सरकार मात्र होइन, नेपाल सरकार का सबै वेवसाइट नै अश्लिल

माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्र ले शाही कदम चाल्दा, वाकस्वतन्त्रता को धज्जी उडाउँदै, जनताको सुसुचित हुन पाउने अधिकार माथि अंकुशलगाउँदै रेडियो, टिभि र पत्रिका मा सेन्सर लाएका थिए । त्यही सेन्सर कै कारण, नेपाल मा इन्टरनेटमा ब्लग सुरु भएको थियो, ब्लग आफ्ना कुरा राख्ने माध्यम बनेको थियो । तर अहिले, नेपाल सरकार ले उही ज्ञानेन्द्र कै रवैया अपनाउँदै, ‘पोर्न’ साइट माथि बन्देज लगाउने निहुँमा, ‘ब्लगस्पट’ सबडोमेन भएका हजारौँ ब्लगस्पट ब्लगहरु माथि पनि बन्देज लगाएको छ । नेपालीजेपिटि ब्लगस्पट डटकमBlogger blocked आदि केही अश्लिल ब्लगहरु ब्लक गर्नुपरेमा, सरकार को आदेशमा केही ‘आइ एस पी’ हरु ले सम्पुर्ण ब्लगस्पट सबडोमेन मै बन्देज लगाएका छन् । जसका कारण हजारौँ नेपाली ब्लगस्पटका प्रयोगकर्ताहरु, सरकार प्रति रुष्ट बनेका छन् । उनीहरु फेसबुक, टुविटर र केही ब्लगहरुबाट सरकार को यस अपराध को घोर भत्सर्ना गरिरहेकाछन् ।

अश्लिल र आपत्तिजनक साइट विशेषत पोर्न साइट बन्देज गर्ने भनेर, सरकार ले हचुवा को भरमा साइटहरु बन्द गरेका कारण नेपालीहरु को वाकस्वतन्त्रता हनन भएकोछ । नेपाल सरकार गृहमन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरण ले पोर्न सँग कुनै साइनो नै नभएको, अन्तराष्ट्रिय चर्चित समाचार र जानकारी मुलक वेवसाइट, ‘हफिङ्गटनपोस्ट’, म्युजिकल व्यान्ड ‘सेक्सपिस्टोल’, विज्ञान का कुराहरु ले भरिएको ‘स्प्रिङ्गर’ तथा यौनशिक्षा को जानकारी तथा पोर्नोग्राफी निरुत्साहित गर्ने ‘एस एफ एस आइ डट ओआरजी’ आदि साइटहरु बन्द गरेका कारण, सरकार को इन्टरनेट प्रति हेर्ने दृष्टिकोण अति नै साँघुरो छ भन्ने कुरा प्रस्ट भएको छ ।

भाग ३ को मौलिक हक अन्तर्गत धारा १३ मा रहेको स्वतन्त्रताको हकको ३ (क) ले भन्छ, ‘प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता’ हुन्छ ! तर सरकार को इन्टरनेट माथि को रवैया ले यही ‘प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुनेछ’ भन्ने हकलाई ठाडो चुनौति दिएको छ । ‘ब्लगस्पट’ मार्फत आफ्ना विचार राख्न त बन्देज लगाउने सरकारले ‘हफिङ्गटनपोस्ट’, ‘सेक्सपिस्टोल’ आदि साइट ब्लक गर्यो भनेर कराउनु आफ्नै समय वर्बाद गर्नु हो भन्दा फरक पर्दैन ।

कुरा गरौँ ब्लगस्पट सब डोमेन ब्लक गरिएको बारे ! थाहा छैन, दुरसञ्चार प्राधिकरण ले कसरी निर्देशन दिएको थियो, तर केही आइएसपी विशेषत ‘एनटिसी का एडिएसएल’ इन्टरनेटमा ब्लगपोष्ट सबडोमेनहरु ब्लक गरिएको छ। यहाँ त सरकारी संयन्त्रहरु बिच नै सुचना को राम्रो आदान प्रदान भएको देखिँदैन भने यो सरकार ले किन इन्टरनेट माथि दागा धरेको होला ? सरकार ले नागरिक को अधिकार को अलिकति पनि ख्याल राख्छ भने, ‘पोर्न साइट’ भनेर किटान गरिएका साइट बाहेक अन्य सबै साइटहरु निर्वाध रुप मा सञ्चालन हुन दिनुपर्छ र बन्द गरिएका अन्य साइट पनि तत्काल फुकुवा गर्नुपर्छ । अन्यथा, सरकार को यो रवैया पुर्णत नागरिक को वाकस्वतन्त्रता र सुसुचित हुन पाउने अधिकार मा अंकुश लगाउने अभियान तर्फ बढिरहेको छ भन्ने कुरा मा कुनै दुविधा छैन।

हुन त, पोर्न साइट र मनोरञ्जन साइट फरक नदेख्ने यी सरकारी कर्मचारीहरु बाट धेरै आश गर्नु पनि बेक्कार नै छ ! उनीहरुले त भनेकै छन्, परिआए फेसबुक र टुविटर पनि रोकौँला, समाधान को बारेमा पछि सोचौँला । गृह का प्रवक्ता नै यसो भन्छन् भने, प्रस्टै छ, उनीहरु विना कुनै योजना हचुवा कै भर मा इन्टरनेटलाई नियन्त्रण गर्न लागिपरेका छन् भनेर बुझ्न गाह्रो छैन ।

अझ उनीहरु विद्युतीय कारोवार ऐन-२०६३ को आडमा आफ्नै डाको ठूलो गरिरहेकाछन् । विद्युतिय कारोवार ऐन-२०६३ मै टेकेर “सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लिल सामग्रीहरु प्रकाशन, प्रदर्शन, प्रशारण एवं बिक्री वितरण गरेको पाइएमा उक्त ऐनको दफा ४७ बमोजिम एक लाख रुपैंया जरिवाना र ५ वर्ष कैद सजाय हुने” सुचना जारिगरिरहेकाछन् । तर कहिँ पनि खुलाइएको छैन, अश्लिल भनेको के हो ? नांगो फोटो भएको साइट अश्लिल भए, साइबर संसार जस्ता दर्जनौँ मनोरञ्जन का साइटहरु बन्द गर्नु पर्यो । यौन का बारेमा जानकारी दिने, साइटहरु अश्लिल हुन भने, नेपाली पाठ्यक्रम, रेडियो , टिभि तथा पत्रिका बाट पनि यौन शैक्षिकसामाग्रिहरु हटाउनु पर्यो । सरकार का बारेमा गरिने आलोचनाहरु अश्लिल हुन् भने, प्रत्येक मान्छेलाई बोल्न चुप गराउनु पर्यो, पत्रिकामा कुनै नकरात्मक खबर छाप्न दिनुभएन ! रेडियो, पत्रिका र टिभि मा तिनै कुरा जायज हुने, तर इन्टरनेट का हक मा भने अश्लिल ठहरिने भन्ने कुरा हुँदैन होला !

कुतर्क गर्ने हो भने, आफूलाई त नेपाल सरकार र नेपाल दुरसञ्चार प्राधिकरण का वेवसाइटहरु अश्लिल लाग्छन् । ती साइटहरु का धेरै जसो लिंक ले काम गर्दैन, इन्टरफेस हेर्दैमा दिक्क लाग्ने खालको छ । अझ त्यो भन्दा ठूलो कुरा, गोप्य राख्नुपर्ने कुराहरु, ‘एडमिन’ ले मात्र थाहा पाउनुपर्ने कुराहरु पनि ती सरकारी साइटहरु मा खुल्लमखुल्ला राखिएको छ, तब त सँधै नेपाल सरकार का वेवसाइटहरु ह्याकर का फन्दा मा पर्छन् । नेपाल सरकार का साइटहरु ह्याकिंङलाई बढवा दिने खालको भएको र त्यस का कारण इन्टरनेट जगत मा अपराध फैलिएको ले, नेपाल सरकार का साइटहरु र नेपाल दुरसञ्चार का साइटहरु अश्लिल हुन् । अत: नेपाल सरकार का साइटहरु र नेपाल दुरसञ्चार प्राधिकरणको साइट तुरुन्त ब्लक गरिनुपर्छ

सरकार ले नागरिक को अधिकार को अलिकति पनि ख्याल राख्छ भने, ‘पोर्न साइट’ भनेर किटान गरिएका साइट बाहेक अन्य सबै साइटहरु निर्वाध रुप मा सञ्चालन हुन दिनुपर्छ र बन्द गरिएका अन्य साइट पनि तत्काल फुकुवा गर्नुपर्छ  भन्ने मागसहित, ह्याप्पी ब्लगिङ !

imgage: technott.com

11 comments :

  1. भाइलाई दूर सञ्चार संस्थान र दूर सञ्चार प्राधिकरणमा कन्फ्युज भए जस्तो छ

    ReplyDelete
  2. प्राधिकरण नै भन्न खोज्या हो ! संस्थान भएछ ! गल्ति सँच्याइएको छ ! धन्यवाद !

    ReplyDelete
  3. gov. le jaha sex sabda dekhyo tyo site nai udaideko jasto chha...

    ReplyDelete
  4. this is really disgusting ...... hopefully yo blockage chitai khulos ....... jsle banda gareka hun uniharu ko ghaito ma gham lagos.........

    ReplyDelete
  5. आकार जी को कुरामा म सहमत छु। यो नागरिकको मौलिक अधिकार कुण्ठित गर्ने लाचार सरकारले ब्लगस्पट जस्ता नितान्त आवस्यक साइटहरु यथाशिघ्र फुकुवा जरुरि छ। Happy blogging...

    ReplyDelete
  6. http://www.espalpsp.com/ yaar yo maile PSP ko game haroo ko review herna use garne website, aaba yo ni porn site ma preacha ki kya ho? wlink le access nai didaina baaa

    ReplyDelete
  7. AnuragFromDhulikhelNovember 1, 2010 at 3:18 PM

    ke ho aakar bro lai dherai chot pare jasto chha ni???? I have solutions bro...contact me, we have discussion at Dhulikhel Bus-park, come join us...:)

    ReplyDelete
  8. AnuragFromDhulikhelNovember 12, 2010 at 3:58 AM

    ke ho aakar bro lai dherai chot pare jasto chha ni???? I have solutions bro...contact me, we have discussion at Dhulikhel Bus-park, come join us...:)

    ReplyDelete
  9. http://www.espalpsp.com/ yaar yo maile PSP ko game haroo ko review herna use garne website, aaba yo ni porn site ma preacha ki kya ho? wlink le access nai didaina baaa

    ReplyDelete
  10. आकार जी को कुरामा म सहमत छु। यो नागरिकको मौलिक अधिकार कुण्ठित गर्ने लाचार सरकारले ब्लगस्पट जस्ता नितान्त आवस्यक साइटहरु यथाशिघ्र फुकुवा जरुरि छ। Happy blogging...

    ReplyDelete
  11. gov. le jaha sex sabda dekhyo tyo site nai udaideko jasto chha...

    ReplyDelete