हेराइ [Story]

उसलाई लाग्छ उ शिक्षित छ, उ रोजगार छ, उ सभ्य छ, उ युग सुहाउँदो छ, उ परिश्रमी छ, उ जेहेन्दार छ । उसको नजर मा अरु सबै जंगली छन्, असभ्य छन्, जसलाई शिष्टाचार को ‘श’ सम्म आउँदैन । उसको नजरमा, तिनीहरु असभ्य छन्, एउटा ‘धन्यवाद’ पनि फर्काउन जान्दैनन् । उसलाई चोट पुग्छ, उसको स्वाभिमान मा ठेस लागे झैँ हुन्छ, उसलाई ठूलो पहिरोले थिचे झैँ लाग्छ, आफ्नो घोर अपमान भए झैँ लाग्छ, उ सहजरुप मा भनिदिन्छ तिनीहरु असभ्य, जंगली र मतलबी छन् तर फेरी  उ भन्छ तिनीहरु मेरा बाबु आमा समान छन् ।

उ अरुबाट राम्रो व्यवहार को अपेक्षा राख्छ, उ आफ्नो कुरा सुनिदिउन भन्ने चाहन्छ, तर उ बिर्सन्छ, उसबाट पनि अरुले त्यस्तै व्यवहार को अपेक्षा राखेका हुन्छन् । उ बिर्सन्छ उसलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन भन्ने कुरा, अत: उ पनि अरुको नजर मा स्वार्थी र मतलबी हुन्छ । तर उ चाहन्छ, उसलाई सबैले राम्रो भनिदिउन, सबैले सहिदिउन, सबैले सुनिदिउन, सबैले वाह वाह मात्र भनुन् । उसलाई उसको आलोचना गरेको मन पर्दैन, उसलाई नमिठो रुच्दैन, उसलाई वाहनावाजी मा कसैले भेट्दैन, उसलाई नराम्रो भनेको मन पर्दैन ।

उ आफ्नो स्वार्थ अनुसार मित्र बनाउँछ, आफ्नो अनुकुल प्रयोग गर्छ । तर उसलाई यो कुरा को महशुस हुँदैन, किनकी उसलाई लाग्छ उसका अघिपछि पच्छ्याउनेहरु धेरै छन् । उ आफूले युग हाँके झैँ गौरव को महशुस गर्छ । उ देखाउन कै लागि प्रेम गर्छ, उ आफ्नो कथा कसैलाई भन्दिन भन्छ तर फेरि सबैलाई सुनाउन चाहन्छ । उ प्रेम बाहेक केही देख्दैन, तर जति धोका खाएपनि उ चेत्दैन, किनकी उसको नजर ले सही र गलत देख्दैन । तर उ अरु को प्रयोग गर्न जान्दछ, दु:ख मा सहारा खोज्दछ, तर सुख मा पराइ ठान्दछ । उ आफू कहिले कुर्दैन, कुर्नु पर्यो भने उसलाई रिस उठ्छ, तर उ सँधै अरुलाई कुराउँछ, उ नेपाली टाइम भनेर सँधै नै टार्न खोज्छ ।

उ मलाई उसको कुरा बुझ्दैन भन्छ । उ भन्छ, उसले त मेरो कुरा बुझेको छ । मैले सोचेको भन्दा केयौँ गुणा सोचेको छ, उसले मेरो बारेमा उ भन्छ । उ मेरो अपमान गर्छ, आक्षेप लगाउँछ, सकेसम्म बाटो बाट हटोस भन्ने चाहन्छ किनकी उसले उसलाई बुझ्ने मान्छे भेटेँ भन्छ, तर हप्ता दिन पछि भन्छ, तलाई कसरी थाहा भयो, त्यो मान्छे त्यस्तो, उस्तो छ भनेर । मेरो जवाफ हुन्छ, मेरो र तिम्रो हेराइ फरक छ, बुझाइ फरक छ । उसलाई उदाहरण देखाउँछु तर उ मान्दैन, किनकी उसलाई मेरो विश्वास लाग्दैन । उ आफैँ समस्या को खाल्डो मा परेपछि भन्छ, बल्ल बुझेँ ।

उसको हेराइ मा, अरु झिंगे टाउके मान्छे झैँ लाग्छन् । उसलाई लाग्छ, उनीहरुलाई लवाइ र खुवाइ को त के कुरा राम्रो बोल्न पनि जान्दैनन् । उसलाई उ बाहेक अरु सबै स्वार्थी लाग्छ तर आफू मा स्वार्थीपन कति छ, कहिले जाँच्दैन, सायद उ अरु को आङ को जुम्रा पनि देख्छ तर आफ्नो आङ को भैँसी समेत देख्दैन । उ भन्छ मान्छे स्वाभावत नै स्वार्थी हुन्छ तर पनि स्वार्थी बन्दिन तर सायद थाहा नै नपाइ, अवसर पाउने वित्तिकै उ स्वार्थी बन्छ । उ केही नसोची लात हान्छ अरुलाई, उसको वाचा-सपथ त्यसै खेर जान्छ, किनकी उसले अब अरुलाई मान्छे गन्दैन । कुर्सी पाउनु अघि जसरी नेताहरु सहमति को कुरा गर्छन्, ठिक त्यसैगरी उ पनि राम्रो राम्रो कुरा गर्छ, तर जब उसलाई लाग्छ उ ठूलो भइसकेँ, उसले अरुलाई मान्छे गन्दैन ।उ आफूलाई समाजसेवी सम्झन्छ, उ आफूलाई समाज सुधारक सम्झन्छ, उ महिला हिंसा मा बढि केन्द्रित हुन्छ, किनकी महिला हिंसा को विरुद्ध गफ चुट्न सकिन्छ । उ आफूलाई एउटा सच्चा अधिकारकर्मी सम्झन्छ, दिनरात उ हिंसा न्युनिकरण र कानुनीउपचार को विषय मै केन्द्रित हुन्छ । उ घरमा पुग्दा उसको घरमा उसको आमा उसकै बाबु बाट पिटिन्छिन्, उ अर्को कुना मा बसेर टुलुटुलु हेरिरहन्छ । सके उसले पनि अरुलाई सताइरहेको हुन्छ । भोलि फेरि कुनै बन्दिगृह र सुधार गृह मा गएर महिला हिंसा विरुद्ध पाठ पढाउँछ, तर आफ्नो घर मा केही भन्न सक्दैन, केही गर्न सक्दैन उ लाचार हुन्छ । तर जसरी पनि उसको जिवन त चलिरहेकै हुन्छ । उसको त्यस्तो हालत मा पनि, म, तपाई केही भन्दैनौँ,किनकी त्यो उसको व्यक्तिगत मामला हुन्छ, अनि अरु ले जति नै जे भनेपनि आफ्ना आमाबाबु अति नै प्यारा हुन्छन् ।

उसले मेरो, तपाई को बारेमा पनि आफ्नै किसिम ले सोच्छ । उ मलाई मतलबी भन्छ, उ मलाई कुरौटे भन्छ, उ मलाई स्वार्थी भन्छ तर म आफूमा स्वार्थीपन देख्दैन । म उसलाई प्राथमिकता मा राख्छु तर उ मलाई विकल्प मा राख्छ । उ मलाई जे भन्दा नि हुन्छ भन्ने सोच्छ ।  उ तपाईलाई पनि वेवकुफ नै बनाउँछ । उ तपाईलाई मेरो विरुद्ध मा नाना कुरा सुनाउँछ । तपाईलाई त्यो कुरा एकदम जायज लाग्छ । म उसको बारेमा यति धेरैकुरा तपाईलाई भनिरहेको छु, तपाईलाई यो कुरा पनि एकदम जायज लाग्छ । तर तपाई छुट्याउन सक्नुहुन्न, वास्तविकता के हो ? को सही को गलत ? किनकी यी सबै कुराहरु तपाईको हेराइ मा नै निर्भर हुन्छन् ।

म उसको बारेमा के सोच्छु भन्ने कुरा ले उसलाई फरक पर्दैन, तपाइलाई फरक पर्दैन । उसले मेरो बारेमा के सोच्छ, तपाई ले मेरो बारेमा के सोच्नुहुन्छ भन्ने कुरा ले मलाई फरक पार्दैन । तपाई को बारेमा मैले सोचेको कुरा ले तपाईलाई फरक पर्दैन, किनकी हामी सबै आफ्ना ठाउँ मा ठिक हुन्छौँ । हामी आफ्नै बाटो मा छौँ । देशको राजनिती हेर्ने हो भने, माओवादी, कांग्रेस, एमाले, फोरम, सबै आ-आफ्ना हिसाब ले सबै ठिक छन् तर देखेको सुनेको बुझेको आधार ले, मलाई, उसलाई, तपाईलाई, हामीलाई ती कुनै पार्टि माथि भर लाग्दैन, किनकी उनीहरु माथि हामीहरु प्राय: को हेराइ बुझाइ एकै हुन्छ ।

तर तपाई ले जसरी बुझे पनि, म ‘म’ नै हुन्छु, उ ‘उ’ नै हुन्छ । तपाई मैले सत्य देखेको कुरालाई असत्य देख्नुहुन्छ, मेरो असत्यलाई चाँहि सत्य देख्नुहुन्छ, सायद म र तपाईको हेराइ मा आकाश पाताल को फरक हुन्छ । मेरो कुरा ले, तपाइ ले मप्रति सहानुभुति देखाउनुहोला, उसको कुरा ले उ प्रति नरम हुनुहोला । तर तपाई अझै अन्धकार मै रुमल्लिनुहुनेछ, तपाई सत्य को नजिक पुग्न सक्नुहुन्न, यो तपाई को हेराइ बाट सम्भव छैन ।

उ मलाई नै सम्झाउँछ । म कराउँदै रहेँ, हो मलाई तपाई को अब मतलब छैन, मलाई उसको मतलब छैन । मलाई केवल मेरो आफ्नो मा्त्र मतलब छ, अरु को बारेमा कसैले सोचिदिँदैन, कसैले तपाइ को बारेमा सोचेको छ भन्छ भने, कि त तपाई मुर्ख बन्दैहुनुहुन्छ या उ मुर्ख बन्दैछ । किनकी सबै कुरा त हेराइ मै रहेको हुन्छ । तपाई कसरी सोच्नुहुन्छ, तपाई कसरी प्रस्तुत हुनुहुन्छ भन्ने कुरा ले नै तपाई को परिचय देखाइरहेको हुन्छ । आफ्नो बारेमा अरुले हेराइ बनाउनुभन्दा आफ्नै बारेमा आफैँले गहिरिएर सोच्दा धेरै कुरा थाहा हुन्छ । बाहिर संसारलाई ढाँटेपनि, छक्याएपनि, बाहनावाजी गरेपनि, आफ्नो भित्र को ईश्वरलाई सबै थाहा हुन्छ,मात्र केही गहिरिएर सोच्नुपर्छ ।

सारा संसारलाई छक्याएपनि आफूले आफूलाई ढाँट्न साह्रै कठिन छ, लगभग आफूलाई ढाँट्न असम्भव नै छ । आफ्ना कमि कमजोरी, गुण अवगुण गहिरिएर हेर्ने हो भने सबै आफूलाई थाहा हुन्छ ।

उ मलाई सल्लाह दिँदै भन्छ, चिन्ता नगर, सबै कुरा हेराइ मा निर्भर गर्छ । उसले मलाई  प्रमाण स्वरुप केही देखाउँछ, म बाध्य हुन्छु, आफ्नो हेराइ मा परिवर्तन ल्याउन । तर मन अझै सशंकित नै हुन्छ, किनकी एकैछिन मा हेराइ मा परिवर्तन आउन साह्रै गाह्रो छ । म भन्दा उ धेरै सच्चा देखिन्छ, म नतमस्तक हुन्छु उसको म प्रति को हेराइ देखेर !  तर मलाई ठिक लाग्दैन उसको हेराइ, किनकी मैले मलाई चिनेको छु । मलाई थाहा छ, उसले कसरी प्रयोग गर्छ भन्ने कुरा, मैले भोगेर आइसकेको छु, अब सायद अर्को को पालो हो । उ अर्को शिकार को खोजीमा हुन्छ । 

म सोच्दै रहन्छु, ‘टुप्पा बाट पलाएकाहरु को संगत गर्नुहुँदैन रहेछ’ । अब को समय मा ‘बैगुनीलाई गुन ले मार्न सकिँदैन”, “हिरा काट्न हिरा” नै चाहिन्छ । म विश्वस्त हुन्छु, जब सम्म उसको हेराइ मा परिवर्तन आउँदैन, तब सम्म उसले मलाई बुझ्न सक्दैन । उसले बुझिरहनु आवश्यक पनि छैन, उसलाई मैले बुझाइरहनु आवश्यक पनि छैन किनकी नजाने गाउँ को बाटो नसोधेकै राम्रो !!!

img: kevinmillsphoto

15 comments :

  1. very nice depiction of human pschyology of this time ,

    amarendra kantha

    ReplyDelete
  2. मानवीय मनोविज्ञान केलाउनु भएको छ कथामा, आकारजीले । एउटै घटना वा दृश्यलाइ हेर्ने हजारौं दृष्टिकोण हुन् सक्छन, र हेराइ अनुरुप दृश्यको स्वरुपमा पृथकता आउन सक्छ, समानुपातिक र सन्तुलित हुनुपर्छ हाम्रो हेराइ, टाँसोले यस्तै संदेश पनि बोकेको छ ।

    ReplyDelete
  3. एउटा हत्केलामा पाच औला त बराबर हुदैन भने हामि त मान्छे /
    मान्छेको स्बभाब - सोच फरक हुनु स्वभाबिक नै हो . आफूलाई अरुको सोच मन नपरे पनि सम्मान चै गर्नु पर्छ उसको सोचको लागि ./
    तपाइको कथा सार्है नै मन पर्यो आकार जी ./ यस्तो भाबना हाम्रा मुलुक हाक्ने नेताहरुमा भैदियोस भनेर कामना गर्छु म / मुलुक हाक्ने नेताले सबैलाई अगाल्न
    सक्नु पर्छ / यो नेताको कर्म भित्र पर्छ /
    फेरी पनि धन्यबाद है गहन लेख / कथा लेख्नु भएकोमा .
    ( यस्तो कथा / लेख हामीले पनि दोहोर्याएर पढ्नु पर्छ बेला बेलामा :)
    किनकि हामि मान्छे हरु मा यस्तो बैगुन स्बभाब हुन्छ , यस्तो लेखले सकारात्मक
    सोच्न मद्दत गर्छ .
    फेरी पनि धन्यबाद है .

    ReplyDelete
  4. आकारको विर हस्पिटलमा मरणासन्न रहेको रवि पात्र बारे लेखिएको त्यो उत्कृष्ठ मौलिक रचनापछिको अर्को यो उत्कृष्ठ रचना ।

    मौलिक यस मानेमा कि स्वतस्फुर्त रुपमा भित्रीमनको अन्तरकुनाबाट दिमागी प्रश्रयलिई निस्किएका आकारका यि प्रत्येक शब्द न इन्टरनेट दुनियाँबाट कहि कतैबाट सापटि लिइएका हुन् न कसैको विचार विमर्शलाई पछ्याइएको भन्दै कपि नै गरिएका ।

    जे हुन् मात्र आकारका हुन् र एक गर्विलो शानका रुपमा !!!!

    ReplyDelete
  5. त्यो उ चाँही को हो नि ?

    ReplyDelete
  6. @supriya त्यो 'उ', तपाई, म, हामी जो पनि हुनसक्छौँ । आफ्नो भित्रि मनलाई राम्रो सँग सोध्नुहोस्, आफु कति को सच्चा हुनुहुन्छ केलाउनुस्, किनकी आफ्नो गुण-अवगुण आफ्नो भित्रि हृदयलाई थाहा हुन्छ !

    ReplyDelete
  7. आफ्नो गुण-अवगुण आफ्नो भित्रि हृदयलाई थाहा हुन्छ! दोॐजूको गुण पनी भीत्रि हृदयमा न जो छ। यो सब अर्को euta herai ta ho.

    ReplyDelete
  8. दोॐजू हेरह्यइ त हुन्छ ऋाखिराँ भनेर धुलीखेलाँ मैयाँहरुलाई जबरजस्ती करणी चै नगर्नु चै। यस्ता कुरा कथामा लेख्नुलाृय राम्रा हुनछद्द्न् जीवन vastabik hunchha.

    ReplyDelete
  9. Thank you all for your valuable words... @puskar, yes it depends on your thinking...and its real...

    ReplyDelete
  10. दोॐजू हेरह्यइ त हुन्छ ऋाखिराँ भनेर धुलीखेलाँ मैयाँहरुलाई जबरजस्ती करणी चै नगर्नु चै। यस्ता कुरा कथामा लेख्नुलाृय राम्रा हुनछद्द्न् जीवन vastabik hunchha.

    ReplyDelete
  11. त्यो उ चाँही को हो नि ?

    ReplyDelete
  12. एउटा हत्केलामा पाच औला त बराबर हुदैन भने हामि त मान्छे /
    मान्छेको स्बभाब - सोच फरक हुनु स्वभाबिक नै हो . आफूलाई अरुको सोच मन नपरे पनि सम्मान चै गर्नु पर्छ उसको सोचको लागि ./
    तपाइको कथा सार्है नै मन पर्यो आकार जी ./ यस्तो भाबना हाम्रा मुलुक हाक्ने नेताहरुमा भैदियोस भनेर कामना गर्छु म / मुलुक हाक्ने नेताले सबैलाई अगाल्न
    सक्नु पर्छ / यो नेताको कर्म भित्र पर्छ /
    फेरी पनि धन्यबाद है गहन लेख / कथा लेख्नु भएकोमा .
    ( यस्तो कथा / लेख हामीले पनि दोहोर्याएर पढ्नु पर्छ बेला बेलामा :)
    किनकि हामि मान्छे हरु मा यस्तो बैगुन स्बभाब हुन्छ , यस्तो लेखले सकारात्मक
    सोच्न मद्दत गर्छ .
    फेरी पनि धन्यबाद है .

    ReplyDelete