AOL buys Huffington Post ; याहु हेरेको हेरेकै !!!

नेपाल सरकार ले ‘पोर्नसाइट’ को क्याटगोरी मा राख्दै,  केही महिना अघि  नेपाल मा ब्लक गर्न लगाइएको प्रख्यात इन्टरनेट ‘म्यागजिन’ Huffington Post  लाई अमेरिकी इन्टरनेट कम्पनी “अमेरिका अनलाइन” (AOL) ले आज ३ सय १५ मिलियन डलर मा किनेको छ । यस अघि गत सेम्टेम्बर मा, AOL ले TechCrunch नामक प्रख्यात ‘टेक्नोलोजी’ ब्लग किनेको थियो । सायद, AOL आफ्नो गुमेको स्थान खोज्दै, प्रख्यात समाचार र टेक्नोलोजी साइटहरुलाई किनेर, इन्टरनेट बजारमा आफूलाई फेरि स्थापित गराउने प्रयास गर्दैछ ।

इन्टरनेट कम्पनी याहुलाई पछि पार्दै AOL, Huffington Post आफ्नो खाता मा पार्न सफल भएको छ । सन् २०१० को जुलाइतिर, Huffington Post लाई याहुले किन्ने चर्चा चुलिएको थियो । उक्त समयमै याहुले करिब ३ सय ६० मिलियन डलर खर्चनु पर्ने भविष्यवाणी गरेका टेकपण्डितहरु, अहिले ३ सय १५ मिलियन डलर मा साइट बेचिँदा छक्क परेका छन् । संसारको सबैभन्दा ठूलो ब्लग मानिने, Huffington Post मा ३ हजार भन्दा धेरै ब्लगरहरु छन् भने २० भन्दा बढि ‘क्याटगोरी’ मा ब्लगहरु लेखिने गरेका छन् । Huffington Post प्रख्यात अमेरिकी पत्रिका ‘न्युयोर्क टाइम्स’  भन्दा पनि ठूलो छ र प्रति महिना करिब २५ मिलियन पाठकहरुले Huffington Post पढ्ने गरेका छन् ।

Huffington Post किन्ने याहु को सपना त पुरा भएन तर याहुलाई यस कुरा ले झट्का लागेको छ कि छैन भन्ने कुरा चाँहि बाहिर आइसकेको छैन । कम्पनीहरु किन्न नसक्ने तथा भएका कम्पनीहरुलाई चलाउन नसक्ने आरोप याहुलाई लाग्दै आएको छ । याहुले जियोसिटिज, याहु ३६०, लगायत विभिन्न साइटहरु बन्द गरिसकेको छ भने, केही महिना पहिले भारी मात्रामा कर्मचारीहरु कटौती गरेको थियो । AOL ले Huffington Post किने सँगै ट्विटरमा हामीले गज्जब का प्रतिक्रियाहरु देखेका छौँ । ट्विटर मा ब्लगर तथा सोसल मिडिया गुरु जेसी स्टेले Yahoo र AOL प्रति व्यंङ्ग्य गर्दै भने, “यदि म याहु भएको भए, पहिले न्युयोर्क टाइम्स किन्थेँ र त्यसपछि मासवेल टेक्नोलोजी ब्लग किन्थेँ” (“If I were Yahoo, I'd buy the New York Times. Then I'd buy Mashable.) स्मरणिय रहोस् गत सेप्टेम्बर मा AOL ले TechCrunch नामक प्रख्यात ‘टेक्नोलोजी’ ब्लग किनेको थियो ।

aol buys huffingtonpostAOL ले HuffingtonPost किनेको सन्दर्भमा टेलिग्राफ ले आफ्नो अनलाइन संस्करण मा  इन्टरनेटमा यसबारेमा सकरात्मक प्रतिक्रिया पाइएको जनाएको छ । सन् २००५ मा स्थापना भएको Huffington Post कि सम्पादक तथा संस्थापक  Arianna Huffington  ले ३ सय १५ मिलियन डलर मा  HuffingtonPost लाई AOL को जिम्मा लगाइदिएकीहुन्  ।  तर HuffingtonPost बेचिएपनि, Arianna Huffington  लाई HuffingtonPost, Engadget,  TechCrunch, Moviefone, MapQuest, Black Voices, PopEater, AOL Music, AOL Latino, AutoBlog, Patch,StyleList, लगायत  AOL का सम्पुर्ण इन्टरनेट म्यागजिनहरु को सम्पादक नियुक्त गरिएको कुरा AOL व्दारा जारी प्रेस विज्ञप्ति मा जनाइएको छ ।

फेसबुक, ट्विटर, लगायत साइटहरुले AOL ले Huffington Post पोष्ट की सम्पादक Arianna Huffington  अहिले को समय को एक सक्षम र कुशल सम्पादक भएको उल्लेख गर्दै, AOL र HuffingtonPost पोष्ट को यो कदम को स्वागत गरेको कुरा, युके टेलिग्राफ ले जनाएको छ ।

यसैबिच प्रख्यात टेक्नोलोजी साइट TechCrunch  लाई अब HuffingtonCrunch भनिने भएको छ । TechChrunch बेचिँदा जति, नराम्रो लागेको थियो, अहिले नाम परिवर्तन गरिँदा झनै बढि नराम्रो लागेको छ । TechCrunch को आफ्नो जुन एउटा छवि थियो, त्यो क्रमश गुम्दै गएको आभाष भइरहेको छ । TechCrunch का सम्पादक Michael Arrington लाई अब  Huffington Post की सम्पादक Arianna Huffington   ले विस्थापित गर्दैछिन् । कम्पनी किनिएपनि, नाम नै परिवर्तन नगरिहालेको भए हुन्थ्यो भन्ने लागिरहेको छ, आखिर TechChrunch त  Huffington Post  भन्दा पहिले नै किनिएको हो ।

Sad smile

AOL सँग मिसिएर ‘टाइम वार्नर’ ले आफूले इतिहासकै ठूलो गल्ति भएको कुरा बताइरहँदा, नयाँ किनिएका कम्पनीबाट AOL ले के आफूलाई साँच्चै इन्टरनेटमा दह्रो रुपमा उपस्थिति गराउन सक्ला त ? यो कुरा चाँहि भविष्य ले नै बताउला ! Huffington Post की सम्पादक Arianna Huffington  ले अंक नखुलाए पनि साइट नाफा मा रहेको बताएकी छिन् ।

1 comment :