विकिलिक्सका दस्तावेज खोज्ने सजिलो तरिका : cablesearch.org

विकिलिक्स मा नेपाल वा नेपाल सम्बन्धि दस्तावेज कहिले सार्वजनिक हुन्छ, सार्वजनिक भइरहेको छ कि छैन खुल्दुली होला । अथवा, विकिलिक्स मा फलाना विषयमा दस्तावेज छ कि छैन होला भन्ने लागिरहेको होला । आफूले खोजेको कुरा विकिलिक्स का हजारौँ दस्तावेजहरु बाट कसरी पत्ता लाउने, भन्ने सोचिरहनु भएको होला । तर अब विकिलिक्स ले सार्वजनिक गरेका दस्तावेजहरु सजिलै खोज्न सकिने भएको छ “cablesearch.org” को माध्यमबाट ।logo-cablesearchविकिलिक्स ले सार्वजनिक गरेका दस्तावेजहरु cablesearch.org मा गएर खोज्न सकिन्छ । आफूले इच्छ्याएको विषय या भनौँ “शब्द” टाइप गरेपछि, ती शब्द भएका दस्तावेजहरु विकिलिक्स ले सार्वजनिक गरिसकेको रहेछ भने, तपाईलाई खोजी नतिजा मा देखाउँछ । जस्तो कि, यो ब्लग लेख्दा सम्म “नेपाल” भन्ने शब्द भएको जम्मा ५ वटा दस्तावेजहरु मात्र सार्वजनिक भएको छ ।  Dutch-Flamish Association for Investigative Journalism VVOJ को सहकार्यमा European Centre for Computer Assisted Research (ECCAR) ले  cablesearch.org  साइटको निर्माण   गरेको हो ।

cablesearch_nepal

cablesearch.org मा अहिले सम्म     १ हजार ३ सय ११ वटा दस्तावेजहरु उपलब्ध छन् । गोप्य, खोजी पत्रकारिता र संवेदनशिल विषय मा कलम चलाउने पत्रकारहरु को सञ्जाल  VVOJ तथा Eccar ले साइट को सञ्चालन गरिरहेको छ । cablesearch.org  ले  ‘विकिलिक्स’ सँग आफू सम्बन्धित  नरहेको जनाएको छ तर विकिलिक्स ले सार्वजनिक गरेका दस्तावेजहरु  भने आफ्नो साइट बाट सर्च गर्न सकिने कुरा cablesearch.org  ले  साइटमा उल्लेख गरेको छ ।

विकिलिक्स ले सार्वजनिक गरेका दस्तावेजहरु खोजी गर्न यहाँ जानुहोस् ।

0 प्रतिक्रिया :

Post a Comment