गजल : बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !

कुबेलाको आंप जस्तो, अमिलो छ तिम्रो बोलि ।

बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।

 

भन्नेले’त भगवान भन्लान् ! मान्नुपर्यो सारा जगत ।

गर्या छैनौ देखाउनलाई, ब्यर्थै गयो तिम्रो चोली ।।

बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!!

pinatas-revenge

गालिगलौच गर्दै हिँड्छन्, भेट्लान् कुनै दिन तिन्ले ।

समयमै सुझाब तिम्लाई, सम्हाल है तिम्रो टोली ।।

बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली !!!

 

जति पेल्यौ तेति कडा, निस्किसके जगत सारा ।

सक्षम छन् है पुर्याउनलाई, आर्यघाटमा तिम्रो डोली ।।

बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।।

 

 -घिमिरे सुनिल

Image : fashionablygeek.com

4 comments :

  1. हा हा .... सटिक सुनिल ब्रो !

    ReplyDelete
  2. ha ha sarai ramro, ' सक्षम छन् है पुर्याउनलाई, आर्यघाटमा तिम्रो डोली ।।

    बेला बेला पड्किरहने कत्ति सस्तो, तिम्रो गोली ।।।'

    ReplyDelete
  3. wonderful satire..... अति राम्रो धेरै धेरै :) :) :) :)

    ReplyDelete
  4. Great one... and I liked the pic as well..

    ReplyDelete