BREAKING : विकिलिक्स का संस्थापक जुलियन असाञ्जे पक्राउ #wikileaks

अमेरिका - ईराक तथा अफगानिस्तान युद्ध को गोप्य दस्तावेजहरु सार्वजनिक तथा, अमेरिकी दुतावास का गोप्य तथा महत्वपुर्ण दस्तावेजहरु सार्वजनिक गरेर  चर्चा  मा आएको विकिलिक्स का संस्थापक जुलियन असाञ्जेलाई आज लण्डन प्रहरी ले पक्राउ गरेको छ ।

विकिलिक्स मा प्रकाशित दस्तावेजहरु का कारण नभइ, 'स्विडेन’ मा यौन दुराचार र बलात्कार गरेको को आरोप मा जुलियन असाञ्जेलाई लण्डन प्रहरी ले पक्राउ गरेको हो ! तर असाञ्जे ले, यौन दुराचार र बलात्कार को आरोप को खण्डन गर्दै, उक्त आरोपलाई अमेरिका को राजनितिक चालबाजी हो भन्दै आएका छन् ! असाञ्जेलाई लण्डन पुलिस ले आज लण्डन बाट पक्राउ गरेको हो, उनलाई आजै अदालत लगिने भएको छ ।

0 प्रतिक्रिया :

Post a Comment