आयो फेसबुक ईमेल तर “हल्लै मा सिमित रह्यो फेसबुक को ‘जिमेल किलर’ ईमेल सेवा”

नोभेम्बर १५, सनफ्रान्सिस्को मा भएको कार्यक्रम मा 'जिमेल किलर' को संज्ञा पाएको र फेसबुक को गोप्य प्रोजेक्ट भनिएको 'टिटान' अर्थात फेसबुक को ईमेल सेवा सार्वजनिक गरिँदैछ भन्ने हल्ला ईन्टरनेटमा व्यापक रुपमा फैलिएको थियो । तर सबैलाई आश्चार्यचकित बनाउँदै, फेसबुक का संस्थापक 'मार्क जुकेर्वग' ले 'फेसबुक ईमेल' नभइ सुधारिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गरे । facebookसंसारका प्रसिद्ध टेक्नोलोजी ब्लग, टेक्नोलोजी वेवसाइट र टेक पण्डितहरु को भविष्यवाणीलाई विफल पार्दै, फेसबुक ले सुधारिएको र नयाँ कुराहरु थपिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गर्यो । ईमेल सेवालाई, फेसबुक म्यासेज ले विस्थापित गरिरहेको र 'गुगल र फेसबुक' बिच 'डाटा' आदानप्रदान को सन्दर्भमा 'शितयुद्ध' चलिरहेको अवस्थामा, 'फेसबुक' ले 'जिमेल किलर' को संज्ञा पाएको ईमेल सेवा सुरु गर्न लाग्दैछ भन्ने धेरै को बुझाइ थियो ।(हामी ले केही दिन अघि लेखेका थियौँ - फेसबुक को ईमेल सेवा सोमवार देखि आउने )

सुधारिएको भनिएको 'फेसबुक म्यासेजिङ सिस्टम' मा केही नयाँ कुराहरु थपिएको बताउँदै, फेसबुक का संस्थापक मार्क जुकेवर्ग ले, 'फेसबुक म्यासेजिङ' पहिले को भन्दा धेरै 'राम्रो र सरल' बनाइएको कुरा उल्लेख गरेका थिए । दिनहुँ लगभग “चार बिलियन” म्यासेजहरु फेसबुक मा आदानप्रदान भइरहेका कारण, आफ्ना साथीभाइहरु बिच, अझ सरल र रमाइलो तरिकाले 'म्यासेज' आदानप्रदान गर्न सकियोस भन्ने हेतु ले फेसबुक म्यासेज सिस्टम मा सुधार गरिएको कुरा, फेसबुकले आफ्नो अनलाइन ब्लगमा लेखेको छ । फेसबुक ले बेग्लै ईमेल सेवा नदिएपनि, सबै प्रयोगकर्ताहरुलाई '@facebook.com' ईमेल ठेगाना भने दिने भएको छ । फेसबुक को सुधारिएको म्यासेज सिस्टम र ईमेल ठेगाना सबै प्रयोगकर्ताहरुलाई बिस्तारै उपलब्ध गराउँदै जानेछ । एसएमएस, च्याट, म्यासेज तथा ईमेल मार्फत फेसबुक म्यासेज गर्न सकिने छ । फेसबुक को म्यासेजलाई नै ईमेल जसरी प्रयोग गरिनेछ ।

हल्लै मा मात्र सिमित भएको 'फेसबुक ईमेल सेवा' आएको भए, सबैभन्दा बढि मार 'जिमेल'लाई पर्ने टेक पण्डितहरुले भविष्यवाणी गरेका थिए । संसार कै उत्कृष्ट फोटो सिस्टम भएको, उत्कृष्ट ‘इभेन्ट’ सिस्टम भएको फेसबुक ले चाहने हो भने, फेसबुक को ईमेल सेवा सर्वोत्कृष्ट हुने ठहर पनि टेक्नोलोजी ब्लगहरुले उल्लेख गरेका थिए ।

अधिकांश कार्यालयहरु मा 'फेसबुक' जस्ता सामाजिक सञ्जालका साइटहरु मा बन्देज लगाइने हुँदा, फेसबुक ले ईमेल सेवा प्रदान गरेपनि, त्यो सेवा 'फेसबुक' सरह सफल नै हुन्छ भन्ने कुरामा भने ठूलै आशंका रहेको छ । प्रयोगकर्ताको संख्याको हिसाबले, हटमेल, याहुमेल र जिमेल क्रमश पहिलो, दोस्रो र तेस्रो ठूला ईमेल सेवा प्रदायकहरु हुन् भने 'जिमेल' को ईमेल सेवालाई सर्वोत्कृष्ट 'ईमेल सेवा' मानिन्छ ।

“@facebook.com” ईमेल को लागि यहाँ क्लिक गरेर साइनअप गर्नुहोस् !

तस्विर: गार्यिजन (Originally by, AFP)

2 comments :

  1. हाती आयो हाती आयो फुसा भने झै भएको हो त ............?

    ReplyDelete
  2. sachai ma ni facebook le google laai naramro jhataka dine bhayo aaba bhandai thia, tara sachai aakar dada hati aayo hati aayo fussa, kurai nabuji halla chalecha..

    ReplyDelete