आज देखि “लोकस २०१०” तथा “मेकानिकल एक्सपो २०६७” सुरु

“Competition Builds Quality” भन्ने थिमसहित “7th National Technological Festival LOCUS 2010” को सातौँ संस्करण IOE पुल्चोक क्याम्पस मा आज देखि  सुरु हुँदैछ ।

पुल्चोक क्याम्पस मा  इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर  इन्जिनियरिङ तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु को संस्था लोकस ले लोकस २०१० को आयोजना गरेको हो ।

लोकस आज र भोलि (सेप्टेम्बर १७  र १८) दुइ दिन सम्म, इन्जिनियरङ अध्ययन संस्था (पुल्चोक क्याम्पस) पुल्चोक मा चल्नेछ ।front_imageLOCUS 2010 मा Software Competition, Hardware competition, Electrical event competition,Paper presentation, आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएकोछ ।

त्यसबाहेक Gaming Competition, Fastest Google Searching Competition,Coding Contest,Problem Solving Competition,3D Movie Show लगायत अन्य विभिन्न कम्पिटिसनहरु पनि समावेश गरिएको छ ।

Non-competitive events तर्फ भने Exhibition,Seminar/workshop/talk-program,+2 Expo आदि कार्यक्रमहरु सञ्चालन हुने भएको छ । कार्यक्रम मा MicroHydro, Robots, तथा विभिन्न अन्य प्रोजेक्टहरु को प्रदर्शनी गरिनेछ ।

LOCUS 2010 को उद्घाटन बिहान १० बजे,  प्रधानमन्त्री माधव कुमार नेपाल ले गर्नुहुनेछ । हामीलाई प्राप्त जानकारी अनुसार, IT तथा Engineering का विद्यार्थी तर्फ लक्षित "IT Students: The Future Professionals: Perspectives & Challenges" नामक वर्कसप आज बिहान साँढे १० बजे, लाइब्रेरी हल  मा हुँदैछ । कार्यक्रम मा विभिन्न आइटि कम्पनी का विज्ञहरुले बोल्ने कार्यक्रम रहेको छ । साथै, उक्त वर्कसप को अनलाइन स्ट्रिमिङ पनि गरिने हुँदा, वर्कसप इन्टरनेट मा पनि लाइभ हेर्न सकिने आयोजक ले जनाएकाछन् । कार्यक्रम मा निशुल्क प्रवेश को व्यवस्था मिलाइएको छ ।

प्रोजेक्ट कम्पिटिसन २ दिन नै चल्नेछ भने, थ्रीडि चलचित्र प्रदर्शन शनिबार हुनेछ भने, शनिबार कै दिन परेको Software Freedom Day 2010, पनि कार्यक्रम कै पाटो को रुपमा भव्य रुपमा मनाइने भएको छ ।

2nd National Mechanical Expo 2067

mechanical expoLOCUS 2010 सँगै पुल्चोक क्याम्पस मै “2nd NATIONAL MECHANICAL ENGINEERING EXPO 2067” को  पनि आयोजना हुन गइरहेको छ । मेकानिकल इन्जिनियरिङ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रम आज र भोलिबिहान १० बजे देखि बेलुका ५ बजे सम्म चल्नेछ । “2nd NATIONAL MECHANICAL ENGINEERING EXPO 2067” मा, विभिन्न कलेज का विद्यार्थीहरु ले गरेका प्रोजेक्टहरु समावेश गरिएको छ ।

Society of Mechanical Engineering Students (SOMES) पुल्चोक ले “encouraging aspirant engineers” भन्ने नारा सहित “दोस्रो राष्ट्रिय मेकानिकल इन्जिनियरङ एक्सपो २०६७” को आयोजना गरेको हो ।

कार्यक्रम का अवसर मा पुल्चोक क्याम्पस, काठमाडौँ विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्याम्पस, नेपाल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजी, अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर, सडक विभाग तथा रोबोकप का सेमीफाइनलिस्टहरु को विभिन्न १४ वटा प्रोजेक्ट को प्रदर्शनी गरिने भएको छ ।

मिनी हाइड्रोपावर, रोबट प्रदर्शनी, पुल्चोक को क्याम्पस का विद्यार्थीले बनाएको प्लेन आदि मुख्य आकर्षण को रुप मा रहेका छन् ।

planeपुल्चोक क्याम्पस मा हुँदै गरेको दुवै कार्यक्रम मा निशुल्क प्रवेश को व्यवस्था रहेको छ । अत: पुल्चोक क्याम्पस जाँदै हुनुहुन्छ भने “LOCUS 2010” को साथ मा “2nd NATIONAL MECHANICAL ENGINEERING EXPO 2067” को पनि अवलोकन गर्न नछुटाउनुहोला !

Event Details:

“7th National Technological Festival LOCUS 2010” & “2nd NATIONAL MECHANICAL ENGINEERING EXPO 2067”

Date: September 17 & 18, 2010 ( असोज १ र २ गते, २०६७)

Time: 10:00am-5:00pm

Venue: IOE Pulchowk Engineering Campus, Pulchowk

English Version: “7th National Technological Festival LOCUS 2010” & “2nd National Mechanical Expo 2067” From 17th Sept

0 प्रतिक्रिया :

Post a Comment