Skip to main content

ब्लगिङ का ३ वर्ष

यी ३ वर्षहरु कति छिटो बिते पत्तै भएन । केयु मा आफ्नो इन्जिनियरिङ सँगै सुरु भएको ‘आकारपोष्ट’ र ‘आकार’ ले ३ वर्ष पार गरेर चौथो वर्षमा प्रवेश गर्दैछ । याहु ३६० बाट केही पहिले नै सुरु गरिएको ब्लगिङ अनुभव, धेरै ब्लगहरु मा प्रयोग  गरेको थिँए । इन्टरनेट तथा ज्ञान को अभाव मा ती पहिले का ब्लगहरु कता हराए थाहा छैन तर अन्तिम मा ‘आकारपोस्ट डट ब्लगस्पट’ मा आएर खास ब्लगिङ सुरु भएको थियो । banner_aakarpost

के पाइयो ?

ब्लग का माध्यमबाट धेरै साथि बनाउने र उनीहरु को विचार बुझ्ने मौका पाइयो । साथै, आफूलाई पनि लागेको कुराहरु निर्धक्क लेख्न पाइयो । अहिले को युग मा सबैभन्दा ठूलो कुरा भनेको परिचय भन्ने कुरा रहेछ । कतै कुना मा लुकिरहेको मलाई, मेरो आफ्नै नाम ले कमैले चिने पनि, आफ्नो विश्वविद्यालय को सेरोफेरो मा ‘आकार’, ‘ब्लगर’ को नाम ले चिनिएकोछु । साथै, अनलाईन मा पनि केही ले मलाई ‘आकार’ भनेर चिन्नुहुन्छ । मलाई लाग्छ, अहिले सम्म पाएको ठूलो कुरा नै यही नाम हो ! सायद म यो नामलाई आजन्म छोड्नेछैन, अनि सकेसम्म ‘आकारपोष्ट’लाई सदैव निरन्तरता दिने प्रयास गर्नेछु, यही ‘आकार’ नाम राखिराख्न को लागि ! कोही कोही भन्छन्, मिडिया पढ्नु पर्ने मान्छे किन इन्जिनियरिङ मा तर म भन्छु मेरो पेशा ‘इन्जिनियरिङ’ नै हो । ब्लग त हिजो आज सबैको हुन्छ, यो त आफूलाई प्रस्फुटन गर्ने एउटा थलो मात्र हो ।

सुरुवाती अवस्था

रोमन नेपाली युनिकोड आइसकेको थिएन । साथै, ब्लग मा नै नियमति हुन्छु भन्ने सोचिएको पनि थिएन । विश्वविद्यालय छिरेसँगै, सुरु गरिएको ‘आकारपोष्ट’ मा विशेषत आफ्नै पढाइ सँग का सम्बन्धित सामाग्रीहरु पोस्ट गर्ने गर्दथेँ । एसाइन्टमेन्ट, नोटहरु राखिएका कारण, केही साथीहरु ले ब्लग हेर्थे, अनि विस्तारै क्लास का साथिहरु ले आकार भन्न थाले, अनि ३०-४० जना ले नै आकार भन्न थालेपछि, लाग्न थाल्यो । यसबाट पनि आफ्नो परिचय खुल्छ, यति ठूलो विश्वविद्यालय मा आफू हराइँदैन भन्ने आभास भयो । नाम मात्र को ब्लगिङ गर्ने म, ब्लगिङ लाई केही पछि देखि नै समय दिन थालेँ । तर अहिले लाग्छ, त्यतिखेर लेखिएका ब्लगहरु धेरै रुखो छन्, धेरै अपुरो छन्, हुन त अझै पनि मलाई आफ्नो लेखाइ चित्त बुझ्दैन, तर पनि पहिले भन्दा सुधार त पक्कै भएको छ भन्ने विश्वास छ।

कम्प्युटर सँग सम्बन्धित एसाइनमेन्टहरु ले भरिएको ब्लग मा केही आफ्ना कनिकुथि अनलाईन कन्भर्टरसाइट मा टाइप गरिएका, व्यङ्गहरु राख्न थालेँ । साथै, आफूलाई चाख लागेका केही समाचारहरु पनि कपि पेष्ट गर्न थालियो । साथै, हिमाल खबर पत्रिका का ऋतुराज को ऋतुविचार मैले धेरै पटक कपि पेस्ट गरेको छु, प्रस्ट नाम खुलाएर ! ब्लगर डट एन पी मा गएर आफ्नो ब्लग रजिष्टर गरेको केही दिन पछि, ब्लग मा ‘दिपा’ को पहिलो कमेन्ट आएको थियो । अनि लाग्यो, ब्लग भनेको कमेन्ट पनि गर्नु पर्ने ठाउँ रहेछ  तर जति नै खोजेपनि खासै पढ्न मन लाग्ने ब्लगहरु भेटिएन । तर पछि खै, कसरी कसरी विस्तारै यति ठूलो हाम्रो ब्लग सर्कल बन्न गयो पत्तै भएन ।

जब भर्खर भर्खर ब्लग मा बामे सर्दै थिँए । लन्डन पुगेका कान्तिपुर एफएम का तत्कालिन रेडियो कार्यक्रम प्रस्तोता, रुपेश सिलवाल सँग अनलाईन भेट भयो । रुपेश ले सुझाए, ब्लग लेख्ने नै भए राम्रो सँग लेख निरन्तरता देउ, कपी पेष्ट भन्दा पनि, मौलिकतालाई प्राथमिकता देउ । मैल, रुपेश दाइ कै कुरालाई मानेँ, सायद त्यतिखेर रुपेश दाइले त्यसरी नभएको भए, मेरो ब्लग त्यतिकै बिलाउने थियो । अनि धेरै पछि सम्म, रुपेश दाइ मेरो ब्लग को पहिलो पाठक रहनुभयो ।

रोमन युनिकोड पनि आयो । नेपाली टाइप गर्न निकै सरल भयो । मैले रोमन युनिकोड मदनपुरस्कार को साइट बाट डाउनलोड गर्दा, करिब ५०-६० वटा डाउनलोड मात्रै भएका थिए, उक्त साइट बाट । त्यसपछि आफैँ ले रोमन युनिकोड को बारेमा पोस्ट लेखेँ, जुन सर्वाधिक हेरिएको पोष्ट मध्ये को एक बन्न पुगेको  छ। साथै, साथी अमित पोखरेललाई धन्यवाद नदिरहन सक्दिन, अमित को कमेन्टहरु ले लेख्न निकै होस्याएको थियो मलाई । एक समय थियो, ब्लग सर्कल थिएन, २-३ जना हामी साथिहरु एक आपस का ब्लग हेर्थ्यौँ, कमेन्ट आदानप्रदान हुन्थ्यो । ब्लग कसैले नहेर्ने, कमेन्ट न-आउने हुँदा, कहिले काँहि लेख्न दिक्क पनि लाग्थ्यो । अहिले भन्दा त्यतिखेर कमेन्ट को महत्व बढ्ता थियो जस्तो लाग्छ, अहिले त आफ्नो ब्लग को स्टाट थाहा हुने हुँदा, कमेन्ट न-आएपनि केही लाग्दैन । निकै अचम्म आफैँलाई लाग्छ, जुन पोस्ट मा कमेन्ट हुँदैन या थोरै कमेन्ट हुन्छ, तिनीहरु नै सर्वाधिक हेरिएका छन् । सर्वाधिक नेट मा खोजिगरिएका छन् ।

अहिले को अवस्था

अहिले को अवस्था सम्म आउँदा, ब्लगस्पट मै होस्ट गरिएको भएपनि कस्टम डोमेन लिएर ‘आकारपोष्ट डटकम’ बनाइएको छ । धेरै साथिहरु भेटिएकाछन् । दिन को प्रत्येक १-२ घन्टा त विभिन्न ब्लगहरु घुम्दै मा बित्छन् भने कहिले काँहि चाँहि नयाँ ब्लगहरु को खोजी गर्नेगर्छु, ती नयाँ ब्लगहरु मा पुग्दा, अनि ती ब्लगहरु पढ्दा एकदमै फरक अनुभव हुन्छ । धेरै कुरा थाहा भएको महशुस हुन्छ ।

रेडियो प्रस्तोता अच्युत घिमिरे दाइ को कार्यक्रमहरु रेडियोवाचन, बुलबुल, श्रुतिसंवेग का अंकहरु पनि हामीले विगत डेढ दुइ वर्ष देखि निरन्तर प्रकाशन, प्रशारण गरिरहेका छौँ । साथै, विगत का केही महिना देखि, टेक्नोलोजी गफसफ लाई चाख मान्ने पाठकहरुलाई लक्षित गरेर, साता मा कम्ति मा पनि एकपटक, टेक गफ गर्न थालिएको छ । हाललाई शुक्रबार को दिनलाई टेक को दिन छुट्याउँदै ‘फ्राइडे टेक’ लेखिरहेको छु ।

संलग्नता

ब्लग मा समसामयिक कुराहरु लेख्न थालिएपछि, आफ्ना एसाइन्टमेन्टहरु थन्काउन अर्को ब्लग बनाइयो, जुन  अहिले चाँहि ‘आकारटेक’ ब्लग भएको छ । केहि समय सिथिल रहेको टेक ब्लग हिजो आज फेरि निरन्तर अपडेट हुने गरेको छ, newsअनि यसको माध्यमबाट धेरै जना सँग सम्पर्क बढाउँदै लगेको छ । विगत केही महिना देखि, ‘ग्लोबल थट्ज’ मा पनि लेख्न थालेको छु । ग्लोबल थट्ज, सोसल मिडिया, टेक्नोलोजी Blog मा एउटा दरिलो खम्बा देखिँदैआएको छ ।

Global Thoughtzट्विटर को प्रयोगकर्ता भएकोले, टुइटर को प्रयोग हिजो आज व्यापक रुप मा गर्न थालेको छु । नेपाल का समाचारहरुलाई एकै ठाउँमा ल्याउने प्रयास स्वरुप ‘न्युज ब्लग्स नेपाल’ को नाम मा टुइटर सञ्चालन मा संलग्न रहेको छु, जसले नेपाल का इकान्तिपुर, नेपालन्युज, अनलाइनखबर, एबिसी लगायत विभिन्न साइटहरु का खबरहरु तत्काल प्रशारण गरिरहेको छ, साथै ५० को हाराहारी मा नेपाली ब्लगहरु पनि समेटिएको छ, (धेरै अझै समेट्न बाँकि छ) । साथै फेसबुक का प्रयोगकर्तालाई लक्षित गरेर, फेसबुक चलाउँदै समाचार थाहापाउँ भन्ने तरिका बाट ‘नेपाल समाचार’ नाम को फेसबुक एकाउन्ट सन्चालन मा रहेको छ जसमा प्रत्येक पल समाचारहरु अपडेट हुनेगर्छन् । अनि सम्भवत: पहिलो पटक नेपाली ब्लग लाई ‘मोबाइल’ फ्रेन्डली बनाइएको छ । इन्टरनेट मा उपलब्ध फ्रि सर्भिसहरु को उपयोग गर्दै, ‘आकारपोष्ट’ तथा ‘आकारटेक’ को मोबाइल भर्सन बनाइएको छ ।

ब्लग कै कारण राष्ट्रिय दैनिकहरु अन्नपुर्ण पोस्ट तथा नेपाल समाचारपत्र मा बेला बेला आफूलाई फिचर गरिएको छ । काठमाडौँ विश्वविद्यालय को हक मा मिडिया स्टडिज बाट निस्कने पत्रिका मा पनि बेला बेला मा फिचर गरिएको छ ।  केही समय पहिले मिडिया स्टडिज कै  केही साथिहरुले म र मेरो ब्लग माथि रिसर्च पेपर तयार गर्नुभएको थियो । साथै, ब्लग कै कारण विश्वविद्यालय मा आयोजना हुने विविध कार्यक्रमहरुमा आफ्नो दह्रो उपस्थिति रहँदै आएको छ । अनि ब्लग कै कारण तत्कालिन विज्ञान तथा प्रविधि मन्त्री गणेश साह को सामिप्यता मा रहने मौका पनि पाइएको थियो । त्यसबाहेक, ब्लग कै कारण यहाँहरु जस्ता सयौँ साथिहरु पाएको छु, जो हरदम मलाई फुर्क्याइ रहनुभएको छ ।आफ्नो प्रोफेसन को हक मा भने, एउटा युरोपियन आइटि कम्पनी सँग आवद्ध छु र त्यहीँ नै विविध कामहरु गर्दै आइरहेकोछु, साथ साथै विश्वविद्यालय मा अन्तिम वर्ष का कक्षाहरु लिइरहेकोछु ।

ब्लग व्यवसाय

ब्लग पक्कै व्यवसाय होइन । अनि व्यवसाय गर्नलाई ब्लग मा छिरिएको थिएन । सुरुवाती दिनहरु मा साथीहरुलाई आफ्नो ब्लग छ भन्दा, उनीहरु भन्थे, तैँले नि अनलाइन विजनेस गरेको ? उनीहरु को कुरा ले म छक्क पर्थेँ, तर उनीहरु यही अनलाइन विजनेस को नाम मा ठगिएका रहेछन् । अहिले पनि काठमाडौँ का dollar-signविभिन्न कम्प्युटर इन्स्टिच्युट तथा साइबर हरु ले, पन्ध्रसय देखि २ हजार रुपैँया सम्म लिएर, अनलाइन विजनेस भन्दै मान्छे ठगिरहेकाछन् । उनीहरु गुगल एडसेन्स ले मालामाल बनिने सपना बाँडिदिँदा रहेछन् अनि ब्लगस्पट मा एउटा ब्लग बनाइदिँदा रहेछन् । बस, अब चलाउने ले गुगल विज्ञापन क्लिक गर्दोरहेछ, एडसेन्स एकाउन्ट मा पैसा बढेको देखाउँछ, मान्छे ठग्न कति सजिलो छ तर गुगललाई ठग्ने कल्पना नगरे हुन्छ, केही दिन मै एकाउन्ट कोल्याप्स हुन्छ, कम्प्युटर इन्स्टिच्युट मालामाल ।

केही महिना अघि, मेरा एकजना पाठक ले फोन गरेर सोधे, फलाना ठाउँ मा गएको थिँए, उनीहरु ले २ हजार लिएर अनलाईन विजनेस सुरु गर्दिनेभा’काछन्, के कस्तो हो सल्लाह गरौँ भनेर फोन गरेको । अनलाईन विजनेज भन्ने बित्तिकै त्यही कुरा याद आयो र भनिदिँए, यो एउटा भ्रम मात्र हो, त्यस्तो केही हुँदैन, ती कम्प्युटर इन्स्टिच्युटहरु ले ठग्दैछन् तपाईलाई ! काठमाडौँ का सडकहरु नाप्दा ठाउँ ठाउँ मा भेटिन्छन, घरै बसी बसी दिन को १०० डलर, या महिना को ५०० डलर यस्तै यस्तै । यो सबै त्यही कुरा गरेर मान्छे ठगिरहेकाछन् ।

आफ्नो सन्दर्भ मा भन्दा, ‘एडसेन्स’ भन्ने थाहा पाएर ब्लग बनाइएको थिएन । ‘ब्लग’ चलाउन थाले पछि, ग्याजेट थप्दै जाने क्रम मा, अन्जानवस नै ‘एडसेन्स’ विगेट राखिएछ । उक्त विगेट राखेपछि, गुगल बाट ईमेल आयो, फर्म भरियो, अनि पो थाहा पाइयो, यो त गुगल एडसेन्स रहेछ । अनि बस् केही कमाइ पनि हुन थाल्यो, ‘गुगल एडसेन्स’ साइट नै चाँहि धेरै महिना पछि लगइन गरियो, थाहा थिएन, एडसेन्स साइट नै छ भनेर, सबै ‘एडहरु’ ब्लगबाटै म्यानेज गर्न सकिन्छ ।

विगत ३ वर्ष मा ३ वटा गुगल को चेक हातपर्यो, भनौँ न हेर्दा सानो ला्ग्ने तर आफ्नो आम्दानी भएर होला, निकै ठुळो लाग्छ गुगल बाट आएको चेक को रकम ! पहिलो चेक आउन डेढ वर्ष लाग्यो, दोश्रो १ वर्ष, यो अन्तिम पटक को चेक ६-७ महिना मै आयो । गुगल बाट आएको चेक ले ब्लग को वर्ष दिन को खर्च धान्न सक्षम भएको छु । ब्लग केही हदसम्म धेरै हेरिन थालिएको छ । दैनिक २-३ भिजिट बाट सुरु भएको ब्लग अहिले सरदर दिन मा ३००-४०० पटक भिजिट गरिएको छ । कुनै कुनै बेला एकै दिन मा २० देखि २५ हजार पटक सम्म ब्लग भिजिट भएका पनि छन् ! एकै दिन मा २० हजार पटक ब्लग हेरिँदा, एउटा बेग्लै उत्साह पनि जाग्दो रहेछ । समग्रमा, भन्दा ब्लग काउन्टर ले २ लाख भिजिट नाघिसकेको संकेत देखाएको छ ।

नियमित हेरिने ब्लग
आफू ब्लग लेख्ने मात्र नभइ, सकेसम्म ब्लगहरु पढ्ने पनि गर्छु । आत्मा साक्षी राखेर भन्नुपर्दा, दिलिप आचार्य दाइको ब्लग मैले सर्वाधिक हेर्ने गरेको र मन परेको नेपाली ब्लग हो ।  साथै, वसन्त गौतम, अमित पोखरेल, नविन सर, वसन्त गिरी, उज्वल आचार्य, केपी ढुंगाना, उमेश श्रेष्ठ, मोहम्मद तजिम, भिम घिमिरे,केशव कोइराला,रुपेश श्रेष्ठ, प्रज्वल भट्टराई, अन्जली तिमल्सिना, गायक आभाष को ‘सिलोट’, मदनमणि अधिकारी, दिनेश वाग्ले, कुन्द दिक्षित, मिलन ढुंगानास्याटलाइट, दौँतरी,अविनाशी पौडेल ‘भट्टराई’ ,साधना शर्मा, दिपा भन्डारी, श्वेता बानिँयाउषा पराजुली, उपमा पौडेल, रिचा भट्टराई, कैलाश राई, आश्मा अर्याल, विनिता दाहाल,मिशुला श्रेष्ठ,दिवस,आरतीदर्शन कार्की,प्रतुल, अर्चना श्रेष्ठ,आशा गुरुङ, लाइभ एक्सप्रेसन, वेदनाथ पुलामी, प्रवेश पौडेल, गुणराज लुईटेल, केशव घिमिरे, जोतारे धाइबा, आशिष विष्ट,दिपेन्द्र पोखरेल, दिपेन्द्र झा, एकेन्द्र लम्साल, रमेश, आनन्द नेपाल, माइला बाजे, कृष्ण श्रेष्ठ, रविन्द्र रिजाल, शिरिश लामिछाने, नेपाल प्लसगोकुल ढकाल, सूर्य न्यौपाने,मिलन लम्साल, आगत, विवेक पौडेल,स्वप्निल आचार्य, एभरेष्ट अनसेन्सर्डसंगेश श्रेष्ठ, देव न्यौपाने, उमेश भट्टराई, अर्जुन पौडेल, बद्री श्रेष्ठ,सफल घिमिरे, राजेश बुढाथोकी, कृष्ण थापा, समिर अधिकारी,प्रकाश गौतम, राजन कठेत, मेरो विचार, राजेन्द्र केसी, दिपक जडित, कृष्ण पोखरेल , पवन पौडेल , मधेसी युनाइटेड , कस्तो रमाइलो, शिव प्रकाश, लोन्ली प्लानेट, रेड नेपाल, मेरो सिर्जना, बोर्डर नेपाल , माइवल्ड, हाम्रो नेपाल मा , घाम पानी का कहानी, अमोल आचार्य, ब्रजेश खनाल , प्रज्बल बराल, अभिमन्यु दिक्षीत, विभास, सालिक शाह , शेखर केसी, थानेश्वर  लगायत अन्य धेरै ब्लगहरु हेर्नेगर्छु ।  अनि पढेर पनि बुझ्न गाह्रो लाग्ने मा चाँहि ‘जोतारे धाइबा’ को ब्लग रहेको छ ।

त्यस्तै नेपाली टेक साइटहरु मा काफ्ले ब्रदर्स र साथिहरुको को ‘टेकनट’, विजय मिश्र को ‘जिजिविषा’, नविन लामा को ‘मेरो गफ’ , निर्मल ज्ञावाली को ‘टेक ब्लग’ र Saaz को ‘यु क्यान ह्याक’ लगायत अन्य केही ब्लगहरु हेर्ने गरेको छु । त्यस्तै मासाबेल, टेकक्रन्च, ग्लोबल थट्ज,  Guardian, BBC Tech,Arstechnica, Gigaom, Gizmodo, Lifehacker, Engadate, Gawker, लगायत अन्य सबै टेकब्लगहरु आफ्ना रुचि का ब्लगहरु हुन् ।

त्यस्तै फोटो ब्लग मा, रतन कर्ण, प्रेम छिरिङ शेर्पा, सुजन शर्मा, किशोर शर्मा, अनुपमा भट्टराई आदि का ब्लगहरु निकै मन परेका फोटो ब्लगहरु हुन् । त्यस्तै इन्डियाबाट मिरा को लिन रिलिजन एक वाक्य को ब्लग (one liner blog) ले मलाई धेरै प्रभाव पारेको छ ।

एउटा कुरा अचम्म लाग्यो, प्राय: महिला ब्लगर का ब्लगहरु अंग्रेजी मा रहेकाछन् । थोरै महिला ब्लगरहरु ले मात्र नेपाली मा ब्लग लेखेकाछन् । जस्तो कि,अन्जली आश्मा, रिचा,  श्वेता, दर्शन आदिहरु अंग्रेजी मा लेख्छन् भने विनिता, अविनाशी, उषा आदि नेपालीमा लेखिरहेकाछन् । त्यस्तै तजिम, उज्वल आचार्य, केशव कोइराला, दिनेश वाग्ले, दिपेन्द्र झाहरु अंग्रेजी मा ब्लग लेख्छन् । आफ्नो सन्दर्भ मा भन्दा, अंग्रेजी र नेपाली दुवै मिसाइएको छ, साथै आफूलाई मन लागेको जुनसुकै विषय मा पनि लेखिएको  छ ।

आफ्नै बारेमा:

नाम: अनिल पि घिमिरे (‘आकार’ नाम ले धेरै चिनिएको छु)

घर: पहिले मन्थली रामेछाप, अहिले सर्लाही, बसाइ चाँहि काठमाडौँ विश्वविद्यालय को पुरुष छात्रवास, धुलिखेल !

उमेर: २०४५/१९८८ बाट हिसाब गर्नुस

शिक्षा: कम्प्युटर इन्जिनियरिङ अन्तिम वर्ष, केयु

मपाई

आज को ब्लग मा ‘मपाई’ धेरै गरिए झैँ लाग्दैछ । समग्रमा भन्दा विगत ३ वर्ष भित्र मा गरिएका देखिएका कुराहरुलाई एकै ठाउँ मा उन्ने कोशिश गरेको मात्र हुँ । यहाँहरु को साथ र सल्लाह निरन्तर पाउनेछु भन्ने अपेक्षा सहित !!! हार्दिक धन्यवाद !!!

फेसबुक: http://www.facebook.com/aakarpost 

              http://www.facebook.com/AakarPostBlog

             http://www.facebook.com/Tech.AakarPost 

ट्विटर: http://twitter.com/aakarpost 

             http://twitter.com/AakarTech

            http://twitter.com/NewsBlogsNepal

Comments

  1. कुरो भन्दा पनि तिमिले दिएको लिङ्क चाहि राम्रा छन्। जय ब्लगिङ

    ReplyDelete
  2. तिम्रो नाम को कहानि र मेरो नामको कहानि उस्तै उस्तै रहेछ,
    http://misulashrestha.blogspot.com/2010/07/blog-post_13.html

    ReplyDelete
  3. Congratulation Aakar for your 3rd anniversary in Nepali Blogging. Definitely your blog is one of the eminent blog among Nepali blogs.I did not know that Dautari was following you. Dautari will complete its 3 years on September. I was thinking to write dautari flash back. After reading your post, it really made me exicited.

    Again congratulation and happy blogging!

    ReplyDelete
  4. धेरै धेरै बधाईका साथ आगामी समय पनि ब्लगले 'आकार' र नविनतम आकार र सोच सधैं पाइरहोस् ।

    ReplyDelete
  5. Congratulation Aakar for your 3rd anniversary in Blogging.

    ReplyDelete
  6. Many Congratulations AAkarpost.... I remembered that day when I and you discussed about Yahoo 360 in a Internet Cafe outside Forestry College, Hetauda... Happy to see such a successful story.. Wish you a successful BLOGGING in Future.. Keep it up..

    ReplyDelete
  7. Congratulation Aakar for your 3rd anniversary in Blogging.

    ReplyDelete
  8. सायद करिब करिब एकै समय तिर ब्लगिङ सुरु गरेका थियौँ क्यार हामीले । त्यसो त ब्लगिङको मामलामा भने तपाई नै 'दाइ' हुनुहुन्छ (किनकि मेरो ब्लग ३ पुगेर ४ लाग्न अझै एक महिना जत्ती बाँकी छ :)।

    मलाई लाग्छ, यो ३ वर्षे अनुभव नयाँ-पुराना सबै ब्लगरका लागि पठनिय र मननिय छन् । माथि तपाईँले भन्नु भए जस्तै थोरै कमेन्ट देखेर ब्लग 'फ्लप' भएको अनुमान गर्नु प्राय: धेरै जसो सही हुँदैन् रहेछ । अनि 'कमेन्ट खेती' कै लागि लेखेर कमेन्ट काउन्टकै आधरमा पोस्ट सफल वा 'हिट' भएको समझ्नु पनि गलत नै हुँदेो रहेछ । ब्लगरको आफ्नै 'स्टाटस' र अन्य विभिन्न ग्याजेटले कुन कुन ब्लग कति पटक पढियो भनेर देखाउने समयमा ब्लगमा कमेन्ट नदेखेर कसैले पनि निराश हुनु वा मेरो पोस्ट पढिएन छ भनेर सोच्नु पर्दैन ।

    अर्को कुरा, मैले अन्त पनि धेरै भन्दै आएको छु, मौलिकता नै ब्लगको विशेषता हो। मैले पनि देखेकै कुरा हो मौलिकता नभएको ब्लगको आयु धेरैजसो एकदमै कम हुने गरेका छन् । ३ महिनामा एउटा पोस्ट लेखे पनि हुन्छ तर जे जस्तो लेखिन्छ आफ्नै मौलिकतामा लेख्नु पर्छ ।

    आज एउटा अर्को कुरा सार्वजनिक गरौँ है,। मलाई प्राय: धेरै नयाँ ब्लगरहरु र ब्लग खोल्न चाहनेहरुले ब्लगमा के लेख्ने ? र कसरी ब्लग चलाउने भनेर सोध्ने गरेका छन् । अनि म प्राय: उनिहरुलाई तपाईँको ब्गलको लिन्क दिने गर्छू । मतलब तपाइँ 'मोडेल बल्गर' हुनुहुन्छ मेरो। यो ३ वर्षे उपलब्धिका लागि हार्दिक बधाई र आगामी दिनका लागि शुभकामना !!!

    ReplyDelete
  9. धेरै धेरै बधाई अनिलजी। मैले पनि नियमीत हेर्ने बल्ग भित्र पर्छ यो। पढ्नको साथै, बिशेष रुपमा म डाउनलोड बढी गर्छु यहाँबाट। सेमिनार र गोष्ठीका लागि बिदेश वा बिभिन्न ठाउँको भ्रमण गर्नु भन्दा अगाडि तपाईको बल्गमा सबै जसो उपन्यास, गजलहरु झार्ने गर्छु। MP3 मा राखेर ट्रान्जिट मा वा उडानको समयमा वा एक्लै यात्रा गर्दा सुन्ने गर्छु। मरो एक्लो पनको साथी भएको छ सबै तपाईका सामाग्री। तपाईको राम्रो होस, अझै सफलता मिल्दै जावोस। रमाईलो प्रशंग पनि थ‍प्न मन लाग्यो, मेरो पछिल्लो अमेरिका भ्रमणको बेला १४ घन्टाको लामो र लगातार उडानमा तपाईकोमा भएको सबै उपन्यास र बुलबुल सकेको थिए, समय गएको पत्तै भएन। निकै धन्यबाद पनि दिएको थिए तपाईला उतै आकाशवाटै हा हा।।
    बल्गको मौलिकता निकै मह्त्वपुर्णकुरा हो,सधै यसरीनै कायम गर्नुस।

    ReplyDelete
  10. Congratulations and all the best!!!

    ReplyDelete
  11. Anil Dai..Really Sabai blogger ko kahani same huncha ki kya ho?Maile pani sathi harulai blog banako chu vanera sunauda kati kamauna thalis vanchan..tara kaile pani kamaune hisab le blog banayeko haina..blog ta interest ho...Adsense ta blog ma secondary ho..primary banayera nai manche blogging lai polluted banaudai chan,..

    ReplyDelete
  12. आकार जी लाइ - सर्ब प्रथम त तेस्रो बर्ष पार गरेर चौथो बर्षमा लाग्नु भएकोमा - बधाई छ ! अनि यसरि नै आउदा दिनहरुमा पनि सफलता हासिल गर्दै जानुस भन्ने शुभकामना दिन चाहन्छु !

    तपाइले यहाँ मपाइत्वको भन्दा नि खुलस्त रुपमा आफुलाई हामि समक्ष प्रस्तुत गर्नु भएको छ !
    अनि लेख्नलाइ पत्रकार नै हुनु पर्छ या पत्रकारले मात्र लेख्नु पर्छ भन्ने कुरा झुट्टा हो भन्ने कुरा तपाइको ब्लग लेखन ले प्रष्ट्याउ छ !

    ReplyDelete
  13. ब्लग जगतमा निस्कृय जस्तो भैराखेको यो ब्लगलाई आकारपोस्ट को जन्मदिनमा सम्झनुभएकोमा धन्यवाद. आकार पोस्टले एस्तो धेरै जन्मदिन मनाउनेछ भन्ने शुभकामना.

    ReplyDelete
  14. लौ बधाई छ तपाइलाई ब्लोग्गिंगको टिन पार्ष पुरा गर्नुभएकोमा अनि धन्यबाद तपाइको अनुभव बांडीदिनुभएकोमा ..

    ReplyDelete
  15. Congratulations....Dear Happy Birthday to your blog. Your blog has been the best one I have ever visited....and this blog has been one of the crucial factor for the development of our friendship as well. I have learn so many things for you....and hope to continue it for ever...

    Happy birthday once again...

    ReplyDelete
  16. बधाई छ है आकार !!!! तीन वर्ष पुरा पुगेर चार वर्ष टेकेकोमा ब्लगले....
    मेरो ब्लग त तिमीबिना बन्दै बन्दैन थियो होला...
    गुरूको ब्लगले सफलता पाउँदा म पनि दङ्ग...

    ReplyDelete
  17. सफलातापुर्बक तेस्रो बर्ष पुरा गरि सफल ब्लगरले परिचित आकार पोस्ट र अनिल जी लाई बधाई तथा शुभकामना ! पाठकको माया यसरि नै बटुल्न पाइरहोस यो ब्लगले भन्ने कामना पनि गर्दछु।

    ReplyDelete
  18. Congratulations Aakar. I'm a fan of anyone who keeps up with the continuity of their blog without compromising its quality, and you are definitely one of them.

    Though, personally, I am not regular with writing or reading blogs, but I do periodically roam in handful of Nepali blog sites. If someone ask me to quickly name 5 Nepali blogger, I think your's will definitely come up :) Hmmmm....does it have to do with your name staring with an "A"? Just kidding :D

    Keep up the good work, and keep expanding your niche.

    All the best,

    Prajwol

    ReplyDelete
  19. धेरै धेरै बधाई छ आकारजी, नेपालको ब्लग जगतमा तपाइको यो प्रयास एकदमै सराहनिय छ, अझै प्रगति गर्दै जानुहोस........................

    ReplyDelete
  20. ‘आकारपोष्ट’ ३ वर्ष पार गरेर चौथो वर्षमा प्रवेश गरेकोमा बधाई तथा निरन्तर्ताको लागि शुभकामना !
    फुर्सद भएको बेलामा एक पटक aakarpost ctrl enter न गरिकन चित्तई बुझदैन र शनिबारको दिन आकारपोष्ट www.aakarpost.com मा पुराना पोस्टहरु, http://dacharya.blogspot.com दिलिप दाइका लघु कथा तथा लेखहरु, http://ametya.blogspot.com/अमित भाईका कविताहरु, www.deependrajha.com दिपेन्द्र दाइका लेखहरु, अशेश र प्रबेश भाईहरुको www.gufgaf.com गफगाफ, तथा http://www.basantagautam.com वसन्त दाइको आगनमा रुमलिदा समय बितेको थाहै हुँदैन।

    ReplyDelete
  21. ३ बर्ष पुरा गरेर निरन्तर अगाडी बडीरहेको आकारपोस्ट लाई यसरी नै भबिस्यमा पनि हेरीरहन पाऊ अनि सबै कुरामा दिलिप जी संग सहमत् छु!प्रगतिको लागि शुभकामान मेरो पनि सङ्गम

    ReplyDelete
  22. चौथो बर्षको प्रबेशमा लागेको रहेछ यहा तथा यहाको ब्लग दुबैलाइ धेरै धेरै बधाइ तथा शुभकामना । उपयोगि र सजिलो ब्लगको एउटा उत्तम नमुना हो तपाइको ब्लग । यहाको लेखाइले निरन्तरता पाइरहुन यहाको आउने दिनहरु पनि शुभ शुभ रहुन ।

    ReplyDelete
  23. उमेरमा भाई रहेछौ तर काम भने बाउको बिहे जस्तो गरेको छौ ! मैले पनि ब्लग बनाऊ भन्ने सोचेर सुरु गरे तर निरन्तरता दिन सकेको छैन ! धेरै धेरै सुभकामना छ है !
    http://gharaagan.blogspot.com

    ReplyDelete
  24. ब्लगको तिन वर्ष यात्रा पुरा गर्नु भएकोमा धेरै धेरै बधाइ । आगामी यात्राको लागी शुभकामना ।

    ReplyDelete
  25. Congratulating for completing Three years.

    Happy Birthday to Aakar Post.

    May the journey of feelings keep going on without any hiccups and hinderance .................All best.

    :)

    ~ J

    ReplyDelete
  26. आकार सर ३ वर्षे उपलब्धिका लागि हार्दिक बधाई , साथै भबिश्यको ब्लगीङ को लागी धेरै धेरै शुभकामना

    ReplyDelete
  27. Congratulations! I do read your blog and it's good that you reached a milestone. keep it up.

    ReplyDelete
  28. Congratulation Aakar Bro for ur successful journey. May u and ur blog always bring readable informative articles in coming years too. And thanks for all the links u kept in this article. I came to knew many more blog info including mine ;).

    Keep Blogging!

    ReplyDelete
  29. Dear aakar,
    first of all congratulations:) for completing 3rd yr of bloggin
    i've been readin ur blogs for a while now but neva made a comment as i really wanted to write it in nepali font( my bad tht i havnt learned it yet) thankx to ur link above tht i hope to learn it soon...

    ReplyDelete
  30. Congratulation !
    And hope you will finish your BE with a bang!
    Good luck and keep it up.

    ReplyDelete
  31. आकारजीलाई हार्दिक बधाई तथा शुभकामना!! अगाडिको यात्रा अझ उत्साहप्रद रहोस्!!

    ReplyDelete
  32. सफलताको लागी बधाई तथा आगामी दिनको लागी शुभकामना !

    ReplyDelete
  33. आकारजी हजुरको तीन वर्षको ब्लग्मण्डलमा यात्रा रमाइलो भएको रहेछ। आगामी दिनहरुमा अझै रमाइलो रमाइलो लेखहरु पढ्न पाइयोस्, सुन्न पाइयोस्। मेरो शुभकामना। जय ब्लगिङ!!

    ReplyDelete
  34. Thank you everyone. @Kamaladi..its double A...haha

    ReplyDelete
  35. Congratulations Aaakar..!! :)

    ReplyDelete
  36. बधाई आकार जी, चौथो वर्ष प्रवेशको अवसरमा । अचेल अलि खुम्चिएको छु इन्टरनेट सञ्जालमा । त्यही भएर कमेन्ट लेख्‍नमा पनि ढिला भएँ ।

    ब्लग लेखनमा प्रवेश गरेको सन्दर्भ र नेपाली ब्लगहरूको केही नालीबेली खोतलिएको युो पोस्ट मेरो लागि पनि उपलब्धिमूलक रह्यो । मेरो ब्लग गाह्रो लाग्ने उल्लेख गर्नुभएको छ, यस्तो स्पस्ट प्रतिक्रिया पाएर खुसी लाग्यो । पहिले त झन् मेरो लेखन अप्ठेरो नै हो, बिस्तारै म सरलता ल्याइरहेछु लेखनमा । तर मेरो शैलीगत जटिलता भने केही रूपमा आइरहला, त्यसलाई नामेट पनि पार्न चाहान्न । तपाईँको ब्लगिङ फड्को लोभलाग्दो छ । कन्टेन्ट र प्रविधिगत चिल्लोपनलाई सँगै डोर्‍याउनुभएको छ । पोडकास्टको प्रस्तुति अर्को सराहनीय पाटो हो । ब्लग केही रूपमा 'मपाईँ'वादी भएको छ, त्यसले खुलापन लिँदै जाओस् । निकै शुभ कामना !

    ReplyDelete
  37. Congratulations, and keep up the good work!
    Also, thanks for mentioning me :)

    Cheers!

    ReplyDelete
  38. It seems I am following your blog since you started.
    Some years back when I knew Madan Mani Bro in relation with blogging, he also introduced me to your blog. Although Connection with the author still seems obscure, I have made a good relation with this blog. (shouldn't sound that weird)
    Congrats and Looking forward for more progress..

    ReplyDelete
  39. Congratulations, and keep up the good work!
    Also, thanks for mentioning me :)

    Cheers!

    ReplyDelete
  40. आकारजीलाई हार्दिक बधाई तथा शुभकामना!! अगाडिको यात्रा अझ उत्साहप्रद रहोस्!!

    ReplyDelete
  41. Congratulation Aakar Bro for ur successful journey. May u and ur blog always bring readable informative articles in coming years too. And thanks for all the links u kept in this article. I came to knew many more blog info including mine ;).

    Keep Blogging!

    ReplyDelete
  42. उमेरमा भाई रहेछौ तर काम भने बाउको बिहे जस्तो गरेको छौ ! मैले पनि ब्लग बनाऊ भन्ने सोचेर सुरु गरे तर निरन्तरता दिन सकेको छैन ! धेरै धेरै सुभकामना छ है !
    http://gharaagan.blogspot.com

    ReplyDelete
  43. चौथो बर्षको प्रबेशमा लागेको रहेछ यहा तथा यहाको ब्लग दुबैलाइ धेरै धेरै बधाइ तथा शुभकामना । उपयोगि र सजिलो ब्लगको एउटा उत्तम नमुना हो तपाइको ब्लग । यहाको लेखाइले निरन्तरता पाइरहुन यहाको आउने दिनहरु पनि शुभ शुभ रहुन ।

    ReplyDelete
  44. ३ बर्ष पुरा गरेर निरन्तर अगाडी बडीरहेको आकारपोस्ट लाई यसरी नै भबिस्यमा पनि हेरीरहन पाऊ अनि सबै कुरामा दिलिप जी संग सहमत् छु!प्रगतिको लागि शुभकामान मेरो पनि सङ्गम

    ReplyDelete
  45. ‘आकारपोष्ट’ ३ वर्ष पार गरेर चौथो वर्षमा प्रवेश गरेकोमा बधाई तथा निरन्तर्ताको लागि शुभकामना !
    फुर्सद भएको बेलामा एक पटक aakarpost ctrl enter न गरिकन चित्तई बुझदैन र शनिबारको दिन आकारपोष्ट www.aakarpost.com मा पुराना पोस्टहरु, http://dacharya.blogspot.com दिलिप दाइका लघु कथा तथा लेखहरु, http://ametya.blogspot.com/अमित भाईका कविताहरु, www.deependrajha.com दिपेन्द्र दाइका लेखहरु, अशेश र प्रबेश भाईहरुको www.gufgaf.com गफगाफ, तथा http://www.basantagautam.com वसन्त दाइको आगनमा रुमलिदा समय बितेको थाहै हुँदैन।

    ReplyDelete
  46. Congratulations Aakar. I'm a fan of anyone who keeps up with the continuity of their blog without compromising its quality, and you are definitely one of them.

    Though, personally, I am not regular with writing or reading blogs, but I do periodically roam in handful of Nepali blog sites. If someone ask me to quickly name 5 Nepali blogger, I think your's will definitely come up :) Hmmmm....does it have to do with your name staring with an "A"? Just kidding :D

    Keep up the good work, and keep expanding your niche.

    All the best,

    Prajwol

    ReplyDelete
  47. बधाई छ है आकार !!!! तीन वर्ष पुरा पुगेर चार वर्ष टेकेकोमा ब्लगले....
    मेरो ब्लग त तिमीबिना बन्दै बन्दैन थियो होला...
    गुरूको ब्लगले सफलता पाउँदा म पनि दङ्ग...

    ReplyDelete
  48. Anil Dai..Really Sabai blogger ko kahani same huncha ki kya ho?Maile pani sathi harulai blog banako chu vanera sunauda kati kamauna thalis vanchan..tara kaile pani kamaune hisab le blog banayeko haina..blog ta interest ho...Adsense ta blog ma secondary ho..primary banayera nai manche blogging lai polluted banaudai chan,..

    ReplyDelete
  49. Congratulation Aakar for your 3rd anniversary in Blogging.

    ReplyDelete
  50. Congratulation Aakar for your 3rd anniversary in Blogging.

    ReplyDelete
  51. कुरो भन्दा पनि तिमिले दिएको लिङ्क चाहि राम्रा छन्। जय ब्लगिङ

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अमेरिकी छलाङ्ग

अघिल्लो वर्षको जनवरीमा लेखिएको "एउटा फेक ट्विटर एकाउन्टको नाममा" ब्लग वर्षैभरि अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु ।

१.
म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"।

२.
एक जना सरकारी सुविध…

SLC Result 2067/2068 Published : Check SLC Result 2067

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year.Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls.Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division.As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan TimesWe have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year.D…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur.We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year.And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required).Download SLC Result 2066/2067 (2009-2010) :REGULAR:EXEMPTED:Distinction---------------First divisionFirst divisionSecond DivisionSecond DivisionThird DivisionThird DivisionWithheldWithheld Download SLC Result 2066:Regular .pdf | Exempted.pdfRegular.zip | Exempted.zipDisclaimer ! The record of the Office of the Controller of the examination will be official.

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Shruti Sambeg : Download तरुनी खेती

Listen to Full Episode of Taruni Kheti.

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5