केयु का विद्यार्थी व्दारा दुर्गम डाँडापारी मा वायरलेस इन्टरनेट

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गत इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स अध्ययनरत दिपेन्द्र मण्डल, सुरेश जोशी र कृस्टिना थापाको को सक्रियता मा काभ्रेको दुर्गम डाँडापारी गाउँमा टेलिसेन्टर कोwireless स्थापना गरिएकोछ ।

म्याग्सेसे पुरस्कार विजेता महावीर पुनको संस्था इ-नेटवर्किङ रिसर्च एन्ड डेभेलप्मेन्ट को प्रत्यक्ष सहभागिता मा मा, नेपाल दूर सञ्चार प्राधिकरण सँगै काठमाडौं विश्वविद्यालय र गाविसले विद्यार्थीहरुलाई सघाएको थियो । डाँडापारी, काभ्रे को तालढुंगा मा टेलिसेन्टर को स्थापना गरिएको हो ।

अन्तिम वर्ष को प्रोजेक्ट स्वरुप, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स का विद्यार्थीहरुले करिब ६ लाख ६६ हजार को लागत मा टेलिसेन्टर को स्थापना गरेका हुन् । टेलिसेन्टर को स्थापना सँगै दुर्गम गाउँमा इन्टरनेट सुविधा पुगेको छ भने, स्थानियलाई अब फोन गर्न कै लागि कोशौँ टाढा धाउनुपर्ने बाध्यता टरेको छ ।

डाँडापारी मा टेलिसेन्टर को स्थापनार्थ काठमाडौँ विश्वविद्यालयले चार थान पेन्टियम थ्री कम्प्युटर, कम्प्युटर इन्जिनियरिङका विद्यार्थी विनोद अधिकारीले एक थान कम्प्युटर र नेपाल वायरलेस प्रोजेक्टले रेडियो यन्त्र उपलब्ध गराएका थिए ।

टेलिसेन्टर मा वायरलेसमार्फत् इमेल/इन्टरनेट सेवा सञ्चालन गरिएको छ भने, विद्यार्थीलाई सूचना प्रविधिको पहुँचमा ल्याउन जनविकास उच्च माध्यमिक विद्यालयमा पनि एउटा पेन्टियम- थ्री कम्प्युटरबाट इमेल/इन्टरनेट सेवा सञ्चालन गरिएको छ।

6 comments :

  1. Wow...the work is really praiseworthy....Student's endeavor must be awarded...

    ReplyDelete
  2. saathi le ramro kam gareko dekhera khushi... hats off to u DIPENDRA JEE

    ReplyDelete
  3. प्रसंशा योग्य - काम !

    ReplyDelete
  4. प्रसंशा योग्य - काम !

    ReplyDelete
  5. Wow...the work is really praiseworthy....Student's endeavor must be awarded...

    ReplyDelete