केयु आइटि मिट २०१० सम्पन्न #itmeet

काठमाडौँ विश्वविद्याल कम्प्युटर क्लब ले आइटि पार्क वनेपा मा आयोजना गरेको ‘केयु आइटि मिट २०१०’ सफलतापुर्वक सम्पन्न भएको छ ।

आइटि पार्क मा अस्ति सेप्टेम्बर १० देखि सुरु भएको केयु आइटि मिट आज सेप्टेम्बर १२ मा सकिएको हो । कार्यक्रम मा विभिन्न कलेज को सहभागिता रहेको थियो । विभिन्न कलेज बाट आएका प्रतियोगिका प्रोजेक्टहरुलाई “डि टु हक आइ”, “दियालो टेक्नोलोजिज”, “जानकी टेक्नोलिजिज” आदिका आइटि प्रोफेशनहरुले मुल्यांकन गर्नु भएको थियो । प्रोजेक्ट कम्पिटिसन को नतिजा २ हप्ता मा निकालिने, आयोजक ले जनाएको छ ।

IMG_3132

कार्यक्रम, करिब ६-७ हजार जनाले अवलोकन गरेको अनुमान आयोजक पक्ष ले गरेको छ । कार्यक्रम आइटि पार्क वनेपा मा आयोजना गरिएको थियो ।IMG_4491 कार्यक्रम को समापन का अवसर मा सहभागी कलेजहरुलाई माया को चिनो स्वरुप, ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । समापन अवसर मा बोल्दै कार्यक्रम का संयोजक अजेश महतो, सुवास न्यौपाने आदि ले, सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

0 प्रतिक्रिया :

Post a Comment