से नो टु ड्रग्स (Say NO To Drugs) [Story]

मञ्च बाट त्यस सांगितिक व्यान्ड का गायक कराए, ‘Say No To Drugs’ र एउटा अर्को गित फेरि गाए !

दशैँ को चहलपहल छ  ! हुन पनि दशैँ नै लाग्या छ ! पल्लो घर मा बडेमान को बोका ढालेछन् । “हाम्रा त नरिवल पो फुटाए बा’ले ! हामी नि बलिप्रथा विरोधी, तर भोलिपल्ट खसी काटेर खान्छौँ भन्याछन् हाम्रा बा’ले” मेरो सानु साथि रवि ले सुनायो । काट्नु भन्दा, मासु किनेरै ल्याए हुने भन्याजस्तो नि लाग्छ, त्यो खसी खुइल्याउन, काटकुट पार्न कम्ति गाह्रो छ, त्यसमाथि त्यो आन्द्राभुँडी सफा गर्नुपर्ने ! ओहो, साह्रै कष्ट पो हुन्छ त, कहिलेकाहिँ मात्र गर्नेलाई !

बा’ले ५ धार्नी को खसी काट्या दिन, ३ बोत्तल बियर पो लिएर आएछन् ! तर उसका बा’ले रविलाई भनेका छन्, “खानु हुँदैन है, जाँडरक्सी” । बा’ले रवि का लागि र घर का सबैका लागि फ्यान्टा, स्यान्टा के के ल्याइदिएछन् । रवि मेरो सानो साथि ! उसका रमाइला रमाइला गफ का कारण नै, रवि मेरो साथि बनेको छ। दशैँ मा घर जाँदा, म आएको थाहा पाएर, रवि कुद्दै आएर सोधेको थियो, ‘मलाई के ल्याइदिनुभा’को छ, दादा’ । मैले केही चक्लेट उसको हात मा राखिदिएको थिँए, उ मख्ख हुँदै उसको घर सुनाउन पुगेको थियो, ‘दादा आउनुभा’छ’ !Say No to Drugs

रवि का बा’लाई चुरोट खाने लत छ ! अझ खसी ढालेको दिन मा त ‘सूर्या’ नै खाए’रे उसका बा’ले, पिँढि मा बसेर ! ‘जा त, बाबु’ चुरोट ले’र आ’ भनेको केही मिनेट मै रवि ले बा’का हातमा चुरोट राखीदिएको थिए । चुरोट को लामो सर्को तान्दै, उसका बा’ले रविलाई भनेछन्, ‘चुरोट खानुहूँदैन है’ । बा’ ले यसो भन्दा, रवि का साना साना आखाँ त्यही चुरोट को धूवाँलाई पच्छ्याइरहेको थियो । अस्ति केही दिन, अघि रवि ले बाबु को सिको गर्दै, कापी का पाना च्यातेर, चुरोट झैँ बेरेर सल्काएछ, विचरा रविलाई उसका बा’ले त्यो दिन झापड लाएछन् । अनि सम्झाएछन्, चुरोट खानुहूँदैन है, बिरामी भइन्छ, क्यान्सर लाग्छ । क्यान्सर लागेपछि त मरिन्छ भन्ने जनाउ दिन,आफ्नो जिब्रो टोकेर देखाएछन् । सायद त्यसैले होला, रविले मलाई सोधेको थियो, ‘दादा, चुरोट खानुहुन्छ हो’?

दशैँको मौसम, लिङ्गेपिङ मा मच्चिनेहरू, पिङ मा तछाडमछाड गरिरहेका थिए । आफूलाई भने म्युजिकल कन्सर्ट हेर्नुथियो । हुनपनि, राष्ट्रियस्तर का कलाकारहरु आफ्नै गाउँ मा आएका थिए । गाउँको मध्यभाग मा रहेको स्कुल मा ठूलो मञ्च बनाइएको थियो । स्थानिय क्लब ले आयोजना गरेको कार्यक्रम मा सबै गाउँलेहरु ओर्लिएका थिए ।

दोहोरी गित सकियो, दोहोरी भनेछि आफूलाई फिटिक्क मनपर्दैन ! हे भनेर लेग्रो तानेपछि, सबै लोकदोहोरी ! क्या बात ! पर पिपलबोट को चौतारो मा गएर बसेँ, दोहोरी चलुन्जेल । नाच्न थालेपछि भने, मञ्च को नजिकै टाँस्सिए । अब पालो आयो नेपाल को सुप्रसिद्ध सांगितिक ब्यान्ड को । उनीहरु कै प्रस्तुती हेर्न टाढा टाढा देखि युवायुवतीहरु आएका थिए । आयोजक नि, बाठा सबैलाई कार्यक्रम मै राख्न को लागि, त्यो सांङ्गितिक व्यान्ड को प्रस्तुती कार्यक्रम को अन्तिम कार्यक्रम को रुप मा राखिएको थियो । उनीहरुले आफ्ना आधा दर्जन हिट गित गाएर सुनाउँदा, दर्शकहरु खुशीले ‘वान्स मोर’, ‘वान्स मोर’ भनेर चिच्याएका थिए । उनीहरु पनि के कम, गित गाइदिहाल्थे । सायद दर्जन गित गाउनु पर्ने भएर होला, गित गाएपिच्छे, पानी खाए झैँ गर्थे ।

गित गाउनु अघि, मञ्च बाट त्यस सांगितिक व्यान्ड का गायक फेरि कराए, ‘Say No To Drugs’ । ड्ग्स का कारण, धेरै को ज्यानगएको, समाज मा इज्जत हराएको, आदि विभिन्न ठाउँहरु को उदाहरण दिँदै, गायक ले फेरि पनि आफ्नो हिट गित गाए । कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो । त्यस्तो प्रतिष्ठित ठूलो सांगितिक समूहलाई कति पैसो तिरेर ल्याएछ, यो सानो स्थानिय क्लब ले भन्ने जिज्ञासा जाग्यो । क्लब को एउटा साथि ले भन्यो, “६ बोत्तल लोकल रक्सी भनेर भन्या थियो, दाइले” त्यही ६ बोत्तल रक्सी को पैसा लाग्यो । अनि सबैले एकपटक ‘जोइन्ट’ (गाँजा) पनि ताने ! त्यसै त्यो दाइले गित गाउन त सक्दैन । यस्तो कुरा थाहा पाएपछि छक्क परेँ, अघि गित गाएपिच्छे खाएको त उही लोकल नै रहेछ, के को पानी हुन्थ्यो । ए ! कुरो बुझियो भन्दै घरतिर लागेँ । कान मा उनै लोकप्रिय सांगितिक ब्यान्ड का गायक को आवाज नै गुन्जिरहेको थियो, ‘से नो टु ड्रग्स’ । उताबाट रवि कराउँदै आयो, ‘दादा, पिङ खेल्न जाउँ’।

5 comments :

  1. गजब । प्रसङ्ग मिलेको छ । एकदम रमाइलो लाग्यो । रविका बाको प्रसङ्ग आम गाउघरको तस्विर हो । अनि सांगीतिक व्याण्डका कुरा चाहि अति सस्तो भो कि । यति सस्ता सजिला ब्याण्ड अझै छन् ? फेरि फेरि यस्तै पढ्न पाइयोस । इण्डियाको जयपुरका एक फेशबुके मित्र कुशकुमारको लेखाइ पनि यस्तै छ । उसले ब्लग अप्डेट गरेपिच्छे म नछुटाइ पढ्छु । फरक धारका प्रसङ्गलाई यसरी पनि बुन्न सकिन्छ भन्ने यो से नो टु ड्रग्स उदाहरण हो ।

    ReplyDelete
  2. त्यही त त्यति सस्तो भनेर म पनि छक्क परेको ! :P

    ReplyDelete
  3. त्यही त त्यति सस्तो भनेर म पनि छक्क परेको ! :P

    ReplyDelete
  4. गजब । प्रसङ्ग मिलेको छ । एकदम रमाइलो लाग्यो । रविका बाको प्रसङ्ग आम गाउघरको तस्विर हो । अनि सांगीतिक व्याण्डका कुरा चाहि अति सस्तो भो कि । यति सस्ता सजिला ब्याण्ड अझै छन् ? फेरि फेरि यस्तै पढ्न पाइयोस । इण्डियाको जयपुरका एक फेशबुके मित्र कुशकुमारको लेखाइ पनि यस्तै छ । उसले ब्लग अप्डेट गरेपिच्छे म नछुटाइ पढ्छु । फरक धारका प्रसङ्गलाई यसरी पनि बुन्न सकिन्छ भन्ने यो से नो टु ड्रग्स उदाहरण हो ।

    ReplyDelete