गुगल को लोगो मा नेपाल अंकित #Nepal #GoogleDoodle

तपाई ले आज गुगल को होमपेज हेर्नुभयो?

गुगल को होमपेजमा गुगल ले विदा को लागि नयाँ ‘डुडल’ (लोगो) राखेको छ । अनि गुगल को उक्त डुडल मा पहिलो पटक ‘नेपाल’ समावेश गरिएको छ । विदा मनाउन को लागि गुगल ले राखेको पछिल्लो ‘डुडल’ मा १७ वटा दृश्यहरु समावेश गरिएका छन्, जसमध्ये एउटा दृश्य नेपाल को रहेको छ ।

नेपाल अंकित गराउने गुगल लोगो मा ‘३ जना महिलाहरु आफ्ना परम्परागत भेषभुषा मा सजिएका देखिन्छन्’ भने उनीहरु को पछाडि ‘स्वयम्भु’ को झल्को दिलाउने ध्वजापताका सहित को गुम्बा देखिन्छ ।

google doodle featured nepal_thumb[3]

जब कसैले ले, नेपाल समावेश गरेको गुगल को डुडल ‘क्लिक’ गर्छन्, गुगल ‘सर्च’ मा नेपाल बारे को सर्च नतिजाहरु देखिन्छन् । नेपाल यसरी गुगुल को विदा को लोगो मा समावेश  हुनु हाम्रो गौरव को विषय पनि हो । नजिकिँदै गरेको पर्यटन वर्ष २०११ को पुर्वसन्ध्यामा नेपाल गुगल को होमपेज मा समावेश हुँदा, नेपाल को प्रचार पनि राम्रै सँग भएको छ । दैनिक करोडौँ व्यक्तिहरुले गुगल सर्च प्रयोग गर्ने हुँदा, करोडौँ व्यक्तिहरु ले नेपाल बारे थाहा पाउने कुरालाई पनि नकार्न सकिन्न । लोगोमा ‘स्वयम्भु’ को दृश्य समावेश गरेबाट गुगल ले बुद्ध लुम्बिनी मा जन्मिएका या भनौँ गौतम बुद्ध को जन्मस्थान नेपाल नै रहेको कुरालाई पनि स्विकार गरेको देखिन्छ ।

गुगल को नयाँ डुडल करिब ३ दिन सम्म  (क्रिसमस भरि) रहनेछ । गुगल ले, चाडपर्व, विदा र विशेष दिनलाई ईंगित गर्न, आफ्नो होमपेज मा ‘गुगल डुडल’ (गुगल लोगो) परिवर्तन गर्ने गरेको छ । यस वर्ष गुगल ले भिडियो डुडल देखि, गेम डुडल सम्म आफ्नो होमपेज मा अटाएको थियो । यस गुगल डुडल बनाउन ५ जना कलाकारलाई करिव २५० घन्टा लागेको थियो ।

नेपाललाई आफ्नो लोगोमा समावेश गरि, विश्व सामु  नेपाललाई अझ बढि चिनाइदिएको मा गुगललाई हार्दिक धन्यवाद !  गुगल को होमपेज मा गएर, नेपाल को दृश्य हेरिहाल्नुस् है, फेरि छुट्नुहोला नि !

Smile

6 comments :

  1. AnuragFromDhulikhelAugust 1, 2012 at 11:40 AM

    Good news....good to know it....would like to thank GOOGLE ! Thanks for sharing Mr. Aakar..:)

    ReplyDelete
  2. Yes it is very good that nepal is included in the google doodle.

    ReplyDelete
  3. Google ko logo ma nepal dekhda ta malai nepali hunuma sarai gaurab lageo. kina ki sansar nepal bhanda kati kati dherai desh haru chhan tara kina aru sabai google ko najam aayenan ra nepal samabes huna safal bhayeo ta? nepal kunai na kunai kura bata bises hunai parchha. ra yes le nepal tourism year lai aabasye pani sahayog garchha garchha.

    thank you google

    ReplyDelete