फेसबुक मा फस्टाउँदो ‘गाँजा’ खेति [Friday Tech]

यदि मैले, फेसबुक मा ‘गाँजा’ खेति फस्टाउँदैछ भन्दा सायद यहाँहरुलाई पत्याउन गाह्रो पर्ला तर यथार्थ यही हो Marijuanaकि, फेसबुक मा ‘गाँजा’ खेति फस्टाइरहेको छ ।

चाहे तपाई पत्याउनुस् या नपत्याउनुस तर ‘आर फ्लोएड’ नामक कम्पनी ले फेसबुक मै गाँजा (Marijuana) खेति गरिरहेको छ, र फेसबुक प्रयोगकर्ताहरुलाई पनि गाँजा खेति गर्न उक्साइरहेको छ ।

साँच्चै हो, अहिलेसम्म करिब ५ लाख फेसबुक प्रयोगकर्ताहरु निर्धक्क गाँजा खेति गरिरहेकाछन् । फार्मभिल्ला लगायत खेलहरु बाट प्रभावित भइ ‘आर फ्लोएड’ कम्पनी ले फेसबुक को लागि ‘पटफार्म’ भन्ने एप्लिकेशन बनाएको छ, जसमा गाँजा खेति गर्ने काम धमाधम भइरहेको छ ।

धेरै नसोच्नुहोस्, यो गाँजा खेति गर्न तपाईसँग जमिन चाहिँदैन, मात्र तपाईसँग इन्टरनेट र फेसबुक चाहिन्छ । आफ्नो समय आफूलाई बढि भइरहेको छ भने, फेसबुक मा तपाईले पनि गाँजा खेति गर्नसक्नुहुन्छ ।

वास्तव मा potfarmयो गाँजा खेति वास्तविक खेति भने होइन । फेसबुक को “फार्मभिल्ला” खेलमा मा जसरी भर्चुअल अन्न उब्जाइन्छ, त्यसरी नै ‘पटफार्म’ मा पनि भर्चुअल रुपमा गाँजा खेति गरिन्छ ।

‘गाँजा’ खेति को बारेमा स्पस्ट पार्दै ‘आर फ्लोएड’ कम्पनीले भनेको छ, “हामी साठ्ठि को दशक का हिप्पिज को शैलीलाई खेलमा ल्याउन चाहन्छौँ तर हाम्रो उदेश्य गाँजा र लागुऔषधलाई प्रोत्साहन गर्नु भने होइन ! यो गाँजा खेति एउटा अनौठो संयोग मात्र हो” ।

यो ‘पोटफार्म’ नामक खेल मा तपाईहरु ले च्याउ खेति तथा गाँजा लगायतका विविध प्रकार का नशालु वनस्पतिहरु को उत्पादन गर्न सक्नुहुन्छ ।

तपाई को काम भनेको, खेति गर्नु, उत्पादन गर्नु अनि उत्पादित सामग्रिहरु को विक्रि बाट रकम आर्जन गर्नु हो ।

फेसबुक मा खेल खेल्न बानि परेका फेसबुक प्रयोगकर्ताहरुलाई या भनौँ “फार्मभिल्ला” खेल्नेहरुलाई यो खेल ले निकै आकर्षित गर्ने देखिन्छ ।

तर कम्पनी ले २१ वर्ष भन्दा मुनिकालाई यो खेल नखेल्न सुझाउँदै, “पोटफार्म” को पहिलो स्वागत स्क्रिन मा लेखेको छ, “This Game contains immature subject matter and is not intended for anyone under age 21. All plants and situations depicted are entirely fictional and any resemblance to real life situations or plants is completely coincidental. This game should not be played by anyone”.

potfarm - Marijuana

तपाई २१ वर्ष भन्दा बढि हुनुहुन्छ र तपाई सँग फेसबुक को लागि टन्नै समय छ भने, फेसबुक मा गाँजा खेति गर्न यहाँ (पटफार्म पेज) अथवा यहाँ (पटफार्म एप्स) जानुहोस् । तपाईले गाँजा खेति गर्दा कहिँ, कतै, केही भएमा, त्यस कुरा को जिम्मेवारी भने, हामी लिने छैनौँ ।

9 comments :

  1. यो गाँजा खेति फस्टाए पनि नपस्टाए पनि केही दिनदेखि धेरै साईटमा यो गाँजा खेतिको खबर भने फस्टाएको छ ।

    हुन त यो सबै "अवास्तविक दुनियाँ" को कुरो हो । तैपनि केही समय पहिला एकजना मानिसले "सेकेण्ड लाईफ" मा यस्तै अवास्तविक श्रIमतीको हत्या गर्न खोजेको अभियोगमा विदेशमा वास्तविक अदालतमा मुद्दा खेप्नु परेको कुरा पनि अहिले याद आईरहेछ ।

    जुन काम वास्तविक दुनियाँमा वर्जीत छ त्यो कुरालाई 'मानसिक पोषणको' रुपमा अवास्तविक दुनियाँमा गराउनु पनि एक हिसावले ठीक हैन जस्तो लाग्छ मलाई ।

    ReplyDelete
  2. फेसबुकमा राजनीति र यदाकदा साहित्यको 'खेती' गर्दैमा फुर्सद नभएकाले आफूचाहिँ यस्ता गाँजा, भाङ्ग, धतूरो आदिको खेतीमा लागिएको छैन:)

    दिलिप दाइको कुरामा मेरो पनि सहमति छ।

    ReplyDelete
  3. ohhhhhhhhhhhhh. funny news.

    ReplyDelete
  4. यो बिनापत्थामा नेटको दुरुपयोग हो जस्तो लाग्छ , गेम खेल्नु, खेति गर्नु आदि आदि !!!

    ReplyDelete
  5. पहीले पहीले त "फार्मभिल्ल " खुब खेलिन्थियो तर अचेल अन्लाईन गेम खेल्ने भन्यो की दिक्क लागेर आउछ । अचेल त आफु ब्लग खेती गर्दै बसिन्छ ।

    ReplyDelete
  6. यो गाजा को खेति गर्न उस्कौने लाई र सेबन गर्ने हरुलाई गाजा मात्र खुवाय र [खाना पानी]को
    सट्टा पनि गाजा नै दिनु पर्छ अनि बल्ल ठाउमा आउछ

    ReplyDelete
  7. पहीले पहीले त "फार्मभिल्ल " खुब खेलिन्थियो तर अचेल अन्लाईन गेम खेल्ने भन्यो की दिक्क लागेर आउछ । अचेल त आफु ब्लग खेती गर्दै बसिन्छ ।

    ReplyDelete
  8. यो बिनापत्थामा नेटको दुरुपयोग हो जस्तो लाग्छ , गेम खेल्नु, खेति गर्नु आदि आदि !!!

    ReplyDelete
  9. फेसबुकमा राजनीति र यदाकदा साहित्यको 'खेती' गर्दैमा फुर्सद नभएकाले आफूचाहिँ यस्ता गाँजा, भाङ्ग, धतूरो आदिको खेतीमा लागिएको छैन:)

    दिलिप दाइको कुरामा मेरो पनि सहमति छ।

    ReplyDelete