फेसबुक को ईमेल सेवा सोमवार देखि आउने

फेसबुक ले भोलि सोमबार एक विशेष कार्यक्रम का बिच फेसबुक ईमेल को घोषणा गर्ने आशंका गरिएको छ ।

‘टिटान’ नाम दिइएको भनिएको फेसबुक को ईमेल सेवालाई टेक्नोलोजी ब्लग तथा साइटहरुले ‘जिमेल किलर’ को संज्ञा दिएका छन् । हालको समय मा गुगल र फेसबुक का बिच देखिएको दौड तथा दुरी ले गर्दा, ‘जिमेल किलर’ को रुप मा फेसबुक को ईमेल सेवालाई प्रचार गरिएको छ ।

अधिकांश प्रयोगकर्ताले जिमेललाई अहिले सम्म को राम्रो ईमेल सेवा मान्दै आएकाछन् । इन्टरनेट मा प्रचार गरिएजस्तै, फेसबुक ले आफ्नो ईमेल सेवा सुरु गर्ने हो भने, यसको धेरै मार जिमेललाई पर्ने देखिन्छ, भनेर टेक्नोलोजी ब्लगहरु ले उल्लेख गरेकाछन् । facebook

हुन त अहिले कै स्थिति मा पनि, ईमेललाई केही हदसम्म, फेसबुक मेसेज ले विस्थापन गरिसकेको छ । हिजोआज धेरै जसो साथीभाइ बिच, सुचना आदान प्रदान फेसबुक मेसेज बाट नै हुने गरेको छ । सबैभन्दा, राम्रो फोटो प्रणाली भएको, राम्रो ‘इभेन्ट’ प्रणाली भएको फेसबुक ले चाहने हो भने, फेसबुक को ईमेल सेवा उत्कृष्ट हुने निर्क्यौल टेक पण्डितहरुले गरेकाछन् ।

फेसबुक ले ‘सर्च’, अनलाइन विज्ञापन,फोटो, ईभेन्ट, ईमेल आदि सबै क्षेत्रमा हात हाल्दै गर्दा, गुगल शसंकित देखिएको कुरा पनि टेकब्लगहरु ले उल्लेख गरेकाछन् । त्यसैले पनि फेसबुकले प्रदान गर्ने भनिएको ईमेल सेवा सबैको चासो को विषय बनेको छ ।

फेसबुक सँगै प्रतिस्पर्धा गर्न को लागि गुगल ले पनि ‘गुगल मी’ भन्ने प्रोजेक्ट थालेको छ भन्ने सुनिएको छ, तर यो कुरालाई गुगल ले अस्विकार गर्दै आएको कुरा ‘गार्जियन’ ले जनाएकोछ । (गुगल मी का बारेमा, हामीले पनि ३-४ महिना अगाडि नै  लेखिसकेका छौँ “खैलावैला Google सोसल नेटवर्क Google Me को ! [Friday Tech]” )

त्यस्तै, फेसबुक ले ईमेल सेवा सुरु गर्नेकुरा पनि आधिकारिक रुपमा बाहिर आएको भने छैन । फेसबुक ले हालसालै, fb.com नामक डोमेन लिएको र mail.facebook.com टाइप गर्दा ‘आउटलुक वेव एप’ देखाउने कारण, फेसबुक ले ईमेल सेवा सुरु गर्न लागेको हो भन्ने तर्क टेकक्रन्च ले गरेको छ ।

विगत केही महिना बिच गुगल र फेसबुक बिच दुरी बढेको छ । टेकब्लग टेकक्रन्च लेख्छ, फेसबुक ले अधिपत्य जमाउने हो कि भन्ने आशंका कारण ‘गुगल’ ले आफ्नो प्रयोगकर्ताहरु को ‘डाटा’ फेसबुक मा आयात गर्नलाई रोक लगाएको छ । फेसबुक ले आफ्ना डाटा चाँही अरुलाई आयात गर्न नदिने भएका कारण, गुगल ले केहि दिन पहिले, आयात र निर्यात बराबर हुनुपर्ने भन्दै आफ्ना प्रयोगकर्ताका डाटा (ईमेल)हरु अन्य साइटमा निर्यात गर्न  रोक लगाएको हो ।

सामाजिक सञ्जाल मार्फत, ईन्टरनेटमा अधिपत्य जनाउन सफल ‘फेसबुक’ ले, चाहने हो भने, सबैभन्दा राम्रो इमेल सेवा बन्न सक्ने कुरा मा कुनै दुविधा नरहेको कुरा, मासवेल का ‘सिइओ’ ‘पेटे क्यासमोर’ ले सिएनएन मा लेखेकाछन् । तर पनि अधिकांश कार्यालयहरुमा ‘फेसबुक’ चलाउन प्रतिबन्ध लगाइएका कारण, फेसबुक ईमेल, कार्यालयहरु मा प्रयोग हुने सम्भावना एकदम न्युन रहेको कुरा पनि, क्यासमोर ले उल्लेख गरेकाछन् । सोमबार हुने भनिएको निमन्त्रणा पत्र, खाम को डिजाइन मा भएकोले पनि, सोमबार फेसबुक ले इमेल सेवा सुरु गर्ने कुरा को बलियो प्रमाण भएको कुरा क्यासमोर ले उल्लेख गरेकाछन् ।fb_envelopफेसबुक को ईमेल सेवा फगत हल्ला हो वा, सत्य हो भन्ने कुरा सोमबार मात्र थाहा हुनेछ ।

पहिलो तस्विर: गार्यिजन (Originally by, AFP)

दोस्रो तस्विर: टेकक्रन्च

7 comments :

  1. एउटा नया जानकारी ! धन्यबाद !

    ReplyDelete
  2. हुन त सँगसँगै, 'गुगल मी' को हल्ला पनि चलिरा'को छ, फेसबुक को विकल्प भनेर !

    ReplyDelete
  3. अरु होइन यस्तरी नै बढ्दै गए आई.डी. र पासवर्ड सम्झिन चाहिँ झमेला हुने भो |

    जमाना प्रतिस्पर्धाको छ | जसले सक्छ तेस्ले खान्छ | यहि अनुसार नयाँ नयाँ सुबिधा थपे उपभोक्तालाई पनि राम्रै होला | बाँकी गुगल, याहू, फेसबुक वा अरु जेसुकैले जतिसुकै बजार लगे पनि हामिलाई केहि न केहि |

    ReplyDelete
  4. Yet another gesticulation, the wait is all we can do. Facebook Mail if launched, is not supposed to be as professional and official email address as it would look like.

    Maybe to compete with Gmail and Google App mail, they want domain things as well (but FB will never on that arena), personally I'll not be using the FB mail anyways.

    ReplyDelete
  5. खै किन किन इमेलमा चै जीमेलकै मात्र भर पर्छु ।

    ReplyDelete
  6. Malai ta Gmail nai bharpardo lagchha. Maile ta Yahoo ra Hotmail pani Gmail mai forward garya chhu. :-)

    ReplyDelete
  7. केही विश्वासयोग्य साइटहरुको अडकल अनुसार पनि अवास्तविक 'साम्राज्य' नै खडा गर्ने तम्सेको फेसबुकले ईमेल सेवा प्रदान गर्ने पक्का नै हो जस्तो लाग्छ मलाई ।

    यसै पनि एटेचमेन्ट नभएको बेलामा ईमेलको विकल्प फेसबुक नै भैसकेको छ । अब ईमले नै सुरु गरेपछि गुगललाई 'प्रेसर' त पर्छ नै । तर गुगलका 'वेभ' र अर्कुट जस्ता सेवा विफल भएको कुरालाई नियाल्दा फेसबुकले ईमेल सुरु गर्दैमा त्यो पनि सामाजिक सञ्जालजस्तै 'हिट' हुन्छ भनिहाल्ने स्थिति भने छैन ।

    भोली अमेरिकी समय १० बज्दा हाम्रोमा राती १२ जत्ती बज्ने बेला हुन्छ होला.... अब पर्सी बिहान उठेपछी मात्रै कुरो 'क्लिएर' हुने भो :)

    ReplyDelete