अघि पछि पुलिस लाएर, अनि उनको ‘सवारी’ को मार खेप्नुपर्छ जनता ले । उनले आवतजावत गर्नुलाई पनि ‘सवारी’ भन्ने गरिएको छ, लाग्या बानी कहाँ छुट्छ र ? तर यो ‘सवारी’ भन्ने शब्द, आफैँमा नै माथिल्लो ‘लेभल’ को हुँ भनेजस्तो गर्छ । हिजो उनी भारत बाट फर्किए, उनकै सवारी हुने रहेछ, काठमाडौँ को सडक मा सम्पुर्ण यातायात ठप्प पार्दै !

राष्ट्रपति को सवारी भनेपछि, सडक को दुइछेउ मा बिहानै देखि प्रहरी नै प्रहरी उभिएका हुन्छन् । ट्राफिक र प्रहरीहरु को गाडि ले ट्राफिक र प्रहरीहरु ओसारेको ओसारेकै हुन्छन् । ठाउँ ठाउँ मा गस्ति, ठूला ठूला ओहोदा का सुरक्षाकर्मीहरु पनि गाडि चढेर, निरिक्षण गरे झैँ खुबै घुम्छन् । घामपानी नभनि, बाटो भरि उभिएका विचरा सिपाहीहरु र ट्राफिकहरु ‘स्यालुट’ ठोकिरहन्छन् । अनि उनीहरुको काम भनेको, सर्वसाधारणलाई बाटो मा छिटोछिटो हिँड्नु भन्नु, अलिकति अलमल गर्यो कि, सिट्टि फुकिहाल्नु र थर्काउनु । यतिसम्म कि, सँधै आकाशेपुल बाट बाटो काट भन्ने ट्राफिकहरु पनि, छिटोछिटो, तलैबाट बाटो काट्नु भनेर निर्देशन दिन्छन् ।

राष्ट्रपति को सवारी निस्किसक्यो भनेर, जब प्रहरीहरु को वाकीटाकी बज्न सुरु गर्छ, तब सारा सार्वजनिक र निजि यातायात का साधन ठप्प हुन्छन् । प्रहरी ले सम्झाएर, थर्काएर, गोदेर भएपनि, यातायात का साधनलाई कहिले नटुंगिने जाम मा फसाइदिन्छन् । अनि राष्ट्रपति सान सँग चिल्लो गाडी मा  हुँकिन्छन् । उनलाई लाग्दो होला, बाटो भरि हिँडिरहेका र उभिरहेका सर्वसाधारणहरु उनको दर्शन गर्न बसिरहेका छन् । अझ उनलाई लाग्दो होला, काठमाडौँ को बाटो साँच्चै फराकिलो छ, जाम कहिले पर्दैन, कारण उनी जाम मा पर्दैनन्, आफ्नो २ वर्ष अघि को अवस्था उनले विर्सिसके होलान् ।

पत्रिका मा खबर छापिएको थियो, आफ्नो सवारी बाट सर्वसाधारण मा पर्न गएको असुविधाप्रति क्षमा मागे’रे र सवारी को निहुँ मा यस्तो नगर्नु भनेर निर्देशन दिए रे ! खबर पढ्दा साँच्चै राष्ट्रपति ले जनता को बारेमा सोचेछन् झैँ लाग्यो तर समस्या ज्युँ का त्युँ । उनको सुरक्षाव्यवस्था हेर्ने, रुट मिलाउनेहरु को दिमाग मा त्यही सवारी ले जरा गाडेको गाडेकै । अब उनीहरुले राष्ट्रपति को आदेश पनि नमानेका हुन् या, राष्ट्रपति ले यसो भने, भनेर पत्रिका ले लेख्या मात्रै हो, हैन भने उनले  जुनसुकै बेला भन्न सक्थे होलान् नि, खै अरुलाई चाँही किन रोकेको भनेर ! जनता को कर बाट तलब भत्ता खाने, तर जनता को सेवा र सुविधा प्रति चाँही सरकार सदैव उदासिन । काठमाडौँ को सडक मा जाम मै १ घन्टा बस्नुपर्यो भने, के हुन्छ ? यो कुरा त राष्ट्रपतिलाई थाहा हुनुपर्ने र प्रशासनलाई पनि थाहा नै छ होला, तर यहीँ आएर सवारी को नाम मा जनतालाई दुख दिने प्रवृति मन परेन ।

राष्ट्रपतिलाई त्यति धेरै सुरक्षा छ, त्यसमाथी उनी हिँडेको बेला सडक मा अरु हिँड्नै नपाइने रे ! अनि बाँकि आमजनतालाई न सुरक्षा छ, न भनेको गन्त्व्य मा नै समय मा नै पुग्न दिनुछ । सवारी को निहूँ मा जनतालाई दु्ख दिने राष्ट्रपति, सरकार र प्रशासन को प्रवृत्ति को हामी घोर भत्सर्ना तथा विरोध गर्दछौँ । काठमाडौँ को सडक, तिनका बाउ का विर्ता हैन ! आफू हिँडेको बेला, अरुलाई सडकमा हिँड्नै नदिनु भनेको, कति मिचहापन हो ? उनी र सर्वसाधारण बिच को दूरी कति छ ? सायद यस्तै प्रवृत्तिलाई सामन्ति संस्कार भन्छन् ।  भाषणमा दुख मनाउ गरे जस्तो गरेर केही हुँदैन राष्ट्रपति महोदय, जनता को छोरा राष्ट्रपति भएको मा गर्व छ भने, आमजनता झैँ सडक मा तिमी हिँड्नुपर्छ । सक्छौ भने, आम जनता झैँ सार्वजनिक यातायात को साधन चढ, जनतालाई जनताको राष्ट्रपति हो भन्ने आभाष दिलाउ डा. यादव ! तर साँच्चै, तिम्रो सवारी मलाई मन पर्दैन ।

हिजो भारत भ्रमण बाट राष्ट्रपति डा रामवरण यादव नेपाल फर्किए । उनी काठमाडौँ मा ओर्लेपछि, काठमाडौँ का सडक एकाएक सुनसान पारियो, सार्वजनिक यातायात को साधन चल्न दिइएन । अनि राष्ट्रपति एयरपोर्ट, तिनकुने, नयाँ वानेश्वर, थापाथली, सिंहदरवार, शहिदगेट, जमल, लाजिम्पाट हुँदै आफ्नो निवास मा पुगे । अनि उनी हिँड्ने रुटमा, घन्टौँ सम्म गाडि चल्न दिइएन । कोटेश्वर, गौशला, सिनामंगल, थापाथली, त्रिपुरेश्वर, अनामनगर, पुतलीसडक, कुपुण्डोल,रत्नपार्क, जमल सबैतिर गाडिहरु घन्टौँ जाम मा परे । उनको सवारी हुने वेला देखिएको सडक ले नेपाल बन्द को झझल्को दिन्थ्यो । उनको सवारी हुनु अघि, सिंहदरवार र भद्रकाली आसपास मा खिचिएका केही फोटोहरु तल राख्दैछु, जहाँ सडक सुनसान छ, सडक मा गाडि छैनन् तर सुरक्षाकर्मी र ट्राफिक प्रहरी को बाक्लो उपस्थिति छ ।

Image116Image120Image129Image134Image136Image149Image152

4 comments :

  1. I agree with your theme, Aakar. Although we have to show utmost respect to our president, he should also care about us and this kind of barring to vehicles is unnecessary!.

    ReplyDelete
  2. Hijo raaja; Aja rastrapati...... Kura eutai ho, naam matrai farak, pheri yo janta ko choro bhanne ke ho kunni!

    ReplyDelete
  3. very good article. Nepali politicians do politics not for people but for themselves.

    ReplyDelete
  4. used your photos on a facebook page.................will remove it ASAP, if you do not want me to use your photos!!!

    ReplyDelete