पाइला [Story]

‘फेरि जे पायो त्यै’ मैले यही नै भनेँ । उ मरिमरि हाँस्यो । किन हाँसेको मैले सोधेँ । उसको जवाफ ‘ फेरि जे पायो त्यै रे’, हा हा हा, त्यो त ‘पल्पसा क्याफे’ को डाइलग हो” । “हो त” मैले भनेँ, मैले त्यही ‘पल्पसा क्याफे’ पढेपछि नै ‘जे पायो त्यै’ भन्न सिक्या त हुँ तर म त्यसरी भन्दिन, अलिकति फरक छ के मेरो भन्ने स्टाइल” । उ फेरि हाँस्यो र भन्यो, “देखियो त्यो पनि” ! ‘अनि के त’ मैले भनेँ, “केही हैन” उसले भन्यो ।

आज पनि जानु मात्र पर्यो । खै यस्तै पाराले हो भने, पत्रकार बनिएला जस्तो छैन । उसबेला पत्रकारिता पढ्ने भनेर पढियो, अब अहिले जागिर को त कुरै छाडौँ, इन्टर्न गर्न पनि कति गाह्रो ! मलाई हिजोआज त कहिलेकाँहि रिस पनि उठ्छ ।  जे पायो त्यै हुँदा त ! हिजो पनि त्यत्रो धाएर गएँ, सरलाई भेट्न तर खै भेट नै भएन । यस्तै सोच्दै आज पनि म दिउँसो त्यही प्रकाशन गृह तिर हानिएको थिँए ।

जेठ महिना को चर्को घाम, त्यसमाथि गाडि पनि त्यस्तै भिड छ । त्यो सानो सेतो माइक्रो मा पनि मान्छेलाई पछाडि सर्नुस भन्दै उभ्याउँछ । गर्मी त्यतिकै चर्को छ, अनि मान्छे को भिड, सम्झिँदा पनि चढ्न मनलाग्दैन माइक्रो तर के गर्नु चढ्नै पर्छ ।

अझ त्यो निलो माइक्रोलाई त माइक्रो पनि भन्दैनन् साथिहरु, सबै जना नै ‘निलो डिब्बा’ भन्छन् । हुन पनि डिब्बा जस्तै पो छ, तर त्यसमा पनि मान्छे उस्तै कोच्छन् । यो माइक्रो का डाइभरहरु नि कति निहुँ खोज्छन् भने, चढाउने बेला चाँहि जहाँ पायो त्यहीँ रोक्छन्, झर्ने बेला चाँहि भनेको ठाउँ मा कहिले रोक्दैनन् । आज पनि त्याँ पर पुलदेखि हिँडेर जानुपर्यो ।

म प्रकाशन गृह को कार्यालय भित्र छिर्छु, आफूलाई पत्रकार भए झैँ भान हुन्छ, मन ढक्क फुल्छ । जानकारी पाएँ सर आउनुभएको रहेनछ । म रिसेप्सन मा गएर बसेँ । म कहिले घडि हेर्छु त कहिले मोबाइल । मोबाइल को ओपेरा ब्राउजर खोलेर एकछिन फेसबुक मा झुन्डिन्छु, एउटा ले गज्जब को स्टाटस लेखेको रहेछ, लाइक गर्दिन्छु, मन मनै हाँसो पनि उठ्छ ।

खै, अझै सर आइपुग्नुभएन । लौ, मान्छे नै नदेखेको जसरी के हेर्या हो ? सबैले मलाई ट्वाल्ल परेर हेर्न थालेपछि, मलाई दिक्क लाग्छ र म उठेर बाहिर आउँछु । बाहिर आएर बसेपछि थाहा पाउँछु, सर त आएर पनि फर्किसक्नुभएछ । मलाई साह्रै रिस उठेर आउँछ । तर रिसाएर पनि के नै गर्नुछ’र ?  अब सरले बिर्सिनुभयो होला भन्ने सोचेर फोन गर्छु । म सोध्छु, सर कहाँ ? उतबाट सर को जवाफ आउँछ, ‘म त फर्किसकेँ त’ । पत्रिका कै सम्पादकलाई बरु भेट्न सजिलो हुन्थ्यो होला तर त्यो सरलाई त भेट्नै गाह्रो ।

“भेट त भएन सरसँग, त्यही नि भोलि को लागि केही ‘इस्यु’ दिनुन सर” म आग्रह गर्छु । सर हाँसेर भन्नुहुन्छ, ‘शिकार खेल्न जान लागेको मान्छेलाई, मैले बन्दुक र गोली दिनुपर्छ?” ।  म पनि के कम, भन्दिन्छु, “एक दुई चोटि बन्दुक र गोली दिनु न, त्यसपछि त आफैँ बन्दुक मा गोली भरेर शिकार खेल्न जाउँला” । सर एकचोटी मज्जै ले हाँस्नु भो, सायद मोटरसाइकल चलाइरहनु भएको थियो भने, हर्न चाँहिदैन थियो होला। मेरो कुरा सरलाई साह्रै घत लागेछ, भन्नुभो, “तिमी सँग नसकिने रहेछ कल्पना” अनि केही इस्यु भन्दिनुभयो । इस्यु पाएपछि अब रिपोर्टिङ गर्नुपर्यो । म पब्लिकेशन हाउस बाट निस्किएँ, अघि को त्यही शिकारी र बन्दुक को कुरा मेरो दिमाग मा आयो, म आफैँ एक्लै हाँस्दै वानेश्वरतिर को बाटो नाप्न थाल्छु ।

क्रमश…

(कथा का अंशहरु क्रमैसँग केही समय को अन्तराल मा प्रकाशित गरिने छ !  फोटो : nidhiartgallery.com)

13 comments :

  1. wonderful story malai ta aafnai katha lekhdeko jastai lagyo

    ReplyDelete
  2. aba arko part kahile padhna paune aakar ji??? we'll be waiting.....
    drishya

    ReplyDelete
  3. Thanks !
    Next part will be published soon, Drishya ji
    :D

    ReplyDelete
  4. राम्रो छ है आकार जी.. अब बाकी अंशहरु कहिले पढ्न पाईने हो ?

    ReplyDelete
  5. soooooo sweet story....bichara intern haru lai kasto hunchha hai??? thanks for such a nice story

    ReplyDelete
  6. मेरो दिमागमा त त्यहि रवि नै झुन्डिरहेको छ !!! रविलाई मात दिन अझै सकेको छैन यो स्टोरी ले , तर लामो कथा को यो नयाँ प्रयास भने सराहनीय छ !!!

    ReplyDelete
  7. सुरुवात आकर्षक छ । नव पत्रकारको मनोविश्लेषण आगामी अंशहरुमा अझै रोचक हुने अनुमान गरेको छु मैले ।

    ReplyDelete
  8. Indeed the story is very very nice to read. The story portrays the exact feeling of the students who pass the Journalism course. I too felt that you are writing my story. This story incorporates own personal experiences when I just entered the field of Journalism. Very realistic touch.

    ReplyDelete
  9. akar ji tapai ka rachana haru sadhai nai pravshali hunchhan
    yo katha euta sasakta udarahan ho..mero shubhakamana ....

    dikshya

    ReplyDelete
  10. AnuragFromDhulikhelJuly 15, 2010 at 2:00 AM

    कथा साह्रै 'pessimistic' भयो कम्रेड...-which negatively colours the perception of life. अर्को भाग मा 'optimistic' तिर जाने कि ?

    ReplyDelete
  11. akar ji tapai ka rachana haru sadhai nai pravshali hunchhan
    yo katha euta sasakta udarahan ho..mero shubhakamana ....

    dikshya

    ReplyDelete
  12. Indeed the story is very very nice to read. The story portrays the exact feeling of the students who pass the Journalism course. I too felt that you are writing my story. This story incorporates own personal experiences when I just entered the field of Journalism. Very realistic touch.

    ReplyDelete
  13. soooooo sweet story....bichara intern haru lai kasto hunchha hai??? thanks for such a nice story

    ReplyDelete