ब्लग मा २०१० #Review2010

२०१० को अन्त्य मा आइपुगेका छौँ । वर्ष को सुरुमै चिन मा सर्च मा सेन्सर नगर्ने गुगल को भनाइले, चिन र गुगल तथा गुगल ह्याक को चर्चा सुरु भयो । त्यस्तै वर्ष को सुरुमै हैटिमा ७ रेक्टर स्केल को महाभुकम्प ले महाविनाश गर्यो । २०१० मा गिरिजा प्रसाद कोइराला को निधन भयो भने संविधान सभा को निर्वाचन को म्याद पनि थपियो । अनि दर्जनौँ पटक प्रधानमन्त्री छान्ने नाटक पनि नेपाल मा मञ्चन भयो । दलहरु आपसी विवाद मा अझै अल्झिनै रहेकाछन् । विश्व मा मेक्सिको मा समुन्द्र मा चुहिएको पेट्रोलियम पदार्थ, खरानी को बादल, आदि चर्चा मा रहे । त्यसबाहेक, एप्पल को आइप्याड, आइफोन, फेसबुक र ट्विटर पनि वर्ष भरि चर्चा मा रहे । वर्ष को अन्त्य तिर, आङ साङ सुकी, अनुराधा कोइराला जुलियन असाञ्ज र विकिलिक्स को चर्चा भइरह्यो र अझै यो चर्चा सेलाएको छैन । विश्व मा २०१० मा धेरै घटनाहरु घटे तर आज यहाँ आफु भने, व्लग मा समाविष्ट भएका २०१० का महत्वपुर्ण घटनाहरुलाई जोड्ने प्रयास गर्दैछु ।

goodbye-2010-hello-2011

Happy New Year 2010  भन्ने शीर्षक को ब्लग सहित २०१० को आफ्नो ब्लग यात्रा सुरु भएको थियो । व्यक्तिगत रुपमा मात्र नभइ ब्लगलाई समेत २०१० सुखद रहेको अनुभव रह्यो । यस वर्ष धेरैजसो विषयमा ब्लग लेखिएछ । संख्या नै हिसाब गर्ने हो भने, करिब ३ सय ३७ वटा जति ब्लगपोष्टहरु प्रकाशित गरिएछ, जसमा अधिकांश आफूले लेखेका ब्लगहरु छन् । त्यसबाहेक समय समय मा विभिन्न साथीभाइहरुले पनि आफ्ना रचनाहरु हामीलाई उपलब्ध गराउनुभएको थियो ।

Facebook Status became Colorful with Bra Color, But Why ?वर्ष को सुरुवात सँगै, फेसबुक का स्टासहरु मा  ‘रङ्ग’ को नाम देखिएको थियो । नेपालीहरुलाई मात्र नभइ संसार भरिका पुरुष मित्रहरुलाई उल्लु बनाउन र चकित बनाउन सफल, ‘यो रङ्ग’ काण्ड निकै चर्चित रह्यो फेसबुक मा । तर यही कुरालाई लिएर, हामीले “Facebook Status became Colorful with Bra Color, But Why ?” ब्लग लेखेका थियौँ, जुन सर्वाधिक रुचाइएको थियो र फेसबुक मा नि धेरै लिंक सेयर गरिएको थियो । साँच्चै भन्दा, उक्त ब्लग नेपालीहरु का लागि ‘न्युज ब्रेकिङ’ ब्लग बन्न पुगेको थियो, फलस्वरुप भोलिपल्ट को ‘अन्नपुर्ण पोष्ट’ ले हामीलाई 'उदृत’ गर्दै यसै विषयमा एउटा समाचार छापेको थियो ।

वर्ष को मध्य/अन्त्य तिर ‘रियल जुस’ को विज्ञापन मा देखिएर केही विवाद मा देखिएपनि, गतवर्ष जनवरी दोस्रो हप्ता मा ‘भाटभटेनी सुपरमार्केट’ का प्रबन्धक मीनबहादुर गुरुङ चर्चा मा थिए । करिब ५ करोड को लागत मा भाटभटेनी सुपरमार्केटका प्रबन्धक मीनबहादुर गुरुङले शिक्षण अस्पताल, महाराजगञ्जमा आकस्मिक कक्षका लागि भवन निर्माण, सरसफाइ र मर्मत व्यवस्थापन गर्न लागेका थिए। (Best of Luck !!! Min Bahadur Gurung)girija on fb

मार्च २० को दिउँसो, नेपालीहरु ले एउटा राजनितिज्ञलाई गुमाए । Girija Prasad Koirala Passed Away   कोइराला को   निधन  सँगै नेपालीहरु बिच, अब के होला भन्ने अन्यौलता ले बास गर्यो । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन को खबर पराल को आगो झैँ इन्टरनेट मा फैलियो । ट्विटर, फेसबुक, ब्लग र वेवसाइमा कोइराला छाइरहे, त्यति मात्र होइन  गुगल ले पनि भन्यो, ‘त्यसदिन सबैभन्दा बढि खोजि गरिएका व्यक्ति थिए गिरिजा प्रसाद कोइराला’ । हामीले गुगल को कुरालाई ‘टेक्नोलोजी ब्लग’ मा प्रमुखताका साथ लेखेका थियौँ, फलस्वरुप भोलिपल्ट को ‘काठमाडौँ पोष्ट’ मा यही खबर प्रमुखता का साथ मुलखबर बनेर छापिएको थियो । तर विडम्बना, हाम्रो  ब्लग पोष्ट बाटै खबर थाहा पाएर पनि    हामीलाई पत्रिकाले स्रोत को रुपमा स्विकार गर्न सकेन । महिना भरि नै, कोइराला को निधन चर्चा मा रह्यो ।

काठमाडौँ विश्वविद्याल का विद्यार्थी ले बनाएको “मुक्ती” नाम गरेको भिडियो ले पनि, अन्तराष्ट्रिय वृत मा राम्रै चर्चा पाएको थियो । मु्क्ति नामक छोटो चलचित्र बिबिसी ले आयोजना गरेको भिडियो कम्पिटिसन मा उत्कृष्ट ५ मा परेको थियो । (“MUKTI” Nepali Short Movie Entered in Top 5 of BBC MyWorld Competition From Asia [Video])

लामो मौनतालाई भंग गर्दै, गिरिजा को मृत्युपछि पूर्वराजा ज्ञानेन्द्र ले “राजसंस्था समाप्त भयो भन्नु, हाइपोथेटिकल कुरा भयो” भन्दै एभिन्युज टेलिभिजनलाई दिएको अन्तर्वाता ले पनि नेपाल मा एउटा तरंग सिर्जना गरिदिएको थियो । अत: मार्च महिना को अन्त्य तिर पूर्वराजा ज्ञानेन्द्र  पनि चर्चा मा रहे । (Watch Gyanendra Shah Interview [Video])

तराईका जिल्लाहरु मा ‘हाइब्रिड’ जात को मकै मा दाना नलागेको कुरा ले पनि, तराइ मा ठूलो उथलपुथल मच्चाएको थियो । सर्वस्वै भएका उनी मार्फत हामीले तराई क्षेत्र को कृषी समस्या पनि समेटेका थियौँ । तराईमा मकै नफलेर, किसान रनभुल्ल मा परिरहेको अवस्था मा इन्टरनेटमा भने,  रेखा थापाको पहिरन को विवाद र वहस ले ठाउँ पाएको थियो ।( धर्म र रेखा थापा को पहिरन )

अप्रिल को मध्यतिर भने इन्टरनेट मा फेसबुक ले चालेको प्रलयकारी कदम ले सबै वेवसाइट र ब्लगहरुलाई छोएको थियो । '3rd Facebook f8 Developer Conference' नाम दिइएको कार्यक्रम बाट फेसबुक ले ‘लाइक’ गर्ने ‘कल्चर’ को सुरुवात गरेको थियो । फेसबुक कनेक्ट तथा फेसबुक टुलबार मार्फत, इन्टरनेट का प्राय: सबै वेवसाइटहरु फेसबुक झैँ लाग्नेछन्, कारण ती साइटहरु मा फेसबुक मार्फत साइनइन गर्न सकिने छ भने, सेयर र लाइक जस्ता बटनहरु पनि यत्रतत्र सर्वत्र पाइनेछन् । (फेसबुक 'f8' को चमत्कार [Friday Tech]) हाम्रो यो ब्लगपोष्टलाई पनि अधिकांश ले मन पराउनु भएको थियो ।

अप्रिल को अन्त्यतिर    जहिँ पनि आफ्नो राजिनामा माग्नेहरु देखि दिक्क भएर, माधव कुमार नेपाल सार्वजनिक bandaस्थल मा झ्वाँक्किएको कुरा ले पनि नेपालीहरु बिच कुरा गर्ने मेलो बनेको थियो । हेर्नुहोस् प्रधानमन्त्री माधव कुमार नेपाल को आक्रोश [Video]

अरु को वेवास्ता गर्दै प्रधानमन्त्री माधव कुमार नेपाल को राजिनामा माग गर्दै, माओवादीले १ हप्ते लामो आमहडताल पनि गर्यो (आमहड्ताल, राजनीतिक अन्यौल र माओवादी) । माओवादी ले गरेको बन्द सबैतिर आलोचित भयो अनि बन्द को विरोधमा फेसबुक मा पनि विभिन्न कार्यक्रम, पेज र ग्रुपहरु देखिए । (फेसबुक बाटै बन्द को विरोध [Friday Tech] ) ।

सामाजिक सञ्जाल फेसबुक त्यसबेला बन्द को विरोध गर्न नेपालीहरु ले राम्रै सँग प्रयोग गरेका थिए ।  फेसबुक   मा   बनाइएको एक ‘इभेन्टपेज’ मार्फत हजारौँ को संख्यामा मानिसहरु शान्ती र्यालीका लागि, वसन्तपुर पुगेका थिए । व्यापक जनदवाव र शान्ती र्याली पछि माओवादीले बन्द फिर्ता लियो । विडम्बना भनौँ, माधवकुमार नेपाल ले राजिनामा दिए तत्काल सहमति गर्छु भन्ने दलहरुले, नेपाल ले राजिनामा दिएको ६ महिना बित्न लाग्दा पनि, प्रधानमन्त्री छान्न सकेका छैनन् ।

जेठ १४ मा संविधान सभा को म्याद सक्किएपछि, नेताहरु खुबै देश का लागि मरिमेटे झैँ गरेर, अन्तिम समय मा ‘मिटिङ र सिटिङ’ गरेर संविधान सभा को म्याद थपे । तर आन्तरिक विवाद र सत्ता विवाद मा दलहरु अल्झिएका कारण, संविधान फेरि पनि नबन्ने लगभग निश्चित भइसकेकोछ । (संविधानसभाको म्याद १ वर्ष थप : तर के संविधान बन्ला त ?)

जुन को सुरवात तिरै, सुरक्षा को कारण देखाउँदै, गुगल ले आफ्ना कम्प्युटर सिस्टमहरुमा माइक्रोसफ्ट विन्डोज प्रयोग नगर्ने घोषणा गर्यो । गुगल को यो घोषणालाई विश्वका टेक पण्डितहरु र टेक ब्लगहरु ले प्रमुखताका साथ छापेका थिए । अन्तराष्ट्रिय वृत मा गुगल को यस कदम बारे व्यापक चर्चा परिचर्चा भएको थियो । (गुगल ले अब माइक्रोसफ्ट विन्डोज प्रयोग नगर्ने [Friday Tech])

गत वर्ष को मध्यतिर अफ्रिका मा आयोजना भएको विश्वकप फुटबल ले पनि राम्रै चर्चा पायो । कहिँ रेफ्रि विवाद मा तानिए त कहिँ सुपरस्टारहरु जिरो मा पुगे । हाम्रो ब्लग मार्फत भने, ‘विश्वकप फुटबल को लागि बनाइएको  गित ले चर्चा पायो' । (Download FIFA World Cup 2010 Theme Song) “Wavin’ Flag” र “waka waka” भन्ने गित धेरै ले गुन्गुनाए । विश्वकप को चर्चा, ट्विटर, फेसबुक, ब्लग, पत्रपत्रिका, रेडियो टिभि सबैमा छाउन सफल भएको थियो । (World Cup Fever) | हाम्रो त World Cup नै फेसबुक मा [Friday Tech]

जुन को मध्यतिर भने, अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहरुले आयोजना गरेको अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगिता २०१० को अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू मध्येबाट, दक्षिण एसिया को प्रतिनिधित्व गर्दै नेपाल को तर्फबाट अनुप पौडेल को “Democracy is BLACK” भन्ने भिडियो सर्वोत्कृष्ट घोषित भएको थियो । त्यस समय अनुप र डेमोक्रेसी इज ब्ल्याक ले, नेपाल को  मात्र नभइ अन्तराष्ट्रिय वृत कै ध्यान खिच्न सफल भएका थिए । (बधाई छ अनुप ! “Democracy is BLACK” बन्यो सर्वोत्कृष्ट भिडियो) त्यस समय मा हामीले भोटिङ का लागि ‘आकारपोष्ट’ मार्फत पहल गरेका थियौँ ।

सेप्टेम्बर को अन्त्य तिर हामी ‘आकारपोष्ट’ अनलाइन प्रमोटर रहेको नेपाली चलचित्र लस्ट  ले ‘बड्स’फिल्म फेस्टिबल मा उत्कृष्ट चलचित्र घोषित भएको थियो । (BUDS Film Fiesta मा ‘LUST’ भयो सर्वोत्कृष्ट चलचित्र) । ईन्टरनेट जगत मा भने, ट्विटर को नयाँ डिजाइन को चर्चा परिचर्चा चलेको थियो । (कुरा नयाँ टुविटर को #NewTwitter [Friday Tech])

अक्टोबर को अन्त्य तिर आएर, नेपाल सरकार ले ‘पोर्न’ साइटको निहुँ मा विविध साइटहरु ब्लग गर्यो । इन्टरनेट र पत्रिका मा यसविषयले पनि राम्रै ठाउँ पाएका थिए । (‘पोर्न’ साइट को निहूँ मा अन्य साइटहरु पनि ब्लक : मौलिक हक को ठाडो हनन)  । इन्टरनेटमा यस सरकारी कदम को व्यापक आलोचना गरिएको थियो ।

अक्टोबर कै अन्त्यमा नेपाली प्राइभेट टेलिकम कम्पनी ‘एनसेल’ ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो । Ncell ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो भन्ने बित्तिकै सारा संसार को ध्यान सगरमाथामा खिचिएको थियो । सोसल मिडिया तथा टेक्नोलोजीका टप साइटहरु मासावेल, इएनग्याजेट, गिजमोडो आदि साइटहरुले ब्रेकिङ न्युज नै दिएका थिए । त्यसबाहेक, बिबिसी टेक, गार्जियन लगायत लगभग सम्पुर्ण मिडियाहरु ले प्रमुखताका साथ समाचार प्रकाशन प्रशारण गरेका थिए ।

उनीहरुका लागि, यो अचम्मित तुल्याउने किसिम को समाचार थियो तर हामी नेपाली र हाम्रो नेपाल मा भने, यी कुरा ले खासै प्रभाव पारेको देखिएन । सगरमाथा मा थ्रिजी सेवाले यति धेरै चर्चा पायो कि, माइक्रोब्लगिङ साइट टुविटर मा ‘Trending Topic’ नै Mount Everest बनेको थियो । सारा संसार यही सगरमाथा को कुरा गरिरहँदा, नेपाल सरकार पोर्न को नाम मा विभिन्न वेवसाइटर र ब्लगहरु ब्लक गर्दै थियो । अनि नेपाली मिडियाहरुले एउटा सानो कुना मा थ्रिजी सेवा सुरु भएको कुरा अटाइदिएका थिए । विदेशी मिडियाले र विदेशीहरुले जति उत्साहपुर्वक हेरेका थिए, तर त्यस तवर ले नेपाली र नेपाल का मिडियाले चासो नलिएको देखियो । तर यही खबर का कारण विश्व ले हामीलाई सकरात्मक रुप मा, सक्षम राष्ट को रुप मा हेरेका थिए । (Ncell ले चिनायो सगरमाथा विश्वलाई, नेपाल मा केही न केही #Mount #Everest)

नोभेम्बर दोश्रो साता, १५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी”नजरवन्दमुक्त भइन । हप्ता दिन सम्म, सुकी कै चर्चा परिचर्चा विश्वभर चलिरह्यो । (आङ सान सुकी नजरवन्दमुक्त) । त्यस्तै ‘जिमेल किलर’ इमेल सेवा आउने भनेर  फेसबुक ईमेल को पनि चर्चा चुलिएको थियो तर फेसबुक ईमेल सेवा भने आएन । (आयो फेसबुक ईमेल तर “हल्लै मा सिमित रह्यो फेसबुक को ‘जिमेल किलर’ ईमेल सेवा”)

anuradha

नोभेम्बर को मध्यतिर एक नेपाली नारी फेरी चर्चा मा रहिन । यसवर्ष अनुराधा कोइराला, सिएनएन हिरो बन्न सफल भएकी थिइन । एक नेपाली ले सम्मान पाउँदा, उनको काम को खुलेर सर्वत्र तारिफ भएको थियो । भोट को आधारमा हिरो छानिने क्रम मा, ‘आकारपोष्ट’ ब्लग ले पनि आफ्नो सकेसम्म को समय अनुराधाको लागि भोट माग्न मा खर्चेको थियो । (हार्दिक बधाई !!! अनुराधा कोइराला भईन CNN Hero 2010 [Video]) अनुराधा हिरो बनेको खबर नै, सबैभन्दा बढि पटक फेसबुक मा सेयर गरेको लिंक (५२८ पटक) र ट्विटर गरिएको (२४ wikileaksपटक) २०१० को ब्लग पोष्ट बन्न सफल भएको छ भने, एसएलसी सम्बन्धी सामाग्रीहरु हालसम्म २६ हजार भन्दा बढिपटक हेरिएको कारण, सबैभन्दा बढी पटक हेरिएको पोष्ट भने SLC Result 2066/2067 (2009-2010) has not been published yet! ब्लग बनेको छ ।

नोभेम्बर को अन्त्य तिर नै ‘विकिलिक्स’ नामक साइट ले संसारभर हलचल मच्चायो । अनि प्राय सबै जसो माध्यम मा, जुलियन असाञ्ज कै चर्चा परिचर्चा भइरह्यो । (संसारभर हलचल मच्चाउँदै, विकिलिक्स @Wikileaks [Video]) विकिलिक्स का पक्षमा हामीले पनि खुलेरै आफ्नो मत जाहेर गर्यौँ । (विकिलिक्स का पक्ष मा #wikileaks) ।

डिसेम्बर को मध्य मा आएर विकिलिक्स का माध्यमबाट संसार मा हलचल ल्याउन सफल ‘विकिलिक्स’ का संस्थापक तथा प्रधान सम्पादक ‘जुलियन असान्ज’ टाइम वर्ष व्यक्ति २०१० हुन्छन् भन्ने अड्कल र विश्वास, विपरित ‘टाइम’ ले सामाजिक सञ्जाल फेसबुक का संस्थापक मार्क जुकरवर्गलाई वर्ष व्यक्ति २०१० भनेर घोषणा गर्यो । (झेल गर्यो टाईम ले : जुकरवर्ग भए वर्ष व्यक्ति २०१० @time #fail) टाइम को यस घोषणा ले पनि राम्रै चर्चा परिचर्चा पायो ।


ब्लग अनुभव :

ब्लग लेख्दा को आत्मसन्तुष्टि त छँदैछ, त्यसमाथि पाठकबाट आउने प्रतिक्रिया को कुनै मुल्य नै छैन । २०१० लाई फर्केर हेर्दा, ‘फेसबुक’ सम्बन्धि लेखिएका जुनसुकै पोष्टहरु पनि सर्वाधिक हेरिएको पाइएको छ । पाठकहरु को ट्रेन्ड हेर्दा लाग्छ, सबैलाई फेसबुक ले नराम्रो सँग गाँजेको छ । यसबाहेक, टेक्नोलोजी सम्बन्धित लेखिएका पोष्टहरु पनि सर्वाधिक हेरिएका पोष्टहरु मा पर्ने गर्छन् भने ब्लग सम्बन्धि का कुराहरु भने, ब्लग सर्कल मा धेरै हेरिएको पोष्ट पर्छ ।

त्यसबाहेक समय समय मा लेखिने कथा, कविताव्यंङ्ग्य ले पनि पाठक अनुसार प्रभाव पार्न सफल भएको छ । २०१० मा केही यस्ता ब्लग पोष्टहरु पनि थिए, जुन पढेर केही ब्लग पाठकहरु बढ्नुभएको छ भने एउटा ब्लग पोष्ट कै कारण, ट्विटर मा समेत एउटा सर्कल बन्न सफल भएको छ । त्यसबाहेक फोटो ब्लग, भिडियोपोडकास्टहरु ले पनि राम्रै तारिफ पाए । बुलबुलश्रुतीसंवेग कार्यक्रमहरु पनि, सर्वाधिक पाठकहरु ले रुचाएको पाएँ ।

Book Review :

एउटा फरक श्रृंखला : "बिजौला” Thursday, March 11, 2010

खोर्सानी का बिज जस्तै भनौँ या खोर्सानी जस्तै पिरो पिरो कुरा ले ‘बिजौला’ उपन्यास भरिएको छ । उपन्यास को नाम आफैँ मा पृथक छ अनि लेखक निर्मल थापा ले ट्याग भिराइ दिएकाछन् ‘श्रंखलाहीन उपन्यास’ तर उपन्यास पढ्दा यस्तो लाग्यो कि, यो एउटा उपन्यास नभइ गाली गलौज र नकरात्मक कुराहरुले भरिएको एउटा मध्यमस्तर को कृति हो ।

कर्नाली ब्लुज ह्यांगओभर Thursday, October 14, 2010

कर्णाली क्षेत्र को कथा, एउटा को जिवन संघर्ष जसले पढ्ने प्रत्येक पाठकलाई आफ्नो बाल्य अवस्था मा पुर्याइदिन्छ, कहिँ पेट मिचिमिचि हसाउँछ कहिले अनायासै आँशु खसालिदिन्छ । उपन्यास को ‘म’ पात्र को रुप मा लेखक आफैँ हामीलाई आफ्नो कथा सुनारहेका हुन्छन् । उनको जन्म सँगै उनको कथा सुरु हुन्छ । आफ्ना बाल्यकाल का रमाइला र उट्पट्याङ कुराहरु, अनि हृदयविदारक घटनाहरु उनी भन्दैजान्छन्, पढ्नेहरुलाई आफ्नै कथा झैँ लाग्छ ।

Story:

कथा र मनोवाद तर्फ भने ‘पाइला’ नामक कथा र ‘म तिम्रो शहर छोडी टाढा जाँदैछु’ भन्ने ब्लग ले राम्रै चर्चा पाएको अनुभव छ ।(पाइला [Story]) र (म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…) । नयाँ प्रयोग गरिएको पोष्टहरु मा राम्रो प्रतिक्रिया पाउँदा, स्वाभावैले अझै राम्रो लेखौँ भन्ने लाग्दो रहेछ । 

Events:

२०१० मा हामीले धेरै कार्यक्रमहरुलाई समेट्ने प्रयास पनि गरेका थियौँ, जसअनुसार हामीले लिनक्स टक्स, देखि युवा दिवस, बारक्याम्प, आइटिमिट , सफ्टवेयर फ्रिडम डे, लोकस, मेकानिकल एक्सपो, सोलिडारिटि फेस्टिबल, ब्लगर भेला हुँदै फोटोक्याम्प सम्म का गतिविधहरु समेटेका थियौँ । समेटिएका सबै कार्यक्रमहरु यहाँबाट हेर्न सकिन्छ । हामीले ब्लग मार्फत नै केही रोचक र रमाइला भिडियोहरु पनि सेयर गरेका थियौँ । यहाँ गएर, ती भिडियो र डकुमेन्ट्रिहरु हेर्न सकिन्छ ।

अन्त्या मा २०१० मा ब्लग पढेर सल्लाह सुझाव दिनुहुने तथा मौन भइ, पढिमात्र रहनु हुने सम्पुर्ण पाठक, साथीभाइहरुलाई नववर्ष २०११ को हार्दिक मंगलमय शुभकामना !

Happy New Year 2011 !

5 comments :

  1. Happy New Year 2011 !

    ReplyDelete
  2. Happy New Year To Aakar ji and Aakarpost.com

    ReplyDelete
  3. Happy new year 2011 Aakar ji & I wish you all the best !

    ReplyDelete
  4. May this New Year bring newly found prosperity, love, happiness and delight in all's life.

    Happy New year to All 2011

    ReplyDelete