केही कुरा

आज माघ २६, हिजो देखि निक्कै जाडो बढेको थियो, आज बिहान त पानी नै पर्‍यो । चिसो चिसो मौसम छ, पानी सिमसिम पर्दैछ, ११ घन्टा को लोडसेडिङ को मार खेप्दै,अनलाइन मा नि एकछिन देखापर्नुछ । जाडो नि के सारो बढेको हो, माघ को अन्तिम मा ! यता जाडो बढ्दैछ, अनि हाम्रो महानगर, हाम्रो राजधानी काठमाडौँमा अपराध को श्रृंखला बढ्दैछ ।

दैनिक अखबार का पेजहरु मा कभर स्टोरी अपराध कै विषयमा हुन्छ । सरकार जति जति सुरक्षा व्यवस्था कडा पारेको छु भन्छ,त्यति नै गति मा अपराध बढ्दैछ । अस्ति २४ गते दिउँसै दिनदहाडै जमिम शाह को हत्या भएबाट, हाम्रो सुरक्षा व्यवस्था मै प्रश्न चिन्ह खडा भएको छ । लाजिम्पाट जस्तो व्यस्त ठाउँ, उसमाथि उपराष्ट्रपति को सपथ ग्रहण को कार्यक्रम भन्दै व्यापक सुरक्षाकर्मीहरु परिचालन गरिएको बेला, केही अज्ञात बन्दुकधारी ले सुरक्षाकर्मीहरु कै अगाडि, जमिम शाह को हत्या गरे । दुतावास का सुरक्षार्थ खटिएका प्रहरीहरु घटना हेरेर नै बसेछन् । कस्तो बिडम्बना, अपराधिहरु सजिलै उम्किए । हत्या भइसकेपछि, बैठक बस्यो, कमजोरी भएको स्विकार्‍यो, अपराधि को नजिक पुगिसक्यो भन्यो, अलि पछि कुरा त्यसै सेलाएर जान्छ । प्रधानमन्त्री बोले, सुरक्षा निकाय का मान्छे बोले, दल का मान्छे बोले घोर भत्सर्ना गरे बस् सकियो, शान्ति सुरक्षा त नाम मै सिमित भयो । कोही आएर प्रहरी को नाकैमुनि अपराध गरेर फरार हुन्छ भने, सुरिक्षा व्यवस्था को स्थिति के छ भन्ने कुरा त त्यसै थाहा हुन्छ ।

एभिन्युज मा भरत नेपाली भन्ने ले टेलिफोन गरेर, शाह को हत्या मैले गरेको हुँ भनेछ । भारत विरुद्ध गतिविधि गरेको ले, हत्या गरेको हुँ भनेछ । सायद हुन पनि सक्छ, उसैले हत्या गर्‍यो तर सुरक्षाकर्मी को हात मा केही छैन तर भन्छन् अपराधि नजिक पुगिसक्यौँ । अब सायद

0 प्रतिक्रिया :

Post a Comment