आखिर भएको के हो ?

‘पाठशाला’ नामक नयाँ हिन्दि चलचित्र को गित बजिरहेछ । गित सुन्दा लाग्दैछ, कुनै नेपाली गित को दुरुस्त नक्कल पो हो कि ? तर अहँ त्यति पनि छु्टयाउन सकेको छैन, त्यति सोच्न पनि दिमाग ले सकिरहेको छैन । लाग्दैछ, कुनै अरु नै कुरा मा मेरो दिमाग रिङ्गिरहेको छ । तर थाहा छैन, म के सोच्दैछु, के ले मेरो दिमाग रिङ्ग्याइरहेको छ ।

कुनै कुनै कुरा यस्ता पनि हुँदा रहेछन्, मष्तिष्क अत्यन्तै व्यस्त भएको लाग्ने, मन भारि भएको लाग्ने तर पटक्कै थाहा छैन, खास मा के भइरहेको हो, के सोचिरहेको हो, किन बेग्लै अनुभव भइरहेको छ । केही नभएपनि किन केही भइरहेको जस्तो लाग्छ, किन बैरागी सोच या भनौँ विरक्त लागेको जस्तो अनुभव हुन्छ ? डाक्टर ले बिरामीलाई सोद्धा बिरामी ले यो यो भइरहेको छ भने जसरी पनि भन्ने हालत मा म छैन । अब भएको के होdont know नै थाहा छैन, मैले के जवाफ दिने ? तर फेरि किन केही बोझ ले थिचेजस्तो, केही बिग्रेजस्तो, केही छुटेजस्तो, केही नपुगेजस्तो लागिरहेको छ त, प्रश्न आफैँसँग गर्न मन लाग्छ ।

म निराशावादी मान्छे पनि हैन, जे सोच्छु, जे ठिक लाग्छ त्यो गरिरहेको हुन्छु, चाहे जो सुकै ले जे सुकै भनुन् । गलत लाई गलत अनि सहि लाई सहि नै देख्छु, केही अपवाद बाहेक । तर पनि लाग्दैछ केही गलत हुँदैछ । खोइ यो कस्तो कुरा हो, म आफैँ भित्र रुमल्लिरहेको छु । मेरो आँखा ले नियालीरहेछ, अनि आँखा अगाडि नै हुँदा पनि ओझेल जस्तो भएको महशुस हुँदैछ । मलाई थाहा छ, यो कुरा को अर्थ अनेक निस्केला, तर म १०० प्रतिशत विश्वस्त छु कि, यो कुरा कसैलाई थाहा छैन, अब म नै त कन्फ्युज छु भने, अरुलाई थाहा हुने कुरा पनि भएन ।

लाग्छ, कहिँ टाढा जाउँ घुम्न को लागि, कुनै एकान्त ठाउँ मा । केही दिन नौलौ हावापानी मा भिज्दै फरक अनुभव लिएर फर्किँदा पो ठिक हुन्छ कि ? तर यो पनि असम्भव प्राय: नै छ । क्लास, एसाइन्मेन्ट, ल्याब, प्रोजेक्ट, अफिस कहिँलेकाँहि त यति धेरै बिजी सेड्युल ले दिक्क लागेर आउँछ अनि एउटै काम पनि गरिँदैन, अनि सबै पेन्डिङ बस्छन्, टेन्सन मात्र बढ्छ ।

म उसको घर मा गएको छु । सायद मैले आफ्नो कुरा उसलाई भन्नु पर्छ कि, उ सँग समाधान को उपाय होला कि जस्तो पनि लाग्छ । तर फेरि के भनिरहनु जस्तो पनि लाग्छ, दोधार, दुविधा सबै एकैठाउँ मा उपस्थित भइदिन्छन् । यो भनेर भन्न सक्ने कुरा केही छैन । आफैँलाई यस्तो परिस्थिति देखेर अचम्म लाग्छ, जे सोचेर अगाडि बढ्दैछु, ती कुराहरु भने सबै विपरित दिशा तिर भाग्दैछन् । भन्न को मतलब, ठ्याक्कै उल्टो कि, लौ के भनौँ त, ummm… कुरा जटिल रहेछ भनेर बुझ्दा पनि ठिकै होला । तर के जटिल कुरा भन्दा ठ्याक्क जवाफ म सँग छैन ।

उदास, बैराग, निराश जति पनि विशेषण छन्, ती सबै विशेषण भिराइदिन्छन्, साथिहरु पनि । कहिले काँहि, आकार लाई हाहाकार भन्दिछन् साथिहरु, त्यसको रमाइलो आफ्नो ठाउँ मा छँदै छ । सायद मैले अहिले सम्म नभनेर हो वा भन्नु पर्ने जरुरी नभएर हो, मैले अहिलेसम्म भनेको छैन । अनि भन्नुपर्ने आवश्यकता पनि देख्दिन, त्यही पनि मन को लड्डु घिउ सँग खान छोडेको छैन । सपना आफ्ना ठाउँ मा छन्, वास्तविकता अर्को ठाउँ मा छ, अनि एकै ठाउँ मा कसरी मिलाउने थाहा छैन । सपनालाई कसरी विपना मा बदल्ने केही उपाय पनि छैन, म निरउपाय छु । सायद अनि आफ्नै मन भित्र को भास मा भास्सिरहेछु ।

केही साथिहरु गाली पनि गर्दैछन्, धेरै बिजी भएको भन्दै, अब गाली नगरेको भएपनि केही दिन पछि त निश्चय चित्त दुखाउँछन् । सायद नेटवर्किङ अलि धेरै भयो कि ? सायद मैले सोचेको जस्तो नभएर पो यस्तो हो कि ? साँच्चै, म बिजी छु है !

आफैँलाई थाहा छ, यस्तो फ्रस्टु विचार अनि बेक्कार मा केही कुरा को बोझ लिइरहेको छु । जुन कुरा को मलाई केही सरोकार नै छैन, म त्यही कुरा मा रुमल्लिरहेको छु । मैले टेन्सन लिनु पर्ने केही कुरा छैन, तर सायद उसको निर्णय अलि हतार मा भयो कि ? तर उसले भनेकी छ, “तिमी चाँहि फ्रि बस्नु है” !!!  एक मन ले सोच्दा मन प्रसन्न भएर आउँछ उसको त्यो कुरा ले, अनि अर्को मन एक्कै चोटि नराम्रोसँग खुम्चिन्छ, सबै इच्छा, चाहाना को बलि दिएर ।  हुन त जे हुन्छ राम्रै हुन्छ भनिन्छ, तर भनाइ र गराइ मा फरक भइहाल्छ ।  तर यो कुराहरु को कुनै भेउ पाउन सकिरहेको छैन, आखिर यो के हुँदैछ ?

सायद ‘पाठशाला’को  (हे खुदा…, बेकरार…, मुझे तेरी…) जस्ता गितहरुले यस्तो लागेको त हैन । सायद हो पनि, हे खुदा…, बेकरार…, मुझे तेरी… आदि गितहरु मन मस्तिष्क मा झुण्डिरहेको छ । यति लेख्दै गर्दा, अर्को अनुभव बटुँले, साँच्चै कुनै कुनै गित लाई ध्यान दिएर सुन्ने हो भने, कहाँ कहाँ पुर्‍याइदिदोँ रहेछ । तर किन यतिबिघ्न, मन बोझिलो लागिरहेकोछ, यो चाँहि पत्तो पाउन सकिन । आखिर मलाई भएको चाँहि के हो ? मेरो मन आफैँ सँग सन्किरहेको त हैन ? तर पक्का हो, ‘पाठशाला’ का गितहरु ले मलाई कता कता छोइरहेकोछ ।

8 comments :

  1. la la saathi kura chai gambhir parecha hai :)

    ReplyDelete
  2. आकार जी गीतहरु हुन्छन् नै यस्तै । कुनैले उर्जा दिन्छन कसैले नसुनेको नबुझेको र नदेखेको पिडा दिन्छन । मेरो विचारमा फलामले फलाम काट्छ भने जस्तै अब कुनै रोमन्टिक व देश प्रेमले भरिएको गीत सुन्ने कि सायद mood फ्रेस भाइहाल्छ की ?

    ReplyDelete
  3. उमेर संगै हाम्रो सोचाई मा परिवर्तन हुदै जानु नौलो भने पक्कै होइन, तर धेरै सपना देख्नु र ज्यादै ठुला सपना देख्नु ( कुराहरु सोचेर बस्नु ) ले पनि मानिस लाई यस्तो बनाइ दिन्छ,अनि हामी बेकारको कुराहरुमा अल्झन पुग्छौ, आफैलाई कमजोर देख्छौ, बनाउछौ र कामहरुलाई थाती राखेर तपाइले भन्नु भए जस्तै धेरै सोच्न थाल्छौ, यसमा गीतहरुले खासै फरक पार्छ भन्ने जस्तो चै लाग्दैन | तर पनि गित सुनेर धेरै भाबुक बन्न हुदैन, र सधै भरि निराशा र बिछोडको गित नसुन्नु राम्रो हुन्छ | आफुलाई ब्यस्त राख्न खोज्नुहोस, धेरै एकान्तमा नबस्नुहोस, जब यस्ता विचार हरु मनमा आउन थाल्दछन त्यसपछि आफु एक्लै सकेसम्म नबस्नु होस्, साथै मा यो भावना मनमा आउन दिन्न भन्ने कुरालाई मनमा राख्ने र सोच्ने कि म भन्दा मेरो मन सानो हो म भएर न मरो मन छ नत्र कहाँ बाट हुन्थ्यो र त्यसैले मैले भनेको कुरा मेरो मन ले मान्ने हो भन्ने सोच्दा यी विचार बाट मुक्ति पाउन सकिन्छ |

    तपाइको जस्तो विचार तपाई संग मात्र होइन प्राय जसो सबै युवा हरु संग हुदो रहेछ | सुरु सुरु मा मेरो सोचाई येस्तई हुदा मलाई पनि अचम्म लाग्थ्यो, आखिर किन हुन्छ मलाई मात्र एस्तो भनेर तर यो कुनै अचम्म होइन रहेछ | यो नर्मल रहेछ तर हामीले एस्लाई कन्ट्रोल गर्न जान्नु पर्छ |

    ReplyDelete
  4. Anurag from DhulikhelMarch 21, 2010 at 12:29 AM

    बाफ रे ....!ब्रो' ले साहित्य हनिदिएको ? शायद धुलिखेल को रमनिय बातावरणले पो हो कि... ईन्जिनियरिङ पढेको भनेको त उही 3 Idiots को पारा पो भएछ त..... साथी Faculty चेन्ज गर । साहित्यमा केही गर्छौ जस्तो छ तिमीले । हुन पनि ईन्जिनियरले घर को बारेमा निबन्ध लेख्यो भने के होला ?

    ReplyDelete
  5. Anurag from DhulikhelNovember 12, 2010 at 4:09 AM

    बाफ रे ....!ब्रो' ले साहित्य हनिदिएको ? शायद धुलिखेल को रमनिय बातावरणले पो हो कि... ईन्जिनियरिङ पढेको भनेको त उही 3 Idiots को पारा पो भएछ त..... साथी Faculty चेन्ज गर । साहित्यमा केही गर्छौ जस्तो छ तिमीले । हुन पनि ईन्जिनियरले घर को बारेमा निबन्ध लेख्यो भने के होला ?

    ReplyDelete
  6. उमेर संगै हाम्रो सोचाई मा परिवर्तन हुदै जानु नौलो भने पक्कै होइन, तर धेरै सपना देख्नु र ज्यादै ठुला सपना देख्नु ( कुराहरु सोचेर बस्नु ) ले पनि मानिस लाई यस्तो बनाइ दिन्छ,अनि हामी बेकारको कुराहरुमा अल्झन पुग्छौ, आफैलाई कमजोर देख्छौ, बनाउछौ र कामहरुलाई थाती राखेर तपाइले भन्नु भए जस्तै धेरै सोच्न थाल्छौ, यसमा गीतहरुले खासै फरक पार्छ भन्ने जस्तो चै लाग्दैन | तर पनि गित सुनेर धेरै भाबुक बन्न हुदैन, र सधै भरि निराशा र बिछोडको गित नसुन्नु राम्रो हुन्छ | आफुलाई ब्यस्त राख्न खोज्नुहोस, धेरै एकान्तमा नबस्नुहोस, जब यस्ता विचार हरु मनमा आउन थाल्दछन त्यसपछि आफु एक्लै सकेसम्म नबस्नु होस्, साथै मा यो भावना मनमा आउन दिन्न भन्ने कुरालाई मनमा राख्ने र सोच्ने कि म भन्दा मेरो मन सानो हो म भएर न मरो मन छ नत्र कहाँ बाट हुन्थ्यो र त्यसैले मैले भनेको कुरा मेरो मन ले मान्ने हो भन्ने सोच्दा यी विचार बाट मुक्ति पाउन सकिन्छ |

    तपाइको जस्तो विचार तपाई संग मात्र होइन प्राय जसो सबै युवा हरु संग हुदो रहेछ | सुरु सुरु मा मेरो सोचाई येस्तई हुदा मलाई पनि अचम्म लाग्थ्यो, आखिर किन हुन्छ मलाई मात्र एस्तो भनेर तर यो कुनै अचम्म होइन रहेछ | यो नर्मल रहेछ तर हामीले एस्लाई कन्ट्रोल गर्न जान्नु पर्छ |

    ReplyDelete
  7. आकार जी गीतहरु हुन्छन् नै यस्तै । कुनैले उर्जा दिन्छन कसैले नसुनेको नबुझेको र नदेखेको पिडा दिन्छन । मेरो विचारमा फलामले फलाम काट्छ भने जस्तै अब कुनै रोमन्टिक व देश प्रेमले भरिएको गीत सुन्ने कि सायद mood फ्रेस भाइहाल्छ की ?

    ReplyDelete
  8. la la saathi kura chai gambhir parecha hai :)

    ReplyDelete