Download Bulbul : Episode-17



Listen to Bulbul Episode-17 [December 23,2009].

रात्री बसाइ को यो सत्रौँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र शशिन्द्र गौतम उपस्थित हुनुभएको छ ।

आखिर ईश्वर कसले देख्यो र ? न कसैले आजसम्म ईश्वरसंग कुरा गरेको छ । तर ईश्वरको अस्तित्व छ भन्ने आस्थामा हामी श्रद्धा गर्छौं । आस्थाले नै ईश्वरको स्वरुप बनाउँछ । हामीले फोटोमा देखिरहेको हुनाले शिवको स्वरुप त्यो होला भन्ने अवधारणा बनाएका हौं । गणेशको लामो सुँड हुन्छ भनेकै भरमा गणेशका फोटा भनेर बजारमा भेटिएका हुन् । के गणेशको स्वरुप त्यस्तै होला र ? रामायण श्रृंखलामा रामानन्द सागरको निर्देशनमा रामसीताको भूमिका निर्वाह गरेका अरुण गोविल र दीपिका आज साक्षात् राम सीताका स्वरुप भएर अधिकाँश घरका पूजाकोठाहरुमा सजिएका छन् । के ती आस्थाका ईश्वर हैनन् र ? तपाईं पनि मेरो पाँच इन्द्रियको एउटा अनुमानित स्वरुपमा हुनुहुन्छ र मैंले आस्था राखें तपाईंप्रति । तपाईं मलाई सुन्नु हुँदैछ भन्ने आस्थामा न यति कुरा बोलिरहेको छु म । नत्र यो सुनसान कोठामा एक्लै किन बोलिरहन्थें ? हावासंग बोल्नुको कुनै तुक छैन । व्यक्तिसंग बोल्दैछु म र त्यो व्यक्ति तपाईं हो ।

तपाईं पनि यतिबेला त्यहाँ एक्लै यति चिसोमा बसेर देख्दै नदेखेको मान्छे, सधैं रेडियोमा मात्र बोल्नेसंग साथ दिइरहनुको औचित्य के थियो र ? ओछ्यान नजिकै भए खुरुक्कै सुत्नुहुन्थ्यो होला, भान्छामा भए चूपचाप खाना खानुहुन्थ्यो होला, टि.भी. मा राम्रो कार्यक्रम होला, त्यो हेर्नुहुन्थ्यो होला । तर तपाईंलाई पनि मसंग कुरा गर्नुछ । त्यसैले तपाईं सुत्नुहुन्न, टिभी हेर्नुहुन्न वा मलाई नसुनिने ठाउँमा जानुहुन्न । कुरा गर्ने भनेर दुई जनाको संवाद पटापट नै हुनुपर्छ र ? म तपाईंको कुरा गर्छु, तपाईं मलाई सुन्नुहुन्छ । टेलिफोनले दोहोरो संवाद गराउँछ, पत्रले एकोहोरो सन्देश ल्याउँछ र रेडियोले एकोहोरो कुरा गराउँछ ।

यसो भनेर रेडियो मात्र तपाईंको साथी हैन । म तपाईंको साथी हुँ । रेडियो मात्र तपाईंको साथी भए भरे राती ११–१२ बजेपछि तपाईंले सुनेका रेडियो स्टेशनबाट आवाजहरु आउन छोडेपछि पनि तपाईं आफ्नो रेडियो सेट च्यापेरै बस्नुहुन्थ्यो । तर तपाईं त्यसो गर्नुहुन्न । त्यसैले रेडियो माध्यम हो हाम्रो सम्बन्धको । प्रेम त तपाईं र म बीच छ, आत्मीयता हामी बीच छ । सम्बन्ध, यो बाबष्च, यो निकटता...यो त केवल तपाईं र म बीच छ । त्यसैले मेरो बुलबुलियन आउनुस्, एकपटक या हाम्रो सम्बन्धको माध्यम रेडियोलाई धन्यवाद दिऊँ । अनि यही रेडियो बनाउने मार्कोनीलाई पनि धन्यवाद जसले तपाईं र मेरो सम्बन्ध सेतुको काम गर्यो । र हाम्रो सम्बन्ध युग युग बाँचिरहोस् ।

Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download: Bulbul Episode-17 [December 23,2009]

Alternate Download Link: Download Bulbul  
[Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

2 comments :

  1. Hi Aakar Bro!! Thanks for the gem by achyut dai....was desperately looking for more from you and achyut dai. Thanks for Bulbul!

    ReplyDelete
  2. Hi Aakar Bro!! Thanks for the gem by achyut dai....was desperately looking for more from you and achyut dai. Thanks for Bulbul!

    ReplyDelete