मोबाइल को लागि फायरफक्स ४.० सार्वजनिक [Friday Tech]

मोजिल्ला ले भर्खरै मोबाइल को लागि फायरफक्स ४.० बेटा भर्सन ब्राउजर सार्वजनिक गरेको छ ।

फेनेन्स कोडनाम दिइएको, प्रोजेक्टलाई अहिले भने, फायरफक्स नै भनिएको छ । बेटा भर्सन निस्किएको ब्राउजर पुर्णत नोकिया ‘एन ९००’ तथा ‘एन्ड्रोइड २.० अथवा त्यसभन्दा माथि का’ फोनहरुलाई लक्षित गरेरर तयार पारिएको छ ।

हाललाई नयाँ भर्सन को वेव ब्राउजर, ‘आइफोन’ को लागि भने उपलब्ध छैन । साथै, ‘ब्ल्याकबेरी’ फोन को लागि पनि मोजिल्ला को कुनै योजना रहेको छैन ।

मोजिल्ला फाउन्डेसन ले भनेको छ, “मोबाइल को लागि बनाइएको नयाँ वेटा फायरफक्स ब्राउजर, डेस्कटप को लागि बनाइएको फायरफक्स ४.० ब्राउजर कै, मोबाइल संस्करण हो” । मोबाइल ब्राउजर मा पनि, एडवान्ड आदि को सुविधा रहेको छ ।

फायरफक्स ले मोबाइल  ब्राउजर को निर्माण मा आफ्नो पाइला बढाउँदै लगेको भएपनि, ‘ओपेरा मिनी’ ब्राउजर ले  नै मोबाइल मा आफ्नो कब्जा जमाएको छ ।

बेटा फेज मा भएको, फायरफक्स ४.० मोबाइल भर्सन ब्राउजर ले केही महिना मा फाइनल भर्सन सार्वजनिक गर्ने छ ।

डाउनलोड : Firefox 4.0 Beta for Mobile

0 प्रतिक्रिया :

Post a Comment