यसो गरे कसो होला ?

अस्ति सङ्घीयता विरोधी उपत्यका बन्द पनि सफल पारियो जसरी पहिले सङ्घको र्समर्थन गर्ने बन्दलाई पारिएको थियो, घरै बसेर ।

देश टुक्र्याउन पाइँदैन भन्छन्, कुरा सुन्दा ठीक लाग्छ । उता सबै क्षेत्र र जातिलाई समान अधिकार चाहिन्छ भन्छन् । त्यो पनि हो जस्तो लाग्छ । टुक्र्याउन पनि भएन तर हामीलाई सङ्घीय नभई पनि नहुने भएको छ । अहिले हामीलाई चाहिएको छ सर्प मर्ने, लौरो नभाँचिने उपाय । अब गर्ने के त ? राजनीतिशास्त्रका धुरन्धर पण्डित कृष्ण खनाल लेख्छन् संसारमा अहिले नै २४ वटा सङ्घीय राष्ट्र छन् रे र नेपाल पनि सङ्घीय भयो भने पच्चीसौं राष्ट्र हुन्छ रे ।

उसो भए सङ्घीय हुने नेपाल पहिलो राष्ट्र नहुने रहेछ । हामीभन्दा अघि नै सङ्घीय भइसकेका मुलुकहरू र्सवत्र रहेछन् । यसो विचार्दा सबभन्दा राम्रो उपाय त नेपाललाई र्सलक्कै अहिले भइराखेकै कुनै सङ्घीय राष्ट्रमा सामेल गराउनु पो हुन्छ कि ?  त्यसो गर्न पाए हाम्रो रहर पनि पूरा हुने थियो र देश टुक्रिने डर पनि नरहने थियो ।federalism

कुन सङ्घमा सामेल हुने त्यो हाम्रो तजबिज र खुसीको कुरा । अफ्रिकामा पनि दुई-चार सङ्घीय राष्ट्रहरू रहेछन् । ल्याटिन अमेरिकामै पनि दुई-तीनवटा देश सङ्घीय भनेर चिनिँदा रहेछन् । क्यानडा र संयुक्त राज्य अमेरिका नै सङ्घीय रहेछन् । युरोपतिर हेर्ने हो भने नाम चलेका जर्मनी र स्विट्जरल्यान्डबाहेक अष्ट्रिया, बेल्जियम इत्यादि पनि सङ्घीय राष्ट्रहरू रहेछन् । रसिया सङ्घीय रहेछ । अरब सागरछेउको संयुक्त अरब इमिरेट्स पनि सङ्घीय रहेछ । उता अष्ट्रेलिया समेत सङ्घीय भनिँदो रहेछ । हामीसित टाँसिएको भारत नै ठूलो सङ्घ रहेछ ।

यतिका विकल्प उपलब्ध हुँदाहुँदै हामी आफैंले सङ्घ खडा गरिरहनुको कुनै तुक छैन । सङ्घमा भौगोलिक दूरी र सामीप्यले पनि कुनै अर्थ राख्दैन । अलास्का र हवाई द्वीप संयुक्त राज्य अमेरिकाको सङ्घभित्र पर्छ भने नेपाल पनि जुनसुकै सङ्घभित्र पर्न सक्छ । त्यसैले कुन सङ्घमा सामेल हुने हो त्यो रोजेर स्वाट्ट प्रस्ताव गर्ने ।
यस्तो सङ्घको प्रस्ताव गरे कसो होला ?

[नेपाल का गनिएका व्यंग्यकार मा गनिने ऋतुराज को  ऋतुविचारलाई, माघ महिना को हिमाल खबरपत्रिका बाट हामीले साभार गरेर यहाँ राखेका छौँ ।]

img credit: neilsnepal.wordpress.com

6 comments :

  1. जे पायो तेहि... यसो गर्न पाईदैन

    ReplyDelete
  2. यो गर्नै नमिल्ने कुरो , कसो हुने कुरै भएन, नकसो हुन्छ | पढेर हाँस्न भने मज्जैले होला |

    ReplyDelete
  3. Bhairaheko nai yehi nai ta ho...aliali laathi, pradharshan, julus le nai ta ho farak banayeko...hoina ra?

    ReplyDelete
  4. Don't understand why the politicians are doing this...We all are confused about what we actually want....

    ReplyDelete
  5. Don't understand why the politicians are doing this...We all are confused about what we actually want....

    ReplyDelete
  6. जे पायो तेहि... यसो गर्न पाईदैन

    ReplyDelete