April Fool बनाउने १०१ आइडिया

कसैले भन्नै परेन, आज April 1 हो भनेर । म अस्ति देखि नै याद गरेर बसेको थिएँ ।  ब्लग मा केही न केही त लेख्नुपर्‍यो, केही हदसम्म दिमाग चाट्नुपर्‍यो भनेर सोचेर बसेको थिँए । आज १ तारिख मैले छोड्ने कुरै भएन, अत: अप्रिल फूल बनाउने आइडिया खोज्ने थाले !

April Fool Dayअप्रिल फुल बनाउने त भनियो, तर के मा बनाउने साह्रै कन्फ्युजन मा परियो । अब राजनिति को बारेमा लेखौँ भने पत्याउने कुरा केही हुँदैन, सँधै को अप्रिल फुल ।

खै, कुनै प्लट नै पाइएन, अप्रिल फुल बनाउने ! अप्रिल फुल बनाउने १०१ आइडिया भएको किताब खोज्दा खोज्दा हैरान भएँ तर फेला पार्न सकिन । आइडिया खोज्दा खोज्दै ३ दिन बित्यो, तर केही आइडिया भेटिएन अप्रिल फुल मनाउन ? तपाई कतै अप्रिल फूल बन्नु त भएन ? तपाई सँग केही आइडिया भए सापटि दिनुस् न मलाई, अर्को वर्ष पैँचो तिरौँला ।

मेरो April Fool  बनाउने १०१ आइडिया कतै भेट्नुभयो भने भन्नुहोस है मलाई ! अप्रिल फुल त बन्नुभएन, मैले आइडिया दिन्छ भन्ने सोचेर त हेर्दै हुनुहुन्न मेरो ब्लग ! हा हा हा

Happy April Fool 2010.

15 comments :

  1. हा हा हा ब्रो त सारै बाठो हो |

    ReplyDelete
  2. कुरो रमाईलै हो। १०-१५ प्रतिशत अफू भएँ होला म पनि यो टाँसो पढेर।

    ReplyDelete
  3. आईडिया लिन आएको आफैं पो फसिएछ पो त हे हे हे:)

    ReplyDelete
  4. अरुलाई अप्रिल fool बनाएर आफु चाहिं अप्रिल फूल हुने !उत्पातै रिस उठ्यो !अर्को साल म पनि हेरुंला|

    ReplyDelete
  5. हा हा हा , हेर्दैछौँ आकार जी ।

    ReplyDelete
  6. हेहेहे ... आकार जी ! कतै भेट्नु भएन है ... फुल बनाउने आइडिया ..??
    लौ यो लिंक मा जानुस ...WWW.101idea.kobhandako.com
    full enjoy गर्नुस है ......

    ReplyDelete
  7. पोहोर साल मेरो बिहे भनेर निमन्त्रणा दिएर KTV को रुपेशजीलाई april fool मनाको याद आयो । यो साल त्यतिकै गयो ।

    ReplyDelete
  8. April 1st ma nabhaye ni 2nd ma chai fool bhaye hehe

    ReplyDelete
  9. पोहोर साल मेरो बिहे भनेर निमन्त्रणा दिएर KTV को रुपेशजीलाई april fool मनाको याद आयो । यो साल त्यतिकै गयो ।

    ReplyDelete
  10. दैबले बेकारमा अप्रिल फुल मनाए !! हत्तेरी !!!

    ReplyDelete