Download : IT Express Magazine [Friday Tech + Magazine]

काठमाडौँ विश्वविद्यालय मा अध्ययनरत कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्षका विद्यार्थीहरुले काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) को वार्षिक कार्यक्रम अनुसार, सन् २०१० को लागि IT Express नामक वार्षिक म्यागजिन केहि दिन अघि सार्वजनिक गरेका छन् ।

itexpressविगत का वर्षहरु मा केयुसिसी एक्सप्रेस को नाम मा निस्कने गरेको म्यागजिन को, यसपटक देखि नाम परिवर्तन गरेर आइटि एक्सप्रेस राखिएको छ । पब्लिकेशन टिम का अनुसार, यो पहिलो राष्ट्रिय स्तर को म्यागजिन हो । ४४ पृष्ठ रहेको म्यागजिन का सबै पेजहरु ‘कलर’ मा रहेका छन् ।

“संस्कृत”लाई आवरण लेख बनाइएको म्यागजिन मा NITC का निर्देशक अनुप बास्कोटा देखि म्यागसेसे विजेता महाविर पुन सम्म का अन्तरवार्ता समेटिएको छ । साथै, अन्य विविध उपयोगी र जानकारी मुलक टेक्नोलोजी सम्बद्ध लेखहरु समावेश गरिएको छ ।

छापिएको म्यागजिन को प्रति सबैलाई सबैठाउँ मा उपलब्ध गराउन असम्भव नै छ तर पनि हामी ले यहाँहरु को लागि प्रिन्ट म्यागजिन को ‘डिजिटल’ प्रति डाउनलोड को लागि उपलब्ध गराएका छौँ । यहाँहरुलाई पनि टेक्नोलोजी मा रुचि छ र टेक जगत मा नयाँ कुराहरु के कस्ता भइरहेकाछन् भन्ने उत्सुकता लाग्छ भने, तल को डाउनलोड लिंक बाट, म्यागजिन डाउनलोड गर्न सक्नुहुनेछ ।

Download: IT Express Magazine (via Kathmandu University Computer Club)

tbl

0 प्रतिक्रिया :

Post a Comment