केयु आइटि मिट २०१० को आज अन्तिम दिन #itmeet

काठमाडौँ विश्वविद्याल कम्प्युटर क्लब ले आइटि पार्क वनेपा मा आयोजना गरेको ‘केयु आइटि मिट २०१०’ को आज तेस्रो तथा अन्तिम दिन हो ।

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब को आयोजना मा ‘केयु आइटि मिट २०१०’ सेप्टेम्वर १० देखि सुरु भएको थियो । सूचना तथा सञ्चार मन्त्री  शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल तथा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा   ले  संयुक्त रुप मा पानस मा दिप प्रज्वलन गरेर आइटि मिट २०१० को उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम मा विभिन्न कलेज बाट सफ्टवेयर तथा हार्डवेयर प्रोजेक्टहरु ले प्रतियोगिता मा भाग लिएका छन् । प्रतियोगी को रुपमा समावेश गरिएको प्रोजेक्टहरुलाई आज वरिष्ठ व्यक्तिहरु ले मुल्यांकन गर्नु हुनेछ । कार्यक्रम मा प्रतियोगी को रुपमा, NCIT, बालकुमारी बाट web based student information system, chhantyal Dictionary तथा virtual class नामक सफ्टवेयरहरु समावेश छन् । त्यस्तै काठमाडौँ विश्विद्यालय बाट बाघचाल, मारियो कान्छा, स्फेयर बस्टर, डिपार्टमेन्टल म्यानेजमेन्ट सिस्टम, ब्लुतुथ आदि सफ्टवेयरहरु रहेका छन् । त्यस्तै NEC बाट web based robot रहेको छ, जुन रोबट अनलाइन का माध्यमबाट दुर दराज मा बसेर पनि कन्ट्रोल गर्न सकिन्छ । KEC बाट चाँहि, ‘छोटो बाटो’ पत्ता लगाएर सहर घुम्न सकिने सफ्टवेयर प्रतियोगी को रुपमा समावेश भएको छ ।IMG_3132त्यस्तै थापाथली इन्जिनियरङ क्याम्पस बाट voice command को आधार मा चल्ने सफ्टवेरयर प्रतियोगी को रुपमा समावेश भएको छ । त्यस्तै अन्य KEC बाट पनि लेडलाईट मा खेल्न मिल्ने स्नेक गेम बनाइएको छ भने, केयु बाट लेड लाइट मा डिस्प्ले गर्ने बोर्ड बनाइएको छ । अर्को हार्डवेयर प्रतियोगि को रुपमा समावेश गरिएको रोबट पनि भोइस कमान्ड ले हिँड्ने, दाँया  बाँया मुभ गर्ने गर्छ ।

कुल १५ वटा प्रोजेक्टहरु प्रतियोगी को रुपमा केयु आइटी मिट २०१० मा सहभागि भएका छन् । त्यसबाहेक गेमिङ कम्पिटिसन, थ्री डी मुभि सो पनि सञ्चालन भइरहेको छ । भिजिटहरु को उल्लेख्य सहभागिता ले गर्दा, कार्यक्रमस्थल मा हिजो दिउँसो निकै चहलपहल थियो ।

आज को मुख्य आकर्षण : बिजनेस इन्क्युवेसन वर्कसप विहान ११ बजे, आइटि पार्क वनेपा !

Business Incubation Workshop.

We have called the few people from different organization to share their experience about Venture Capitals. In this presentation audience would know better about the Business Incubation followed by interaction with the speaker. This would lead the fresh grads towards Youth Entrepreneurship. Experts from ITPF  are giving presentation this morning.

Photo by: Devyani

0 प्रतिक्रिया :

Post a Comment