झरना बज्राचार्य ले थालिन ब्लग [Press Release]

नेपाली नायिका तथा पूर्व मिस नेपाल, झरना बज्राचार्य ले ब्लग जगत मा आफ्नो कदम बढाएकी छिन् । झरना को ब्लगका बारेमा, हामीलाई  ईमेल मा प्रेस विज्ञप्ति प्राप्त भएको छ । झरनालाई बधाइ तथा शुभकामना !

प्रेस विज्ञप्ति

साउन ९, हिरोइन झरना बज्राचार्यले ब्लग थालेकी छन् । झरनाबज्राचार्य डटकम ठेगाना भएको वेवसाइट मा पाठक ले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन् ।  धेरै को अनुमान विपरित पूर्व मिस नेपालले ब्लग मा आध्यात्मलाई जोड दिने बताएकी छन् ।

ब्लग मा ‘लिभिङ’ र ‘स्पिरिट’ गरि दुई भागमा छन् । ‘लिभिङ’ मा झरनाको आजसम्म को जिवन यात्रा र फिल्मी करिअर  बारे उल्लेख छ । ‘स्पिरिट’ को भागमा उनका लेख पाठक ले पढ्न पाउनेछन् । ‘मलाई थाहा , धेरै मान्छे सोचभित्र आफूभित्र गुमाइरहेका हुन्छन्’ वाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन् –“धेरै समस्याका मुख्य स्रोत मान्छे कै नकरात्मक स्रोत हुन्” ।

२८ वटा नेपाली फिल्म र बलिउडको लभ इन नेपालमा अभिनय गरेकी झरनाले विपश्यना ध्यानका बारेमा ब्लग लेख्ने बताएकी छन् । फिल्मी क्षेत्रमा काम गरेपनि ६ वर्षदेखि उनी विपश्यना ध्यान गर्दै आएकी छन् । ‘फिल्म र ग्लामर बारे केही नै लेख्दिन भन्ने पनि हैन’, प्रदर्शन को पर्खाइमा रहेको ‘कोही मेरो’ चलचित्रकी हिरोइनले भनिन् - ‘आफू जुन अवस्थामा पुग्छु त्यही लेख्छु त्यो ध्यान होस् या फिल्म ।’ बलिउडमा आमिर खान र अमिताभ बच्चन जस्ता स्टारहरु ले ब्लग थाले पनि नेपालमा कलाकारले ब्लग आरम्भ गरेको पहिलो पटक हो ।

झरनाको ब्लग को डिजाइन व्यवसायिक वेव डिजाइनर निर्मल ज्ञावाली ले गरेका हुन् । ‘साइट को डिजाइन सामान्य छ र यो झरनाको रोजाइ हो’ निर्मल ले भने । उनले भने, ‘यसमा जुम्ला प्लेटफार्मको प्रयोग गरिएको छ । यो एउटा बहुप्रचलित कन्टेन्ट म्यानेजमेन्ट सिस्टन हो ।’

1 comment :

  1. Nice!!

    Writing is not hard, writing meaningful is hard. Lets wish her all the best!

    ReplyDelete