डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो ।

मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा गर्दैछु, जुन आफैँ ले पनि भोगेर आइसकिएको छ ।

सर्लाही को समथर भूमी मा धुलो मा खेल्दै हुर्किएको म, धेरै ठूलो भएपछि मात्र काठमाडौँ छिरेको हुँ । सानो छँदा स्कुल जाँदा सँधै, कुटाइ पो खाइने हो कि भन्ने डर लाग्थ्यो । आंमा-बाबा ले नचिनेको मान्छे ले दिएको खानेकुरा नखानु भन्नुहुन्थ्यो, अत: उहाँहरु का साथी ले कुनै चक्लेट दिए भने पनि, म एकपटक बाबा-आंमा को अनुहार मा पुलुक्क हेर्थेँ, अनि ईशारा पाएपछि, खान्थेँ । सायद नचिनेको मान्छे ले दिएको खानेकुरा खाँदा, आफूलाई गायब बनाइने हो कि भन्ने डर लाग्थ्यो होला ! अनि केही कुरा बिगार्दा, झापु खाइने हो कि भन्ने पनि डर लाग्थ्यो । एकपटक भैँसी चराउन जाँदा, हामी खेल्ने धून मा मस्त हुँदा, खेत बाट नै भैँसी हरायो । साँच्चै, त्यो दिन को डर आजसम्म पनि बिर्सिएका छैनौँ, हामी ३ दाजुभाइले !

अझ कोही कोही काठमाडौँ आएर, फर्किन्थे । काठमाडौँ आएपछि, पशुपति दर्शन नगरी बिरलै मान्छेहरु घर फर्कन्छन् होला ! उनीहरु पनि जो जो काठमाडौँ आउँथे, फर्केर गएपछि कथा सुनाउँथे काठमाडौँ को । आफूलाई चाँहि कस्ता होलान, काठमाडौँ का मान्छे, कस्तो होला काठमाडौँ भने जस्तो लाग्थ्यो । तर जब उनीहरु कली को कुरा सुरु गर्थे, मेरो सातोपुत्लो उड्थ्यो । काठमाडौँ बाट फर्केर जानेहरु भन्थे 'कलि त निकै माथि पो आइसकेछ, अब धेरै छैन, चाँडै पैताला नै देखिन्छ कलि को' । मला‌ई निकै डर लाग्थ्यो, अब मरिने भइयो भनेर ! उनीहरु यसरी कुरा गर्थे कि मानौँ पशुपति को त्यो विरुपाक्ष को मुर्ति सजिव हो र, हलक्क निस्केर माथि आउनेछ, सबैले त्यो सबैमाथि निस्केपछि, कलि को अन्त्य हुन्छ, विश्व ध्वस्त हुन्छ भन्थे ! बच्चा दिमाग होला भन्ने सोच्थ्यो, अनि त्यही कुरा ले निकै दिनसम्म डर लगाइरहन्थ्यो, सताइरहन्थ्यो ।

विक्रम सम्वत २०५० साल को त्यो भिषण बाढि बाट पनि बचियो । बाबा-आमा लाई के होला भन्ने डर लागिरहेथ्यो, हामी बच्चलाई के थियो र, वरिपरि पानी देखेर मख्ख थियौँ । घर को माथिल्लो तल्ला बाटै पानी बगेको थियो । डर पनि अवस्था अनुसार हुने रहेछ, त्यत्रो बाढि आइरहेछ, तर आफूलाई कुनै डर लागेको थिएन, त्यति धेरै पानी देखेर हामी रमाइरहेका थियौँ । मान्छेहरु का खाट घर, गाइभैँसी लत्ताकपडा, सबैकुरा बग्दै आइरहेका थिए, म निकै उत्साहित भएर हेरिरहेथेँ । खै, थाहा छैन त्यसबेला किन डर को आभाष नै भएन । राती देखि आएको बाढि अर्को दिन दिउँसो मात्र रोकियो, त्यही बाढि को डर ले बाबा-आमा ले बसाँइ सर्ने कुरा गर्नुभयो, तर त्यसको सात वर्षपछि मात्र बसाइ सरियो । स्कुल पनि ३-४ वटै चेन्ज गरियो । अनि प्रत्येक स्कुल मा पहिलो पटक जाँदा निकै डर लागेथ्यो ।

स्कुल पढ्न सुरु गरेपछि, स्कुल मा सँधै एउटा पुड्के पुड्के सर को डर लागिरहन्थ्यो । मलाई लाग्थ्यो, स्कुल मा किन त्यस्तो सर हुन्छन्, नभए नि हुने नि ! त्यस्तो सर नभए स्कुल कति रमाइलो होला भन्ने लाग्थ्यो । न त्यो सरले मलाई कहिले कुट्नुभयो, न कराउनु नै भयो, तर मन मा भने सँधै डर रहन्थ्यो त्यही सर को ।

बेलाबेला मा सन्तोषी माता त कहिले गणेश, कहिले भोलेबाबा का नाउँ मा पर्चा छरिएको हुन्थ्यो । जहाँ लेखिएको हुन्थ्यो, यो पर्चा को नक्कल गरेर अरुला‌ई दिएमा राम्रो हुन्छ अन्यथा हानी हुनेछ। त्यहाँ लामो कथा लेखीएको हुन्थ्यो, यसले गरेन र त्यो मर्यो, त्यसलाई त्यस्तो भयो, उसलाई यस्तो भयो । पहिलोपटक साथि बाट यस्तो पर्चा पाउँदा मलाई हप्तादिन सम्म डर लागेथ्यो । खै, साथि ले कहाँ बाट प्रिन्टेड पर्चा ल्याएर बाँड्यो, जसमा उर्दी सरह त्यस्तै पर्चा बनाएर बाँडे मात्र कल्याण हुनेछ भनेर लेखिएको थियो, यदि यसलाई वेवास्ता गरिए ठूलो दुष्परिणाम भोग्नुपर्ने कुरा पनि लेखिएको हुन्थ्यो । जति नै डर लागे पनि, पर्चा कसैलाई दिइएन, तर आफूले पाएको पर्चा धेरै ठूलो हुँदा सम्म मैले लुकाएर जतनसाथ राखेको थिँए , अनि जब यस्तो पर्चाहरु को डर लाग्न छोड्यो, मैले ती सबैलाई मिल्काइदिँए।

यस्ता पर्चाहरु त अहिले पनि पाइरहेको हुन्छु तर कुनै वास्ता लाग्दैन, यसो हेर्यो, ए ! यस्तो लेखेछ फेरि यसले भन्यो अनि फालिदियो । तर अहिले पनि अधिकांश मान्छेहरु यस्तै पर्चा को पछि लागिरहेका भेटिन्छन् । जो कोही ले पनि यस्तो कुरा गर्छ भने, मेरो तर्क हुन्छ " भगवान छ भने, उसले सबैको भलो नै गर्छ, पर्चा छापेर उसको गुणगान गाउनेला‌ई राम्रो र पर्चा नछाप्नेलाई कारवाही त पक्कै गर्दैन, यदि कारवाही गर्छ भने त्यो त राक्षस को कोटी मा गइहाल्यो" । तर पनि, बालमष्तिष्क मा यस किसिम को डर बसेपछि हट्न साह्रै मुस्किल हुन्छ ।

२०१२ नामक चलचित्र बनेपछि, फेरि एकपटक सबैको मन मा डर ले डेरा जमायो, सन् २०१२ मा संसार को अन्त्य हुन्छ भन्दै । चलचित्र प्रदर्शन को ताका त जो पनि यही कुरा गरिरहेकै भेटिन्थे, मानौँ कि २०१२ मा संसार को अन्त्य हुने नै छ जसरी ! ईन्टरनेट मा पनि यो कुरा को व्यापक प्रचार गरिएको छ, साथै समाधान को उपाय पनि लेखिएको छ । अनि डर ले जो पनि २०१२ मा कसरी बाँच्ने भन्ने कुरा बुझ्न जान्छ भने त्यसलाई उक्त साइटहरुले Credit Card नम्बर मागिरहेको हुन्छ । यो त प्रस्टै छ नि, यसकै निहुँ मा कति ले ठगिगरिरहेका छन् भने हजारौँ हजार मान्छेहरु यस्तो हल्ला कै कारण डरैडर मा बाँचिरहेकाछन् । यही २०१२ को कुरा गर्दा याद आयो, सायद ५१-५२ साल तिर हुनुपर्छ, त्यतिखेर पनि पृथ्वी ध्वस्त हुने हल्ला चलेको थियो, अनि वर्षदिन अगाडि मात्रै पनि त्रिशुल बाबा को भविष्यवाणी ले धेरै नेपाली को मन मा डर ल्याइदिएको थियो ।

हिजो पनि एउटा साथि ले इन्टरनेट को एउटा लिंक ट्विट गरेर मेरो ट्वीटर मा हुत्याएछ । साइट को नाउँ 12:38AM रहेछ, जहाँ एउटा फोटो छ अनि फोटोमा एउटा केटा खाटमा सुतिरहेको थियो, भने त्यही खाट को तल एउटी केटी जस्ति देखिने आकृति थियो । अनि फोटो को तल लेखिएको छ, यसलाई श्राप परेको छ । अनि त्यहाँ फोटो को बारेमा एउटा कथा थियो, यस्तो यस्तो भयो भनेर । अनि चेतावनी सहित, अन्यलाई यो लिंख फरवार्ड गर्नु अन्यथा नराम्रो हुने चेतावनी थियो, मैले त्यो लिंक मा भएका सबै कुराहरु सरसर्ति पढेँ, अनि मलाई पहिले का यस्ता 'डर' लाग्ने कुराहरु याद आए । लेख्न बसेँ, 'डर' को आफ्नो अनुभव तयार भयो । 'नबिराउनु, नडराउनु' भन्ने त उखानै छ, विनाकाम मा नचाहिने डर किन लिएर बस्नु हैन र ? आफ्नो विराम नभएसम्म डराउनु पर्ने कुनै कुरै छैन !

12 comments :

  1. साथी, त्यस्ता पर्चाहरु त्यत्तिकै फाल्ने नगर। यस्तो गर्नाले धेरै नराम्रो हुन्छ भन्ने सुनेको छु र मलाई विश्वास पनि लाग्छ। त्यसैले मेरो सल्लाह मान, अबेदेखि त्यस्ता पर्चाहरु जथाभावी नफाल्नु है, फोहोर फाल्ने डस्ट बिन वा कन्टेनर मा मात्र फाल्नु है?

    ReplyDelete
  2. dheraiiiii ramro aakar....ho testo parcha hamro school ma ni aauthyo...badthe saaathiharule....malai school days yaad aayo thanks you sooooo much!!!!!!!!!!!!!!!

    ReplyDelete
  3. testa dar haru le mastiska ko dherai thau ogate- balla bujhidaicha yesta dar paida garne bhramak kura haruka barema, anyways good job- thankyou for sharing your experiences!

    ReplyDelete
  4. sachai bhanne ho bhane yesto darr le kasai kasai laai, ekohoro ni banai din6,ramrolagyo dada yo lekh..

    ReplyDelete
  5. nikai ghat lagdo prastuti
    hardik badhai

    ReplyDelete
  6. I used to feel the same while I was small....and reading this...I remembered a story titled Fear...Fear is such thing that is somewhere unknown..

    Similarly, I sometimes fear the same kind of mails...smses...and pamphlets....They still terrorize me sometime.. :)

    ReplyDelete
  7. विचार प्रधान र रोचक लेख !।

    साँच्चै डर को गुण र परिमाण फरक फरक हुन्छन् । एउटै कुराले पनि कहिले डर लाग्ने, कहिले हाँसो लाग्ने समेत भएको अनुभव पनि भएको छ १-२ पटक ।

    तर एउटा कुरा है, 'नबिराउनु, नडराउनु' भन्ने त उखान भएपनि प्राय:जसो नबिराउनेहरुनै सबैभन्दा डराउनेमा पर्छन जस्तोलाग्छ मलाई... भन्न खोजेको के भने डराउनलाई बिराउन पर्दैन ।

    यो पोस्टको शीर्षक 'डर एक अनुभव अनेक' अझ बढी सान्दर्भिक होला जस्तो लग्यो है :)

    ReplyDelete
  8. very nice malai pani mero childhood ko scary teachers + aru darr lagney kura haru yaad aayo

    ReplyDelete
  9. विचार प्रधान र रोचक लेख !।

    साँच्चै डर को गुण र परिमाण फरक फरक हुन्छन् । एउटै कुराले पनि कहिले डर लाग्ने, कहिले हाँसो लाग्ने समेत भएको अनुभव पनि भएको छ १-२ पटक ।

    तर एउटा कुरा है, 'नबिराउनु, नडराउनु' भन्ने त उखान भएपनि प्राय:जसो नबिराउनेहरुनै सबैभन्दा डराउनेमा पर्छन जस्तोलाग्छ मलाई... भन्न खोजेको के भने डराउनलाई बिराउन पर्दैन ।

    यो पोस्टको शीर्षक 'डर एक अनुभव अनेक' अझ बढी सान्दर्भिक होला जस्तो लग्यो है :)

    ReplyDelete
  10. nikai ghat lagdo prastuti
    hardik badhai

    ReplyDelete
  11. testa dar haru le mastiska ko dherai thau ogate- balla bujhidaicha yesta dar paida garne bhramak kura haruka barema, anyways good job- thankyou for sharing your experiences!

    ReplyDelete
  12. साथी, त्यस्ता पर्चाहरु त्यत्तिकै फाल्ने नगर। यस्तो गर्नाले धेरै नराम्रो हुन्छ भन्ने सुनेको छु र मलाई विश्वास पनि लाग्छ। त्यसैले मेरो सल्लाह मान, अबेदेखि त्यस्ता पर्चाहरु जथाभावी नफाल्नु है, फोहोर फाल्ने डस्ट बिन वा कन्टेनर मा मात्र फाल्नु है?

    ReplyDelete