झेल गर्यो टाईम ले : जुकरवर्ग भए वर्ष व्यक्ति २०१० @time #fail

लाखौँ पाठकहरु को मतलाई लत्याउँदै, विश्वप्रसिध्द पत्रिका ‘टाइम’ ले  फेसबुक का संस्थापक मार्क जुकरवर्गलाई वर्ष व्यक्ति २०१० भनेर घोषणा गरेसँगै, ‘टाइम’ पत्रिका को नियत माथि नै शंका उठेको छ । विकिलिक्स का माध्यमबाट संसार मा हलचल ल्याउन सफल ‘विकिलिक्स’ का संस्थापक तथा प्रधान सम्पादक ‘जुलियन असान्ज’ टाइम वर्ष व्यक्ति २०१० हुन्छन् भन्ने अड्कल र विश्वास, विपरित ‘टाइम’ ले सामाजिक सञ्जाल फेसबुक का संस्थापक मार्क जुकरवर्गलाई वर्ष व्यक्ति २०१० भनेर घोषणा गरेको छ ।

time_cover_mark_zuckerberg“करोडौँ व्यक्तिहरुलाई एकै ठाउँमा ल्याएर सबैका विच सम्बन्ध कायम गराउन सफल भएका  र सूचना प्रविधि को क्षेत्र मा युगान्तकारी परिवर्तन ल्याएका र मानिसहरु को इन्टरनेट जिवनशैली मा परिवर्तन ल्याएका कारण, मार्क जुकरवर्गलाई वर्ष व्यक्ति २०१० बनाइएको” कुरा, टाइम पत्रिका ले उल्लेख गरेको छ । फेसबुक ले आम मानिस को जिवनशैलीमा पारेको प्रभावलाई नकार्न सकिँदैन । इन्टरनेट दुनियाँ मा फेसबुक ले सामाजिक सञ्जाल मा मारेको फड्को अर्थात भनौँ, इन्टरनेट चलाउने तौर तरिका मै नयाँपन दिन सफल, फेसबुक र मार्क जुकरवर्गलाई कम आँक्न मिल्दैन ।

तर वर्ष व्यक्ति २०१० हुनैपर्ने गरि, जुकरवर्ग ले यस वर्ष के उल्लेखनिय काम गरे, त्यो भने सोचनिय विषय बनेको छ । फेसबुक पहिले देखि नै थियो र अघिल्लो वर्ष पनि चर्चित नै थियो, यस वर्ष केही करोड प्रयोगकर्ता बढे, केही नयाँ सुविधाहरु फेसबुक मा थपियो त्यसबाहेक अरु नयाँ के काम नै भयो र ? अर्थात भनौँ, मानव समुदाय को लागि र इतिहास मा २०१० अंकित हुने गरि, मार्क जुकरवर्ग ले यस वर्ष के काम गरे ?

सबैले आशा गरेका र वर्ष व्यक्ति २०१० नै हुन्छन् भनेर ठोकुवा गरेका ‘विकिलिक्स’ का संस्थापक तथा प्रधान सम्पादक ‘जुलियन असान्ज’ भने ‘द टि पार्टि’, ‘हमिद कारजाइ’, ‘द चिलिएन माइनर्स’ आदि सँगै टाइम वर्ष व्यक्ति २०१० को रनर अप को सूचीमा परेका छन् । १ वर्ष भन्दा कम समय मा आफ्ना कामहरुबाट संसारलाई चकित बनाएका र अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई थर्काउन सफल भएका ‘विकिलिक्स’ का संस्थापक तथा प्रधान सम्पादक ‘जुलियन असान्ज’ टाइम वर्ष व्यक्ति २०१० नबनाइनु टाइम पत्रिका को फट्याँइ हो ।

सन् २०१०  जुलियन असान्ज को नाम मा समर्पित गर्दा कुनै फरक पर्दैन । यही वर्ष असान्ज ले विकिलिक्स मार्फत अमेरिकी सेना को ज्यादती सार्वजनिक गरेका थिए त्यति मात्र होइन केही हप्ता पहिले मात्र अमेरिकी एम्वेसीका गोप्य भनिएका र जनतालाई झुक्याइएका महत्वपुर्ण कुराहरु सवैका सामु ल्याइ सबैलाई चकित बनाएका थिए भने अमेरिका को कालो अनुहार संसार सामु देखाइदिएका थिए । सूचना सम्प्रेषण र प्रशारण को क्षेत्रमा असान्ज ले गरेको योगदान इतिहासमा सुनौलो अक्षर ले लेखिने कुरा मा कुनै  दुइमत छैन ।wikileaks-julian-assange-time-cover

वर्ष व्यक्ति पाठकहरु को मतबाटै छानिने जसरी टाइम ले पाठकहरु बाट मतदान पनि गरायो, जसमा जुलियन असान्ज ले २ लाख ८० हजार भन्दा बढि मत ल्याएका थिए भने, मार्क जुकरवर्ग केही ‘हजार’ भोट पाएर प्रतस्पर्धा को पुछार मा रहेका थिए ।

जुलियन असान्ज नै वर्ष व्यक्ति २०१० हुने गरि, टाइम ले सूचना र समाचार सम्प्रेषण गरिरह्यो, फेसबुक र ट्विटर मा पनि भट्याइरह्यो । अनि असान्ज को पछिल्लो कदम को प्रशंसा गर्दै, अन्तरवार्ताहरु पनि प्रशारण गरिरह्यो र आफूलाई वाक स्वतन्त्रता को पक्ष को आन्दोलन मा सामेल गरायो ।

गत पछिल्लो अंक मा जुलियन असान्जलाई नै पत्रिका को बाहिरी आवरण मा प्रस्तुत गर्यो । तर अन्तिम मा भने, जुलियन असान्जलाई रनर अप मै सिमित गराइदिएर आफू अमेरिकी पत्रिका भएको र आफूले अमेरिकी सरकार को बोली बोल्ने कुरा सावित गरिदियो ।

वर्ष व्यक्ति को कति ‘पपुलर’ छ भन्ने कुरा पक्कै होइन, वर्ष व्यक्ति त त्यो हो, जसले आफ्ना राम्रा कामहरु व्दारा संसार मा हलचल मच्चाउन सफल भयो । वर्ष व्यक्ति त्यो हो, जसले आफ्ना कामव्दारा लाखौँ, करोडौँ जनताहरु को मन जित्न सक्यो । तर यहीँ आएर ‘टाइम’ ले आफ्नो इज्जत बचाउन सकेन । अनि उसले असान्ज को ठाउँमा जुकरवर्गलाई वर्ष व्यक्ति २०१० भनेर घोषणा गरिदियो ।

हुन त अमेरिका र अमेरिकी संघ संगठनहरु बाहिर बाट जति राम्रा र चिल्ला कुरा गर्छन् उनीहरु त्यति नै अनैतिक छन् भन्दा फरक पर्दैन । अफगानिस्तान मा युद्ध जारी राख्ने व्यक्ति 'अमेरिकी राष्ट्रपति बाराक ओवामा’ नोबल शान्ति पुरस्कार जित्ने, स्वतन्त्रता को वकालत गर्ने “अमेजन” जस्ता कम्पनीहरु भएको देश मा मार्क जुकरवर्ग ले जुलियन असाञ्जलाई उछिनेर वर्ष व्यक्ति  २०१० हुनु कुनै नौलो कुरा होइन । तर अब त टाइम को हैसियत मै प्रश्न उठेको छ, के टाइम प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता को पक्ष मा उभिएको छ र ???

वर्ष व्यक्ति भनेर किटान गर्ने  टाइम को नै हो र ?  ? टाइम ले नभन्ने वित्तिकै जुलियन असाञ्ज को साख घट्ने त होइन । जुलियन को कामलाई समर्थन गर्नेहरु को हुल घट्ने होइन, तर पनि टाइम जस्तो पत्रिका ले आम पाठक को मन मा ठेस पुर्याएको छ, पाठक को मत को अवमुल्यन गरिएको छ । टाइम को यस घोषणा को कटु आलोचना संसारभर भइरहेको छ ।

जुलियन असाञ्ज यस वर्ष को सुरु देखि नै इन्टरनेट मा छाइरहेका थिए र उनका कामहरु ले संसार मा नयाँ तरंग पैदा गरिदिएको थियो । विकिलिक्स ले २०१० अप्रिल मा Collateral Murder भिडियो सार्वजनिक गरेको थियो भने, जुलाई २०१० मा Afghanistan War Logs प्रकाशन गरेको थियो । त्यस्तै सेप्टेम्बर २०१० मा Iraq War Logs सार्वजनिक गरेको विकिलिक्स ले नोभेम्बर २०१० को अन्त्यतिर अमेरिकी दुतावास का गोप्य भनिएका दस्तावेजहरु (250,000 US Embassy Diplomatic Cables) सार्वजनिक गरेर अमेरिका को नाङ्गो रुप देखाइदिएको थियो ।

वर्ष व्यक्ति २०१० घोषणा गरिएको टाइम को अनलाइन संस्करण मा प्रकाशित पाठकहरु को केही प्रतिक्रियाहरु को स्न्यापसट् हामीले तल समावेश गरेका छौँ । टाइम का पाठकहरु ले टाइम को वर्ष व्यक्ति को चयन को कटुआलोचना गरेका छन् । केही ले भने, टाइम वार्नर पिक्चर कम्पनी, अमेरिकी प्रशासन तथा आफ्ना विज्ञापनदाताहरुलाई खुशी पार्न, मार्क जुकरवर्गलाई वर्ष व्यक्ति घोषणा गरेको दावी गरेकाछन् ।

time_comment_1time_comment_2time_comment_3

3 comments :

  1. Time raised a quetion in jornalism.........what a shame!

    ReplyDelete
  2. we can fight against the time news paper through same face book. we can collect opinion from world. so lets go together against the times news

    ReplyDelete
  3. अमेरिकाको 'प्रजातन्त्र' पनि उस्तै रहेछ ...देखियो यसपाला। पहिला विकिलिक्स बन्द गरेर र अनि अहिले जनताको भोटमै 'धाँधली' गरेर ! । 'प्रजातन्त्र', 'मानव अधिकार' सबै आफैँलाई नपरेसम्म मात्रै चर्काइने शब्दहरु रहेछन् ।

    ReplyDelete