Skip to main content

Story: 18th December ( अठार डिसेम्बर)

घडि हेरेँ ३ बजिसकेछ, आज डिसेम्बर १८ मलाई एयरपोर्ट पुग्न हतार भइरहेको छ । क्लास भए पनि आशालाई भेट्ने हतार ले म होस्टेल बाट आफ्नो सानो झोला लिएर निस्किँए, होस्टल मा भनिदिएँ, ‘आज म आउँदिन है, बाहिरै बस्छु’ । के गर्नु होस्टल बसेपछि कहाँ जान्छु, के गर्छु नभने पनि बाहिरै बस्ने भएपछि त भन्नै पर्यो नि, फेरी हाम्रो होस्टल मा यो जाडो महिना मा बेलुका साँढे छ बजे भित्र नै भित्र छिरिसक्नुपर्छ । हप्ता मा एकपटक बाहिर बस्न जान पाइन्छ अनि यसमा नि कुनै गडबढ भयो भने, होस्टल बाट फस्ट टाइम लास्ट वार्निङ पाइन्छ । आशा भन्दैथिइ साँढे चार बजेको फ्लाइट छ । कति वर्ष पछि म भेट्दैथिएँ, मेरो सबैभन्दा मिल्ने साथि, मेरी फुपुकी छोरी, मेरी दिदी आशालाई ।

म पुल्चोक क्याम्पस को गेटबाट हतार हतार निस्किएँ हिमालयन होटललाई दाहिने पारेर । हतार मा छु म, यो अफिसबाट फर्कने टाइम त हैन तर पनि थापाथली पुल मा जाम लागेको छ गाडिहरुको । जहिले आफूलाई हतार हुन्छ त्यहिले नै किन यस्तो जाम साम हुनु परेको होला, कहिले काँहि त यो हाम्रो देश को सिस्टम देखेर पनि दिक्क लाग्छ, मलाई नि आशा जस्तै बाहिर जाउँ जाउँ लाग्छ । सायद अब को २-३ वर्ष पछि चाँहि म नि बाहिरै जान्छु होला । यहाँ बसेर के नै गर्न सकिएला जस्तो छ र ? सँधै को अव्यवस्था, सँधै अस्तव्यस्त ।

थापाथलि बाट देखिन्छ हामीले ‍+२ पढेको कलेज, आशा र म सँधै सँगै जान्थ्यौँ । एस एल सी दिएर पहिलो पल्ट काठमाडौँ आएकी म, त्यसबेला देखि को मेरी साथि, दिदी जे भनेपनि त्यही आशा त थिइ नि । म ति दिन सम्झेर आफैँ मख्ख पर्छु अनि मुसुक्क हाँस्छु, माइक्रो का सबै प्यासेन्जर मलाई पुलुक्क हेर्छन् । म आफैँलाई लाज लागेर आउँछ, सबैले मलाई नै हेरेको देखेर । घडि हेर्छु, अघि सम्म ढिलो चलेको जस्तो लाग्ने घडि को सुइ अब धेरै चाँडो चलिरहेको जस्तो लाग्छ । मन त्यसै त्यसै फुरुङ्ग छ, मन उडेर गएर आशालाई भेटिसक्यो तर म अझै जाम खुल्ने आशामा माइक्रो मै बसिराको छु । बल्लतल्ल ५ बजे पुगेँ एयरपोर्ट, आशाले साँढे चार बजे को फ्लाइट भनेकी थिइ तर आफू ५ बजे आइपुगेँ, अब के गर्ने अलमल मा परेँ । त्यही नै पर्खेर नै बसेँ, हाम्रो मा फ्लाइट को नि ठेगान हुँदैन । साँढे ५ बजेसम्म पनि आशा को केही सुँइको पाउन सकिन, साँझ पर्दैछ फेरी लोडसेडिङ यही हो । धेरै अधैर्य भएपछि, मैले त्यहाँ सोधे, साँढे ४ बजे को फ्लाइट आइसक्यो, ‘आइसक्यो त बैनी’ एक कर्मचारी ले जवाफ दिए ।

‘साँढे ४ बजे को फ्लाइट आइसक्यो रे, म झसङ्ग भए, उसो भए खै त आशा ?’ मेरो आँखा अब एयरपोर्टमा देखिने हरेको गोरो र मोटो अनुहार मा आफ्नी आशा दिदीलाई खोज्न थाल्यो । यहाँ हुँदा, दुब्ली भएपनि उता गएपछि मोटाएकी थिइ, ३ महिना अघि फेसबुक मा फोटो देखाउँदै भन्दै थिइ, म त क्विन्टल नै पुग्न लागेँ त सिमा नानी, त्यसले क्विन्टल नै भन्दा हामी खुब हाँसेका थियौ, कलेज को त्यो मोटे रमेशलाई सम्झेर हा हा हा, हुन नि हामी कलेजमा त्यो रमेशलाई मोटे, हात्ति भनेर कत्ति जिस्क्याउँथ्यौ ।

हैन, खै त आशा ? आशालाई कतै नदेखेपछि सायद म गलत दिन मा त आइन भनेर, मोबाइल हेरेँ, आज डिसेम्बर १८ नै रहेछ । अब मलाई के गरौँ, कसो गरौँ साह्रै उकुसमुकुस भएर आयो । ६ बज्न लागिसकेको छ, आशा कतै देखिँदैन, फोन गरौँ भने कसलाई गरौँ ? तर त्यसले त गर्न सक्छे नि । अब मलाई त आफ्नो चिन्ता हुनथालिसकेको छ, अब कता जाने भनेर, होस्टल आउँदिन भनेर हिँडेको छु, फेरी साँढे ६ बजिसक्यो होस्टल नै फर्के पनि भित्र पस्न पाइने हो कि हैन ? अब फुपू कै घर पनि के जानु, त्यो आशाले मलाई एयरपोर्ट मा चाँहि लिन आइज भनि, तर त्यसको केही सुँइको छैन । फेरी त्यसले घरमा नभन आउँदैछु भनेर, सरप्राइज दिनुपर्छ भन्दै थिइ अस्ति । मन मा नाना तर्कनाहरु खेल्न थाले, के गरौँ, कसो गरौँ भएर आयो । म आइकनै दुइवटा फ्लाइट आइसके तर आशालाई भेटिन, खै त्यसै त्यसै मेरो आँखा मा टलपल आशुँ भरिसकेछ तर यो अँध्यारो मा रोएको कसले देख्छ र ? मज्जा ले रोएँ ।

अब चाँहि होस्टल नै फर्कनु पर्यो भनेर नविनलाई फोन गरेँ । ‘हेर न आशालाई लिन भनेर म एयरपोर्ट आकिथिँए, खै आशा को केही पत्तो पाउनै सकिन, मलाई होस्टल फर्किन पनि हतार भइसक्यो, मलाई लिन आउन,प्लिज’ । तँलाई कस्ले जा भनेको थियो, लिनलाई नविन ले हपार्यो । त्यो अमेरिका पुगेपछि अर्कै भा’कि छ भन्ने थाहा छैन, नविन ले यसो भनेर फोन राख्यो । मेरो मन त्यसै अमिलो भएर आयो, म त्यहीँ एककुना मा थचक्क बसेर रोइरहेँ । करिब सवा सात बजे तिर होस्टल मा पुगेँ । क्याम्पसमा प्रहरीहरु तैनाथ रहेछन्, के भयो भन्ने सोच्दै म होस्टल छिरेँ । खै, कुन चाँहि ले आज दिउँसै क्याम्पस मा खुकुरी मच्चाएको ले पुलिसहरु आएका रहेछन् सुरक्षा दिन को लागि । मलाई यि कुरासँग कुनै मतलब थिएन, जहाँ पनि राजनिति घुसेको छ । म होस्टल को छत मा गएँ, चिसो अँधेरी रात छ, आकाशलाई हेर्दै म धेरै बेर रोइरहेँ । लाग्यो, यो कालो अँधेरी रात ले मलाई नै साथ दिइरहेको छ, रुन को लागि ।

म र आशा दिदी खुबै मिल्ने, कुरा गर्न त कसैले भेट्दैनथियो । हाम्रो स्लोगन नै थियो, ‘We are the best, among the rest’, आशा को सबै कुरा मलाई अनि मेरो सबै कुरा आशालाई थाहा थियो । आशा उसको घर अगाडि को त्यो सफल भन्ने केटालाई मन पराउँथि अनि त्यो सफल चाँहि युके मा थियो । दिनहुँ च्याट मा कुरा हुन्थ्यो आशा को सफल सँग । अनि सफल को सानिमा को नविन भन्ने छोरो थियो, ती दुइ दाजुभाइ पनि हामी दुई जस्तै मिल्ने गर्थे । सफल युके मा थियो, त्यही भएर पनि हामी दुबै को साथि नविन बन्यो ।

हाम्रो प्लस टु सकियो, म ईन्जिनियरिङ पढ्ने भएँ, दिदी चाँहि डाक्टर बनेको सपना देख्न थालि । एकवर्ष खेर फालेरै भएपनि ईन्जिनियरिङ मा भर्ना भएँ उता आशा चाँहि अमेरिका जाने भइ । हुन त आशा अमेरिका जाने बेला सफल पनि यहीँ थियो, आशाले धेरै नै मन पराउने भएर पनि उसलाई प्रस्ताव राखिन । आशा अमेरिका गइ, आशा सफललाई मन पराउँथि तर नविन आशालाई मन पराउँथ्यो । तर नविनलाई थाहा थिएन, आशा सफललाई माया गर्छे भनेर ! अनि आशा चाँहि मेरो र नविन को नाम जोडेर जिस्क्याउँथि । साँच्चै, आफैँलाई अनौठो लाग्छ, के सोचिन्छ के भइदिन्छ । नविन र आशा बिच च्याट र ईमेल को दोहोरी नै चल्थ्यो, एकदिन आशाले भनि म सफललाई मन पराउँछु । म र नविन पनि खुब कुरा गर्थ्यौँ । त्यो दिन नविन धेरै नै रोयो, यति का दिन यो कुरा आफूलाई थाहा नदिएको भनेर । नविन ले, आशाले आफूलाई प्रयोग गरि भनेर धेरै नै रोयो ।

पछि कहिलेकाँहि दिदी फोनमा रुन्थि सफल ले ‘yes’ पनि भन्दैन ‘no’ पनि भन्दैन भनेर । तर कस्तो अप्ठेरो यथार्थ भने, सफल ले पनि कहिले भन्न सकेन आशालाई मन पराउँछु भनेर किनकी सफललाई थाहा थियो, नविन आशालाई मन पराउँछ भनेर । यस्तो नसोचेको अपठ्यारो परिस्थिति मा हामी कसैले कसैलाई प्रस्ताव राख्न सकेनौँ । हुन त कहिलेकाँहि आशा नविनलाई भन्थि, सफललाई भनिदेउ न भनेर तर खै ति कुराहरु कहाँ हराए कहाँ ? अनि मेरो कुरा पनि नविनलाई गरिदिन्थि । हुन त मेरो र नविन को क्रस परेको थियो । नविन को फेरि उसको अफिस को एउटी केटी सँग चक्कर थियो तर नविनलाई सोद्धा सँधै हैन भन्थ्यो । हो नि, म मन पराउँथे नि नविनलाई ।

पछि नविन को अफिस को केटी पनि बाहिर गइ, मेरो नविन सँग झगडा पनि पर्यो । यो कुरा दिदीलाई भनेँ, त्यसले मलाई गालि गरि । अनि मेरो लागि भनेर दिदीले त्यो केटी सँग पनि झगडा गरिछे । खै, के भा’को हो थाहा छैन तर जिवन मा अनएक्सपेक्टेड मोडहरु धेरै नै आउँदारहेछन् । आशा पनि एक आइरिस केटासँग गइछ, ईमेल च्याट निकै पातलो हुन थाल्यो । न म सँग नविन थियो, न मेरी दिदी नै थिइ, म नितान्त एक्लो एक्लो भएँ ।

अरु त खासै केही लाग्दैनथियो तर मेरो एकदम नजिक को साथि भनेनि दिदी भनेनि त्यही आशा मात्र थिइ तर अब त त्यो पनि टाढा टाढा हुनथालि । एउटा ईमेल को रिप्लाइ को लागि पनि हप्तौँ कुर्नुपर्ने भयो मैले । म सोधिरहन्थेँ दिदी तँ कहिले आउँछेस् । उ भन्थि समर मा, अनि फेरी भन्थि विन्टर मा । अनि लाग्यो सायद, माया मा परेपछि उनीहरु अरु सबैलाई वकवास ठान्छन्, विल्कुल भ्यालुलेस ठानिदिन्छन् । यस्तो हुँदा धेरै नै चित्त दुख्दो रहेछ, आखिर हामी दिदी बहिनी एकदम नजिक का साथि थियौँ । उसले जति नै वास्ता नगरेपनि म सोधिरहन्थेँ । केही दिन अघि नेपाल आउने जस्तो कुरा गरि, तर भनि बुबा मुमा लाई नभन है, एकदम सरप्राइज दिन्छु म । मैले हुन्छ भने, मैले फ्लाइट को डिटेल माग्दा १८ डिसेम्बर ४:३० को फ्लाइट दिल्ली बाट आउँछु भनि । पछि थाहा भयो, उसको आइरिश केटा पनि नेपाल आउन खोजिरहेको रहेछ ।

म उ आउने दिन गन्दै बस्न थाले, १५, १६, १७, १८ सबै बित्यो तर आशाको खबर मैले पाइन । म त्यसरी एयरपोर्ट पुगेको थिँए रिसिभ गर्न, अहँ तर त्यो आइन । भोलिपल्ट उसको घरमा फोन गरेँ, घरमा उसको ममि ले भन्नु भो, त्यसको त जाँच चल्दै छ रे ! अहिले, कहाँ बाट आउनु ? म झसँग भएँ, मलाई त अहिले आउँछु भनेकि थिइ । मलाई त ट्रन्जिट मा केही भयो कि भने जस्तो पनि लाग्यो, दिउँसो उसको भाइलाई अनलाईन भेटेँ । डिसेम्बर १८ मा दिदी आउँछु भनेकीथिइ तर खै, आइन तँलाई थाहा छ उसको बारेमा मैले सोधेँ । भाइले उसलाई फोन गर्यो, आशा त आफ्नै कोठामा पो रहिछे । त्यसपछि म खुब रोएँ, त्यसले म सँग त्यति धेरै झुट बोलि । पछि अफलाईन मेसेज पठाकि रहिछ म आउन पाइन भनेर । मैले अझै सम्म बुझ्न सकेको छैन, सबै कुरा फिक्स भइसकेको तर पछि मलाई आउन पाइन भनि । घरमा जाँच छ भनि । जिवन मा अरु केही सँग रिस उठ्छ त झुटो बोल्ने र बहाना गर्नेहरु सँग । त्यो आउने भइ भनेर कति खुशि भएको थिँए तर त्यसपछि त मैले त्यो सँग आजसम्म च्याट गरेको छैन, एउटा ईमेल पनि गरेको छैन ।

आज डिसेम्बर १८, एक वर्ष भइसकेछ, हामी कन्ट्याक्ट मा नभएको । मेरो ईन्जिनियरिङ सकिने दिनहरु पनि नजिकिँदै छ । खै, किन किन आज यो डिसम्बेर १८ को दिन त्यसलाई सम्झन पुगेछुँ । न कसैसँग लिनु छ न दिनु छ, आफ्नो कथा आफैँसँग छ । यहाँ बुझ्नेहरु ले पनि बुझ पचाइदिन्छन्, थाहा पाउनेहरु पनि थाहा नपाएझैँ गर्छन् । यही कुरा सोच्दा सोच्दै आँखा मा आँशु टलपल गर्न थालिसकेछ । यसो घडि हेरेँ रात को १ बज्दै रहेछ, अब त सुत्नै पर्छ भनेर अर्कोतिर कोल्टे फर्किन्छु ।

Comments

  1. This is life rapidly changing with time. Twists n turns to pass through. Kashai lai bishwas garna mildaina nagari pani hunna. Yesti ho sab ko jeevan katha. Jaha maya hunchha teha nai chitta dukcha. Maya ko artha aru le nabujhi dida aftharo paristhati sirjana hunchha, Emotion khalbalinchha. Bhognai pariyo toyo samaya paar garnai paryo ani saab thk hunchha

    hey good one hai i went into my +12 day there always used to b a new story frens beink linked with frens ani the next day a new link ups. Time n age was only like dat but ko ko had true feling hune tha nai na hune. Wow those gud old days. Ur story remined me of those days. But i am curious to know what had actually hapened. . . . . . .

    ReplyDelete
  2. Aakar Bro really heart touching story...Appreciate ur writing skills too!

    ReplyDelete
  3. once again u created a magic with ur writing skills.....hatts off to u Aakar...:)

    ReplyDelete
  4. धेरै वटा character हरु लाई लिएर सिमाको मनका भावना राम्ररी पोख्न सफल - एक लाजबाब रचना । तर रवि वाला त्यो hospital को अझै पनि मेरो मानसपटलमा घुमिरहन्छ ।।। त्यो त पुरै दामी थियो ।

    ReplyDelete
  5. यथार्थ कथा । दाम्मी लाग्यो आकार । महिला पात्रको भावनालाई पनि यौटा पुरूषले यसरी व्यक्त गर्न सक्छ...म सोच्दै छु....तर मनमा लागेको कुरो भनिहाल्न मन लाग्यो । अलि लेखाई सतही जस्तो महसुस भयो । भाव पक्ष उत्कृष्ट छ तर त्यसलाई व्यक्त गर्ने शैली अझै गहिरो हुनुपर्ने जस्तो खोज्यो मेरो मनले त । लेखकप्रति यो पाठकको expectation अलि धेरै पो भएर हो कि..

    ReplyDelete
  6. उपमा, विजय, शिखा, रविन्द्र, अमित, अशेष सबैलाई धन्यवाद, प्रतिक्रिया को लागि ।
    अनि अशेष दाइ, तपाई ले भन्नुभएको कुरा मैले पनि अनुभव गरेकै हुँ । मैले फ्ल्यासब्याक मा जहाँ देखि सुरु गरेँ, त्यहीँ देखि धेरै सतही भएको छ, कथा ! जेहोस्, आगामी दिनहरु मा अझै सुधार्दै जानेछु ।

    ReplyDelete
  7. उपमा, विजय, शिखा, रविन्द्र, अमित, अशेष सबैलाई धन्यवाद, प्रतिक्रिया को लागि ।
    अनि अशेष दाइ, तपाई ले भन्नुभएको कुरा मैले पनि अनुभव गरेकै हुँ । मैले फ्ल्यासब्याक मा जहाँ देखि सुरु गरेँ, त्यहीँ देखि धेरै सतही भएको छ, कथा ! जेहोस्, आगामी दिनहरु मा अझै सुधार्दै जानेछु ।

    ReplyDelete
  8. This is life rapidly changing with time. Twists n turns to pass through. Kashai lai bishwas garna mildaina nagari pani hunna. Yesti ho sab ko jeevan katha. Jaha maya hunchha teha nai chitta dukcha. Maya ko artha aru le nabujhi dida aftharo paristhati sirjana hunchha, Emotion khalbalinchha. Bhognai pariyo toyo samaya paar garnai paryo ani saab thk hunchha

    hey good one hai i went into my +12 day there always used to b a new story frens beink linked with frens ani the next day a new link ups. Time n age was only like dat but ko ko had true feling hune tha nai na hune. Wow those gud old days. Ur story remined me of those days. But i am curious to know what had actually hapened. . . . . . .

    ReplyDelete
  9. धेरै वटा character हरु लाई लिएर सिमाको मनका भावना राम्ररी पोख्न सफल - एक लाजबाब रचना । तर रवि वाला त्यो hospital को अझै पनि मेरो मानसपटलमा घुमिरहन्छ ।।। त्यो त पुरै दामी थियो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post