Skip to main content

इजिप्ट मा चर्किँदै आन्दोलन #Egypt

मध्यपूर्वी देश इजिप्ट मा राष्ट्रपति होस्नी मुवारक को शासन को विरोध मा लाखौँ जनता ले करिब १ साता देखी विशाल जनप्रदर्शन गरिरहेकाछन् । प्रदर्शनकारी र सुरक्षाफौज तथा प्रदर्शनकारी र मुवारक का समर्थकहरु विच झडप हुँदा सयौँ ले ज्यान गुमाइसकेकाछन् भने, हजारौँ घाइते भएका छन् ।

बढ्दो भ्रष्टाचार को विरुद्ध  इजिप्ट का शहरहरुमा प्रदर्शन चर्कदै जाँदा, नेपाल को शाही शासन को माघ १९ को झल्को दिलाउने गरि,  मुवारक प्रशासन ले जनवरी २८ देखि इन्टरनेट र फोन बन्द गरिदिएको थियो । फलस्वरुप सारा इजिप्ट नै “अफलाइन” भएको थियो । इन्टरनेट मार्फत विरोध र आन्दोलन को स्वर गुन्जन थालेपछि,इरान, म्यानमार, नेपाल, चिन आदि कै बाटो पच्छ्याउँदै, प्रशासन ले  सम्पुर्ण इन्टरनेट ‘कनेक्सन’ विच्छेद गरिदिएको थियो भने, ‘ल्यान्डलाइन’ फोन र मोबाइल फोन सेवा पनि बन्द गरिएको थियो ।  तर ५ दिन इजिप्ट ‘अफलाइन’ बसेपनि, आन्दोलन उचाइ मा पुगेको छ भने, हिजै देखि इन्टरनेट सेवा पनि सुचारु भएको छ ।

३० वर्ष सम्म एकल राज गरेका राष्ट्रपति होस्नी मुवारक को शासनकाल मा भ्रष्टचार बढेको भन्दै जनताहरु मुवारक को शासन को विरुद्ध मा उभिएका हुन् । ट्युनिसिया मा भएको आन्दोलन को एकसाता नवित्दै, बढ्दो भ्रष्टचार, बढ्दो महंगी तर नबढ्ने तलब, बढ्दो बेरोजगारी,  पुलिस को ज्यादती, वाकस्वतन्त्रता माथि को अंकुश, असुरक्षित मानव अधिकार, आदि दर्जनौँ कारणहरु देखाउँदै इजिप्ट का लाखौँ जनताहरु सडक मा ओर्लिएका छन् । विश्व को पुरानो सभ्यता भएको देश र विशाल पिरामिडहरु भएको देश अहिले आन्दोलन को देश भएको छ । बढ्दो असुरक्षा, बढ्दो अत्याचार, बढ्दो भ्रष्टचार,बढ्दो महंगी, को विरुद्ध उभिएका जनताहरु ले, मुवारको ३० वर्षे लामो, एकल शासन बाट मुक्त हुन खोजेकाछन् ।

image: positivity.wordpress.org

इजिप्ट का जनताहरु ले जोडतोड का रुप मा राष्ट्रपति होस्नी मुवारक को राजिनामा मागिरहेका छन् । मुवारक को राजिनामा भएर,  देशमा नयाँ सरकार बनोस्  जसले जनता को भावना को कदर गरोस् र मौलिक हक अधिकार सुनिश्चित गरोस भन्ने इजिप्ट का जनता को चाहना छ । अत: मुवारक को राजिनामा माग्दै कायरो लगायत विभिन्न सहरहरुमा विशाल प्रदर्शनहरु भइरहेका छन् भने मुवारक प्रशासन सेना र प्रहरी लगाएर प्रदर्शनकारी माथि दमन गरिरहेको छ । जसरी नेपाल मा ज्ञानेन्द्र को शासन को माग राख्दै, विशाल जनप्रदर्शनहरु भएका थिए, त्यसरी नै इजिप्ट मा पनि राष्ट्रपति मुवारक को राजिनामा माग्दै विशाल प्रदर्शनहरु भइरहेका छन् । पहिलो केहि दिन शान्तिपुर्ण रहेको प्रदर्शन हिजो आज भने हिंसात्मक बन्दै गएको छ । आजै पनि, केही पत्रकारहरु कुटिएको खबर पनि आएको छ । आन्दोलन र झडप को श्रृंखला बढ्दै गएपछि, सरकारले विभिन्न ठाउँमा कर्फ्यु लगाएको छ तर जनताहरु कफ्यु को उल्लघंन गर्दै स्वतस्फुर्त रुपमा सडक मा ओर्लिएका छन् ।

शान्ति, प्रजातन्त्र, मानवअधिकार र सुशासन का लागि इजिप्ट का जनताले गरेको आन्दोलन सह्रानिय छ । ३० वर्ष मा १० वटा सरकार फेरिए तर होस्नी मुवारक ले एकलौटि शासन गरिरहे । र उनको शासनकाल मा जनताले धेरै दुख पाएको जनता को ठम्याइ छ । आन्दोलन बढ्दै जाँदा केही दिन पहिले होस्नी मुवारक ले देशका नाम मा सम्बोधन गरेपनि, त्यसले झनै आगो मा घिउ हाले सरह भएको छ । आन्दोलन शान्तिपुर्ण भन्दा भन्दै पनि सुरक्षाफौज ले बल प्रयोग गर्दा, हजारौँ प्रदर्शनकारीहरु घाइते भएका छन् भने सयौँ को मृत्यु भइसकेको छ । यसैबिच प्रदर्शनकारी माथि सुरक्षाफौज ले आक्रमण गर्नु गल्ति थियो भन्दै इजिप्ट का प्रधानमन्त्री ले यस घटना को छानविन गर्ने बताएका छन् र जनता समक्ष माफी पनि मागेका छन् । पछिल्लो जानकारी अनुसार राष्ट्रपति ले ‘पार्लियामेन्ट’ भंग गरेको खबर आएको छ ।

लाखौँ जनताहरु सडक मा ओर्लिँदा र विपक्षीहरु ले राजिनामा को लागि चर्को दवाव दिँदा पनि, होस्नी मुवारक खासै टसमस भए जस्तो देखीँदैनन् । हुन त ३० वर्ष गरेको अन्याय, अत्याचार र भ्रष्टचार को हिसाव जनता ले खोजेपछि, मुवारक तर्सिएका त पक्कै होलान् । तर कुर्सी छाडेपछि, कारवाही को भागिदार होइन्छ भन्ने डरैले होला, मुवारक जति सकिन्छ पेलेरै जानुपर्छ भन्ने मानसिकता मा देखिन्छन् । सरकार का विरोधी र सरकार का समर्थक दुवै ले प्रदर्शन गर्न थालेपछि, इजिप्ट को स्थिति झनै नाजुक बन्दै गएको कुरा, बिबिसी ले आफ्नो अनलाइन संस्करण मा जनाएको छ । ती दुइ समुहहरु आपस मा ढुंगा र इटा हानाहान गरिरहेकाछन् । सरकार विरोधी प्रदर्शन मा सरकार ले भिजिलान्ते प्रयोग गरि घुसपैठ गरेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् । सरकार आपराधिक मानसिकता बाट प्रेरित भएको बुझाइ आन्दोलनकारीहरु को छ । इजिप्ट मा हिंसा बढ्दै गएपछि, विभिन्न देशहरुले इजिप्ट सरकारलाई जनताको आवाजको सम्मान गर्न आग्रह गरिरहेका छन् ।

हप्ता दिन भन्दा पनि अघि बढेको आन्दोलन को एउटै माग भनेको, राष्ट्रपति होस्नी मुवारक को राजिनामा नै हो । तर मुवारक ले राजिनामा दिने कुनै छाँटकाँट नदेखिँदा हिँसा को घटना मा वृद्धि भइरहेको छ । ‘रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेका थिए’ रे, अनि अहिले लाग्दैछ प्रत्येक देश रोम हुन्छ र प्रत्येक देश मा निरो हुन्छन् । नेपाल मा ज्ञानेन्द्र को शाही शासन को अन्त्य को माग गर्दै जसरी जनलहर उर्लीएको थियो, त्यसैगरि इजिप्ट मा पनि मुवारक को ३० वर्षे शासन को माग गर्दै जनताहरु सडक मा ओर्लिएका हुन् जसलाई विपक्षी पार्टिका नेताहरु ले पनि समर्थन गरेका छन् । यसैविच, सरकारी दमन बढ्दै जाँदा मोहम्मद अल बारादेइ लगायत का नेताहरु ले, मुवारक को राजिनामा नभइ अन्य कुरा मा सहमति गर्नै नसक्ने अडान राखेका छन् । प्रस्टै छ, मुवारक ले हत्तपत्त कुर्सी छाड्लान जस्तो छैन भने जनता ले त्यसै आन्दोलन रोक्लान जस्तो छैन । आखिरी कुरा त मुवारक ले सत्ता बाट हात धुनै पर्छ, तर त्यतिन्जेल सम्म मा देशले ठूलो क्षति व्यहोरी सकेको हुनेछ ।

हुन त हाम्रो देशमा पनि १९ दिन आन्दोलन भा’कै हो, इजिप्ट मा त जनता जागेको भर्खर ९ दिन भएको छ । कुरा यही हो कि, धेरै जनधन को क्षति नहुँदै मुवारक र मुवारक को सरकार को आँखा खुलेको राम्रो हो, अन्यथा पछि देशमा बस्ने सानो टुक्रो जमिन पनि पाउन मुवारकलाई मुस्किल हुनसक्छ । जहाँ जनता जाग्छन् त्यहाँ ढिलो चाँडो जसरी पनि जनता कै र सत्य कै जित हुन् । अत: जनता को जित र मुवारकको हार त निश्चित नै छ तर पनि समय हुँदै, मुवारक ले कुरो बुझेको राम्रो । विदेशी देशहरुको दवाव, जनताहरु को आन्दोलन आदि विविध कुराहरु बढ्दै गएपछि, मुवारक ले यो थेगेर थेगिन्न, मुवारक को अन्त्य निश्चित नै छ । देशको भलो नहेरी आफ्नो भुँडी मात्र भर्न लागेका मुवारक को कदम माथि जनताहरुले प्रश्न उठाउनु जायज छ । देश मा बढेको आतंकवादी गतिविधि मा पनि, सरकारलाई दोषी ठहर्याइएको छ, स्मरणीय रहोस् सन् २०११ कै नयाँ वर्ष को दिन २ दर्जन को ज्यान जानेगरि, चर्च मा बम विस्फोट भएको थियो । मुवारक को शासनकाल मा विदेशी मुलुकहरु सँग को सम्बन्ध पनि चिस्यिएको छ भने वाकस्वतन्त्रता र मौलिकहक अधिकार पनि कुण्ठित पारिएको छ ।

समाचार सम्प्रेषण गर्न विभिन्न मुलुक र समाचार संस्थाहरु बाट पुगेका पत्रकाहरु माथि इजिप्ट मा दुर्व्यवहार भएको खबर आएको छ । सरकार को समर्थन मा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले पत्रकारहरु माथि आक्रमण गरिरहेका छन् । सिएनएन का प्रसिद्ध पत्रकार एन्डरसन कुपर सहित फक्स न्युज का पत्रकार तथा अलजजिरा का पत्रकारहरु आक्रमण मा परेको गार्जियनले आफ्नो अनलाइन संस्करण मा जनाएको छ । त्यस्तै भारतिय समाचार च्यानल एनडिटिभि को पनि कायरो मा क्यामरा तोडफोड गरिएको कुरा भारतिय संञ्चार माध्यमहरु ले जनाएका छन् । इजिप्ट का जनता तथा पत्रकारहरुमाथि भएको आक्रमण र दुर्व्यवहार को हामी घोर भत्सर्ना गर्दै, होस्नी मुवारक को राजिनामा को माग गर्दछौँ ।

हामीले देखेको समाधान भनेको पनि होस्नी मुवारक को राजिनामा नै हो । इजिप्ट का जनता को आवाज मा आवाज मिलाउँदै हामी पनि भन्छौँ, “मुवारक राजिनामा दे !” हेरौँ राजनितिक घटनाक्रम कुन रुप ले अघि बढ्छ ?

तस्विरहरु: damncoolpics.blogspot.com | worldnomads.com

Comments

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

Listen to Deusi Bhailo Songs.

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

सोसल मिडिया मिथ्याङ्क?

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो ।


यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको मान्छ…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो ।


एन्ड्रोइड नेपाली किबोर्डमा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड, नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ ।


आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी - मेरो लागि एपमा

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ ।


मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ ।

किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावेश गरिए…

Subscribe to Aakar Post