युथ सोलिडारिटि फेस्टिबल २०१० सम्पन्न #kuysf10

विद्यार्थी कल्याण परिषद को आयोजना मा काठमाडौँ विश्वविद्यालय मा आयोजना भएको ‘युथ सोलिडारिटि फेस्टिबल २०१०’ सफलता का साथ सम्पन्न भएको छ ।

सेप्टेम्बर २४ बाट सुरु भएको युवा महोत्सव आज ३ दिन को दिन सेप्टेम्बर २६ मा सकिएको हो ! यसअघि आज बिहान ‘युथ सोलिडारिटि फेस्टिबल २०१०’ को आयोजना मा साइकल रेस सम्पन्न भएको थियो । त्यसैगरि ‘टुरिजम वर्ष २०११’ का विषयमा छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो । साथै, मिडिया स्टडिज ग्रुप को सक्रियता मा, छोटो चलचित्रहरु प्रदर्शन गरिएको थियो । दिउँसो भने, जिन्दाबाद, इक्वल्स आदि ले सांगितिक प्रस्तुति गरेका थिए ।

आज विहान भएको साइकल रेस को नतिजा यसप्रकार रहेको छ ।

प्रथम : पुष्प महर्जन (२१:३५) – इन्फरम्याटिक्स कलेज – ५ हजार नगद पुरस्कार

दोश्रो : सरोज पराजुली (२१:४५) – नभोदिप कलेज – ३ हजार नगद पुरस्कार

तेस्रो : सुरज राइ (२२:१५) – प्रज्ञा कमर्स कलेज – १ हजार नगद पुरस्कार

त्यस्तै, छोटो चलचित्र प्रदर्शनी मा, दर्शक को भोटिङ को आधार मा क्षितिज श्रेष्ठ ‘मुक्ति’ चलचित्र सर्वोत्कृष्ट ठहरिएको थियो । त्यस अघि, नेपाल पर्यटन बोर्ड का ‘सिइओ’ प्रचण्डमान श्रेष्ठ सँग ‘टुरिजम वर्ष २०११’ मा युवाहरु को भुमिका विषय मा छलफल गरिएको थियो ।

कार्यक्रम मा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिएको मा आयोजक ले सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

ysf

0 प्रतिक्रिया :

Post a Comment