Skip to main content

एउटा फरक श्रृंखला : "बिजौला”

खोर्सानी का बिज जस्तै भनौँ या खोर्सानी जस्तै पिरो पिरो कुरा ले ‘बिजौला’ उपन्यास भरिएको छ । उपन्यास को नाम आफैँ मा पृथक छ अनि लेखक निर्मल थापा ले ट्याग भिराइ दिएकाछन् ‘श्रंखलाहीन उपन्यास’ तर Bijaulaउपन्यास पढ्दा यस्तो लाग्यो कि, यो एउटा उपन्यास नभइ गाली गलौज र नकरात्मक कुराहरुले भरिएको एउटा मध्यमस्तर को कृति हो ।

कृति मा ‘युवक’ नाम को पात्र छ ! अनि उपन्यास त्यही युवक को जिवन भोगाइ वरिपरि अघि बढेको छ । कृतिमा डायरी मा लेखिने लवज प्रयोग भएको छ भन्दा पनि फरक पर्दैन, किनकी यो उपन्यास लेखक को डायरी लेखन कै उपज हो । समग्रमा भन्दा यो हाम्रै वरिपरि को  कथा बोकेको कृति हो, तर यसमा कुनै कथा भने छैन । लेखक ले कृति जहाँ बाट पढे पनि हुन्छ भनेकाछन्, अत: यसअर्थ मा यसलाई फरक मान्नै पर्छ । अधिकांश ठाउँ मा यहाँ गालि गलौज नै गरिएको छ, अनि जुन सन्दर्भ मा पनि नकरात्मक कुरा ले भरिएको छ । कृति मा सकरात्मक सन्दर्भ  भेट्न निकै मुस्किल पर्छ ।

लेखक निर्मल थापाले “यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर सुरु मै ‘आफ्नो कुरा’ अन्तर्गत लेखेका छन् । उपन्यास पढिसकेपछि लाग्यो, यो उपन्यासलाई कुनै पनि पुरस्कार दिइयो भने पुरस्कार कै बेइज्जत हुनेछ, अत: लेखक ले पहिले नै भविष्य  विचारेर,‘ आफ्नो कृति पहिलो र अन्तिम’ भन्नु मनासिव नै रहेछ । लेखक ले भने झैँ, यो कृति चल्ति को ‘ट्रेन्ड’ भन्दा पृथक छ, तर यसमा पनि खासै गह्रौँ कुरा त केही छैन ।

कृति पढुन्जेल, ठाउँ ठाउँ मा लेखक ले पाठकलाई भुल्याइरहेका हुन्छन्, नानाथरि का प्रसंगहरु जोडेर । कहिले सहर त कहिले गाउँ अनि कहिले स्वयम्भु त कहिले कहाँ । कृति मा ‘युवक’ नाम को पात्र छ, किताब भरि युवक पटक पटक दोहोरिन्छ, हरेक पेज मा युवक उपस्थित हुन्छ तर पाठक ले अन्त्य सम्म नै फेला पार्न सक्दैनन्, आखिर उपन्यास को ‘युवक’ ले के सन्देश दिन खोजेको छ !

हुन त उपन्यास मा लेखिएका दृश्यहरु हाम्रै वरिपरि का हुन्, अनि कत्ति कुरा मा ‘युवक’ हाम्रै प्रतिनिधि पात्र हो । अनि परम्परागत उपन्यास को ढर्राबाट यो बिल्कुल फरक छ, तर मलाई शंकै लाग्छ, यसलाई पनि उपन्यास भनिन्छ र ?

तर केही ठाउँ मा भने मर्मस्पर्शी, निकै गहन र सान्दर्भिक कुरा पनि गरिरहेको हुन्छन् लेखक । एक ठाउँ मा उनी भन्छन् “सहयात्रीहरु उस्तै छन्, कामलाई सानो भन्छन्, मुखले बोली मिलाउँछन्, आफ्नो काम को सफल सम्पादन पछि हराउँछन् सुदुर दिशामा ।’ अर्को लाइन मा लेख्छन् ‘मित्रहरु पर्खन्छन्, केही कुरा को खडेरी मा, आवश्यकता मा, जटिलता मा, दैनिक गुजारा को छन्द लरबराएको बखत Long Time No See भन्दै तातो हात बढाउँछन्’

कृतिलाई पुरै नराम्रो भनेर लेबल लगाउन त सक्दिन तर धेरै ठाउँ मा लेखक ले तल्लो स्तर को व्यवहार गरेका छन् । नेपाल एफएम मा एउटा विज्ञापन बज्छ, “ठूलालाई आदर नगर भन्दै”, सायद त्यसकै प्रभाव हो कि क्या हो, लेखक ले ठाउँ ठाउँ मा मनलागि लेखेका छन् ।

“यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर लेखेका लेखक ले एकठाउँ मा लेखेकाछन्, “देशको सम्मानित बूढो लेखक, अमेरिका जान नपाएको झोँक मा राष्ट्रिय दैनिक अखबार मा लेख्छ – कुरुप शीर्षक मा ‘मलाई नर्क जा भन्यो भने तयार छु तर अमेरिका जाने छैन’ । सायद पुरस्कार पाइँदैन भन्ने झोकँ मा लेखक ले परस्कार दिइयो भने पनि लिन्न भनेका त हैनन् ।

पात्र युवक को, कवि, साहित्यकार, कलाकार देखि बाबु आमा, साथि भाइ आदि सबै सँग गुनासो छ । युवक को गुनासो त किताब मा झन् मज्जैले लेखिएको छ । कहिँ रोगी साहित्यकार को रोगी साहित्य भनिएको छ त कहिँ अन्तर्मन को यात्री भन्दै जगदिश घिमिरे,कहिँ नारायण वाग्ले, त कहिँ कृष्ण धरावासी, सञ्जिव उप्रेती लगायत का साहित्यकार को बद्खोइ गरिएको छ । युवक ले भिक्षुहरु बस्ने ठाउँ वरिपरि कन्डम को थुप्रो भेटेँ भन्छ तर युवक को भनाइ मा कति सत्यता छ थाहा छैन ।

लेखकलाई लाग्दो हो, ठूला ठूला शब्द राखेर वाक्य बनाएपछि त्यसै राम्रो हुन्छ तर मैले कुनै कुनै वाक्य त जति नै दोहोर्याएर पढ्दा पनि केही अर्थ लगाउन सकिँन । एक ठाउँ मा अर्थ न बर्थ को वाक्य यस्तो लेखिएकोछ, “ममता ले निथ्रुक्क भिजेका कामना का पङ्खहरु महत्वकाङ्क्षा को पहाड उक्लदैँ गर्दा ढुंगाको खिरिलो भुँइमा मनहरु नाङ्गै सुत्छन्” । लेखक को विम्व को प्रयोगहरु देखेर म तिनछक्क परेँ बेलाबेला मा । अर्को लाइन मा लेखेका छन् ‘दर्शन को विगुल फुक्दा चोइटिएको चुल्ठो आभास शब्दहरु मा पोखिन्छ’

लेखक ले केही ठाउँ मा अत्यन्त क्लिष्ट शब्दहरु को प्रयोग पनि गरेका छन् । एक ठाउँ मा लेख्छन् ‘उदेक लाग्दो शशि शाह को पिकासो बिर्साउने चित्रकला हेरेर सुसु गरौँ लाग्छ वा प्रगतिशिल लोकतनन्त्रधारी मुखौटेहरुको कविता, चित्र र सङ्गितलाई नगरबधु को गुप्ताङ्ग मा ‘फिक्स डिपोजिट’ को रुप मा सञ्चित गरिदिउँ लाग्छ । थाहा छैन, उनले आफ्नो कृतिलाई कुन स्तर मा राखेका छन् ?

मलाई ‘बिजौला’ ले तान्न सकेन, पढुन्जेल केही ठाउँ मा, ए यो कुरा त हो नि भन्या जस्तो भयो, तर पढिसकेपछि ‘बिजौला’ गालीगलौज को श्रृंखला भन्दा बढि केही लागेन । मुख्यत: अग्रजहरु प्रति लेखक ले देखाएको रुखो व्यवहार तथा दृष्टिकोण मलाई चाँहि मन परेन ।

सायद ब्लग मा म पनि ‘बिजौला’ प्रति नकरात्मक रुप मै प्रस्तुत भएँ होला तर आफैँलाई कुरो खुट्याउन मन छ भने, रङ्ग नेपाल ले प्रकाशन गरेको निर्मल थापा को ‘बिजौला’ हेर्न एकपटक आग्रह गर्छु है । कृति जे जस्तो भएपनि कृति को अन्तिम पृष्ठ मा लेखेक ले लेखेको कुरा चाँहि यस्तो छ “मान्छेहरु मलाई जे सोच्छन् त्यो ‘म’ होइन र ‘म’ जे हुँ – त्यो कसैलाई भन्ने छैन ।

बिजौला को केही राम्रा अंश पढ्ने भए यहाँ छ है ।

Comments

  1. लौ पढिएन आकार जी । शायद पढ्न मन नै भएपनि मेरो हात परुञजेल बर्षौं बित्छ होला । मैले यहाँ कमेण्ट राख्नुको उद्देश्य चाहिं प्रवासी साथीहरुलाई कुनै पुस्तक प्रकाशित भएमा त्यस्को जानकारी अनि राम्रो भएमा पढ्ने रहर हुन्छ , र त्यो पुस्तक प्राप्तिको लागि घरबाट पठाइने कोशेली फ्याँकिन्छ । हामी नेपालमा रहनु भएका साथीहरुको समालोचना हेरेर किताब मगाउने गर्छौं । यो लेखको लागि धन्यबाद । राम्रा कृतिहरुको बारेमा समालोचना पनि पढ्न पाऊँ है ।

    ReplyDelete
  2. हात परेमा एकचोटि पढ्ने कोशिश भने हुनेछ मेरो पनि। आफ्नो अनुबव राखिदिएकोमा आकार भाइलाई धन्यबाद!

    अचेल नेपाली साहित्यमा क्लिष्ट शब्दहरु, अमूर्त वाक्यहरु र गाली-गलौज राखेर आफूलाई अरुभन्दा फरक र 'आधुनिक' देखाउनेहरुको जमात बढिरहेको छ। यी लेखक पनि त्यहि गुटका हुन सक्छन्। जसले आफ्ना अग्रजहरुप्रति यथोचित सम्मान समेत देखाउन जान्दैन, त्यस्ता ब्यक्तिका रचनामा गतिलो कुरा केहि हुने बिश्वाश नगरे हुन्छ।

    ReplyDelete
  3. तपाइको यो पोस्टले समयमै सचेत गराइदियो । यत्ति पढेपछि अब लेखकले कुनै पुरस्कार दिएमा ससम्मान नलिने भने जस्तै यो किताब हातमै आए पनि ससम्मान नपढ्ने निधो गरें मैले ।

    ReplyDelete
  4. समीक्षात्मक विश्लेषणका लागि धन्यवाद आकार जी ! मैले किताब पहिल्यै ल्याइसके पनि पढ्ने सूचीमा अरु किताबहरूले 'बिजौला'लाई पालो कुराएका छन् ।
    उक्त पुस्तकको तयारीको क्रममा पाण्डुलिपिको जोरजाम हुँदै गर्दा म पनि एक साक्षी थिएँ । त्यस बेलैल मलाई किताब अलि रुखो र क्लिष्ट लागेको हो । लेखकीय अहमको अलि बढ्तै रङ निर्मलजी मसीमा मैले अनुभूति गरेको थिएँ । 'किताब जहाँ बाट पढ्न सुरु गरे पनि हुने, र जहाँ बिसाएर पछि फेरि निरन्तरता दिए पनि हुने' गुण पक्कै किताबका विशेषतामा उल्लेख हुने कुरा होइनन् । प्रयोगको नाममा दुरुहता र अरुभन्दा बेग्लो बन्ने धुनमा नेपाली साहित्य असम्प्रेषणीय बन्दै जाने खतरा देखिदैछ एकातर्फ ।

    लेखाइको प्रविधिमा नयाँपन निर्मलजीले उपन्यास (?, मलाई पनि शङ्का छ ) मा घोलेका होलान्, तर त्यसको आभास भाषिक अभिव्यक्तिकै काँचो र ढुङ्गा लाग्ने प्रस्तुतिमा दिन खोज्ने, र त्यसैलाई उत्तरआधुनिकता साबित गर्ने हो भने तानिदै गरेक नेपाली साहित्यका पाठक पनि विकर्षित होलान् कि भन्ने लाग्छ । मैले एक हिसाबले पारख गरेकै रूपमा तपाईंले पनि छिचोल्नुभएछ । किताब कत्तिको कामलाग्दो छ, त्यो चाँही अरुले पनि पढून् जरुर । निषेधको बाटोमा कम्तीमा हामी साहित्य-शब्दसंसारका बटुवा भने नलागौँ । नराम्रो थाहा पाउन र चिन्न-बुझ्न पनि त नराम्रो पढ्नुपर्ला । त्यसले सही किताबतिरको भोक हामीभित्र बढाउला ।

    ReplyDelete
  5. thanks for the information and hope to read it!

    ReplyDelete
  6. धन्यवाद आकार जी, यहाँको समिक्षा मार्फत मैले 'बिजौला' का बारेमा केही थाहा पाएँ । समयले साथ दियो भने छिट्टै पढ्ने कोशीस गर्नेछु । :)

    ReplyDelete
  7. धन्यवाद आकारजी ,
    विश्लेषण गर्दा मन लागेजति कुरा लेख्नु भएको पढन पाइयो । मेरो हातमा यो पुस्तक परेको छैन । तर, अब मेरो हेराइ नै नकारात्मक हुने भयो भन्ने शंका पनि मनमा छ । तपाइसँग कुनै मान्छे भेटन आउदैछ । म भन्छु - उ चोर हो । सावधानीपूर्वक व्यवहार गर्नुहोला ।
    यसपछि तपाइलाई उ भेटन आउछ । तपाइले बोली, भेषभुषा अनि उसको भाव हेरेर चोर खोज्न थाल्नुहुन्छ । अनि धेरै कुरामा अघि भनिएका कुरा तपाइ उसमा चोर नै रहेको निष्कर्शमा पुग्नु हुन्छ । उ चोर हो होइन समयकालले तपाइलाई बुझाउनेछ । तर, पहिलो भेटमा तपाइलाई त्यो सल्लाहले प्रभाव पार्छ ।
    मैले भनिरहेको प्रसङ्ग के हो भने विजौलाका लेखकको बुझाइ, लेख्ने परिवेश अनि उनको प्रस्तुती पहिलो कृति भएकाले खारिएको हुनैपर्छ भन्ने जरुरी छैन । लेखक कसैले पनि पहिलो र अन्तिम कृति भनेर दावी गर्न नमिल्ने कुरा हो भन्ने मलाइ लाग्छ । तपाइले बिजौलाको विषयमा यति धेरै कुरा लेख्नु भएपछि यो पोष्ट पढनेहरुमा त्यसलाइ पढने जाँगर हराउँछ भन्ने मलाइ लाग्यो । जे होस परिश्रमपूर्ण लेखाइ पढन पाइयो । जारी रहोस ।

    ReplyDelete
  8. धन्यवाद आकरजी ,
    तपाईंको समिक्षा बाट बिजौलाको बारेमा धेरै कुरा त थाहापाय ,तर यस्तो पनि पुस्तक हुन्छ र भन्ने लागेकेाले एक पटक त्येा कितावमा दुखकेा पैसा खर्चिएर भए पनि पुस्तक पढ्न मन लागेकेा छ ।

    ReplyDelete
  9. बिजौला'लाई नेपाली साहित्यको आधुनिक 'पारा' भन्न सकिन्छ तेसो भये। लेखक ले मेहनत गरेर कृति पाठक सामु ल्याएका छन पुरस्क्रित हुने लालच नराखी कलम चलाएको सर्हानिय काम हो अरुले पनि केही सिक्नु पर्छ शायद ।

    ReplyDelete
  10. बिजौला'लाई नेपाली साहित्यको आधुनिक 'पारा' भन्न सकिन्छ तेसो भये। लेखक ले मेहनत गरेर कृति पाठक सामु ल्याएका छन पुरस्क्रित हुने लालच नराखी कलम चलाएको सर्हानिय काम हो अरुले पनि केही सिक्नु पर्छ शायद ।

    ReplyDelete
  11. धन्यवाद आकारजी ,
    विश्लेषण गर्दा मन लागेजति कुरा लेख्नु भएको पढन पाइयो । मेरो हातमा यो पुस्तक परेको छैन । तर, अब मेरो हेराइ नै नकारात्मक हुने भयो भन्ने शंका पनि मनमा छ । तपाइसँग कुनै मान्छे भेटन आउदैछ । म भन्छु - उ चोर हो । सावधानीपूर्वक व्यवहार गर्नुहोला ।
    यसपछि तपाइलाई उ भेटन आउछ । तपाइले बोली, भेषभुषा अनि उसको भाव हेरेर चोर खोज्न थाल्नुहुन्छ । अनि धेरै कुरामा अघि भनिएका कुरा तपाइ उसमा चोर नै रहेको निष्कर्शमा पुग्नु हुन्छ । उ चोर हो होइन समयकालले तपाइलाई बुझाउनेछ । तर, पहिलो भेटमा तपाइलाई त्यो सल्लाहले प्रभाव पार्छ ।
    मैले भनिरहेको प्रसङ्ग के हो भने विजौलाका लेखकको बुझाइ, लेख्ने परिवेश अनि उनको प्रस्तुती पहिलो कृति भएकाले खारिएको हुनैपर्छ भन्ने जरुरी छैन । लेखक कसैले पनि पहिलो र अन्तिम कृति भनेर दावी गर्न नमिल्ने कुरा हो भन्ने मलाइ लाग्छ । तपाइले बिजौलाको विषयमा यति धेरै कुरा लेख्नु भएपछि यो पोष्ट पढनेहरुमा त्यसलाइ पढने जाँगर हराउँछ भन्ने मलाइ लाग्यो । जे होस परिश्रमपूर्ण लेखाइ पढन पाइयो । जारी रहोस ।

    ReplyDelete
  12. धन्यवाद आकार जी, यहाँको समिक्षा मार्फत मैले 'बिजौला' का बारेमा केही थाहा पाएँ । समयले साथ दियो भने छिट्टै पढ्ने कोशीस गर्नेछु । :)

    ReplyDelete
  13. धन्यवाद आकरजी ,
    तपाईंको समिक्षा बाट बिजौलाको बारेमा धेरै कुरा त थाहापाय ,तर यस्तो पनि पुस्तक हुन्छ र भन्ने लागेकेाले एक पटक त्येा कितावमा दुखकेा पैसा खर्चिएर भए पनि पुस्तक पढ्न मन लागेकेा छ ।

    ReplyDelete
  14. समीक्षात्मक विश्लेषणका लागि धन्यवाद आकार जी ! मैले किताब पहिल्यै ल्याइसके पनि पढ्ने सूचीमा अरु किताबहरूले 'बिजौला'लाई पालो कुराएका छन् ।
    उक्त पुस्तकको तयारीको क्रममा पाण्डुलिपिको जोरजाम हुँदै गर्दा म पनि एक साक्षी थिएँ । त्यस बेलैल मलाई किताब अलि रुखो र क्लिष्ट लागेको हो । लेखकीय अहमको अलि बढ्तै रङ निर्मलजी मसीमा मैले अनुभूति गरेको थिएँ । 'किताब जहाँ बाट पढ्न सुरु गरे पनि हुने, र जहाँ बिसाएर पछि फेरि निरन्तरता दिए पनि हुने' गुण पक्कै किताबका विशेषतामा उल्लेख हुने कुरा होइनन् । प्रयोगको नाममा दुरुहता र अरुभन्दा बेग्लो बन्ने धुनमा नेपाली साहित्य असम्प्रेषणीय बन्दै जाने खतरा देखिदैछ एकातर्फ ।

    लेखाइको प्रविधिमा नयाँपन निर्मलजीले उपन्यास (?, मलाई पनि शङ्का छ ) मा घोलेका होलान्, तर त्यसको आभास भाषिक अभिव्यक्तिकै काँचो र ढुङ्गा लाग्ने प्रस्तुतिमा दिन खोज्ने, र त्यसैलाई उत्तरआधुनिकता साबित गर्ने हो भने तानिदै गरेक नेपाली साहित्यका पाठक पनि विकर्षित होलान् कि भन्ने लाग्छ । मैले एक हिसाबले पारख गरेकै रूपमा तपाईंले पनि छिचोल्नुभएछ । किताब कत्तिको कामलाग्दो छ, त्यो चाँही अरुले पनि पढून् जरुर । निषेधको बाटोमा कम्तीमा हामी साहित्य-शब्दसंसारका बटुवा भने नलागौँ । नराम्रो थाहा पाउन र चिन्न-बुझ्न पनि त नराम्रो पढ्नुपर्ला । त्यसले सही किताबतिरको भोक हामीभित्र बढाउला ।

    ReplyDelete
  15. तपाइको यो पोस्टले समयमै सचेत गराइदियो । यत्ति पढेपछि अब लेखकले कुनै पुरस्कार दिएमा ससम्मान नलिने भने जस्तै यो किताब हातमै आए पनि ससम्मान नपढ्ने निधो गरें मैले ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

Subscribe to Aakar Post