सिजन आन्दोलन को होइन, ऐंसेलु को पो रहेछ ! [Pictures]

देश ठप्प छ, माओवादी को कुबेला को आमहड्ताल को आन्दोलन बाट ! भन्नलाई त तेस्रो जनआन्दोलन भन्याछन्, नाम दिँदैमा आन्दोलन हुन्छ र ? यस्तै पारा ले हो भने त, बाचुँञ्जेल ३०-४० वटा आन्दोलन देखिन्छ होला ! नाम जनता को, काम चाँहि आफ्नो कुर्सी को लागि ! क्या गज्जप छ भने !

फेसबुक मा नि, खुब चल्या छ जुहारी आन्दोलन को ! स्टाटस मा आन्दोलन को बारेमा नलेख्ने नेपाली नै पो छैनन् है । एउटा गज्जप को स्टाटस नि भेट्या थिँए, यस्तो छ है:

हामी हाम्रो माग पुरा नभए सम्म एही सडकमा बस्छौ, एही खान्छौ र एही सुत्छौ भन्दै माओवादी उपाध्यक्ष बाबुराम भट्ट्राई भाषण गर्दै थिए l भाषण पछि उनी प्राडो चडी होटेल रेडिसन पुगे, उतै लन्च गरे, र सुत्न आफ्नै निवास पुगे विचरा कार्यकर्ता चर्को घाममा सडकमै बसे, दाल मोठ चिउरा खाए,अनि सुत्न आकाश छत भएको घर तिर लागेl अझै कति सोझा र अबुझ छ्न नेपाली जनता ! 

लौ हेर त, काम्रेड ले  सारा नेपाली जनतालाई त झूक्याए, झुक्याए आफ्ना कार्यकर्तालाई नि झुक्याएछन् । ह्या, कति यही आन्दोलन को कुरा गर्नु ! ठिकै छ उसोभए ऐंसेलु को कुरा गरौँ है त !

बन्द ले गर्दा क्लास ठप्प, सारो अल्छि भइएको छ । बिहान ९ बजे उठिन्छ राती २ बजे सुतिन्छ, वाह क्या बात छ मेरो ! कोठा बाहिर, लटरम्म ऐेंसेलु फलेर पहेँलपुर भएको छ, तर आफूलाई त्यति निस्केर जान पनि अल्छि लागेको छ, ऐंसेलु खान । झ्याल खोलेर हेर्छु, केटाकेटीहरु साँझ, बिहान, दिउँसो जतिबेला पनि झूम्मीरहेका हुन्छन्, ऐंसेलु को झाङ मा ! साह्रै अल्छि भइएको निष्कर्ष निकाल्दै मैले आज ऐसेलु खान जाने निधो गरेँ । अनि मज्जा ले खाएँ, ऐेसेलु कपाकप ! टिप्न साह्रै गाह्रो तर खान भने औधि मिठो । काँडा ले नि, अलि अलि कोर्याजस्तो गर्‍यो, मैले सहिँदिए एकैछिन त हो नि भनेर !  मेरा केही साथिले नि खूब काम पाएकाछन्, क्लास जानु पर्दैन । क्लास को सट्टा ऐंसेलु को झाङ वरिपरि नै घुमिरहन्छन् !

खान त म, एक्लै ले खाँए । तपाईहरु को लागि के गरौँ भन्ने एकछिन सोचेँ । निष्कर्ष निकालेँ, अब ऐंसेलु तपाईसँग पुर्याउन जाउँ भने, कसरी जाने यस्तो बन्द मा । त्यसैले अलिकति फोटो खिचेर राख्ने निधो गरेँ है ! ऐसेलु खाँदा लाग्दै थियो, यो मौसम त ऐंसेलु को परेछ, बरु ती सबै नेताहरु सबैलाई ऐंसेलु पो खुवाउनुपर्ने हो कि, तै बुद्धि फिरेर, आन्दोलन रोक्थे कि ?

ऐंसेलु

कोठाबाहिर को ऐंसेलु घारी, झ्यालबाट हेर्दा ! केही साना नानीहरु ऐसेलु टिपिरहेकाछन् ।

ऐंसेलु

ऐंसेलु पहेँलपुर भएर पाकेका, ऐंसेलु !

ऐंसेलु को बोट ऐंसेलु ऐंसेलु ऐंसेलु ऐंसेलुपहेँलपुर भएर पाकेका, ऐंसेलु !  ऐंसेलु टिप्दै  सानी नानी, ऐंसेलु टिप्दै । उनले त भाँडो नि ल्याएकी थिइन, सायद धेरै जम्मा पारेर खाने विचार मा थिइन् ।

3 comments :

  1. आन्दोलनको वाक्क दिक्क लाई ऐंसेलुमा भुलाउदै मिठा र सुन्दर तस्वीरको लागि धन्यवाद आकार जी ।

    ReplyDelete
  2. good writing, nice photos.thanks.
    ramesh

    ReplyDelete
  3. Yes, I think everyone should post something else instead of posting the news of आन्दोलन.

    I can not understand, why the focus has been shifted from the main duty of writing constitution for which they were "elected"?

    ReplyDelete