टीका को शुभसाइत १०:४३ बजे

यस वर्ष दसैंको टीकाको साइत आज असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ।

आज बिहान को १० बजेर ४३ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । मुख्य साइत १०:४३ मा भएपनि दिनभरी नै टीका ग्रहणको लागि साइत शुभ रहेको छ । शुभकाम गर्नलाई साइत जुराउने चलन छ ।
नौ दिन अघि दशैँघर,पुजाकोठा मा राखिएको जमरा र टीका आजको दिन मान्यजन बाट देवी को प्रसाद को रुपमा ग्रहण गर्ने चलन छ । विजया दशमी को शुभअवसर मा पुन: एकपटक यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना ! यहाँ को दशैँ शुभरहोस् ।

imgsrc: Anuma Sharma Bhattarai

2 comments :